पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा सरस्वती आदर्श च्याम्पियन

पाेखरा | माघ ७, २०८०

पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा सरस्वती आदर्श च्याम्पियन

पोखरा:   अमरसिंह खेल मैदानमा जारी बाह्रौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्श विद्या आश्रमले जितेको छ ।

 

गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि संगै सरस्वती आदर्श विद्या आश्रमले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

 

प्रतियोगितामा वेसलाइन एकेडेमीले दोश्रो स्थान सहित नगद ३५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । त्यस्तै प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल र ज्ञान ज्योती विद्या कुञ्जले क्रमश तेश्रो र शान्तवना स्थान हासिल गर्न सफल भयो ।

 

तेश्रो स्थान हुने मेरिगोल्डले नगद २५ हजार नगद ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयोभने शान्तवना हुने ज्ञान ज्योति विद्या कुञ्जले नगद १५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।

 

प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, क्लवबका बरिष्ठ उपाध्यक्ष लोक बहादुर थापासंगै क्लबका पदाधिकारीहरुले पुरस्कार वितरण गरेका थिए ।

 

अमरसिंह खेल मैदानमा आयोजित महोत्सव एघारौ दिन सम्म आइपुग्दा दर्शकको उल्लेख्य साथ रहेको छ । दर्शकको उपस्थिती संगै महोत्सवमा कारोवार समेत बढिरहेको छ ।

 

महोत्सवको एघारौ दिन आइतबार ज्योती मगरको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए ।

 

ज्योति मगर संगै महोत्सवमा जिवन दाहाल, कृष्ण अखेली, शिवहरी ढुंगाना, रामजी पौडेल, सानु बिकास, गंगा पौडेल, पारु गुरुङ, बत्ती थापा लगायतको प्रस्तुती रहेको थियोभने सांझको लाइभ ब्याण्डमा सुगम पोखरेलको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।

 

महोत्सवको अन्तिम दिन सोमबार लोकदोहोरी तर्फ जीवन दाहाल, शंकरविरही गुरुङ, शिवहरी ढुंगाना, सुनिमा गुरुङ, लक्ष्मी बानियाँ लगायतको प्रस्तुती रहने छ भने सांझको लाइभ कन्सर्ट तर्फ जीबबको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

 

यसैबीच महोत्सवको समापन समारोह दिनको १ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा हुने भएको छ । 

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्