भेट्रान फुटबल: दोस्रो दिन ६ खेल सम्पन्न
पाेखरा | माघ २२, २०८०
पोखरा: पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा सोमबार ६ खेल सम्पन्न भएका छन् ।
बगर भाइखलकको आयोजनामा आइतबारदेखि सुरु भएको दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा एक्स वारियर पोखराले सुनाखरी काठमाडौंलाई ३–० ले हराएको छ । एक्सको जितमा किशोरदेव थापाले दुई तथा सुशिल श्रेष्ठले एक गोल गरे ।
दोस्रो खेलमा चिया पप ठमेलले हरिवन भेट्रान सर्लाहीलाई ६–१ ले हरायो । चिया पपको जितमा सन्तोष नेपालीले दुई तथा मिलन अधिकारी, रमेश गुरुङ, विपिन शाही र मित्रबहादुर बस्नेतले समान एक÷एक गोल गरे ।
निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो खेलमा नाइट किंग काठमाडौंले लखन ब्रदर्श बुटवललाई टाइब्रेकरमा ४–३ ले हरायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । नाइट किंगका लागि राकेश श्रेष्ठ र नवराज गौतमले गोल गरेका थिए भने लखनका लागि यामु राना र भरत गुरुङले गोलगर्दा खेल बराबरीमा सकिएको थियो ।
चौथो खेलमा फ्रिडम फाइटर काठमाडौंले भारतको खेलो भेट्रान देरादुनलाई ६–२ ले हरायो । फ्रिडमका लागि राजकुमार घिसिङले ह्याट्रिक गरे भने कमल विष्ट र विकर्ण श्रेष्ठले एक÷एक गोल गरे । देरादुनका लागि गोविन्द सिंह र मनिष शर्माले समान एक÷एक गोल गरे ।
पाँचौ खेलमा रोजरपाटी काठमाडौंले सिमरा भेट्रान माथि ३–० को जित हासिल ग¥यो । जोरपाटीका लागि सुरज सुवेदी, उमेश लामा र निमा लामाले गोल गरे । यस्तै दिनको अन्तिम खेलमा चावहिल काठमाडौंले एन.जेजे.वाई.सी सिमरालाई ४–१ ले हरायो । चवाहिलको जितमा कप्तान पासाङ शेर्पाले ह्याट्रिक गरे भने जगतमान लामाले एक गोल गरे समराका लागि राजु राईले एक गोल गरे । प्रतियोगिताअन्तरगत भोलि प्रिक्वाटरफाइनलका सात खेल हुनेछन् ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

