स्कुटर चोरी गरेको आरोपमा अविनाश प्रकाउ
पाेखरा | मंसिर २६, २०८०
पोखरा: पोखरामा स्कुटर चोरी गरेको आरोपमा प्रहरीले अविनाश थापामगरलाई प्रकाउ गरेको छ ।
मुस्ताङचोकको भित्रि सडकबाट हराएको स्कुटर थापामगरले चलाइ रहेको अवस्थामा स्कुटरसहित वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो ।
पोखराको मुस्ताङचोकस्थित भित्री सडक खण्डमा पार्किङ गरेर राखेको ग १५ प २५१९ नम्बरको स्कुटर गएको मंसिर १६ गते हराएको भन्दै स्कुटर खोजीदिन निवेदन दिएका थिए ।
स्कुटर हराएको सूचनापछि खोजीकार्य अगाडी बढाएको बैदाम प्रहरीले पोखरा महानगरपालिका–९ नागढुङ्गास्थित धादिङको निलकण्ड नगरपालिका–६ घर भई पोखरा –८ बस्ने १८ वर्षीय थापामगरले चलाई राखेको अवस्थामा स्कुटर फेला परेको थियो ।
स्कुटर चोरी आरोपमा प्रकाउ परेका अविनाशलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

