पोखरा १०: वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी सहयोग
पाेखरा | बैशाख ११, २०८१
पोखरा: पोखरा महानगरपालिका वडा कार्यालय १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी समाग्री वितरण गरेको छ ।
वडा भित्र रहेको तीन वटा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी स्टेशनरी सामाग्री वितरण गरेको हो ।
वडा कार्यालयले कालिका नमुना मावि, कुँडहर आधारभुत प्रावि र पल टाँसी छ्योएलिङ गुम्बा विद्यालयमा २ सय थान स्टेशनरी सामाग्री वितरण गरेको वडाध्यक्ष राजेश गुरुङले जानकारी दिए ।
उनका अनुसार कालिका माविलाई ८५ थान, कुँडहर आधारभुत विद्यालयलाई ६५ थान र पट टासी छ्योएलिङ गुम्बा विद्यालयलाई ५० थान स्टेशनरी प्रदान गरिएको छ ।
पोखरा महानगरभित्र रहेर पनि हालसम्म कम्प्युटर उपलब्ध नभएको कुँडहर आधारभुत विद्यालयमा यसअघि पाँच थान कम्प्युटरसमेत प्रदान गरिसकेको अध्यक्ष गुरुङले स्मरण गर्दै शिक्षालाई गुणस्तरीय बनाउनका लागि वडा सदैब पहल गर्ने बताएका थिए ।
उक्त कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १० का वडा सदस्यहरु नरदेवी गुरुङ, सुनिमाया नेपाली, परमेश्वर बहादुर कार्की, वडा सचिव दमयन्ती पराजुली, कालिका माविका प्रध्यानाध्यापक बलराम गिरी, कुँडहर आधारभुत विद्यालयका प्रध्यानाध्यापक नन्दकिशोर बराल, पल टासी छ्योयलिङ गुम्बाका विद्यालयका प्रमुख अनिता गुरुङ, कुँडहर आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता तिमिल्सिना, कालिका उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक थापा लगायतको उपस्थिती रहेको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

