पोखरा–१४ मा भोलिदेखि स्थानीय महोत्सव

पाेखरा | फागुन ५, २०८०

पोखरा–१४ मा भोलिदेखि स्थानीय महोत्सव

पोखरा:    पोखरा महानगरपालिका १४ नम्बर वडा कार्यालयले महानगरपालिकामै पहिलो पटक  आयोजना गरेको स्थानीय महोत्सवको तयारी पुरा भएको छ । 


पोखरा–१४ वडा कार्यालयले महानगरपालिकामै पहिलो पटक आयोजना गरेको स्थानीय महोत्सवको तयारी पुरा भएको प्रचारप्रसार व्यवस्थापन समितिका संयोजक रामजी जिसीले जानकारी दिए  । 


स्थानीय स्तरमा उत्पादित कृषिजन्य उपज तथा मौलिक कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरा–१४ वडा कार्यालयले भोलि र पर्सी (फागुन ६ र ७ गते) स्थानीय महोत्सव आयोजना गरेको हो ।


पोखरा महानगरपालिका–१४ छिनडाँडा स्थित शुक्रराज बलभद्र माविको खेलमैदानमा आयोजना हुने महोत्सवमा १ सय वटा स्टलको व्यवस्था गरिएको वडा कार्यालयले जनाएको छ । 


स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यसहित पहिलो चोटि महोत्सव आयोजना गरेको वडाध्यक्ष बोधबहादुर कार्कीले बताए । 


‘महोत्सवमा स्थानीय उत्पादनलाई मात्र प्राथमिकता दिएका छौं, पोखरा–१४ मा उत्पादन हुने कृषि जन्य उपजको व्यवसायीकरण एवं बजारीकरण, स्थानीय व्यवसायीको उत्पादन तथा व्यवसाय प्रवद्र्धन गर्ने वडाको मूख्य उद्धेश्य रहेको छ । यसले कृषकहरुमा थप उर्जा मिल्ने विश्वास लिएका छौं ।’ वडाध्यक्ष कार्कीले भने । 


आइतबार र सोमबार सञ्चालन हुने स्थानीय महोत्सवमा स्थानीय मौलिक कला र संस्कृतिको जगेर्ना गर्ने, आपसी सद्भाव र मित्रताको अभिवृद्धि गर्ने, खेलकुद संस्कृतिको विकास र स्थानीय पर्यटकीय स्थलको पहिचान र प्रचारप्रसार गर्ने उद्धेश्य राखिएको छ । 


दुईदिनसम्म सञ्चालन हुने महोत्सवमा पोखरा–१४ भित्रका टोलस्तरीय रस्साकस्सी प्रतियोगिता, आमासमूहबीच रस्साकस्सी प्रतियोगिता, छेलो प्रतियोगिता र सेलरोटी पकाउने प्रतियोगिता आयोजना गरेको प्रचारप्रसार संयोजक केसीले बताए । 


महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक कार्यक्रमहरुसमेत रहने उनले बताए । 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्