कास्कीमा सरकारी विदाको दिन सरकारी सवारी चलाउन प्रशासनको एक वर्षे पास!

पाेखरा | माघ १३, २०८०

कास्कीमा सरकारी विदाको दिन सरकारी सवारी चलाउन प्रशासनको एक वर्षे पास!

पोखरा:  सार्वजनिक विदाको दिन सरकारी सवारी साधनको दुरुपयोग गरेको भन्दै नेपा कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालले यातायात कार्यालय कास्कीको गाडी नियन्त्रणमा लिएर ट्राफिक प्रहरीलाई बुझाएको छ । 


विदाको दिन सरकारी सवारी साधनको दुरुपयोग गरेको भन्दै युवा संगठन नेपालले यातायात कार्यालयका एक कर्मचारीले चलाएको गाडी शनिबार पोखरामा नियन्त्रणमा लिएको थियो । 


युवा संगठन नेपालले शनिबारका दिन यातायात कार्यालय पोखराका एक कर्मचारीले चलाएको एए ०५५३ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । 


पछिल्लो समय सरकारी सवारी साधनको दुरुपयोग बढ्दै गएकाले यसको नियमन गर्न युवा संगठन नेपालले लागेको गण्डकी इन्चार्ज युवराज सीले बताए ।


‘हामीले यस गाडीलाई बागलुङ बसपार्कबाट फलो गरेका हौं, गाडीमा ४/५ जना थिए, २ जना मालेपाटनमा झर्नु भयो’, युवराजले भने, ‘बागलुङ बसपार्कबाट फलो गर्दै आउँदा लखनचोक (पृथ्वीचोक)मा आएर नियन्त्रणमा लिएर ट्राफिक प्रहरीलाई बुझाएका हौं ।’


जिल्ला ट्राफिक कार्यालय कास्कीले एक समूहले विदाको दिनमा सरकारी सवारी चलाएको भन्दै नियन्त्रणमा लिएर ट्राफिक प्रहरीलाई बुझाएपछि कार्यालयमा रहेको पुष्टि गरेको छ । ट्राफिक कार्यालय कास्कीले विदाको दिनमा चलाउने पाउने प्रशासनबाट अनुमति पत्र समेत गाडीमा फेला परेको उल्लेख गरेको छ । 


विदाको दिन सरकारी सवारी सञ्चालनमा प्रशासनको एक वर्षे पास


सामान्यतया सार्वजनिक विदाको दिन सुरक्षा निकायले प्रयोग गर्ने साधन, एम्बुलेन्स, दमकल, खानेपानी लगायतका सरकारी कार्यालयका गाडी चलाउन प्रशासनबाट पास चाहिँदैन् । अन्य सरकारी कार्यालयका गाडीहरु सरकारी विदाको दिन चलाउन परे प्रशासनको पास लिएर मात्र चलाउने पाउने प्रावधान छ । 


तर जिल्ला प्रशासन कार्यालय कास्कीले भने एक सरकारी कार्यालयको एक गाडीलाई एक वर्ष सम्म सरकारी विदाको दिन गाडी चलाउन पास दिइएको पाइएको छ । 


जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी गंगाबहादुर क्षेत्रीले सरकारी विदाको दिन अत्यावश्यक काममा प्रशासनका सरकारी साधन सञ्चालन गर्न अनुमति अनिवार्य रहेको बताए ।


‘सरकारी विदाको दिन सुरक्षा निकायको साधन, एम्बुुलेन्स, दमकल लगायतका सरकारी गाडीलाई पास दिनुपर्दैन्’, सूचना अधिकारी क्षेत्रीले भने, ‘तर अन्य सरकारी कार्यालयका सवारीहरुले विदाको दिन अत्यावश्यक कामका लागि सरकारी सवारी सञ्चालन गर्न प्रशासनबाट अनुमति अनिवार्य लिनुपर्छ ।’


जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी क्षेत्रीले विदाको दिन सरकारी सवारी साधन सञ्चालनमा प्रशासनको पास चाहिने भएपनि एक वर्षको पास कसरी दिइयो त्यसमा अनविज्ञता प्रकट गरे ।


‘सामान्यतया सरकारी विदाको दिन सरकारी गाडी सञ्चालनका लागि प्रशासनबाट एक महिनासम्मको पास दिने गरेपनि एक वर्षसम्मको पास कसरी दिइयो यो बुझ्नुपर्छ ।’ उनले भने ।


भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीका प्रमुख जितेन्द्रजंग केसीले हस्ताक्षर गरेको पत्रमा‘एए ०५५३’ को सरकारी गाडीलाई सवारी साधन पास सम्बन्धमा ०८०÷०३÷२७ देखि ०८१÷असार मसान्त सम्म पास उपलब्ध गराउन पत्र काटेका छन् । 


उक्त पत्रमा जिल्ला प्रशासन कार्यालय कास्कीले माग बमोजिम सवारी अनुमति छ भनेर अनुमति दिइएको छ । 

काठमाडौं:      नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिज ‘ए’ टोलीले दोस्रो टी–२० खेलमा जितको लागि मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने न...

थप पढ्नुहोस्

काठमाडौंः  चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क गरेको छ ।   १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय गरेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालका ला...

थप पढ्नुहोस्

काठमाडौंः   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन आह्वान गर्नुभएको छ ।   ‘नेपाल लगानी ...

थप पढ्नुहोस्