कास्कीमा वर्षाको प्रभाव: सय बढी परिवार विस्थापित
पाेखरा | असार २३, २०८१
पोखरा: केही दिन यता देशभर भारी वर्षा भइरहेको छ ।
भारी वर्षाका कारण नदी, खोलामा पानीको बहाव बढ्दा तटीय क्षेत्रमा बाढी तथा पहिरोको जोखिम बढेको छ ।
यसैबिच पोखराको मध्यभाग भएर बग्ने सेती नदीमा पानीको बहाव बढ्दा केही परिवार आंशिक रुपमा विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले पोखरामा वर्षाका कारण १ सय बढी परिवार आंशिक रुपमा विस्थापित भएको जानकारी दिए ।
‘कास्कीमा पनि बाढी पहिरोको जोखिम उत्तिकै छ, एसपी थापाले सुनगाभा न्यूजसँग भने,‘डुबान र बस्तीमा पानी पसेपछि अहिलेसम्म करिब १ सय भन्दा बढी घरपरिवार विस्थापित भएका छन् । आंशिक रुपमा विस्थापित भएका हुन् पूर्ण रुपमा होइन ।’
प्रहरी उपरीक्षक थापाका अनुसार वर्षाका कारण सेती नदीमा पानीको बहाव बढ्दा पोखरा–३३ पशुपतिस्थित सुकुम्बासी टोलमा रहेका करिब २७ घर जोखिममा परेपछि आफन्तमा आश्रय लिएका छन् ।
यो पनि पढ्नुहोस
यस्तै पोखरा महानगरपालिका–१४ गोष्टी टोलस्थित सेती नदीको किनारमा बसोबास गर्ने २३ परिवारलाई टोल विकास संस्थाको भवनमा राखिएको छ । भने पोखरा १३ कमलपोखरी क्षेत्रपनि डुबानमा परेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले जल तथा मौसम विभागको मौसम पूर्वानुमान बमोजिम अझै केही दिन भारी तथा मध्यम वर्षा हुने अनुमान रहेकाले नदी तथा खोलाका तटीय क्षेत्रमा सावधानी अपनाउनसमेत आग्रह गरेको छ ।
जिल्ला भित्र कतै विपद् जन्य घटना भए स्थानीय तह, जनप्रतिनिधि, सुरक्षाकर्मीहरुलाई तुरुन्त खवर गर्न समेत कास्की प्रशासनले अनुरोध गरेको छ ।
पोखरा । गण्डकी प्रदेश सरकारको लगानीमा निर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालको उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहकाबीच आज अस्पताल भवनको उद्घाटन गरे...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...
पोखरा । गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...





