बुध्द एयर चढ्नेले अन्नपूर्ण केबलकारमा १२ प्रतिशत छुट पाउने

काठमाडाैं | चैत २७, २०७८

बुध्द एयर चढ्नेले अन्नपूर्ण केबलकारमा १२ प्रतिशत छुट पाउने

काठमाडौं, चैत २७ गते । बुध्द एयर चढ्नेले अन्नपूर्ण केबलकारको १२ प्रतिशत छुट पाउने भएको छ । बुध्द एयरको बोर्डिङ पासमा पोखराको अन्नपूर्ण केबलकारमा छुटको व्यवस्था गरिएकाे जनाएको छ ।

बुध्द एयर र अन्नपूर्ण केबलकारबीच भएको सम्झौतामा बुध्द एयरबाट पोखरा यात्रा गर्ने यात्रुहरुलाई प्रत्येक बोर्डिङ पासमा केबल कार आउजाउमा आकर्षक छुटको प्याकेज ल्याएको छ ।

बोर्डिङ पास जारी गरिएको ५ दिनभित्र अन्नपूर्ण केबलकारको प्रयोगमा मात्र यो सुविधा उपलब्ध हुने बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिनुभयो । बुध्द एयरले काठमाडौंबाट दैनिक १० भन्दा बढी पोखराको उडान भर्दै आएको छ ।

त्यसैगरी, धनगढी, नेपालगञ्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुरबाट पनि पोखराको सिधा उडान गर्दै आएको छ । नववर्ष २०७९ वैशाख २ गतेबाट भद्रपुरबाट पोखरा सिधा उडान गर्ने घोषणा पनि गरिसकेको छ । यी गन्तव्यहरुबाट पोखरा सिधा उडान भर्ने सबै यात्रु यो योजनाबाट लाभान्वित हुनेछन् । बुध्द एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज तीन वटा र दुईवटा बीचक्राफ्ट जहाजहरु छन् ।

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्