काठमाडौं:  नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हालेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पदबहाली गरेका हुन्। उनी पूर्व अर्थसचिव प...

काठमाडौं:  सरकारले प्रतिनिधि र प्रदेश सभाको चुनाव एकै चरणमा गर्ने गरी मिति घोषणाको तयारी गरेको छ ।   सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार आज बस्ने मन्त्रिपरिषद् बैठकबाट चुनावको मिति घोषणा गर्ने तयारी छ । यसअघि निर्वाचन आयोगले आउँदो मंसिरको २ गतेभित्रै चुनाव गर्नेगरी मिति घोषणा गर्न सिफारिस गरेको थियो ।   मौजुदा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पदावधि मंसिर २२ गते पूरा हुने आयोगको निष्कर्ष छ ।   २०७४ साल मंसिर १० र २१ गते गरी दुई चरणमा चुनाव भएको थियो । गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका सत्तारुढ पाँच दलले आउँदो चुनावका लागि पनि तालमेलको औपचारिक छलफल सुरु गरेका छन् ।   प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको गठबन्धन बैठकले सरकारलाई चुनावको मिति तत्काल घोषणा गर्न सुझाव दिएको र गठबन्धनलाई आउँदो चुनावसम्म निरन्तरता दिनेबारे पनि सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो ।   सत्ता गठबन्धनका दलहरु आउँदो मंसिर ४ गते एकै चरणमा चुनाव गर्न सहमत भएका छन् ।

  काठमाडौं:    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच ऊर्जा व्यापार एवं बाढी नियन्त्रणका विषयमा छलफल भएको छ ।    सो अवसरमा मन्त्री भुसालले भारी वर्षासँगै सप्तकोसीमा आएको बाढीका कारण एक हजार घर विस्थापित भएको बताउँदै दुवैतर्फको संयन्त्रले सक्रियतापूर्वक समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल–भारतबीचमा भइरहेको ऊर्जा व्यापारलाई थप विस्तार गर्दै लैजानका लागि आपसी सहकार्य सक्रिय बनाउनुपर्ने बताउनुभयो ।    नेपाल र भारतबीच सम्झौता भएका आयोजनाको कार्यान्वयनलाई प्रभावकारी तुल्याउनका लागि दुवै पक्षले पहल गरेर नतिजा दिन ढिला गर्न नहुने उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा आयोजना निर्माणका लागि द्विपक्षीय तयारीलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।   सो अवसरमा नेपालका लागि भारतका राजदूत श्रीवास्तवले आफूले भारतका जलविद्युत् तथा सिँचाइसँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रसँग निरन्तर छलफल गरिरहेको जानकारी गराउँदै आगामी दिनमा दुई देशबीच सहमति भएका आयोजनाको कार्यान्वयनलाई प्रभावकारी तवरले अगाडि बढाउन पहल गर्ने विश्वास दिलाउनुभयो । उहाँले दुई देशबीच हुँदै आएको ऊर्जा व्यापारलाई थप विस्तार गरी आपसी लाभ लिने विषयमा भारत तयार रहेको बताउनुभयो ।

  काठमाडौं ।  सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।   मङ्गलबार दिउँसो १ बजेबाट सुरु भएको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भएको खानेपानी तथा सरसफाई विधेयक २०७७ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ ।   सङ्घीय संसदको महासचिपव डा। भरतराज गौतमले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देसहित प्राप्त शपथसम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको जानकारी दिनुभयो ।   त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त स्टाण्डर्ड नाप र तौल ९पाचौं संशोधन० विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । यसैगरी, मन्त्री बडूले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त प्रत्यायन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुहुने ।    प्रधानमन्त्री देउवाले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त तथ्याङ्क विधेयक, २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

  काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज(आइतबार) साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् ।   बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो ।    शर्माले त्यसै दिन राजीनामा दिएका थिए । तर संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न नसके पछि भने प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा दोहोर्याएका हुन् ।

काठमाडौं:  साउन १५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा जनार्दन शर्मालाई अर्थमन्त्री पदमा नियुक्त गर्नुभएको छ । आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम शर्मालाई अर्थ मन्त्रालयको कार्यभार सम्हाल्ने गरी सो पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।   राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारीका अनुसार नवनियुक्त अर्थमन्त्री शर्माको शपथ ग्रहण आइतबार साँझ ५ः३० बजे शीतल निवासमा हुनेछ ।   बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि उहाँले पदबाट राजीनामा दिनुभएको थियो ।   सोही प्रयोजनका लागि संसदीय छानबिन समिति गठन भएको थियो । समितिको प्रतिवेदनले उहाँलाई निर्दोष सावित गरेपछि पुनः अर्थमन्त्री नियुक्त हुनुभएको हो । उहाँले साउन २२ गते संसदीय छानबिन समिति गठन भए लगत्तै प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गर्नुभएको थियो । 

काठमाडौं ।   निर्मलराज काफ्ले सङ्घीय गणतन्त्र ब्राजिलका लागि नेपालको आवासीय राजदूत नियुक्त हुनुभएको छ।  राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार एक विज्ञप्ति जारी गर्नुहुँदै काफ्ले सो पदमा नियुक्त हुनुभएको जानकारी दिनुभयो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले काफ्लेलाई सो पदमा नियुक्त गर्नुभएको हो ।

काठमाडौं ।    प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ ।    सरकारी निवास बालुवाटारमा उहाँहरुबीच बिहान छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।   उहाँका अनुसार विवादपछि अर्थमन्त्री पदबाट राजीनामा दिनुभएका जनार्दन शर्माको नियुक्तिलगायत समसामयिक राजनीतिक विषयमा उहाँहरुबीच छलफल भएको हो ।

  नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनभावना अनुरुप काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।   नेपाली कांग्रेस कास्कीद्वारा स्थानीय तह निर्वाचन–२०७९ मा कांग्रेसका उम्मेदवारको सम्मानार्थ  आयोजित कार्यक्रममा उहाँले जनतालाई केन्द्रमा राखेर काम गरेमा नेतृत्व विकाससँगै पार्टी सङ्गठनप्रतिको आकर्षण बढ्ने बताउनुभयो । नवनिर्वाचित जनप्रतिनिधिलाई इमान्दारिता र जिम्मेवारिताका साथ क्रियाशील बन्न उहाँले आग्रह गर्नुभयो ।   राष्ट्रिय आवश्यकताका आधारमा नेपालमा राजनीतिक दलहरू एकताबद्ध हुने गरेको बताउँदै उहाँले आगामी निर्वाचनसम्म नै गठबन्धन कायम रहने बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य गुरु बरालले कांग्रेसका तर्फबाट निर्वाचित जनप्रतिनिधिको जनता तथा समाजप्रतिको जिम्मेवारी अहम् हुने बताउँदै जिम्मेवारीलाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।   कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले कांग्रेसी कार्यकर्ताप्रति समाज तथा राष्ट्रले ठूलो अपेक्षा एवं विश्वास गर्ने बताउँदै त्यही भावनाका साथ समाजका हरेक गतिविधिमा जुट्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीलाई आगामी निर्वाचनमा अझै बलियो बनाउँदै लैजान सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताउनुभयो । कार्यक्रममा पार्टीका उपसभापति रामबाबु भण्डारी, सहसचिव नवीन सिग्देल लगायतले आसन्न निर्वाचनमा कांग्रेसलाई अझै सशक्त बनाउने गरी लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सङ्घीय लोकतान्त्रिक, गणतन्त्र नेपाल भनेर संविधानमै लेखिसकेको र अहिलेको आवश्यकता नै सङ्घीयता भएकाले विकल्प सोच्न नहुने बताउनुभएको छ ।    एमाले जिल्ला शाखा लमजुङद्वारा आज बेँसीसहरमा आयोजित प्रशिक्षणमा उहाँले भन्नुभयो, “अहिले आएर यदाकदा सङ्घीयता चाहिँदैन भनेर सङ्घीयता कमजोर बनाउन धेरै खर्च भयो, अप्ठ्यारो भयो भन्दै अनेकौँ टिकाटिप्पणी उठाउँदै सङ्घीयता विरोधी सक्रिय हुन थालेका छन् । काम गर्ने ढङ्ग, शैली, पारदर्शिता भएको भए त सङ्घीयता नराम्रो लाग्दैन थियो होला नि ।” देशको विकासका लागि सङ्घीयता नै अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ ।    त्यस्तै एमाले उपमहासचिव  पृथ्वीसुब्बा गुरुङले आगामी निर्वाचनमा एमालेले ५१ प्रतिशत सिट जित हासिल गर्न सकेमा एमालेले देखेको समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा हुने बताउनुभयो । आगामी निर्वाचनमा एमालेको बहुमत ल्याउनका लागि सबै कार्यकर्ता नेता एकजुट भएर लाग्नलाई उहाँले आग्रह गर्नुभयो । त्यस्तै स्थानीय निर्वाचनमा आफ्नै पार्टीमाथि डोजर चलाउनेहरूलाई कडा कारबाही गर्ने एमाले उपमहासचिव गुरुङले भन्नुभयो ।    कार्यक्रममा एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी, टुकाभद्र हमाल, केन्द्रीय कार्यालय सचिव भीष्मनाथ अधिकारी, गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय दबाडी, प्रदेश सदस्य मोहनहरि पौडेललगायतले प्रशिक्षण दिनुभएको थियो ।