काठमाडौं:  भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अ...

पोखरा:   दिव्यज्योति क्लबले पोखरा महानगरपालिका १५ भित्रका क्ललाई लक्षित गर्दै पहिलो संस्करणको फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।   यही जेठको ३१ र ३२ गते न्यू एयरपोर्ट फुटसल खेल मैदानमा उक्त प्रतियोगिता आयोजना गरिने सह–संयोजक शैलेस गुरुङले जानकारी दिए ।    उनका अनुसार सो प्रतियोगितामा पोखरा १५ भित्रका क्लबहरुले मात्रै सहभागिता जनाउन पाउनेछन् ।   उनले प्रतियोगिताको विजतालाई नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए । यस्तै उपविजेताले नगद रु २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।   उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउन नगद रु ३ हजार दर्ता शुल्क निर्धारण गरिएको छ ।   उनले फोनमार्फत(९८०४१९५९७३, ९८०६५२५००४) पनि टिम दर्ता गर्न सकिने बताउदै यही २९ गतेभित्र समय तोकिएको जनाकारी दिए ।   

पोखरा:    यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरीय छनौट प्रतियोगिता पोखरामा सम्पन्न भएको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न खेलका ७६ जना खेलाडीहरु छनौट भएका हुन् ।   राष्ट्रियस्तरको यू–१५ विद्यालय खेलकुद प्रतियोगिता यहि जेठ ३० र ३१ गते पोखरामा आयोजना हुँदैछ । एथलेटिक्सतर्फ १०० मि, २०० मि, ४०० मि, ८०० मिटर दौड, सटपुट, लङ्गजम्प, र रिले दौडका लागि ६ छात्र र ६ जना छात्रा गरी १२ खेलाडी छनौट भएका छन् ।   छनौट भएका एथलेटिक्स खेलाडीहरुमा राज गुरुङ (लमजुङ), स्पिन पौडेल (पर्वत), गणेश श्रेष्ठ (पर्वत), अभिशेष थनेट (नवलपुर), अंकित रानाभाट (तनहुँ) र सुशन बोटे (नवलपुर) रहेका छन् ।   त्यसै गरी छात्रातर्फ कन्चन भण्डारी (म्याग्दी), सुजाता कुमाल कास्की, जुना सरु मगर (स्याङजा), अञ्जली अधिकारी (कास्की), अनुस्का अधिकारी (कास्की) र आरती बिक (नवलपुर) रहेका छन् ।   बास्केटबल छात्र/छात्रा   राष्ट्रिय यू–१५ विद्यालयस्तरीय प्रतियोगिताका लागि छात्रतर्फ १० र छात्रातर्फ १० गरी २० खेलाडी छनौट भएका छन् ।   छनौट भएका छात्रतर्फ हिराजङ घले, अविनाश पुर्जा, सुयोग बाँनिया, रिदम खाँड, प्रशान्त तिमिल्सिना, शौभाग्य पुन, विजन घले, आशिष पुन, सज्जन तिलिजा र लेनिश मल्ल रहेका छन् ।   त्यसै गरी छात्रातर्फ  सरगम केसी, जेनिशा पाण्डे, जेनियम श्रेष्ठ, आवृती बराल, क्यारोल श्रेष्ठ, इशिता श्रेष्ठ, आकृती गुरुङ, रिमा सिञ्जाली मगर, स्नेहा श्रेष्ठ र एलिशा गुरुङ रहेका छन् ।   ब्याडमिन्टन छात्र/छात्रा   प्रतियोगिता अन्तर्गत नै भएको ब्याडमिन्टन छात्र÷छात्रातर्फ ४–४ जना गरी कुल ८ खेलाडी छनौट भएका छन् ।   छात्र व्यामिन्टनतर्फ सफल श्रेष्ठ (तनहुँ), अमृत थापा (कास्की), गेजराज कार्की (कास्की) र नेल्सन गुरुङ (तनहुँ) रहेका छन् भने बैकल्पिक खेलाडीमा सक्षम गुरुङ (लमजुङ) रहेका छन् ।   त्यसै गरी छात्रातर्फ दिलाशा राना (तनहुँ), शेरेन प्रधानाङ्ग (कास्की), खुसी दाहाल (कास्की), समृद्धि श्रेष्ठ (गोरखा) र बैकल्पिक खेलाडीमा प्रतिक्षा शर्मा (कास्की) रहेका छन् ।     बुद्धिचाल छात्र/छात्रा   राष्ट्रिय यू–१५ विद्यालयस्तरीय प्रतियोगिताका लागि छात्रतर्फ ४ र छात्रातर्फ ४ गरी कुल ८ खेलाडी छनौट भएका छन् ।   छनौट भएका खेलाडी छात्रतर्फ विद्यान श्रेष्ठ (स्याङजा), सवृश श्रेष्ठ (तनहुँ), खुसीराज सिउथाना (कास्की) र कुशल रम्तेल (गोरखा) रहेका छन् भने छात्रातर्फ खसी आचार्य (कास्की), उज्विनी कँडेल (नवलपुर), आयूषा क्षेत्री (स्याङजा) र विनिता गुरुङ (कास्की) रहेका छन् । सम्पन्न विभिन्न प्रतियोगिताका बिजेता खेलाडीहरुलाई परिषदका सदस्य सचिव श्रीधर शर्मा, कार्यकारी सदस्य दिल बहादुर गुरुङ, कार्यकारी सदस्य ऋषीराम गौतम, परिषदका सदस्य केशव पाठक, विनय थापालगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।   प्रतियोगिता सम्पन्न गर्न परिषदले विभिन्न ६ खेलका खेल संघहरुलाई व्यवस्थापनको जिम्मेवारी दिएको थियो ।   छनौट खेलमा ४ सय १६ खेलाडी र टिम प्रशिक्षक हरु गरी ४ सय ८७ जनाको सहभागिता रहेको थियो ।   पहिलो पटक आयोजना हुन लागेको विद्यालय यू–१५ प्रतियोगिताको उद्घाटन जेठ ३० गते हुनेछ । प्रतियोगिता अन्तर्गत हुने सबै खेलहरु पोखरा रंगशाला परिशरमा नै सञ्चालन हुनेछन् । यू–१५ विद्यालय प्रतियोगितामा सात प्रदेशका विभिन्न ६ खेलका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ६ सय ३० जनाको सहभागिता हुनेछ ।

काठमाडौं:    फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग ४–० ले पराजित भएको छ । घरेलु मैदान खेल्न लायक नभएपछि न्युट्रल भेन्युको रुपमा साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद विन फहद स्टेडियमा भएको खेलमा युएईले दुवै हाफमा २–२ गोल गर्‍यो । नेपालले समूह्य एचमा लगातार पाँच हार बेहोरेको हो । अहिलेसम्म नेपालले एक गोल पनि गर्न सकेको छैन । यसअघि युएई विरुद्ध अवे मैदानमा पनि नेपाल ४-० ले नै पराजित भएको थियो । युएईका हरिब अबदल्ला सुहेल अल माज्मीले दुई मिनेटमा दुई गोल गर्दै सुरुमै युएईलाई २(० को अग्रता दिलाएका थिए । उनले खेलको १२औं मिनेटमा अबदुल्लाह इद्रिसको क्रसमा हेड मार्फत पहिलो गोल गरेका थिए । यस्तै १४औं मिनेटमा अली सालेह अमरोले मिलाएको पासलाई अबदलल्ले बक्स भित्र कन्ट्रोल गर्दै एक खेलाडीलाई छलाउँदै दोस्रो गोल गरे । पहिलो हाफमा नेपालले पनि गोल गर्ने राम्रो अवसर पाएको थियो । तर नेपाल अभागी बन्यो । ३७औं मिनेटमा नेपालले दुई राम्रो अवसर गुमायो । सनिश श्रेष्ठको क्रसमा विशाल बस्नेतले बक्स भित्रबाट गरेको हेडर पोष्टमा लागेर पर्कियो । रिबाउण्डमा सन्जिव विष्टले हानेको प्रहार पनि बारमा लागेर पर्कियो । त्यसअघि जिलेस्पी जंग कार्कीले ३६औं मिनेट सनिशको क्रसमा हानेको प्रहार पोष्टको दिशा लिन सकेन । दोस्रो हाफमा युएईले दुई गोल थप्यो । अली सालेहले ५३औं र हाजेन मोहमम्दले ७५औं मिनेटमा गोल गरे । २१औं मिनेटमा प्रशिक्षक भिन्सेन्जो एनेसले डेब्युटान्ट बसन्त जिम्बा र सौभागेय राईको स्थानमा छिरिङ लामा र सनिश श्रेष्ठलाई मैदान प्रवेश गराएपछि नेपालले केही सुधारिएको प्रदर्शन गरेको थियो । एनेसले पहिलो पटक राष्ट्रिय टिममा परेका बसन्त जिम्बालाई सुरुवाती रोजाईँमा खेलाउँदै डेब्युको अवसर दिएका थिए । तर उनी धेरै समय टिक्न सकेनन् । नेपालले अब समूहको अन्तिम खेल यमनसँग जुन ११ मा दम्मानमै खेल्नेछ । पाँच खेल हारेको नेपाल अन्तिम खेलमा गोल गर्ने र अंक जोड्ने लक्ष्यमा हुनेछ ।

काठमाडौं:    आईसीसी टी–२० विश्वकप २०२४ को समूह चरणमा बिहीबार अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा हराएको छ । अमेरिकाले पहिलो पटक पाकिस्तानलाई हराएको थियो । पाकिस्तानलाई सुपर ओभरमा खेल जित्न १९ रन आवश्यक थियो। सौरभ नेत्रवालकरले १३ रन खर्चिदै अमेरिकाको ऐतिहासिक जित पक्का गराए । सुपर ओभरमा पाकिस्तानका मोहम्मद आमिरले १८ रन खर्चिए थिए । १ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । अन्तिम ओभरमा अमेरिकालाई जितको लागि ६ बलमा १५ रन चाहिँदा हरिस रौफले १४ रन खर्चिदै खेल बराबर गराएका थिए । अमेरिकाका जितमा कप्तान मोनांक पटेलले ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । ओपनर स्टिभ टेलर १६ बलमा १ चौकासहित १२ रनमा आउट भएका थिए । त्यसपछि दोस्रो विकेटका लागि मोनांक र एन्ड्रिस गौसले ४८ बलमा ६८ रनको साझेदारी गर्दै जितको आधार तय गरे । गौस २६ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । आरोन जोन्स २६ बलमा २ चौका र २ छक्कासहित ३६ र नितेश कुमारले १४ रन बनाए । पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र हरिस रौफले १–१ विकेट लिए । त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । कप्तान बाबर आजमले ४३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४४ बनाए । स्पिन अलराउण्डर सादब खानले २५ बलमा १ चौका र ३ छक्कासहित ४० बनाएपनि जित्नलाई पर्याप्त हुन सकेन । शाहिन शाह अफ्रिदीले १६ बलमा १ चौका र २ छक्कासहित २३ रनमा नट आउट रहे । इफ्तिखर अहमद १४ बलमा ३ चौकासहित १८, हरिस रौफले ३, मोहम्मद रिजवान ९, उस्मान खान ३ र फखार जमान ११ रनमा आउट भए । अमेरिकाका नोष्थुश केजिंगेले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । सौरभ नेत्रवालकरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । अली खान र जसदीप सिंहको नाममा १–१ विकेट रह्यो ।

काठमाडौं:     फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स ९युएई०बीच हुँदैछ । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रङ्गशालामा नेपाली समयअनुसार राति ९:४५ बजे खेल हुनेछ । यसअघि नेपाल र युएईबीच युएईको घरेलु मैदानमा भएको खेलमा नेपाल ४–० ले पराजित भएको थियो । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले युएईविरुद्धको खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको । फिफा वरीयतामा युएई ६७औँ स्थानमा छ भने नेपाल एक सय ७८औँ स्थानमा छ । नेपाली टोलीमा गोलरक्षक कप्तान किरण चेम्जोङ (कप्तान) सहित विशाल सुनार र अभिषेक बराल छन् । त्यस्तै डिफेन्डरमा विमल पाण्डे, अभिषेक लिम्बू, अनन्त तामाङ, विशाल बस्नेत, छिरिङ लामा, सौभाग्य राई र रोहित चन्द छन् । यसैगरी मिडफिल्डरमा भरत खवास, लाकेन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, सुमन श्रेष्ठ, वसन्त जिम्बा र आशिष राई छन् । फरवार्डमा जिलेस्पीजङ्ग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, आयुष घलान र आशिक बाबु चौधरी छन् ।

काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटमा युगान्डाले पहिलो जित निकालेको छ ।   समूह ‘सी’को पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको युगान्डाले बिहीबार भएको खेलमा भने पपुवा न्युगिनी (पीएनजी)लाई ३ विकेटले पराजित गरेको हो । पीएनजीको भने यो लगातार दोस्रो हार हो ।   पीएनजीले दिएको ७८ रनको लक्ष्य पूरा गर्नका लागि युगान्डालाई हम्मेहम्मे परेको थियो । युगान्डाले १८.२ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।   १ रन हुँदा युगान्डाले रोजर मुकासालाई गुमाएको थियो । उनी खाता नखोल्दै आउट भएका थिए । दोस्रो विकेटको रुपमा १ रन बनाए रोविनसन ओबुया आउट भए ।   ६ रन हुँदा तेस्रो विकेटको रुपमा १ रन बनाएर सिमोन सेसाजी आउट भए । यसैगरी अल्पेस रमजानी टिमको स्कोर २५ रन हुँदा चौथो विकेटको रुपमा पभेलियन फर्किए । उनले १० बलमा ८ रन बनाएका थिए । गुगान्डाको ६.३ ओभरमा २६ रन हुँदा पाँचौं विकेट पतन भएको थियो ।    पाँचौं विकेटको रुपमा दिनेश नकर्नी आउट भए । त्यसपछि रियाजत अलि साह र जुमा मियागीले ३५ रनको साझेदारी गरेपछि युगान्डा लक्ष्य नजिक नजिक पुगेको थियो । १३.४ ओभरमा १३ रन बनाएका जुमा मियागी रन आउट भए ।   उनी आउट हुँदा युगान्डाको स्कोर ६–६१ भएको थियो । सातौँ विकेटको रुपमा सर्वाधिक रन बनाउने रियाजत आउट भए ।   उनले ५६ बलमा ३३ रनको पारि खेले । टिकेर खेलेका उनले एक चौका मात्रै प्रहार गरेका थिए । उनी १७.५ ओभरमा सातौँ विकेटको रुपमा पभेलियन फर्किएका हुन् ।   त्यसपछि केन्नेथ वासिवाले र कप्तान ब्रेन मासिवाले खेल जिताए । केन्नथले ७ रनको नटआउट पारि खेल्दा कप्तान ब्रेनले खाता नखोली साथ दिए ।   पीएनजीका लागि एली नाओ र नोर्मान भानुआले समान दुई –दुई विकेट लिए ।   त्यसअघि टस हारेर पहिला ब्याटिङ गर्न आएको पीएनजीले १९.१ ओभरमा सवै विकेट गुमाएर ७७ रन बनाएको थियो ।   पीएनजीले खराब सुरुआत गरेको थियो । टप अर्डर नचल्दा मिडिल अर्डरले केही प्रयास गरे पनि सार्थक भएन । कप्तान असद भाला खाता नखोल्दै आउट भए भने अर्का ओपनर टोनी उराले १ रन बनाए । सेसे बाउले ५ रन बनाए ।   लिगा साइकाले १२ रन बनाउँदा हिरि हिरिले सर्वाधिक १५ रनको पारि खेले । चार्लेस अमिनिले ५रन बनाउँदा किप्लिन डरोगाले १२ रन जोेडे । त्यसैगरी, चाद सोपरले ४ रन बनाउँदा नोर्मान भानुआ र एलियो नाओले पाँच पाँच रन जोडे ।   युगान्डाका अलिपेस रमजानी, कसमम केयुटा, जुमान मियागी र फ्रांक नसबुगाले समान दुई दुई विकेट लिँदा बरिन मसाबाले एक विकेट लिए ।

पोखरा:     तनहुँको भिमादमा आगामी शुक्रबार र शनिबार गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगिता हुने भएको छ । यही जेठ २५ र २६गते प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश तेक्वान्दो संघको सह–आयोजनामा तनहुँको भिमादमा प्रतियोगिता हुन लागेको हो ।  प्रतियोगितामा ३६ स्वर्ण,३६ रजत र ७२ काश्य गरि १ सय ४४ पदकका लागि पुरुष स्पाईरिङ तर्फ २० देखि ८५ केजि तौल समुहमा प्रतिस्पर्धा हुने प्रदेश सदस्य तथा कार्यक्रम  व्यवस्थापक विशाल बुढामगरले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा महिला तर्फ २० देखि ६५ केजि समुहमा प्रतिस्पर्धा हुने छ । त्यसैगरि महिला तथा पुरुष प्याट्रन तर्फ हरियो,निलो,रातो कलर वेल्ट तथा प्रथम,दोस्रो र तेस्रो डान समुहमा प्रतिस्पर्धा हुने छ । तनहुँ , बागलुङ , कास्की , पर्बत , स्याङ्जा , नवलपुर , लमजुङ लगाएत सात जिल्लाका खेलाडीहरुले सहभागिता जनाउदै छन् । प्रत्येक सहभागि जिल्लाबाट ३० जना खेलाडी र प्रशिक्षक तथा अफिसियल गरि २ सय ५० भन्दा बढीको सहभागिता हुने छ । प्रतियोगिताले ग्रामिण क्षेत्रमा खेलकुदको विकास र विस्तारले महत्वपुर्ण भुमिका खेल्ने प्रदेश उपाध्यक्ष आकाशचन्द्र घर्तीमगरले विश्वास व्यक्त गरे । उनले यो पटक भिमादमा हुने प्रदेश स्तरिय कार्यक्रमले यहाँका विभिन्न पर्यटकिय गन्तव्यहरुलाई खेलकुदका माध्यमबाट पर्यटनसंग जोड्ने बताए ।

पोखरा:    यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० को तयारी पोखरामा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनमा यहि जेठ ३० र ३१ गते हुने प्रतियोगिताको तयारी सुरु भएको हो । तयारी स्वरुप गण्डकी प्रदेशको छनौट खेल बिहिबार पोखरामा हुने भएको छ । विद्यालय यू–१५ प्रतियोगिता अन्तर्गत विभिन्न ६ खेलहरुको छनौट खेल बिहिबार पोखरा रंगशालामा सम्पन्न गर्ने गरी तयारी गरिएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिएका छन् । प्रतियोगिता अन्तर्गत छात्ररछात्रा बास्केटबल, रग्बी, ब्याडमिन्टन, एथलेटिक्स, टेबुल टेनिस र बुद्धिचाल खेलका गण्डकी प्रदेशका ११ जिल्लाका ४१६ जना खेलाडी र ७१ जना प्रशिक्षक गरी ४८७ जना बुधबार पोखरा आइपुग्ने परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले बताए । बुधबार सञ्चालन हुने छनौटबाट विभिन्न ६ खेलका ७६ जना खेलाडी छनौट हुनेछन् । जस अन्तर्गत एथलेटिक्सतर्फ १०० मि, २०० मि, ४०० मि, ८०० मिटर दौड, सटपुट, लङ्गजम्प, र रिले दौडका लागि ६ छात्र र ६ जना छात्रा गरी १२ खेलाडी छनौट हुनेछन् । त्यसै गरी टेबुल टेनिसका लागि छात्ररछात्रा ४–४ जना गरी ८ खेलाडी छनौट हुनेछन् । जस अन्तर्गत छनौट भएका खेलाडीहरुले सिंगल्स, डबल्स, मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन् । यस्तै व्याडमिन्टनका लागि ४–४ जना गरी ८ जना खेलाडीको छनौट हुनेछन् । ब्याडमिन्टनतर्फ सिंगल्स, डबल्स, मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ भने बुद्धिचालतर्फ सिंगल्स र टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । बुद्धिचालतर्फ पनि छात्ररछात्रा गरी ८ खेलाडी छनौट हुनेछन् । त्यसै गरी रग्वी छात्ररछात्रातर्फ १०–१० जना र बास्केटबलतर्फ १०–१० खेलाडी छनौट हुने आयोजकले जनाएको छ । परिषदले छनौट हुने कुल ७६ जना खेलाडीहरुलाई २५ देखि २९ गते सम्म पोखरामा बन्द प्रशिक्षणमा राख्ने तयारी समेत गरेको छ । पहिलो पटक आयोजना हुन लागेको राष्ट्रिय यू–१५ प्रतियोगिताको उद्घाटन जेठ ३० गते हुनेछ । प्रतियोगिता अन्तर्गत हुने सबै खेलहरु पोखरा रंगशाला परिसरमा नै सञ्चालन हुने गरी तयारी भइरहेको परिषदले जनाएको छ । विद्यालय यू–१५ राष्ट्रिय प्रतियोगितामा सात प्रदेशका विभिन्न ६ खेलका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ६३० जनाको सहभागिता हुनेछ ।

काठमाडौं:    आईसिसी टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ बलमा चार विकेटको क्षतिमा १०९ रन बनाउँदै पूरा गरेको हो । नेपालले सबै विकेट गुमाउँदै १९.२ ओभरमा १०६ रन बनाएको थियो ।  नेदरल्यान्डसका लागि म्याक्स अनवार्डले अर्धशतक बनाए । ४८ बलको सामना म्याक्सले एक छक्का र चार चौकाको मद्दतमा ५३ रन जोडे । उसका लागि विक्रमजीत सिंहले २२ रन बनाए ।  नेपालका लागि सोमपाल कामी, अविनाश बोहरा र दीपेन्द्रसिंह ऐरीले समान एकएक विकेट लिए ।  सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३५ रन बनाए । ३७ बलको सामना गरेका पौडेलले ५ चौका प्रहार गरे ।  नेपालले ओपनर कुशल भुर्तेललाई ७ र आशिफ शेखलाई ४ रनमै गुमाएको थियो । अनिल शाह १२ बलमा ११ रन जोड्दै आउट भए । कुशल मल्ल ९ बलमा ९ रन बनाएर आउट हुँदा दीपेन्द्रसिंह ऐरीले ६ बलको सामना गर्दै मात्र १ रन जोडे ।  करन केसीले १२ बलमा १७ तथा गुल्सन झाले १५ बलमा १४ रनको योगदान दिए ।  नेपाललाई सस्तैमा समेट्न नेदरल्यान्ड्सका लागि टिम प्रिंगल र लोगन भान विकले तीनतीन विकेट लिए भने पाउल भान मेकरेन र बास डे लिडेले दुईदुई विकेट हात पारे ।