एक दिवसीय क्रिकेट: कास्कीले लेखनाथालई २७३ रनले हरायो
पाेखरा | माघ ४, २०८२
पोखरा: पोखरामा जारी कास्की जिल्ला क्लबस्तरीय क्रिकेट प्रतियोगितामा कास्की क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई २७३ रनले हराएको छ ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको तेस्रो खेलमा कास्कीले लेखनाथ माथि सानदार जित हासिल गरेको हो । कास्कीको जितमा सोहिल कुँवर र विश्वास पराजुली नायक बने ।
३५० रनको विशाल विजयी लक्ष्य पाएको लेखनाथलाई २७.४ ओभरमा अलआउट गर्दै कास्कीले आफ्नो विजयी सुरुवात गरेको हो । लेखनाथले ७६ रन मात्रै जोड्न सफल रह्यो ।
लेखनाथका लागि प्रताप थापाले १७, देवनारायण यादवले १० तथा साहिल जैसवालले ९ रन बनाए ।
कास्कीका लागि विश्वास पराजुलीले सर्वाधिक ५ विकेट लिए । उनले ८ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ५ विकेट लिएका हुन् । यस्तै रोहित चन्द र अर्जुन कुमालले १÷१ विकेट लिए ।
त्यसअघि पोखरा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको कास्कीले ५० ओभरमा ८ विकेट गुमाउँदै ३४९ रन बनायो ।
कास्कीका लागि सोहिल कुँवरले शतकीय पारी खेले । उनले ९५ बलमा ११० रन बनाए । सहबुद्धिन अन्सारीले अर्धशतकीय पारी खेले । उनले ३१ बलमा ५० रन बनाए भने रोहित चन्दले पनि अर्धशतक पुरा गरे । उनले २८ बलमा ५० रन बनाए ।
लेखनाथका लागि सुवाष बास्तोलाले १० ओभरमा ७५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । कृपेश पौडेलले २ तथा सज्जन क्षेत्रीले १ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच कास्कीका सोहिल कुँवर घोषित भए ।
जिल्ला स्तरीय प्रतियोगिताबाट विजेता क्लबले प्रदेशस्तरीय एक दिवसीय प्रतियोगितामा कास्की जिल्लाको प्रतिनिधित्व गर्नेछ । जारी प्रतियोगिता प्रधानमन्त्री राष्ट्रिय पुरुष एक दिवसीय प्रतियोगिताको जिल्ला छनोट समेत रहेको छ ।
पोखरा: २०८२ माघ १ गतेदेखि प्रदर्शनमा आएको नेपाली सिनेमा ‘भाइरल गोर्खे’ को टिमले पोखरामा दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । पोखराको मिडटाउन सिनेमाजमा आइतबार आयोजित हल भ...
काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्। आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्। स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्र...
काठमाडौं: राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायण...

