महिला राष्ट्रिय हक्कीको फाइनल आज, आर्मी र लुम्बिनी भिड्दै

धनुषा | माघ २८, २०७९

महिला राष्ट्रिय हक्कीको फाइनल आज, आर्मी र लुम्बिनी भिड्दै

ढल्केवर:  पाँचौं महिला राष्ट्रिय हक्की प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। धनुषाको नक्टाझिजमा जारी पाचौं साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको उपाधिका लागि विभागीय टोली नेपाल आर्मी र लुम्बिनी प्रदेश भिड्दैछ ।

 

सेमिफाईनलमा मधेस प्रदेशलाई हराउँदै नेपाल आर्मी र सुदुरपश्चिम प्रदेशलाई पराजित गर्दै लुम्बिनी प्रदेश फाइनलका लागि छनौट भएको थियो। नेपाल हक्की संघ तथा मिथिला नगरपालिकाको आयोजनामा भईरहेको प्रतियोगिताको फाईनल खेल नक्टाझिजस्थित रहेको हिमालय युवा क्लबको खेलमैदानमा आज साढे २ बजे हुने नेपाल हक्की संघका केन्द्रीय सदस्य समेत रहेका टुर्नामेन्ट डाइरेक्टर अशिम शर्माले जानकारी दिए।

 

उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमश ७५ हजार, ४० हजार र २५ हजार नगद पुरस्कारसहित शिल्ड प्रदान गरिने छ। प्रतियोगिताको तृतीय स्थानमा मधेस प्रदेशले आफ्नो स्थान जमाई सकेका छन्। शुक्रबार भएको लुजर फाईनल खेलबाट सुदुरपश्चिम प्रदेशलाई हराउँदै मधेस प्रदेशले तृतीय स्थान कब्जा गरेको हो।

 

स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर हुँदै आएको महिला राष्ट्रिय हक्की प्रतियोगिताको पहिलो संस्करण नेपाल आर्मीको टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेशले हात पारेको थियो। त्यस्तै, तेस्रो र चौथो संस्करणको उपाधि पनि विभागीय टोली नेपाल आर्मीले जितेको थियो।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्