न्याय निरुपणमा पोखराको न्यायिक समिति उत्कृष्ट: मेयर आचार्य

पाेखरा | जेठ ९, २०८१

न्याय निरुपणमा पोखराको न्यायिक समिति उत्कृष्ट: मेयर आचार्य

पोखरा:    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्याय निरुपणका हिसाबले पोखरा महानगरपालिकाको न्यायिक समिति उत्कृष्ट रहेको बताउनुभएको छ ।

 

पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा बुधबारदेखि सञ्चालित मेलमिलापकर्ताका लागि सञ्चालित पुनर्ताजगी तालिमको उद्घाटन गर्दै उहाँले,“न्याय सम्पादन निरुपण गर्न दिएको काममा राम्रो कार्यसम्पादन गरेको स्थानीय तहका रुपमा स्थापित भएको छ । महानगरमा आउने क्षेत्राधिकारभित्रका विवाद र समस्यालाई न्यायिक समितिले निरुपण गरेका हकमा अदालतबाट पनि सुरु समितिकै निर्णय सदर भएका छन् । यसले गदाँ यहाँको न्यायिक समिति उत्कृष्ट ठहरिएको छ ।”

 

मेयर आचार्यले न्यायिक समितिमा थुप्रै समस्या आएका छैनन ।त्यो नआओस भन्नका लागि वडा तहमा मेलमिलाप केन्द्र स्थापना गरिएको बताउनुभयो ।

 

स्थानीय तह वडाका टोलटोलमा समस्या समाधान गर्न र सहजीकरणका लागि संयन्नत्रका रुपमा मेलमिलापकर्ताहरुको व्यवस्था गरेको बताउदै राज्यले मेलमिलापकर्तालाई गर्नुपर्ने सहयोग र सपोर्ट गर्न नसकिएको बताउदै त्यसका लागि न्यायिक समितिसंग छलफल गरेर मिल्ने सहयोग गर्नेर्छौ मेयर आचार्यले बताउनुुभयो ।

 

पोखरा महानगरपालिकाका उपमेयर एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले विवाद समाधानको उपयुक्त उपाय भएको बताउनुुभयो ।

 

“ मेलमिलापले विवादका दुवै पक्षलाई जितको अवस्था सृजना गर्ने भएकाले मेलमिलापले समाजमा सद्भाव कायम हुने गर्दछ ।”

 

उहाँले न्यायिक समितिलाई उत्कृष्ट बनाउन मेलमिलापकर्ताको सहयोग र साथले सम्भव नभएको बताउदै तालिमले विवाद समाधानमा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

 

न्यायिक समिति सदस्य कालिदास पोखरेलले मेलमिलापकर्तालाई सहज हुने बताए । तीन सम्म चल्ने तालिममा पोखरा महानगर १९ देखि ३३ नम्बर वडाका मेलमिलापकर्ताको सहभागिता रहेको छ ।

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्