एन प्याव्सनले सरुभक्त र जर्ज जोनलाई सम्मान गर्ने
पाेखरा | पुस २५, २०८०
पोखरा: नेशनल प्याव्सन कास्कीले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ ।
एन प्याव्सन कास्कीको मंगलबार बसेको बैठकले साहित्यिक क्षेत्रमा योगदान पु¥याएका सरुभक्त र शिक्षा क्षेत्रमा योगदान पु¥याएका जर्ज जोन लाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।
उनीहरुलाई यहि पुस २७ गते एन प्याव्सनको २५ औं स्थापना दिवसको अवसरमा शिक्षा सेवा सम्मान २०८० वाट सम्मान गरीने एन प्याव्सनका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनकाजी गुरुङले जानकारी दिए ।
त्यसैगरी स्थापना दिवसकै अवसरमा २०७९ एसइइ र एसएलसीमा एन प्याव्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट अंक ल्याउने छात्र र छात्रलाई पुरस्कृत गरीने एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष महत्वपूर्ण स्थानमा सहयोग गर्दै आएको एन प्याव्सन कास्कीले यस वर्ष पोखरा –१ वगरमा रहेको संस्कृति माविमा १ लाखको अक्षयकोष खडा गर्ने भएको छ । त्यस अवसमार एन प्याव्सनका पूर्व अध्यक्षहरुलाईल सम्मान गर्ने कार्यक्रम रहेको अधिकारीले जानकारी दिए ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

