पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

मोरङ​:  जंगली हात्तीको आक्रमणमा परेर मोरङ बेलबारीमा सोमबार एक जनाको ज्यान गएको छ।  \   लेटाङ-३ का  ५३ वर्षीय कमल माझीको हात्ती आक्रमणमा परेर मृत्यु भएको हो।   मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार  साइकलमा हिडिरहेका माझीलाई बेलबारी नगरपालिका–१० भाउन्नेमा पर्ने सिर्जना  सामुदायिक वन क्षेत्रमा आज बिहान  हात्तीले  आक्रमण गरेको थियो। माझी घरेलु मदिरा बनाउन प्रयोग गरिने मर्चा बोकेर बेलबारीतिर आउँदै थिए।   हात्तीको आक्रमणबाट गम्भीर घाइते उनको घटनास्थलमै मृत्यु भएको थियो। एक साता अघि मात्रै सुनसरीको  इटहरीमा एक जनाको र दमकमा एक जना भुटानी शरणार्थीको हात्ती आक्रमणमा मृत्यु भएको थियो।

धादिङमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।   धुनिवेशी नगरपालिका-४ जीवनपुर बस्ने २७ वर्षीय रामचन्द्र बयलकोटीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। उनीमाथि आफ्नी २० वर्षीया श्रीमती पवित्रा बयलकोटीको हत्या गरेको आरोप छ।    सोही नगरपालिकाको वडा नम्बर १ डुम्रेचौरस्थित सडकमा पवित्रालाई धारिलो हतियार प्रहार गरी रामचन्द्र भागेका थिए।    इलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी जीवनपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो। उनी धुनिवेशी नगरपालिका-७ खानीखोला बजारमा फेला परेका थिए। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। 

पाल्पा:  पाल्पामा भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ।   पाल्पाको रिब्दीकोट गाउँपालिका – १ का २४ वर्षीय शिरबहादुर पालुङ्गेको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगुन्ध श्रेष्ठका अनुसार लुम्बिनी मेडिकल कलेज प्रभाव पाल्पामा पुर्‍याएलगत्तै चिकित्कसले उनलाई मृत घोषणा गरेका थिए।   पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ स्थित सिजी कम्पनीको कम्पाउन्ड भित्र लु १ क ३१६१ नम्बरको माटो बोकेको टिपर गएराति साढे ११ बजेतिर दुर्घटनामा परेको थियो।  

ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।   गए राति भएको उक्त दुर्घटनामा परी फुङ्लिङ नगरपालिका–५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी निरीक्षक तथा सूचना अधिकारी कमल लुंगेलीले जानकारी दिए।   उनका अनुसार याम्फुदिनको भोटे गाउँबाट छेबुक तर्फ जाने क्रममा प्र १–०१–००१ ज३४३७ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा सोही गाडीकै चालक लिम्बूको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक लुंगेलीले बताए।   ओरालो बाटोमा गाडी अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर पल्टिँदा उक्त गाडीले नै चालकलाई किचेको जनाइएको छ।  

पोखरा:    डा.कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ २०८० सालका लागि तीन विधामा घोषणा गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज पुरस्कार घोषणा गरिएको हो । यसवर्षको अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार गोरखाको अमरज्योति जनता माविका शिक्षक किशोरकुमार श्रेष्ठ, अन्तर्दृष्टि हातेमालो पुरस्कार अमरज्योति माविकै कक्षा ८ मा अध्ययनरत विद्यार्थी समीर गुरुङलाई र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार रेडियोकर्मी अच्युत घिमिरेलाई प्रदान गर्ने निर्णय भएको संयोजक होमनाथ अर्यालले जानकारी दिए ।   पुरस्कारको राशि रु. २० हजार, अन्तर्दृष्टि हातेमालो पुरस्कारको राशि रु. १० हजार र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको राशि रु. १० हजार रहेको छ । पुरस्कार बसन्तपञ्चमीका दिन प्रदान गरिनेछ । 

नवलपरासी:  बुबाको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ परेका छन् ।   कुचोको डाँठले हिर्काएर ६० वर्षीय बुबा होमबहादुर दराईको हत्या गरेको अभियोगमा ३५ छोरा वर्षीय रुपेश दराईलाई प्रहरीले पक्राउ गरेको हो ।   मध्यविन्दु नगरपालिका–१० टाँडी बस्ने रुपेशले कुचोको डाँठले हिर्काउँदा होमबहादुर गम्भीर घाइते भएका हुनुभएको थियो । गम्भीर घाइते होमबहादुरको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा मृत्यु भएको हो ।   प्रहरी चौकी अरुणखालाबाट खटिएको प्रहरीले रुपेशलाई पक्राउ गरेको हो । 

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।   शनिबार साँझ करिब ५ बजे बागमती नगरपालिका-४ पुरानो चौकी नजिकको सडकमा दुई मोटरसाइकल ठोक्किएको थियो।   सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र सिंह पञ्जियारका अनुसार प्र २-०३-००६ प ६७ नम्बरको मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल ठोक्किँदा प्र २-०३-००६ प ६७ नम्बरको मोटरसाइकलको पछाडि रहेका व्यक्ति उछिट्टिएर सडकमा पछारिएका थिए। सडकमा पछारिएका ती व्यक्तिलाई मलंगवाबाट काठमाडौं जाँदै गरेको ना ७ ख १८३६ नम्बरको बसले चेपेपछि घटनास्थलमै उनको मृत्यु भएको हो । ठोक्किएकोमध्ये बा २ ब ५७६६ नम्बरको मोटरसाइकल प्रहरीले चलाएको थियो। विपरीत दिसाबाट तीव्र गतिमा आएको अर्को मोटरसाइकलले प्रहरीले चलाएको मोटरसाइलकललाई ठक्कर दिएको डिएसपी पञ्जियारले जानकारी दिए।   उनका अनुसार दुर्घटनामा परी मृत्यु हुने व्यक्तिको परिचय अहिलेसम्म खुलेको छैन। उनी चढेको मोटरसाइकलका चालक फरार रहेकाले मृतकको परिचय खुलाउन नसकिएकए डिएसपी पञ्जियारले जानकारी दिए। बसका चालक रौतहट चन्द्रपुरका रामहरी चौधरीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यो यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम हो । हिजो बिहानको न्यूनतम तापक्रम ८ दशमलव ५ डिग्री सेल्सियस थियो ।   काठमाण्डौमा बिहान चिसो भए पनि दिउँसो घाम लाग्ने गरेको छ । आज पनि दिउँसोको मौसम सफा हुने अनुमान गरिएको छ । आज अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस पुग्ने अनुमान रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।   उहाँका अनुसार अन्य पहाडी क्षेत्रको मौसम भने आंशिक बदली हुने सम्भावना छ । आज पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने मौसमविद्ले बताएका छन्  । 

काठमाडौंमा गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।   कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा प्रदेश ३-०१-०० ३ क ६४८८ नम्बरको निशान गाडीले बागमती प्रदेश ०२-०३२ प ३३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।    बिहीबार राति उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार शंखरापुर नगरपालिका-८ साँखु घुमार चोक घर भएका ३० वर्षीय सुलभ मोक्तानको मृत्यु भएको हो।   दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणटारस्‍थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी मोटरसाइकल चालक घाइते छन्। गाडीका चालक फरार छन्।