पोखरा आएर नायक खड्काले भने –'काँडेतार देशप्रमीको सिनेमा हो'

रिलिज फागुन २५ मा हुने

पाेखरा | माघ २, २०८०

पोखरा आएर नायक खड्काले भने –'काँडेतार देशप्रमीको सिनेमा हो'

पोखरा:   पोखरा आएर नवल खड्काले काँडेतार देशप्रेमीको सिनेमा भएको बताएका छन् ।

 

चलचित्र पत्रकार संघ कास्कीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । फागुन २५ गतेबाट प्रदर्शन हुने सिनेमा काँडेतारको प्रचारप्रसारका लागि पोखरा आएका उनले काँडेतार हर देशप्रेमीले हेर्ने कथा भएको बताए । 

 

“काँडेतार नेपालीको कथा हो । यसमा हाम्रो सिमाना रक्षाका विषयहरु उठान गरिएको छ । माटो र मान्छे जोगाउने उद्देश्यले सिनेमा निर्माण गरिएको हो ।”, उनले भने । ६० वर्षको इतिहासमा काँडेटार जस्तो सिनेमा नबनेको दाबी खड्काको छ । 
 

आफु देशको सच्चा नागरिक भएकाले पनि राष्ट्र र राष्ट्रियता जोगाउने बाटोमा अग्रसर रहेको उनले बताए । राष्ट्रप्रेमी भएकाले पनि राष्ट्रवादी विषयहरु उठान गर्न खड्कालाई मन पर्छ । खड्काकै निर्देशनमा काँडेतार बनेको हो ।

 

समा अभिनय समेत उनकै छ । निर्माता, निर्देशक र अभिनेताका रुपमा उनलाई काँडेतारमा देख्न सकिन्छ । यसअघि उनले दशगजा, भीमदत्त जस्ता सिनेमा निर्माण गरिसकेका छन् । 

 

चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका खड्काले सेन्सरबाट पास भएको सिनेमा काँडेतारलाई प्रदर्शन गर्न विरगञ्जमा लगाइएको रोकलाई राष्ट्रघाती कदम भएको उल्लेख गरे । “नेपालको माटो र नेपालीपनलाई जोगाउने हेतुले काँडेतार निर्माण गरिएको हो । हरेक नेपालीको कथा हो यो । सेन्सर भइसकेको सिनेमा देखाउन हामी ठाउँठाउँमा पुगिरहँदा विरगञ्जमा रोक लगाइयो । यो कदम नै राष्ट्रघाती छ ।”, उनले भने । 

 

देश जोगाउन काँडेतार महत्वपूर्ण साबित हुने विश्वास उनको छ । खड्काले नेपालका नेताहरु भारतबाट परिचालित भएको समेत उल्लेख गरे । “तालाचाबी उता छ अनि कसरी बन्छ यो देश”, उनको गुनासो छ । 
खड्काले अहिले ठाउँठाउँमा पुगेर च्यारेटी शो गरिरहेका छन् ।

 

७० भन्दा बढी च्यारेटी शो सम्पन्न भइसकेको काँडेतारको पोखरामा भने माघ १३ गते बिहान ११ बजे विशेष च्यारेटी शो हुँदैछ । बाराही “ख” तेर्सापट्टीमा हुने च्यारेटी गरिब, जेहेन्दार र असहाय विद्यार्थीहरुका लागि छात्रवृति प्रदान गर्ने उद्देश्यले राखिएको हो । मनिलाल प्रतिष्ठानको आयोजनामा हुने च्यारेटीको टिकट १ हजार रुपैयाँ तोकिएको छ । 

 

पत्रकार सम्मेलनमा नायक प्रशान्त यादव, निर्माता अन्जु केसी, च्यारेटी शोका आयोजक संस्थाका अध्यक्ष रामहरी गुरुङ लगायतले बोलेका थिए । सिनेमा प्राविधिक पक्षबाट पनि बलियो बनेको दाबी निर्माण पक्षको छ । काँडेतारमा नवल खड्का, गौरव पहारी, सुरबिना कार्की, रेबिका गुरुङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ । 
 

पोखरा:  कास्की प्रहरीले सेती नदीबाट अवैध रुपमा नदीजन्य पदार्थको चोरी निकासी गरेको अवस्थामा ४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।   पोखरा महानगरपालिका वडा १४ बाच्छीबडुवाबाट अवैध रुपमा नदिजन्य...

थप पढ्नुहोस्

पोखरा:  जेठको ११ देखि १५ सम्म पोखराको अमरसिंहमा रहेको एमआरपी बियर रेष्टुरेण्टमा लेकाली बियर च्यालेन्ज हुने भएको छ ।    होटल टास्क ईन्टरनेशनल प्रालिको आउटलेट लेकाली सेकुुवा रेष्टुरेण्ट एण्...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आफु अनुकुलको होटल तथा बसमा जानको लागि झोला तान्ने, पैसाको अनावश्यक मोलमलाई गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  वडा प्रहरी कार्यालय बैदामबा...

थप पढ्नुहोस्