आगामी तीन दिन देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडाैं | चैत ३, २०७९

आगामी तीन दिन देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं: स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिनसम्म अपराह्नपछि देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

 

अहिले काठमाडौँसहित देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशका पश्चिम र सुदूरपश्चिम क्षेत्रका अधिकांश स्थानमा वर्षा भएको छ।

 

महाशाखाले जारी गरेको मौसम विवरणअनुसार भोलि शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

 

चैत ५ गते आइतबार देशको पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागलुङ:  बागलुङमा सुख्खा पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरूद्ध भएको छ। सोमबार गलकोट नगरपालिका–११ काउछेमा सुख्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाण्डेले जानकारी दिए। उ...

थप पढ्नुहोस्

सुनसरी:  सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर –६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका ...

थप पढ्नुहोस्

पोखरा:   श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखरा–८ रत्नचोकको आयोजनामा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने भएको छ ।  विगतका वर्षहरुमा जस्तै श्रीकृष्...

थप पढ्नुहोस्