विमानस्थलसम्म सार्वजनिक बस, तीन–तीन मिनेटको फरकमा सञ्चालन

पाेखरा | पुस १९, २०७९

विमानस्थलसम्म सार्वजनिक बस, तीन–तीन मिनेटको फरकमा सञ्चालन

 कास्की:   पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म यात्रुलाई आवतजावत सुविधा दिन सार्वजनिक बस सेवा सञ्चालन गरिएको छ। विमानस्थलभित्र तीन–तीन मिनेटको फरकमा दुईवटा बस सञ्चालन गरिएको हो। विमानस्थलबाट अमरसिंह चोक–वीरेन्द्र चोक–राम बजार–मितेरी पुल–आरटीओ रोड–बिरौटा चोक–राष्ट्रबैङ्क चोक हुँदै फिस्टेल गेटसम्म चारवटा बस १०–१० मिनेटको फरकमा र एउटा बस विमानस्थलबाट वेगनासतालसम्म ‘नन स्टप’ सञ्चालन गरिएको हो। 


पोखरा बस यातायात प्रालिसँगको सहकार्यमा सञ्चालन गरिएको सार्वजनिक बस सेवाको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको हो। यसले निजी सवारीसाधन नभएका यात्रुका लागि सहजता पुग्ने विश्वास पालिका प्रमुख आचार्यले गर्नुभयो। “निजी सवारी भएका यात्रु सिधै विमानस्थलमा जान सक्ने भए पनि पोखरामा चल्ने नगर बसबाट विमानस्थल पुग्न लामो समय खर्चिनुपर्छ।


नगर बसहरू विभिन्न चोकमा रोकिँदै बजार घुमेर जाने भएकाले यात्रुलाई समस्या रहेको थियो। यही समस्याको समाधानका लागि सिधै विमानस्थलमा पुग्ने गरी सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो। महानगरपालिकाले एयरपोर्टदेखि लेकसाइड जान वैकल्पिक सडक प्रयोग गर्ने तयारी गरेको छ। एयरपोर्टबाट आउने पर्यटकलाई औद्योगिक क्षेत्र गेटको प्रहरी बिट–एयरपोर्ट अगाडिबाट मिलनटोल, रामबजार, चोरसाँघुको वैकल्पिक बाटो हुँदै बिरौटा चोकबाट फिस्टेल गेटसम्मको सेवा दिन खोजिएको छ। वडा नं। १६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले तत्कालका लागि परिकल्पना गरिएको बाटो भएको र पछि प्लानिङमा तलमाथि भए पनि मूल बाटोभन्दा सहायक बाटोबाट सहज ढङ्गले सेवा प्रवाह गर्ने प्रयास गरिने बताउनुभयो। 


एयरपोर्टदेखि एयरपोर्ट गेटसम्मका लागि दुईवटा गाडी र एयरपोर्ट गेटबाट वैकल्पिक बाटोका लागि चारवटा गाडी व्यवस्था गर्ने तयारी गरिएको जनाइएको छ।


“पृथ्वी चोक क्षेत्रमा ज्यादा सवारीसाधनको भीडले जाम हुन्छ तसर्थ वैकल्पिक बाटोको व्यवस्था गर्न लागिएको हो,” उहाँले भन्नुभयो। महानगरपालिकाले नयाँ विमानस्थल सञ्चालन व्यवस्थित गर्न सरोकारवाला र पर्यटन व्यवसायीसँग छलफल तथा अन्तक्र्रिया गरेको छ।   

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्