काठमाडु माभरिक्सले पोखरा लेकर्सलाई हरायो
काठमाडाैं | माघ ४, २०८१
काठमाडौं: काठमाडु माभरिक्सले पोखरा लेकर्सलाई पराजित गर्दै नेपाल कबड्डी लिग (एनकेएल)मा विजयी सुरूआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ सम्पन्न उद्घाटन खेलमा काठमाडुले पोखरा लेकर्सलाई ४२–४१ ले पराजित गर्दै विजयी भएको हो । जितसँगै काठमाडुले पाँच अङ्क जोडेको छ । त्यस्तै पराजित पोखराले एक अङ्क प्राप्त गर्यो ।
एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित उक्त प्रतियोगितामा छ सहरका छ टिम सहभागी छन् । जसमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स (बुटवल) र धनगढी वाइल्डक्याट्स छन् ।
उक्त प्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछ । बेलुका ५ः३० बजे हुने पहिलो खेलमा विराटनगर ब्यान्डिट्स र धनगढी वाइल्डक्याट्सबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै ६ः३० बजे हुने दोस्रो खेलमा हिमालयन रेइडर्स (बुटवल) र जनकपुर नाइट्स आमनेसामने हुनेछन् ।
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

