बुध्द एयर चढ्नेले अन्नपूर्ण केबलकारमा १२ प्रतिशत छुट पाउने

काठमाडाैं | चैत २७, २०७८

बुध्द एयर चढ्नेले अन्नपूर्ण केबलकारमा १२ प्रतिशत छुट पाउने

काठमाडौं, चैत २७ गते । बुध्द एयर चढ्नेले अन्नपूर्ण केबलकारको १२ प्रतिशत छुट पाउने भएको छ । बुध्द एयरको बोर्डिङ पासमा पोखराको अन्नपूर्ण केबलकारमा छुटको व्यवस्था गरिएकाे जनाएको छ ।

बुध्द एयर र अन्नपूर्ण केबलकारबीच भएको सम्झौतामा बुध्द एयरबाट पोखरा यात्रा गर्ने यात्रुहरुलाई प्रत्येक बोर्डिङ पासमा केबल कार आउजाउमा आकर्षक छुटको प्याकेज ल्याएको छ ।

बोर्डिङ पास जारी गरिएको ५ दिनभित्र अन्नपूर्ण केबलकारको प्रयोगमा मात्र यो सुविधा उपलब्ध हुने बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिनुभयो । बुध्द एयरले काठमाडौंबाट दैनिक १० भन्दा बढी पोखराको उडान भर्दै आएको छ ।

त्यसैगरी, धनगढी, नेपालगञ्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुरबाट पनि पोखराको सिधा उडान गर्दै आएको छ । नववर्ष २०७९ वैशाख २ गतेबाट भद्रपुरबाट पोखरा सिधा उडान गर्ने घोषणा पनि गरिसकेको छ । यी गन्तव्यहरुबाट पोखरा सिधा उडान भर्ने सबै यात्रु यो योजनाबाट लाभान्वित हुनेछन् । बुध्द एयरसँग ७२ सिटे एटीआर–७२ जहाज ११ वटा, ४२ सिटे एटीआर–४२ जहाज तीन वटा र दुईवटा बीचक्राफ्ट जहाजहरु छन् ।

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्