पोखरामा ६० लिटर डिजेल ४ हजारमा किनेपछि...

पाेखरा | साउन ९, २०८१

पोखरामा ६० लिटर डिजेल ४ हजारमा किनेपछि...

पोखरा:    पोखरामा पार्किङ गरि राखेको ट्रकको डिजेल ट्याङ्कीबाट चोरी भएको डिजेलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चोरी भएको डिजेलसहित १९ वर्षीय रोहित नेपाली र ४८ वर्षीय जिवन श्रेष्ठलाई पक्राउ गरेको हो । 


पस्र्याङमा पार्किङ गरि राखेको बा ०१००६ ख ३८४० नम्बरको ट्रकको डिजेल ट्याङकीबाट मंगलबार बिहान करिव १ देखि ४ बजेको समयमा ६० लिटर डिजेल चोरी भएको थियो । 


डिजेल चोरी भएको सूचनापछि अनुसन्धानका लागि खटिएको वडा प्रहरी कार्यालय बगरको प्रहरीको टोलीले पोखरा–२ फिर्केपुल बस्ने १९ वर्षीय रोहित नेपालीलाई पक्राउ गरेको थियो । 


पक्राउ परेका नेपालीले ट्रकबाट चोरी गरेको ६० लिटर डिजेल पोखरा–दमौली चल्ने ग १ ख ७१०२ नम्बरको बस धनि ४८ वर्षीय जीवन श्रेष्ठलाई ४ हजार रुपैयाँमा बिक्री गरेको खुलाएका थिए । 


प्रहरीले चोरी भएको डिजेल पोखरा–दमौली चल्ने बसबाट ३ वटा जारमा राखिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

 
पक्राउ परेका दुवै जनालाई चोरी तथा डाँका सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 


नेपाल आयल निगम लिमिटेडले जारी गरेको नयाँ मूल्य अनुसार चोरी भएको डिजेलको मूल्य ९ हजार ६ सय रुपैयाँ पर्छ । 

पोखरा:   मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ ।   प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...

थप पढ्नुहोस्

काठमाडौं:  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...

थप पढ्नुहोस्

पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

थप पढ्नुहोस्