मुस्ताङ:  मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा नौ करोड ७० लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालवस्तुबाट भन्सारले उक्त राजस्व सङ्कलन गरेको हो ...

काठमाडौं : काठमाडौंको नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।    शङ्खरापुर नगरपालिका-१ तल्लो नाङ्लेभारेमा जहरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय रामबहादुर तामाङको गए राति मृत्यु भएको हो।   मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।   दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सलम्बुटारस्थित पिपुल्स लाइफ केयर अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि शङ्खरापुर अस्पताल पठाइएको प्रवक्ता भट्टले बताए। 

काठमाडौँ:  नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबीच प्राविधिक सहायक रथी डा.अरुण शर्मालाईउपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदानगरेका छन् ।नेपाल सरकार मन्त्रिपरिषद्को चैत ६ गतेको बैठकले शर्मालाई बढुवा गर्ने निर्णय गरेको थियो ।   पदोन्नतिभएका शर्मा सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल कोर) को महानिर्देशकमा नियुक्त पनि भएका छन् । सोही अवसरमाप्रधान सेनापति शर्माले प्राविधिक सहायक रथी दर्जामा पदोन्नति भएका एकजना प्राविधिक महासेनानी र प्राविधिक महा सेनानी दर्जामा पदोन्नति भएका एक जना प्राविधिक प्रमुख सेनानीलाई पनि पदोन्नति भएको दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । उक्त कार्यक्रममा रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

विराटनगर: पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने माग गर्दै भएको आन्दोलनमा लाठी प्रहारबाट ज्यान गुमाएका पदम लिम्बूको परिवारलाई तीन लाख रुपैयाँ दिने प्रादेशिक सरकारले निर्णय गरेको छ ।    कोशी प्रदेशको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूको निधनप्रति दुःख व्यक्त गर्दै उनको परिवारलाई तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो ।     साथै बैठकले लिम्बूको निधन सम्बन्धमा छानबिन गर्न संघीय सरकारले गठन गरेको समितिलाई सहजीकरण गर्ने निर्णय पनि गरेको छ । 

बुुलिगंटार:  ३१ वर्षदेखि सुरु भएको जिल्लाको सदरमुकाम कावासोतीसँग प्रत्यक्ष जोडिने गरी निर्माणाधीन अवस्थामा रहेको पहाडी लोकमार्ग अहिलेसम्म पनि उचित ढङ्गले स्तरोन्नति हुन नसक्दा स्थानीय चिन्तित छन् ।   जिल्लाको पहाडी बुलिगंटार र बौदीकाली गाउँपालिका जोड्दै गण्डकी प्रदेशको राजधानी पोखरासम्म जोड्ने लक्ष्यका साथ २०४८ सालबाट निर्माण सुरु गरिएको दलदले द्यौवादी बुलिगटार बौदीकाली सडक अहिलेसम्म खासै स्तरोन्नति हुनु नसक्दा पहाडी क्षेत्रका जनता जोखिममा यात्रा गर्नु बाहेक अर्को विकल्प नरहेको बुलिगंटार गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णुवीर जर्घा मगर बताउनुहुन्छ ।   ३१ वर्ष अघि अष्टेलियाली नागरिक बारबाराले आफ्नो व्यक्तिगत लगानीमा अर्खौलाबाट दलदलेसम्म लागत गरी निर्माण सुरु भएको दलदले द्यौवादी मोटरबाटो एक वर्ष यता भने स्तरोन्नतिको लागि ठेक्का भएर काम अगाडि बढेको दलदलेका धर्मराज बस्यालले बताउनुभयो ।    दलदले र कावासोतीबाट करिब ६० किलोमिटरको यो पहाडी सडक निर्माण सम्पन्न हुनु नसक्दा बर्सेनि हुने सडक दुर्घटनाले धेरैको ज्यान जाने गरेको छ ।    यो सडक सम्पन्न भए पछि यसले पूर्व पश्चिम कालीगण्डकी कोरिडोरसँग जोड्ने र यो जोडिएपछि यसको महत्त्व अझ बढ्न जाने बुलिगंटारका समाजसेवी प्रेमबहादुर थापा मगर बताउनुहुन्छ ।   राष्ट्रिय गौरवका रूपमा गण्डकी प्रदेशको राजधानी पोखरासँग सिधै जोडिने यो सडक निर्माणमा सरकारले चासो दिएर सडक निर्माणमा तदारुकता देखाए विकासमा ठूलो टेवा पुग्ने निश्चित हुने प्रदेश सांसद महेन्द्रध्वज जिसीको भनाइ छ ।  

पटक पटक विवादमा आइरहने कलाकार दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ।   गीत गाएर आलोचनामा परिरहने थापाविरुद्ध महाराजगञ्ज प्रहरी बृत्तमा उजुरी परेको हो।    यही शनिबार टोखाको भूतखेल ग्राउन्डमा पिकनिकका क्रममा मदिरा पिएर आफूमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उजुरी दर्ता गराएका हुन्।   क्षेत्रीले आफूलाई थापासहित तीनजनाले मदिरा पिएर कुटपिट गरेको दाबी गरेका छन्।    उजुरी परेपछि दुवै पक्षलाई झिकाएर यसबारेमा छलफल गराउन लागिएको महाराजगञ्ज बृत्तका डीएसपी अंगुर जिसीले बताए।   'शनिबार वनभोज जाँदा मदिरा पिएर कुटपिट गरेको उजुरी परेको छ। दुर्गेशलाई हामीले सम्पर्क गरेका छौँ। उनले बाहिर छु भनेका छन्', जिसीले भने, 'उनी आइसकेपछि दुवै पक्षसँग यसबारे थप छलफलपछि निधोमा पुग्छौँ।' 

कावासोती:  पूर्वी नवलपरासीको ‘देवचुली डाँडा’ पैदलयात्रामा रुचि हुनेहरूको रोजाइमा पर्न थालेको छ । नवलपुरको देवचुली नगरपालिकामा रहेको सो स्थान समुद्र सतहदेखि करिब एक हजार नौ सय ३४ मिटरको उचाइमा रहेको छ । अहिले सो स्थान नवलपुरसहित आसपासका जिल्लाका पदयात्रीको रोजाइमा पर्ने गरेको छ ।   यहाँबाट नवलपुरका विभिन्न भू–भागसहित तनहुँ, पाल्पा, कास्की, चितवनका भू–भागहरू अवलोकन गर्न सकिन्छ । देवचुली डाँडाको चुचुरोबाट उत्तरतर्फ देखिने मनमोहक हिमशृङ्खलाको दृश्यले यहाँ पुग्ने जो कसैलाई आनन्दित बनाउँछ । दक्षिणतर्फ नारायणी नदी, पूर्व–पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भू–भाग डाँडाबाट सहजै दृश्यावलोकन गर्न आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ ।   महाभारत पर्वत शृङ्खला अन्तर्गत सबैभन्दा अग्लो देवचुली डाँडालाई नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्र निर्माण गरी यस क्षेत्रमा पर्यटन व्यवसायलाई थप प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने उद्देश्यका साथ देवचुली डाँडामा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । देवचुलीका सामाजिक अभियन्ताले जिल्लाको पर्यटकीय स्थल देवचुली डाँडामा ५२ इन्च चौडाइ र ९० इन्च लम्बाइ सहितको राष्ट्रिय झण्डा फहराइएको प्रेम भट्टले बताउनुभयो ।     –पर्यटकीय स्थल देवचुली डाँडामा ५२ इन्च चौडाइ र ९० इन्च लम्बाइसहितको राष्ट्रिय झण्डा    प्राकृतिक रूपमा निकै सुन्दर ठाउँ रहेको र यहाँ घुम्दा निकै रमाइलो अनुभूति भएको बताउँदै उहाँले भन्नुभयो  “साँच्चै देवचुली डाँडा निकै रमाइलो ठाउँ रहेछ, डाँडाबाट नजिकै देखिने हिमशृङ्खला, पहाडका टाकुरा र दक्षिणमा देखिने फाँट निकै मनमोहक लाग्ने रहेछ ”।    देवचुली डाँडा पदयात्राका लागि जिल्लाकै उत्कृष्ट गन्तव्य रहेको देवचुलीका वसन्त पोखरेल बताउनुहुन्छ । तर पदमार्गलाई थप व्यवस्थित बनाउने, बीच–बीचमा विश्रामस्थल निर्माण गर्ने, खानेपानीको व्यवस्था गर्ने, पदमार्गमा बाटाको सङ्केत चिह्न राख्ने हो भने अझै राम्रो हुने उहाँको भनाइ छ  ।   देवचुली नगरप्रमुख हरिप्रसाद न्यौपानेले देवचुली डाँडा पर्यटकीय क्षेत्रका रूपमा नगरकै गौरव रहेकाले यस क्षेत्रको विकासमा आफूहरू लाग्ने बताउनुभयो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटकीय क्षेत्रको विकासमा देवचुली डाँडालाई प्राथमिकता दिएर समेटिएकाले आवश्यक पूर्वाधार निर्माणमा नगर लागिपर्ने उहाँले जानकारी दिनुभयो ।   यहाँ घरबाससमेत रहेकाले राति घरवासमा बस्ने, पहाडका स्थानीय परिकार खाने, सांस्कृतिक कार्यक्रममा रमाइलो गर्ने र बिहानै पैदलयात्रामा निस्कने गर्दछन् । कतै वन, बीच भागतिर एकाध घर र स–साना फाँट छिचोल्दै देवचुली डाँडा पुगिन्छ । देवचुली डाँडा पोखरी हुँदै जाँदा करिब २० किलोमिटर दलदलेबाट उत्तर लाग्नुपर्छ भने कीर्तिपुरबाट १२ किलोमिटरको दूरीमा पर्छ । करिब तीन घण्टाको पैदलयात्रापछि देवचुली डाँडा पुग्न सकिन्छ ।  

काठमाडौँ:  झापा र पर्साबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।   झापाको बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्रामसहित ईलाम चुलाचुली गाउँपालिका–४ बस्ने २७ वर्षीय सुरेश लिम्बुलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।   पर्साको कालिकामाई गाउँपालिका–१ तिनदुविया गाउँ बस्ने ३८ वर्षीय बृजेशप्रसाद कुर्मीलाई अवैध लागुऔषध चरेश जस्तो देखिने वस्तु करिब १० केजीसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

काठमाडौं : छापावाल सुनको मूल्य १  लाख ९ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला  १ लाख ९ हजार २ सयमा कारोबार भएको सुन आज प्रतितोला २ सयले घटेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५ सय कायम भएको छ।   यसको मूल्य अघिल्लो दिन १ लाख ८ हजार ७ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १० रुपैयाँले घटेर  १ हजार ३६० मा आएको महासंघले  जनाएको छ।   महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

काठमाडौँ:  काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध प्रदर्शन गरिएको छ ।   संविधान र कानुन विपरीत सुकुम्बासीहरुलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै मेयर शाहविरुद्ध सोमबार काठमाडौँको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रदर्शन गरिएको हो ।    आफूहरूलाई उठिबास लगाउने काममा मेयर साह लागेपछि त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनु परेको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा, नेपालका अध्यक्ष कुमार कार्कीले बताए । उनले संविधान, कानुन विपरीत भूमिहीनहरूलाई जग्गाधनी पुर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौँ महानगरपालिका र मेयर साहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।   विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःशर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिएको थियो ।