सराई एफसी घोरबन्दा कपको फाइनलमा प्रवेश
उपाधि नजिक पुग्न आयोजक र भगवती एफसी आज भिड्दै
पाल्पा | भदौ २९, २०८०

पाल्पा: सराई एफसी पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी नकआउट खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेकोे छ ।
हरितालिका तीजको अवसरमा स्थानीय क्लब नव जागृति युवा क्लबद्वारा आयोजित प्रतियोगिताको कोठीचौर खेलमैदानमा बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा जनकल्याण एफसीलाई ४–० गोल अन्तरले पराजित गर्दै सराई एफसी फाइनलमा प्रवेश गरेको हो ।
सराईको जीतमा आशिष रानाले २ गोलको योगदान दिए भने सुरज राना र रामकृष्ण पौडेलले समान १÷१ गोल गरे । सो खेलबाट आशिष राना म्यान अफ द म्याच घोषित हुँदै पुरस्कृत बने ।
यसैगरी अर्काे सेमिफाइनल खेलमा आयोजक नव जागृती युवा क्लब (कालो) र भगवती एफसी आज दिउँसो ३ बजे प्रतिस्पर्धा गर्ने प्रचारप्रसार संयोजक विरबल रानामगरले जानकारी दिए ।
उनका अनुसार सो खेलबाट विजेता टोलीले उपाधिका लागि सराई एफसीसँग असोज १ गते (हरितालिका तीजको दिन) भिड्ने छ ।
सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५० हजार प्राप्त गर्नेछ भने उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु २५ हजार हात पार्नेछ ।
प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
आयोजक संस्था विगत २०३८ सालदेखि नै सामाजिक क्रियाकलापसँगै खेलकुदको क्षेत्रमा त्रियाशिल रहदै आएको छ ।
पोखरा: पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टँुडिखेल तीज महोत्सव २०८२ अन्र्तगत मंगलबार एकल नृत्य प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपो...
पोखरा: गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले आयोजना ग...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा मंगलबारदेखि पोखराको लेकसाइडस्थित बाराहीघाट चौरमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ सुरु भएको छ । हरितालिका...