२३ वर्षीया श्रीमतीको हत्या अरोपमा मोहमद पक्राउ
बारा | साउन १०, २०८०

बारा: आफ्नै २३ वर्षीया श्रीमती यास्मिन खातुनको हत्या गरेको एक युवक पक्राउ परेका छन् ।
बारा प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको विहार प्रान्त पुर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाह रहेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।
पक्राउ परेका मोहमदले सिम्रौनगढ नगरपालिका–६ बयलहट्टी बजारस्थित माइती घरमा बस्दै आएकी यास्मिनलाई माइती घरमै आएर धारिलो हतियार प्रहार गरेका थिए । त्यसपछि स्थानीले ति मोहमदलाई कुटपिट गरेर घाइते भएका थिए ।
सो घटनाबारे प्रहरीलाई खबर पुगेपछि मोहमदलाई नियन्त्रणमा लिएर जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत मंगलबार एकल नृत्य प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपो...
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना ग...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा मंगलबारदेखि पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ सुरु भएको छ । हरितालिका...