राष्ट्रिय शिक्षा दिवस असोज दुई गते मनाउने शिक्षा मन्त्रालयको निर्णय

काठमाडाैं | जेठ २२, २०८०

राष्ट्रिय शिक्षा दिवस असोज दुई गते मनाउने शिक्षा मन्त्रालयको निर्णय फाइल तस्बिर

काठमाडौं:  शिक्षा मन्त्रालयले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ।

 

मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणिकरण भएको मितिलाई आधार मानेर असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको जनाएको छ।


मन्त्रालयले सोही अनुसार असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउन प्रदेश तथा समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका महासंघ, सबै स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।

 

राष्ट्रिय शिक्षा दिवस २०३१ सालदेखि फागुन १२ गतेको दिन मनाउन थालिएको हो र  विभिन्न आधारमा फरक फरक मितिमा २०७६ सालसम्म मनाइएको राष्ट्रिय शिक्षा दिवस २०७७ सालदेखि मनाइएको छैन।

काठमाडौं:   विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ । आइतबार बिहान ६ः३० बजे कलेजको भवनको पाँचौ तलाबाट खसेका डा. अमित यादवको उपचारकोक्रममा मृत्यु भएको हो । ट...

थप पढ्नुहोस्

ढोरपाटन:  बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू ब...

थप पढ्नुहोस्

पोखरा: साहित्यकार एवम गीतकार चन्द्रावती वाग्लेको नयाँ कृति ‘कहरको त्यो समय’ एक कार्यक्रमका बीच आज लोकार्पण गरिएको छ ।      गिताञ्जली साहित्य परिवार पोखरा र नारी बाङ्मय प्रतिष्ठान ...

थप पढ्नुहोस्