पाेखरा १५: सिद्ध माविका ५२ विद्यार्थीलाई 'ग्लो' सँस्थाकाे शैक्षिक सामग्री
कास्की | असार ५, २०७९
पोखरा: ललितपुर मुख्यालय भइ पोखराको नयाँगाउँमा शाखा कार्यालय रहेको ’ग्लो सँस्था’ ले पोखरा –१५ फलेपाटन स्थित श्री सिद्ध उच्च माविका ५२ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा अध्ययनरत ५२ जना विपन्न बालबालिकालाई पठनपाठनमा सहज होस् भन्दै झोला, स्कुल ड्रेस, जुत्ता कापी, किताब लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै सँस्थाका संयोजक आगमन राज पौडेलले वार्षीक रुपमा सँस्थाले शैक्षिक सामग्रीहरु वितरण गर्दै आइरहेको बताए । उनले बालबालिकाका लागि मात्र नभएर सीप सिकेर आत्मनिर्भर बन्न चाहने विपन्न तथा बेरोजगार महिला दिदीबहिनीहरु र एकल महिलाका लागि आगामी साउन महिनादेखि निशुल्क सिलाई तालिम शुरु गर्न लागिएको बताए ।

यस्तै, विद्यालयका प्रधानाध्यापक गुरुदत्त कोइरालाले ग्लो सँस्थाले विद्यालयमा धेरै सहयोगका कार्यक्रमहरु ल्याएको भन्दै कार्यक्रम मार्फत विभिन्न विद्यालय, विद्यालय प्रशासन, विद्यार्थी तथा अभिभावकसँग सम्बन्ध जोड्ने काम गरेको बताए ।
सँस्थाले यसअघि पनि विद्यार्थीहरुका लागि जाडोमा न्यानो लुगा, स्टेशनरी सामाग्री, जुत्ता, पोशाक, खाजा तथा कम्प्युटर सिक्नका लागि कार्यक्रमहरु संचालन गरेको भन्दै यस्ता सेवा लिएका विद्यार्थीले अझ लगनशिल, मिहेनत र इमान्दारिताका साथ पढाईमा ध्यान दिएर भविष्यमा योग्य नागरिक बन्नुपर्नेमा जोड दिए ।
शैक्षिक सामाग्री वितरण कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं –१५ का वडाध्यक्ष तोरण बहादुर बानियाँले आर्थिक अभावका कारण पढ्न नपाएका बालबालिकाको पढ्न पाउने अधिकार पूरा गर्ने बताए । २०५२ सालदेखि उक्त सँस्थाले विद्यालयमा विभिन्न सहयोगका कार्यक्रमहरु संचालन गर्दै आइरहेकोमा त्यसको निरन्तरता स्वरूप केहीवर्ष देखि छात्रवृत्ति कार्यक्रम शुरु गरेकोमा उनले खुशी व्यक्त गरे।
बानियाँले शैक्षिक सामग्री पाएका बालबालिकाका अभिभावकहरुले पनि अब जिम्मेवार भएर आफ्ना बाबुनानीहरुको पढाई, उनीहरुको आनिबानी र संगतका बारेमा ध्यान दिँदै अगाडि बढाउन प्रेरित गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा वडाध्यक्ष तोरण बहादुर बानियाँ र कार्यपालिका सदस्य मन्दिरा परियारले ५२ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका थिए भने, व्यवस्थापक सरस्वती गिरी, संयोजक आगमन राज पौडेल र प्रधानाध्यापक गुरुदत्त कोइरालाले सामग्री वितरण कार्यमा सहयोग गरेका थिए ।
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घ...

