पोखरामा ६० लिटर डिजेल ४ हजारमा किनेपछि...
पाेखरा | साउन ९, २०८१
पोखरा: पोखरामा पार्किङ गरि राखेको ट्रकको डिजेल ट्याङ्कीबाट चोरी भएको डिजेलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चोरी भएको डिजेलसहित १९ वर्षीय रोहित नेपाली र ४८ वर्षीय जिवन श्रेष्ठलाई पक्राउ गरेको हो ।
पस्र्याङमा पार्किङ गरि राखेको बा ०१००६ ख ३८४० नम्बरको ट्रकको डिजेल ट्याङकीबाट मंगलबार बिहान करिव १ देखि ४ बजेको समयमा ६० लिटर डिजेल चोरी भएको थियो ।
डिजेल चोरी भएको सूचनापछि अनुसन्धानका लागि खटिएको वडा प्रहरी कार्यालय बगरको प्रहरीको टोलीले पोखरा–२ फिर्केपुल बस्ने १९ वर्षीय रोहित नेपालीलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका नेपालीले ट्रकबाट चोरी गरेको ६० लिटर डिजेल पोखरा–दमौली चल्ने ग १ ख ७१०२ नम्बरको बस धनि ४८ वर्षीय जीवन श्रेष्ठलाई ४ हजार रुपैयाँमा बिक्री गरेको खुलाएका थिए ।
प्रहरीले चोरी भएको डिजेल पोखरा–दमौली चल्ने बसबाट ३ वटा जारमा राखिएको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई चोरी तथा डाँका सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
नेपाल आयल निगम लिमिटेडले जारी गरेको नयाँ मूल्य अनुसार चोरी भएको डिजेलको मूल्य ९ हजार ६ सय रुपैयाँ पर्छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

