पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

कञ्चनपुरमा बसले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ एक जना घाइते भएका छन् ।   पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा म१ख ९३५२ नम्बरको बसले सुपप्र०१००९ प१२०७ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएकी मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका(२ की ३९ वर्षीया  भागरथी अवस्थीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयकाअनुसार ठक्करबाट गम्भीर घाइते अवस्थीको उपचारका क्रममा माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।   मोटरसाइकल चालक भागरथीका श्रीमान् ४० वर्षीय शिवराज अवस्थी घाइते भएका छन् । चालकलाई बससहित इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।

स्कुल बसले चेपेर‍ रुपन्देहीको गैंडहवामा एक बालिकाको मृत्यु भएको छ।   इलाका प्रहरी कार्यालय सुर्यपुराका अनुसार कंचन गाउँपालिका वडा नं. ३ हरैयामा रहेको मोर्डन भिजन एकेडेमी स्कुलको लु १ क २२३६ नम्बरको बसले  बालिकालाई चेपेको थियो।   प्रहरीका अनुसार मृत्यु हुनेमा गैंडहवा गाउँपालिका वडा नं १ का राम हरिजनकी २ वर्षकी छोरी नारिया रहेकी छन्। विद्यार्थी लिएर झारबैराको भित्री सडक मोडहवादेखि टाडीतर्फ गईरहेको बसको मुनी छिरेकी नारियालाई सोही बसको टायरले चेपेर मृत्यु भएको प्रहरीले जनाएको छ।   जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरत विकले बालिकाकी आमाले ठूली छोरीलाई विद्यालय पठाउन सोही बस चढाउने क्रममा नारिया बसको मुनी छिरेको समयमा बस गुडाउँदा दुर्घटना भएको बताए।   दुर्घटनामा परी बालिकाको घटनास्थलमै मृत्यु भएको र प्रहरीले स्कुल बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको जनाएको छ। यसअघि गत मंसिर १६ गते शनिबार गैंडहवा गाउँपालिका सुर्यपुरामा रहेको सिद्धार्थ बोर्डिङ स्कुलको बसले ठक्कर दिंदा दुईजनाको मृत्यु भएको थियो।

मलेसियामा नेपाली साथीको हत्या गरेर भागेका एक युवक काठमाण्डौमा पक्राउ परेका छन् । महोत्तरी गौशालाका अनिलकुमार साहलाई प्रहरीले अस्ति शनिवार विमानस्थलबाट पक्राउ गरेको हो ।   साहले गएको मंसिर २५ गते झापाका धनबहादुर प्रधानको हत्या गरेका र हत्यापछि भागेर नेपाल आउँदै गर्दा उनलाई विमानस्थलबाटै पक्राउ गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ ।   प्रहरीका अनुसार नेपाली दूतावास तथा इन्टरपोलसँगको सहकार्यमा उनलाई पक्राउ गरिएको हो । मुलुकी अपराध संहितामा रहेको बहुक्षेत्रीय अधिकारसम्बन्धी प्रावधानअनुसार उनीविरुद्ध नेपालमै कर्तव्य ज्यान मुद्दामा अनुसन्धान र अभियोजन हुने काठमाण्डौ प्रहरीले जनाएको छ ।

नेकपा एमाले नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कमिटीका सचिवालय सदस्य एवं विनयी त्रिवेणी गाउँपालिकाका इञ्चार्ज सुरजकुमार कोहारको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ।   नवलपरासी ९बर्दघाट(सुस्तापश्चिम०को बर्दघाटबाट त्रिवेणी स्थिति आफ्नै निवासमा फर्किंदै गर्दा लु ५२प ३६६६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पटिँदा उनको मृत्यु भएको नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०स्थित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताए।   अठचालिस वर्षीय घाइते कोहारलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषित गरेका थिए।   उनको शरीरमा बाहिरी चोट नदेखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी बोहराले जानकारी दिए।

पोखराका रोटरी क्लबहरु कार्निभल तयारीमा जुटेका छन् । फेवाताल किनार खहरेमा आगामी पुस ७ मा ‘रोटरी कार्निभल–२०२३’ हुन लागेको हो ।   गत वर्ष रोटरी क्लब अफ पोखरा न्यूरोड एक्लैले कार्निभल गरेकोमा यसपालि त्यसलाई बृहत् बनाउन रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत पोखराका ९ वटै क्लबहरु जुटेका हुन् ।   रोटरी कार्निभलका परिकल्पनाकार सुभाष सिग्देल पोखरामा पर्यटन प्रवद्र्धनसहित लोकसंस्कृतिको जगेर्नाका लागि आफूहरुले अझ बृहत् रुप दिन लागेको बताए । उनी कार्निभल खासमा रमाइलो गर्ने, खाने रमाउनेमात्र नभई कार्यक्रमबाट बचत रकम जाजरकोट भूकम्पपीडितको सहयोगार्थ केही ठूलो प्रोजेक्ट गर्ने योजना रहेको सुनाउँछन् । गत वर्ष पनि बचत करिब ७० हजार पोखरामा सार्वजनिक शौचालय व्यवस्थित गर्न र पुनर्निर्माणमा खर्चिएको उनले स्मरण गरे ।   रोटरी क्लब अफ पोखरा न्यूरोडका पूर्व अध्यक्ष उनी हाल रोटरी डिष्ट्रिक्ट ३२९२ का मेम्बरसिप कमिटी चेयरपर्सन छन् । सिग्देलले भने, ‘यसपालि सबै रोटरी क्लबहरु सामाजिक कार्यका लागि हातेमालो गरेका हौं । आगामी दिनमा पनि सामाजिक कार्य केन्द्रित गरी कार्निभललाई निरन्तरता दिनेछौं ।’ यसपालि करिब ४ लाख रुपैयाँ बचाउने आयोजकको लक्ष्य छ । उक्त रकममा हरेक क्लबले रकम थपेर जाजरकोट भूकम्पपीडितको लागि नयाँ प्रोजेक्ट गर्ने योजना रहेको सिग्देलले स्पष्ट पारे ।   कार्यक्रममा यस क्षेत्रमा बाहुल्य गुरुङ, नेवार लगायत समुदायको नाच तथा विविध संस्कृतिसमेत प्रस्तुत हुनेछ । त्यहाँका करिब १० रेष्टुरेन्टले विभिन्न प्रकारका खानाका परिकार पस्किनेछन् । प्रवेशका लागि प्रतिव्यक्ति १ हजार लाग्नेछ । तर, उक्त रकम बराबरको खानाको परिकार रोजेको रेष्टुरेन्टबाट खान पाइने व्यवस्था मिलाइएको छ । मार्किङ गरिएका रेष्टुरेन्टलाई दिइने छुटवापतको रकम नै बचत हुने कार्यक्रम संयोजक एवं रोटरी न्यूरोड पोखराका अध्यक्ष रामविक्रम अधिकारीले बताए । कार्निभलले रोटरीको सार्वजनिक छवि बढाउन, पर्यटन प्रवद्र्धन तथा संस्कृतिको संरक्षणमा कार्निभल सहयोगी हुने उनको विश्वास छ । उनका अनुसार यो एकप्रकारको सडक महोत्सव हो । क्याथोलिकमा यसलाई आनन्द उत्सवको रुपमा लिइन्छ । खासगरि ब्राजिलमा यो बढी प्रचलनमा छ ।   कानिर्भलमा करिब ८ सयदेखि ९ सय मानिसको सहभागिता हुने अनुमान छ । उक्त दिनको कार्यक्रम दिउँसोदेखि सुरु भइ राति साढे १० बजेसम्म चल्नेछ ।   पोखरामा हाल रोटरी क्लब अफ पोखरासहित रोटरी इन्टरनेशनल ३२९२ अन्तर्गत न्यूरोड, लेकसाइड, मिडटाउन, फिस्टेल, अन्नपूर्ण, लेखनाथ, प्याराडाइज र गण्डकी क्लब सञ्चालित छन् ।

म्याग्दी:    म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन । सुन्दा अचम्म लागे पनि १५औँ शताब्दीको मध्यतिर गाजनेको धुरीमा पर्वतेराज्य सञ्चालन गरेका तत्कालीन राजा दिलीपबम (डिम्बबम) मल्लले बनाएको नियमानुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा, बङ्गुर र मदिरा उत्पादनमा पूर्ण रोक लगाइएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको गाजने गाउँमा रहेका २५ घरधुरीले सयौं वर्ष पुरानो नियमलाई पालना गर्दै आएका छन् । धार्मिक र ऐतिहासिक मान्यतालाई आत्मसात् गरी गाउँमा परापूर्वकालदेखि नै कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरासमेत उत्पादन नहुने जगन्नाथधाम गुठी व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माले जानकारी दिनुभयो ।  “यो तत्कालीन राजाले बसालेको नियम हो, बीचमा केहीले मदिरा बनाउने प्रयास गरेका थिए, उनीहरूको परिवारलाई उक्त कदमले शुभ दिएन, क्षति भयो, अहिले कसैले पनि यो नियम तोड्ने हिम्मत गर्दैनन्”, उहाँले भन्नुभयो । बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन राजा दिलीपबम मल्ल (डिम्ब)ले गाजने गाउँमा भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेसँगै सोही समयदेखि नै गाजने गाउँमा कुखुरा, सुँगुरपालन, बङ्गुरपालन र मदिरा उत्पादनलाई निषेध गरेको स्थानीय बासिन्दा बताउँछन् । यस गाउँमा बजारको रक्सीसमेत बिक्री–वितरण हुँदैन भने बाहिरबाट लगेर कुखुरा तथा बङ्गुर बिक्री र काटमार पनि गर्न पाइँदैन । तत्कालीन राजाले बसालेको नियमलाई अहिले पनि स्थानीयले मान्दै आइरहेका छन् । बीचको समयमा केही स्थानीयवासीले कुखुरापालन र मदिरा उत्पादन गर्ने गरेको भए पनि त्यसको परिणाम राम्रो नदेखिएपछि छाडेका थिए । अहिले प्रसिद्ध जगन्नाथ मन्दिर रहेको गाजने गाउँ साकाहारी गाउँका रूपमा चिनिन थालेको छ ।  गाजने गाउँमा कुखुरा, बङ्गुर र मदिरा त चल्दैन भने जगन्नाथ मन्दिर पूजाआजा गर्नका लागि रातो रङको फूल, टीका र अबिर पनि प्रयोग नहुने स्थानीयवासी बताउँछन् । जगन्नाथ मन्दिरमा अबिरको सट्टा केसरी र रातो धजापताकाको सट्टामा पहेँलो र सेतो कपडाको फेटा लगाइन्छ भने पहेँलो र सेतो धजा चढाउने गरिन्छ । तत्कालीन राजा दिलीपबमले १५औँ शताब्दीमा भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको र उनको स्थापित समाधिस्थलसमेत रहेको हुँदा रातो रङको प्रयोगमा निषेध हुँदै आएको जगन्नाथधाम गुठी व्यवस्थापन समितिका उपाध्यक्ष यामबहादुर बानियाँले जानकारी दिनुभयो । पछिल्लो समय गाजने पर्यटकीय गाउँको रूपमा विकास हुन थालेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको जगन्नाथ मन्दिरमा पूजाआजा गर्नको साथै अनौठा परम्परागत मान्यतालाई जोगाउँदै आएको गाजनेको स्थलगत अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् । गाउँको शिरमा रहेको केभहिलबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएपछि यहाँ धार्मिक पर्यटकसँगसँगै प्राकृतिक सुन्दरतामा रमाउन चाहनेहरूका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास हुन थालेको हो । 

धनुषामा मोटरसाइकल दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । तीनजना चढेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।    ज्यान गुमाउनेमा धनुषा कमला नगरपालिका–८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका–१ का ३० वर्षीय जयकुमार सहनी रहेका जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो । उहाँका अनुसार त्यही मोटरसाइकलमा रहेका जनकपुरधाम उपमहानगरपालिका–१२ का शत्रुधन सहनी गम्भीर घाइते भएका छन् ।    सहनीको जनकपुरधाममा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौको न्युरो अस्पताल सिफारिस गरिएको अवालेले जानकारी दिनुभयो ।   आज बिहान जनकपुरधामबाट ढल्केबर जाँदै गरेको प्रदेश २–०२–००२प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीमा अनियन्त्रित भएर दुर्घटना भएको हो । 

साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता (इन्जिनियरिङ लाइसेन्स) परीक्षामा जम्मा ४७-१७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।   बिहीबार नेपाल इन्जिनियरिङ परिषद्ले सार्वजनिक गरेको नतिजा अनुसार ५ हजार ८२१ जना परीक्षार्थी मध्ये दुई हजार ७४६ जनाले लाइसेन्स परीक्षा पास गरेका छन् । परिषद्ले लाइसेन्स परीक्षा लिएको यो तेस्रो पटक हो । परिषद्का रजिष्ट्रार शिवमंगल गिरीले नतिजामा सुधार देखिएको बताए । उनले भने, ‘मिहेनत नगरी नहुने रहेछ भन्ने बुझ्न थालेकोले नतिजामा सुधार आउन थालेको छ ।’   परिषद्ले लिएको पहिलो परीक्षामा जम्मा २८ प्रतिशत र दोस्रोमा ३४ प्रतिशत परीक्षार्थीले मात्र लाइसेन्स परीक्षा उत्तीर्ण गरेका थिए ।

चिकित्सा क्षेत्र सुधारका लागि आफूहरूले गरेको मागको सुनुवाइ नभएको भन्दै डाक्टर गोविन्द केसीले आजदेखि सत्याग्रह सुरू गर्ने भएका छन्।   काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह गर्ने जनाएका हुन्।   केसीले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याइनुपर्ने र यसअघि सरकारले आफूहरूसँग गरेका सबै सम्झौता कार्यान्वयन हुनुपर्ने जनाएका छन्।   ‘सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गर्ने, सय शैया भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रम सुरू गर्ने लगायतका सम्झौता भएका थिए,’ केसीले भनेका छन्, ‘ती कार्यान्वयन नभएकाले फेरि सत्याग्रह सुरू गर्न परेको हो।’