न्यौपानेको ‘नदेखिएको घाउ’ आत्मकथा लोकार्पण
पाेखरा | माघ १४, २०८०
पोखरा: कस्केली अधिकृत समाजका आजीवन सदस्य एवम् पोखरा महानगरपालिकाका अधिकृत दुुर्गा न्यौपानेद्वारा लिखित आत्मकथा ‘नदेखिएका घाउ’ लोकार्पण गरिएको छ ।
कस्केली अधिकृत समाजद्वारा आज पोखरामा आयोजित एक कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गर्नुुभयो ।
कार्यक्रममा सरुभक्तले आत्मकथाको महत्व साहित्यमा मात्र नभै समाजमा पनि महत्वपूर्ण हुने बताउँदै आत्मकथामा साहित्यिक तथा सामाजिक मूल्य हुुने बताउनुुभयो ।
न्यौपानेले आफ्ना जीवनका भोगाई र अनुुभवलाई कृतिमा समेट्ने प्रयास गरेको बताउँदै उहाँले साहित्यिक लेखनमा निरन्तरता हुने विश्वास व्यक्त गर्नुुभयो ।
कृतिका समिक्षक विन्दुवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य प्रा.डा. जगन्नाथ रेग्मीले शाहस, संघर्ष र धैर्यताका कथा ‘नदेखिएका घाउ’ मा रहेको बताउनुुभयो । जीवनका भोगाईलाई न्यौपानेले कृतिमा प्रस्तुत गर्न खाज्नुुभएको उहाँले बताउनुुभयो ।
प्रा.डा.रामनाथ ओझाले आत्मकथा लेखन आँफैंमा धेरै दुुत्साहपूर्ण लेखन भएको बताउँदै न्यौपानेले जीवनका विभिन्न पक्षलाई कृतिमा उतारेको बताउनुुभयो ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सदस्य एवम् कस्केली अधिकृत समाजका सल्लाहकार दुुर्गा बहादुर शाह(बाबा)ले समाजमा धेरै विधा र क्षेत्रमा कृयाशिल व्यक्तित्वहरू आवद्ध रहेको बताउनुुभयो । न्यौपानेको नदेखिएको घाउ कृति साहित्यिक क्षेत्रमा महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुुभयो ।
कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव महेश पौडेलले गर्नुुभएको थियाृे भने स्वागत उपाध्यक्ष लोकनाथ दवाडीले गर्नुुभएको थियो ।
कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी प्रकाश सायमी, मानव अधिकारका लागि महिला, एकल महिला समूहका अध्यक्ष कविता पाण्डे लगायतले कृति र साहित्यका बारेमा चर्चा गर्नुुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

