युवा उद्यमशीलता विकास गरी उत्पादन वृद्धिमा जोड
काठमाडाैं | चैत २७, २०७८
काठमाडौँ, चैत २७ गते । काठमाडौँ घोषणापत्र जारी गर्दै काठमाडौँमा सञ्चालन भएको दुई दिने ‘सहकारी उद्यमशीलता राष्ट्रिय युवा सम्मेलन २०७८’ सम्पन्न भएको छ ।
सहकारीमार्फत युवाको उद्यमशीलता विकास गर्दै उत्पादन वृद्धि र आयात प्रतिस्थापन गरी सहकारीलाई अर्थतन्त्रको एक सबल खम्बाका रूपमा स्थापित गर्ने मुख्य उद्देश्यका साथ राष्ट्रिय सहकारी महासङ्घको आयोजनामा सम्मेलन आयोजना भएको थियो । सहकारीमा युवाको अर्थपूर्ण सहभागिता तथा उद्यमशीलता वृद्धिका लागि विद्यमान कानुनको संशोधन र विनियम तथा आन्तरिक कार्यविधिको परिमार्जन गरी अनुकूल वातावरण निर्माणका लागि संयुक्त पहलकदमी गर्ने सम्मेलनले जारी गरेको घोषणापत्रमा उल्लेख छ ।
युवालाई उद्यमशीलताका लागि प्रेरित गर्न सम्पूर्ण सहकारी सङ्घसंस्थामा युवा समन्वय उपसमिति गठन गरी युवा लक्षित कार्यक्रम सञ्चालन गर्ने तथा सहकारीमार्फत उत्पादित वस्तु तथा सेवाको मूल्य तथा आपूर्ति शृङ्खला विकास गरी सहकारी ब्रान्ड प्रवद्र्धन गर्ने घोषणापत्रमा उल्लेख छ ।
यसैगरी घोषणापत्रमा युवाको नवीनतम सोच र सिर्जनात्मक क्षमतालाई पूर्ण उपयोग हुनेगरी सहकारी सङ्घसंस्थाको पुँजीलाई सहकारी उद्यम विकासमा अधिकतम परिचालन गर्ने, सहकारी सङ्घसंस्थाको वस्तु तथा सेवालाई प्रतिस्पर्धी बनाउन सहकारी शिक्षा तथा नवीनतम प्रविधिको प्रयोगमा व्यापकता ल्याउने तथा सहकारीमा युवा उद्यमशीताका नतिजाको तथ्याङ्क एकीकृत गरी सहकारीको सक्षमता प्रदर्शन गर्ने उल्लेख छ ।
सहकारी युवा उद्यमशीलतालाई व्यापक बनाउन र उत्पादन तथा उत्पादकत्व वृद्धि एवं रोजगारी सिर्जना गर्न सार्वजनिक, निजी र सहकारी साझेदारी मोडेललाई प्रभावकारी बनाउने सम्मेलनले घोषणा गरेको छ ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

