७ दिनभित्र बागलुङ राजमार्गको अवैध संरचना हटाउन वडा ५ को निर्देशन
पाेखरा | भदौ २८, २०७९
पोखरा : पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्षले वडाका फुटपाथ पसल र अनाधिकृतरुपमा निर्माण भएका संरचना हटाउन सूचना जारी गरेको छ ।
महानगर र वडाबाट स्वीकृति नलिइकन निर्माण भएका स्थायी, अस्थायी टहरा र अतिक्रमित जग्गामा एवं मापदण्ड विपरित निर्माण भएका संरचना हटाउने अभियान चलेको उल्लेख गर्दै वडा कार्यालयले ७ दिन भित्र संरचना हटाउन सुचना प्रकाशित गरेको हो ।

सुचनामा भनिएको छ, ‘वडा कार्यालयमा स्वीकृति नलिइकन निर्माण भएका स्थायी तथा अस्थायी टहरासमेतका अतिक्रमति जग्गामा एवम् मापडण्ड विपरित निर्मित संरचना हटाउने अभियान चलिरहेको हुँदा स्वीकृत नलिइकन निर्माण भएका संरचनाहरु ७ दिनभित्र हटाइदिनुहुन यो सुचना प्रकाशित गरिएको छ ।
सुचनामा ७ दिनभित्र पहिलो चरणमा जिरो किलोमिटर देखि उत्तरतर्फ र बागलुङ राजमार्गको दायाँबायाँको सडकमा महानगर र वडाको स्वीकृति नलिइकन निर्माण भएको संरचना हटाउन निर्देशनसमेत दिइएको छ ।
७ दिन भित्र संरचनाहरु सम्बन्धित सरोकारवाला व्यक्तिबाट संरचना नहटाए प्रचलित कानुन बमोजिम हटाउँदाको खर्चसमेत असुल हुने सुचनामा बताइएको छ ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

