पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ।   मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका धेरैजसो पुलको समेत मूल संरचनाको काम सकिएको छ ।   निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर दूरीसम्मका रहेका मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलले जानकारी दिनुभयो । अहिलेसम्म मोरङ, सुनसरी, झापा र इलामका खोलाका पुलको निर्माण सकिएको छ ।   डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ्ग, तेली, विजुवा, बुकुवा, रतुवालगायतका खोलाको पुल निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । यसमध्ये सबैभन्दा लामो खुदुम खोलाको चार सय मिटर, तेली खोलाको तीन सय मिटर र सबैभन्दा छोटो डाले र बुकवा खोलाको ४० मिटर दूरीका पुल निर्माण भएका छन् ।   कतिपय पुलको मूल संरचना सकिए पनि रुख कटानको अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको प्रमुख गोपालप्रसाद खकुरेलले बताउनुभयो । बाहुनडाँगीबाट सुनसरी धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडक निर्माण हुँदै गरेको छ । सबै पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ, तर बजेट अभावमा काम तीव्रगति हुन सकेको छैन ।   १० अर्ब १३ करोड लागतमा एक सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइए पनि सम्झौता गरिएका प्रायजसो योजनाको भुक्तानी गर्न अझै तीन अर्ब ५० करोड बाँकी रहेको उहाँले बताउनुभयो । सरकारले चालु आर्थिक वर्षमा ५० करोड  रुपैयाँ राजमार्गका लागि बजेट विनियोजन गरेको छ । सरकारलाई थप बजेटका लागि पत्रसमेत पठाएर पहल गरिरहेको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलले बताउनुभयो ।

काठमाडौं:   हिमालय रोडिज सिजन ५ को उपाधि खोटाङका सञ्जिप राईले जितेका छन् ।   सोमबार सम्पन्न ग्राण्ड फिनालेमा उनले उपाधिसँगै १० लाख रुपैयाँ नगद र यामहा मोटरसाइकल समेत प्राप्त गरे ।   उपविजेता विश्व मगरले ५० हजार रुपैयाँ प्राप्त गरे । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषालसहित कार्यक्रमका प्रायोजकहरुले विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।   हिमालय रोडिजको इतिहासमा​  एउटै समूहबाट ( ग्रीन ग्याङ अर्थात टीम लाउरे)  दुईजना फाइनलिस्ट बनेको यो पहिलोपटक हो ।

काभ्रेको धुलिखेलमा एक घरमा आगलागी हुँदा ९ लाख बराबरको क्षति भएको छ।    मंगलबार बिहान पौने ४ बजे धुलिखेल नगरपालिका-११ बाँनियाछाप बस्ने बलराम धितालको तीन तले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।   ढुंगा-माटोले बनेको घरमा कसरी आगलागी भएको खुलेको छैन। प्रहरीका अनुसार उक्त घरमा मानिस बस्दैनन्। आगलागी बिहान पौने ७ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।    धुलिखेल नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा उक्त आगलागी नियन्त्रणमा लिइएको हो। पिठो पिस्ने मेसिन, हाते ट्याक्टर, भुस काट्ने मेसिन, ७० मुरी मकै, ३ मुरी गहुँ, दुई मुरी धान, एक मुरी जैँ घाँस, खाद्यान्न, भाडाकुँडा, पराल र गाइगोठ गरी जम्मा ९ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।    

गोरखा:    गोरखाका नेवार समुदायले मकै सुकाउने पर्व मनाएका छन् । सदरमुकामस्थित ऐतिहासिक ठूलो आँगन परिसरमा ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिको आयोजनामा गएराति नेवार समुदायलगायत स्थानीयवासीले सामूहिकरूपमा लोपोन्मुख मकै सुकाउने पर्व मनाएका हुन् । ठूलो आँगनमा ठूलो प्लास्टिक ओछ्याएर त्यहीँमाथि भुटेको मकै, बदाम, भटमास, चना, केराउनलगायतका खाद्यान्न चन्द्रमाको प्रकाशमा सुकाएर पर्व मनाइएको समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए । मकै सुकाउने पर्व मनाउनका लागि स्थानीयवासीले आ–आफ्नो घरबाट आफूखुसी मकैसहितका गेडागुडीलगायतका अन्नबाली ठूलो आँगनमा सुकाउन लगेका थिए । सुकाएको खानेकुरालाई प्रसादका रूपमा बाँडेर खाने प्रचलन छ । “सोमबार साँझको जुनमा स्थानीयवासीले घर–घरबाट ल्याएका मकैलगायतका अन्न चन्द्रमाको प्रकाशमा सुकाएर मकै सुकाउने पर्व मनाइएको हो”, नेवार समुदायका अगुवा मोहनलाल श्रेष्ठले भने, “करिब ४० वर्ष जति मनाउन छाडिएको यो पर्व गत वर्षदेखि परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ सामूहिकरूपमा मनाउन थालिएको हो ।” कार्तिक शुक्ल पूर्णिमाको रातमा अमृत वर्षा हुने भएकाले भुटेको मकै, बदाम, भटमास, चना, केराउलगायत गेडागुडी, फलफूल, सखरखण्डका साथै अन्य खाद्यान्न जुनमा सुकाएर खाएमा अमृत समान हुने विश्वासका साथ मकै सुकाउने पर्व मनाउने गरिएको उनको भनाइ छ । शुक्ल पूर्णिमाका दिन चन्द्रमाको प्रकाशमा सुकाइएको अन्न खाएमा रोग नलाग्ने र प्राचन प्रणाली स्वस्थ्य र बलियो हुने विश्वाससमेत रहेको अगुवा श्रेष्ठले बताए । परम्परागतरूपमा नेवार समुदायले घर–घरमा अन्न सुकाएर मनाउने गरेको भए पनि अहिले भने संस्कृति र परम्पराको संरक्षणका लागि सामूहिकरूपमा मनाउन थालिएको उनले जानकारी दिए । उनले परम्परा र संस्कतिलाई पुस्ता हस्तान्तरण गर्दै लैजाने उद्देश्यका साथ लामो समयदेखि रोकिएको मकै सुकाउने पर्व गएको केही वर्षदेखि पुनः मनाउन थालिएको जानकारी दिए । मकै सुकाउने पर्वका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले नेपालको परम्परा संस्कृतिमध्ये मकै सुकाउने पर्व पनि एक भएको बताए ।

पोखरा:   पोखरा महानगरपालिका–२९ पट्नेरीमा आवाज संस्थाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा १ सय २० जनाले सेवा लिएका छन् ।  समानताको लागि आवाज भन्ने मूलक नारासहित पोखरामा क्रियाशिल रहेको ‘आवाज नामक संस्था’ले पोखरा इएनटी अस्पतालको समन्वयमा पोखरा २९ पट्नेरीमा नाक,कान र घाँटीको निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।  पोखरा इएनटी अस्पतालका नाक कान घाँटी विशेषज्ञ डा.राजेन्द्र नेपाली, मेडिकल अफिसर डा. एलिसा सुर्खेती, आवाज संस्था सचिव फार्मसिस्ट अनिल वि.क. र सदस्य ल्याव टेक्नीसियन दिपक के.सि ले निशुल्क स्वास्थ्य शिविरमा स्थानीयहरुको नाक, कान र घाँटीको परिक्षण र औषधी वितरण गरेका थिए ।  स्वास्थ्य शिविरलमो जनजागृती युवा क्लब र नमुना टोल विकास संस्थाले सहकार्य गरेका थिए । 

पोखरा:    लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धा आश्रम, मानवसेवा आश्रम छोरेपाटन र मृगौला पीडितलाई सहयोग गरेर मनाएका छन् ।  गुरुङले आफ्नो जन्मोत्सव पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित मानवसेवा आश्रम र सीता पाइलास्थितको वृद्धाआश्रम र मृगौला पीडित नरबहादुर तामाङलाई खाद्यान्नका सामाग्री लगायत अन्य दैनिक उपभोग्य सामग्री सहयोग गरेर जन्मोत्सव मनाएका हुन् । खाद्यान्न तथा दैनिक उपभोग्य सामग्रीहरु हस्तान्तरण गर्दै लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सवमा आर्शिवाद लिन वृद्धाश्रम, मानवसेवा आश्रम पुगेको बाताए ।  ‘आजभोलि जन्मदिनमा फजुल खर्च गर्ने प्रचलन बढ्दो छ । साथीभाईहरुसँग भेटघाटमा रमाइलो हुन्छ’, गुुरुङले भने, ‘जन्मदिनमा बाहिर गर्ने फजुल खर्च भन्दा कुनै सामाजिक सेवामा खर्च गर्न पाए शान्ति मिल्छ । त्यसैले यहाँहरुसँग आर्शिवाद लिन यहाँ आएको हुँ ।’ मृगौला पीडित नरबहादुर तामाङलाई खाद्यान्न हस्तान्तरण गर्दै अमृत गुरुङ उनले युवा पुस्तालाई सन्देश दिने उद्देश्यले जन्मोत्सव आश्रममा मनाएको बताए । ‘यो मेरो सहयोग भन्दापनि सन्देश हो, उनले भने,‘भोज गरेर खर्च गर्नुको सट्टा असहायको साहरा बन्न सक्नुपर्छ भन्ने हेतुले हरेक वर्ष मैले यसरी नै जन्मोत्सव मनाउने गर्दछु ।’ हरेकवर्ष आफ्नो जन्मोत्सव वृद्धाश्रम, मानवसेवा आश्रम र मृगौला पीडितलाई सहयोग गरेर मनाउदै आएको बताउँदै यसपटक पनि सोही कार्यलाई निरन्तरता दिएको गुरुङले जानकारी दिए । युवा व्यवसायी तथा समाजसेवी गुरुङले सामाजिक सेवासँगै खेलकुद विकासको क्षेत्रमा समेत काम गर्दै आएका छन् ।  गुरुङले सहयोग गरेको मानवसेवा आश्रम छोरपाटनमा ६७ जना र सीता पाइलास्थित पोखरा वृद्धाश्रममा ५७ जना आश्रित छन् । सोही अवसरमा उनले पोखरा १४ का मृगौलापीडित नरबहादुर तामाङको परिवारलाई समेत खाद्यान्न तथा दैनिक उपभोग्य सामान सहयोग गरेका थिए ।   

पर्सामा हजुरबुवाको हत्या आरोपमा नाति पक्राउ परेका छन्।   ठोरी गाउँपालिका-२ डाँडाटोल बस्ने ८५ वर्षीय लक्ष्मण तामाङको हत्या आरोपमा ३५ वर्षीय कृष्ण खड्का पक्राउ परेका हुन्। खड्का लक्ष्मणको छोरीपट्टीको नाति हुन्। उनलाई इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो। आँगनमा कोदो चुटिरहेको अवस्थामा लक्ष्मणले कृष्णसँग लठ्ठी मागेका थिए। सोही क्रममा कृष्णले लठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका लक्ष्मण उपचारको क्रममा  स्वास्थ्य चौकी ठोरीमा मृत्यु भएको प्रहरीले जनाएको छ।   हजुरबुबाको मृत्युपश्चात नाति भागेका थिए। उनलाई नजिकैको जंगलमा लुकेर बसिरहेको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ।   

गुल्मीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक विद्यार्थीको ज्यान गएको छ । ज्यान जानेमा रेसुङ्गा नगरपालिका–४ सेउघाका १९ वर्षीय विवेक झाँक्री मगर रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।   आज सोमवार बिहान सदरमुकाम तम्घासमा रहेको विद्यालयबाट घर जाने क्रममा रेसुङ्गा–४ अर्खलेमा लु ८७ प ९८१ नम्बरको मोटरसाइकललाई विपरीत दिशावाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ख ९४७५ नम्बरको बसले ठक्कर दिएको थियो ।   बसको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएको गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिनुभएको छ ।   तम्घासको महेन्द्र नमूना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत मगर बिहानको पढाइ सकेर घर फर्कने क्रममा दुर्घटनामा परेका हुन् । 

जनकपुर:  महोत्तरीमा पेस्तोल खेलाउँदा पड्केर प्रहरी जवानलाई गोली लागेको घटनामा संलग्न असइ निलम्बनमा परेका छन् ।   महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादव भन्ने रामेश्वरप्रसाद यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो ।   आइतबार अपराह्न असइ यादवलाई प्रदेश प्रहरी प्रमुख डीआईजी जनक भट्टराईले निलम्बन गरेको कार्यालयका प्रवक्ता एसएसपी प्रविन पोखरेलले जानकारी दिए ।   डाँका समातेको खुसीमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कात्तिक ३० गते राति भएको रात्री भोज खाएर फर्केपछि असई यादवले पेस्तोल खेलाउँदा सेन्टरी बसेका प्रहरी जवान राजेश कुमार घाइते भएका थिए ।   अनलाइनखबरले यो घटना सार्वजनिक गरेपछि महोत्तरी प्रहरीले असई यादवलाई निलम्बन प्रक्रियाको लागि प्रदेश प्रहरी कार्यालय जनकपुरलाई पत्र पठाएको थियो ।   एक पाखुरामा गोली लागेर घाइते भएका जवानलाई असई यादवले घटना लुकाउन भारत उपचारमा पठाएका थिए । भरतीय प्रहरीले थाहा पाएपछि सप्तरी प्रहरीलाई खबर गरेका थिए ।   घाइते प्रहरी जवानको घर सप्तरी हो । सप्तरी प्रहरीले महोत्तरी प्रहरीलाई गत शुक्रबार जानकारी गराएको थियो ।