बागलुङ: बागलुङको काठेखोला गाउँपालिका –५ बिहुँको पर्यटकीय क्षेत्र घोडाबाँधे क्षेत्रमा संसारका १८८ देशका राष्ट्रिय झण्डा स्थापना गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटनको विकासमा सहयोग पुर्याउने उद्देश्यले विश्व सांस्कृतिक अभियान समूहको अगुवाइमा झण्डा स्थापना गरिएको हो । घोडाबाँधे काठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सीमा क्षेत्र हो । झण्डा स्थापना गरिएको क्षेत्रबाट धौलागिरि, माछापुच्छ्रे , मानापाथीलगायतका दर्जनौँ हिमशृङखला अवलोकन गर्न सकिन्छ । घोडाबाँधे क्षेत्रलाई विश्व सांस्कृतिक गाउँको रूपमा विकास गर्ने लक्ष्यका साथ पर्यटकीय गतिविधि, कार्यक्रम तथा संरचना निर्माण गर्न थालिएको पर्यटन विकास अभियन्ताहरुले बताएका छन् ।
ढोरपाटन: राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ जैमिनीअन्तर्गत जैदी–छिस्ती खण्डमा निर्माण थालिएको चौडीखोला पक्की पुल निर्माणले गति लिएको छ । विसं २०७७ असार २१ गते सम्झौता गरी काम थालेको निर्माण व्यवासायी कम्पनी राजेश्वरी कन्स्ट्रक्सनले पछिल्लो समय कामलाई तीव्रता दिएको हो । विसं २०८० असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि चौडीखोलामा रहेको बेली ब्रिज नेपाली सेनाले नहटाउँदा काम ढिलो सुरु भएको थियो । निर्माण कम्पनीले सम्झौता गरेको करिब एक वर्षपछि मात्र काम थालेको सुपरभाइजर केशव सुवेदीले बताउनुभयो । अहिले ११ मिटर चौडाइ र ३५ मिटर लम्बाइ रहेको पुल ढलान गर्ने तयारी गरिएको छ । हालसम्म चौडीखोलामा ग्याबिन भर्नेलगायत करिब ४० प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । पुल रु तीन करोड ८० लाख ५४ हजार लागतमा निर्माण थालिएको हो । पुल निर्माण थालिएसँगै नेपाल, भारत र चीन जोड्ने रेशमी मार्गको रुपमा रहेको कालीगण्डकी करिडोरमा यात्रा गर्न सहज हुनेछ । कालीगण्डकी करिडोर जैमिनी खण्डमा पर्ने पालुङखोला, लौवाखोला र जैमिनी घाटमा पुल निर्माणको लागि प्रक्रिया अघि बढाउने तयारी थालिएको छ । पुल समयमै निर्माण नहुँदा जैमिनी नगरपालिका–७ र ८ का स्थानीयसहित कोरिडोरमा यात्रा गर्ने यात्रुले सास्ती भोग्नुपरेको उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन निवासमा शुक्रबार राति गोली पड्केको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी दीपेन्द्र जिसीका अनुसार गोली नियतवश नभई अञ्जनमा पड्किएको जानकारी दिनुभयो । नेपाल प्रहरीका हवालदार प्रकाश पुन मगरले बोकेको पेस्तोलबाट गोली पड्किएको जिसीले जानकारी दिनुभयो । नयाँ वर्षको अवसरमा पारिवारिक भेटघाटका क्रममा वर्षमान निवास बालुवाटारमा हवालदार पुन पुगेका थिए । गोली पड्किदा नेता पुनका आमा ७४ वर्षीया तीर्थमाली पुनको खुट्टामा लागेको छ । उहाँको ट्रमा सेन्टरमा उपचार भइरहेको परिवार स्रोतले जानकारी दिए । प्रहरी हवालदार पुनको नाति नाता पर्ने परिवारले जनाएको छ । प्रहरी हवालदार कामु प्रधानन्यायाधीशको सुरक्षाका लागि हिँड्ने पछुवा गाडीमा कार्यरत हुनुहुन्थ्यो । प्रहरीले हवालदारलाई राती नै नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ ।
काठमाडौं: आज मौसम सामान्यदेखि आंशिकरुपमा बदली भएको छ । स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम बदली भएको हो । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू(भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार कोशी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ भने तराईका केही ठाउँमा हावा(हुरीको सम्भावना रहेको छ । महाशाखाका अनुसार सोमबार पनि मौसम बदली हुनेछ । सोमबार पहाडी भू-भागका एक(दुई स्थानमा मेघ गर्जन सहित हल्का हुनेछ भने तराईमा हावा/हुरीको सम्भावना रहेको छ ।
पोखरा: बानियाँ बन्धु समाज जिल्ला कार्य समिति कास्कीले बानियाँ समुदायबाट प्रतिनिधीत्व गर्ने राष्ट्रसेवामा कार्यरत उच्च पदस्त व्यक्तिहरुलाई सम्मान गरेको छ । नयाँवर्षको अवसरमा आयोजित भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रमका बीच बानियाँ बन्धु समाज कास्कीले पश्चिम पृतना हेड क्वार्टर बिजयपुर ब्यारेकका उपरथी दिपक कुमार बानियाँ, सिद्धिदल गण बिजयपुर ब्यारेकका गणपति प्रमुख सेनानी जयराम बानियाँ, सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धन बहादुर बानियाँ र २६ वर्षदेखी फलफुल ब्यवशायमा लागेका ब्यवशायी अमर बानियाँलाई सम्मान गरेको हो । सो अवसरमा बोेल्दै पश्चिम पृतना हेड क्वार्टर विजयपुर ब्यारेकका उपरथी दिपक कुमार बानियाँले छरिएर रहेका बानियाँ समुदायलाई एकीकृत गर्न बानियाँ बन्धु समाजले खेलेको भुमिकाको प्रशंसा गरे । बानियाँहरु नेपालभर छरिएर रहेको र बानियाँ बन्धु समाजकै कारण आज एक ठांउमा हुन पाएको र यसरीनै आफ्नो समुदायको उत्थानको लागी सम्पूर्ण बानियाँ बन्धुहरु आ आफ्नो ठांउबाट लाग्नुपर्ने उनको भनाइ रहेको थियो । सिद्धिदल गण बिजयपुर ब्यारेकका गणपति प्रमुख सेनानी जयराम बानियाँले बानियाँ बन्धु समाजले आफुहरुलाई सम्मान गरी आफ्नो काम कर्तब्यमा अझ अगाडी वढ्न हौसला मिलेको वताए । त्यस्तै सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक धन बहादुर बानियाँले आफु पूर्व नेपालको भएतापनि काम कर्तब्यको शिलशिलामा पोखरामा आज भन्दा २५ वर्ष अगाडि कार्यरत रहंदा पोखरामा बानियाँ बन्धुहरु रहेको स्मरण गर्दै पुन २५ वर्षपछि पोखरामानै आइपुग्दा आफ्नो समुदायबाट सम्मानित हुंदा आफ्नै दाजुभाइ संग प्रत्यक्ष भेट भएको महशुस गरे । आगामी दिनमा नेपाल भर रहेका बानियाँ बन्धुहरुलाई एक आपसमा सहयोग र सदभाव कायम गर्दै अगाडी वढ्ने समेत उनले प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै युवा व्यवसायी अमर बानियाँले बानियाँ समुदायलाई माथि उठाउनका लागी सम्पूर्ण बानियाँ बन्धुहरु एकजुट भएर अगाडी बढ्नुको विकल्प नरहेको वताउदै हरेक बानियाँहरुले आफ्नो समुदायलाई दह्रो बनाउन लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा वर्षा बानियाँले स्वागत मन्तब्य राखेकी थिइनभने बानियाँ बन्धु समाज कास्कीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बहादुर बानियाँले कार्यक्रम माथी प्रकाश पारेका थिए । कार्यक्रममा बानियाँ बन्धु समाजका संरक्षक चन्द्र प्रकाश बानियाँ, पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरण बहादुर बानियाँ, बानियाँ बन्धु समाजका केन्द्रीय सचिव दिपक बानिँया, केन्द्रीय सदस्य द्धय सूर्य बहादुर बानियाँ र इन्द्रमाया बानियाँ लगायतले शुभकामना मन्तब्य राखेका थिए । बानियाँ बन्धु समाज कास्कीका अध्यक्ष होम बहादुर बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला कमिटि सदस्य शंकर बानियाँले गरेका थिए ।
पोखरा: युनाइटेड क्लबले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार दृष्टीबिहीनहरुलाई सेतो छडी वितरण गरिएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार १२ जना दृष्टीविहीनहरुलाई सेतो छडी वितरण गरिएको हो । सो अवसरमा सेतो छडी वितरण गर्दै पोखरा महानगरपालिकाका वडा अध्यक्ष सन्तोष बास्तोलाले युनाइटेड क्लबले पोखरामा पोखरा महोत्सवको आयोजना गरी बिकृति रहित समाज र सामाजिक काममा लागेको सबैलाई थाहै रहेको र नेपाली नयाँ वर्षको दिनमा दृष्टी क्षमता कम भएकाहरुलाई सहयोग स्वरुप सेतो छडी वितरण गरी रचनात्मक कामको सुरुवात गरेको बताउदै युनाइटेड क्लवको हरेक क्रियाकलापमा पोखरा महानगरपालिका र आफ्नो वडाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै अपांगतामैत्री समाज कास्कीका अध्यक्ष शान्त बहादुर परियारले कोरोना महामारीका कारण लकडाउको समय वा अन्य अवस्थामा समेत आफ्नो संस्थालाई सहयोग गर्दै आइरहेको युनाइटेड क्लबले नेपाली नयाँवर्षको अवसरमा आफ्नो समाजमा आवद्ध दृष्टीविहीनहरुलाई सेतो छडी वितरण गरेकोमा धन्यवाद व्यक्त गरे । युनाइटेड क्लबले महोत्सवको आयोजना गरी राष्ट्र«कै उत्कृष्ट क्लब सावित भएको आफ्नो संस्थाले महसुस गरेको उनको भनाइ रहेको थियो । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले हरेक वर्ष वैशाख ७ गते वार्षिकोत्सव मनाउदा साताब्यापी कार्यक्रमहरु आयोजना गर्दै आइरहेको र यो वर्षपनि १३ औं वार्षिकोत्सवको अवसर पारी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत अन्तरक्रिया, अपांगता भएकाहरुलाई सहायता सामाग्री वितरण, विभिन्न संघ संस्थालाई खाद्यान्न वितरण, रक्तदान, विद्यालयमा पुस्तकालय निर्माण लगायतका कार्यक्रमहरु गरिने बताए । कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले युनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेको भएतापनि वार्षिकोत्सव विशेषमा समेत सामाजिक कामलाई निरन्तरता दिदै आइरहेको बताए । क्लबका महासचिव दिनेश सुनारका अनुसार १३ औं वार्षिकोत्सव अन्तर्गत वैशाख ६ गते सम्म दैनिक कार्यक्रमहरु हुनेछन ।
पोखरा: स्वच्छ, ताजा फलफुलका लागि पोखराको पृथ्वीचोकमा फलरस पसल खुलेको छ । मौसमी तथा वेमौसमी फलफुल र यसबाट बनाइने विभिन्न जुसहरुको सुविधा सहित पोखराको पृथ्वीचोक स्थित पोखरा मलमा फलरस पसल खुलेको हो । पसलको शुक्रबार पोखरा महानगरपालीका वडानम्बर ९ का वडाअध्यक्ष दिपेन्द्र मर्सानी र पृथ्वी राजमार्ग बस व्यवसायी समितिका अध्यक्ष योगेन्द्र केसिले सयुक्त रुपमा उद्घाटन गरेका छन् । नेपाल फलफुल थोक व्यवसायी संघ काठमाडौँका अध्यक्ष समेत रहेका फलफुल व्यवसायी अमर बाँनिया सहित पोखराका दिल बहादुर थापा र कमल बहादुर थापाले करिब ४० लाखको लगानीमा फलरस पसल संचालनमा ल्याएका हुन् । काठमाडौँमा फलफुलको होलसेल पसल सञ्चालन गर्दै आएका बाँनियाले पोखराको लामाचौरमा पहिलो पटक फलरस पसल खोलेका थिए । लामाचौरमा ग्राहक बढेपछि फलफुलको माग अनुसार दोस्रो शाखाको रुपमा पृथ्वीचोकमा खोलेको उनले बताए । बच्चा देखि बिरामी सम्मले खाने फलफुल हाइजेनिक, स्वच्छ, सफा हुनुपर्ने जिकिर गर्दै त्यस मापदण्डलाई पुरा गरि पसल खोलिएको उनको दावी छ । उनका अनुसार आधुनिक मेसिनहरु प्रयोग गरि बनाइएका विभिन्न फलफुलको जुस, लस्सी समेत पसलमै उपलब्ध हुने छ । गर्मीयाममा मौसमी मेवा, आँप र उखुँ जुसको माग बढि हुने गरेको छ । फलफुलमा प्रशस्त्र मात्रमा भिटामिन ए, बी १, बी ६, सी, डी, पोटासियम, फस्फोरस, आइरन लगायतका पौष्टिक तत्व पाइने भएकाले मानव शरीरका लागि एकदमै आवश्यक रहेकोे चिकित्सकहरु बताउँछन । फलफुलले शरीरमा पानीको मात्रा बढाउन मद्दत गर्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । त्यसैले गर्मीमा फलफुल खानु निकै लाभदायक मानिन्छ ।
पोखरा: म्हाँजु क्ह्रोंगी लामा भाइ खलकले नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा ८ बगालेटोल स्थित सोंपाल तमु समाजमा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा अमेरिकाको टस्कगी विश्वविद्यालयका प्राध्यापक, पशु विज्ञान बैज्ञानिक विशेषज्ञ, गण्डकी विश्व विद्यालयका सल्लाहकार तथा म्हाँझु भञ्ज्याङ् गेटको परिकल्पनाकार समेत रहेका डा। नरकाजी गुरुङलाई सम्मान समेत गरिएको छ । सामाजिक कार्यमा योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको हो । सम्मानित हुँदै प्रोफेसर डा. गुरुङले आफ्नो गाउँको विकासका लागि सबै एक हुन आवश्यक रहेको बताए । यस्तै म्हाँजु क्र्होगी लामा परिवारका अध्यक्ष क्षेत्रबहादुर गुरुङले गाउँ विकासका लागि आफुहरु एक भएर लाग्ने बताए । कार्यक्रममा द्रोपती गुरुङ, राष्ट्रिय फुटबल प्रशिक्षक क्याप्टेन दिलकाजी गुरुङ, समाजसेवी धन बहादुर गुरुङ लगायतले आफ्नो धारणा राखेका थिए । उनीहरुले गाउँको विकाससँगै सांस्कृतिक पहिचान दिनेगरी अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रम संचालन सूर्यमान गुरुङले गरेका थिए ।
रामेछाप : रामेछापमा शुक्रबारदेखि सांस्कृतिक तथा सडक महोत्सव सुरु भएको छ। नयाँ वर्ष २०८० सालका अवसरमा महोत्सव आयोजना गरिएको हो। महोत्सव शनिबार साँझसम्म सञ्चालन हुने छ। प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङले उद्घाटन गरे। महोत्सवमा रामेछापकाका ९ वटा जातजातिको झाँकी एवं जातीय संस्कार झल्कने नृत्य प्रस्तुत गरिएको छ। १९ वटा स्टलमा जिल्लामा उत्पादन गरिएका उत्पादित खाद्यान्न तथा हस्तकलाका वस्तुहरू राखिएको छ। जातीय पहिचान झल्कने खानेकुराहरू पनि राखिएको छ। समारोहमा झन्डै २ हजारको सहभागिता रहेको आयोजक रामेछाप उद्योग वाणिज्य संघ रामेछापका सचिव यज्ञप्रसाद सुवेदीले जानकारी दिए।