काठमाडौं:  नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हालेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पदबहाली गरेका हुन्। उनी पूर्व अर्थसचिव प...

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका सकारात्मक कामलाई व्यवस्थित ढङ्गले जनतामा लैजान जरूरी रहेको बताउनुभएको छ । उहाँले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन विगतमा गरेका राम्रा कामलाई जनस्तरमा पु¥याउने र अन्तरपार्टी व्यवस्थापन गर्ने काममा तत्काल लाग्न समेत निर्देशन दिनुभयो ।   एमाले लुम्बिनी प्रदेशस्तरीय सङ्गठन व्यवस्थापन तथा परिचालन विषयक दुईदिने कार्यशालामा आज प्रशिक्षण मूलक मन्तव्य दिँदै उपाध्यक्ष पौडेलले एमालेले स्थानीय चुनावमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरेको दाबी गर्नुभयो । उहाँले आगामी निर्वाचनमा कार्यक्षेत्रको सुझाव, जित्न सक्ने सम्भावना र जितिसकेपछि पनि अनुचित काम नगर्ने व्यक्तिलाई प्राथमिकता दिई टिकट वितरण गर्ने पार्टीको नीति रहेको स्पष्ट पार्नुभयो ।    पार्टी केन्द्रीय कमिटीका सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले सुधारको कुरा हरेक कमिटीबाट सुरू गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । एमाले केन्द्रीय सङ्गठन विभागका प्रमुख खगराज अधिकारीले एमाले योग्यता पूर्वक सङ्गठन सञ्चालन गर्ने पार्टी रहेको दाबी गर्नुभयो ।

  काठमाडौँ:    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनावअघि कुनै पनि दलसँग पार्टी एकता नहुने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी डोटीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले चुनावअघि पार्टी एकता सम्भव नभएको तर चुनावी मोर्चा बन्न सक्ने बताउनुभयो ।    उहाँले भन्नुभयो, “चुनावअघि कसैसँग पार्टी एकता हुँदैन, बरु चुनावी मोर्चा बन्न सक्छ ।” सोही भेलालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले सबैलाई सम्मान हुने तरिकाले निर्वाचनमा सहभागी भए वर्तमान गठबन्धन पछि सम्म पनि कायम रहने जानकारी दिनुभयो । पाँचदलीय गठबन्धन भए पनि सबै नेता, कार्यकर्ताले आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टीले सबैभन्दा बढी सिट ल्याउनका लागि कम्मर कस्नुपर्ने अध्यक्ष नेपालले बताउनुभयो । उहाँले थप भन्नुभयो, “गठबन्धन छ भनेर मख्ख हुने बेला छैन, आफूलाई कसरी बढी सिट आउँछ र जनताको मन कसरी जित्न सकिन्छ त्यो विषयमा बढी ध्यान दिनुहोला ।”    अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरूबीचमा खासै इमान्दारिता नदेखिएकाले अबको निर्वाचनमा सबैले इमान्दारिता देखाउनुपर्ने बताउनुभयो । पाँचदलीय गठबन्धनमा नेकपा (एकीकृत समाजवादी) इमान्दार भएको र अन्य दलहरू पनि आफूहरूजस्तै इमान्दार हुनुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।    नेकपा(एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको विकासका लागि कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म मन्त्री हुँदा डोटीसहित समग्र सुदूरपश्चिममा थुप्रै विकास निर्माणका लागि बजेट विनियोजन गरेको छु, अब विकासका लागि सुदूरपश्चिमेलीले अन्य नेताको ढोका ढक्ढकाउनु पर्दैन ।” यसैगरी पूर्वमन्त्री आलेले नेताले आफ्ना लागि नभई गरिब, विपन्न तथा निमुखा जनताका लागि काम गर्नुपर्ने धारणा राख्नुभयो ।

 नेपाली कांग्रेसको भातृ संस्था नेपाल राष्ट्रिय मगर संघको केन्द्रीय सभापतिमा दिनेश थापा मगर चयन भएका छन् ।   शनिबार बसेको संघको केन्द्रीय समितिको बैठकले सभापतिमा थापालाई सर्वसम्मत रुपमा चयन गरेको हो । नेपाली कांग्रेसमा लामो समय देखि विभिन्न जिम्मेवारीमा रहेका थापामगर नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागको निवर्तमान सचिव हुन् । नेपाल राष्ट्रिय मगर संघको संस्थापक सचिव, महासचिव, उपसभापति हुदै सभापति चयन भएका थापामगरले लोकतन्त्रमा आस्थावान मगर समुदायलाई पार्टी एवं राज्यका विभिन्न तहमा स्थापित गर्न आफ्नो भूमिका केन्द्रित हुने बताए ।   उनले निर्धारित समयमा नै राष्ट्रिय महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गर्ने पनि प्रतिबद्धता जनाए ।

  काठमाडौँ:    नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा भएका सकारात्मक कामलाई व्यवस्थित ढङ्गले जनतामा लैजान जरूरी रहेको बताउनुभएको छ । उहाँले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन विगतमा गरेका राम्रा कामलाई जनस्तरमा पुर्याउने र अन्तरपार्टी व्यवस्थापन गर्ने काममा तत्काल लाग्नसमेत निर्देशन दिनुभयो ।   एमाले लुम्बिनी प्रदेशस्तरीय सङ्गठन व्यवस्थापन तथा परिचालन विषयक दुईदिने कार्यशालामा आज प्रशिक्षणमूलक मन्तव्य दिँदै उपाध्यक्ष पौडेलले एमालेले स्थानीय चुनावमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरेको दाबी गर्नुभयो । उहाँले आगामी निर्वाचनमा कार्यक्षेत्रको सुझाव, जित्न सक्ने सम्भावना र जितिसकेपछि पनि अनुचित काम नगर्ने व्यक्तिलाई प्रथमिकता दिई टिकट वितरण गर्ने पार्टीको नीति रहेको स्पष्ट पार्नुभयो ।    पार्टी केन्द्रीय कमिटीका सचिव तथा लुम्बिनी प्रदेशका इन्चार्ज छविलाल विश्वकर्माले सुधारको कुरा हरेक कमिटीबाट सुरू गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । एमाले केन्द्रीय सङ्गठन विभागका प्रमुख खगराज अधिकारीले एमाले योग्यतापूर्वक सङ्गठन सञ्चालन गर्ने पार्टी रहेको दाबी गर्नुभयो ।

  काठमाडौँ:    नेकपा (एकीकृत समाजवादी)का सम्मनित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी समाजमा मात्रै पूर्ण मानवअधिकार प्रत्याभूति हुने बताउनुभएको छ । उहाँले आज काभ्रेपलाञ्चोकको बनेपामा नेपाल आदिवासी जनजाति महासङ्घ (समाजवादी)को जिल्ला भेलालाई सम्बोधन गर्दै मुलुकमा समाजवाद स्थापनापछि मात्रै पूर्ण मानवअधिकारको प्रत्याभूति हुने बताउनुभयो ।   “मलुक अहिले पूँजीवादी समाजमा आइपुगेको छ, अब समाजवाद स्थापनापछि मात्रै साँचो अर्थमा पूर्ण मानवअधिकार प्रत्याभूति हुन्छ, यसले नागरिकको नैसर्गिक अधिकारको रक्षा हुन्छ”, उहाँले भन्नुभयो । उहाँले नेपाली समाज समाजवादी क्रान्तितर्फ उन्मुख भएको दाबीसमेत गर्नुभयो ।   नेता खनालले समाजवाद स्थापनापछि मात्रै नेपालीले सुख, शान्ति र समृद्धि प्राप्त गर्ने उल्लेख गर्दै समाजवादी क्रान्तिको रुपान्तरणको चरणपछि नयाँ युग नै समाजवाद भएको जिकिर गर्नुभयो । “समाजवादी पार्टी समाजको अगुवा क्रान्तिकारी पार्टी हो, यथास्थितिवादीलाई निमिट्यान्न पारी समाजवाद स्थापना गर्नु नै यो पार्टीको उद्देश्य हो”, उहाँले भन्नुभयो ।   यथास्थितिवादी र पूँजीपति वर्गले नागरिकलाई अझै शोषण र दमन गरिरहेकाले नेपालको मानवअधिकार खुम्चन पुगेको नेता खनालको तर्क थियो । उहाँले भन्नुभयो, “तीनै यथास्थितिवादी, शोषण र दमनको अन्त्य गर्न समाजवादको आवश्यकता परेको हो ।”   कार्यक्रममा पार्टीका पोलिटब्यूरो सदस्य कृष्णप्रसाद सापकोटाले लोकतन्त्रका लाभहरू सबै समुदाय र वर्गले समानरूपमा पाउनुपर्ने बताउँदै सबै दलले वर्गीय र लैङ्गिक असमानताको विरुद्धमा लाग्ने प्रतिबद्धताको आवश्यकता औँल्याउनुभयो । पार्टीका केन्द्रीय सदस्य टोकबहादुर वाइबाले एकीकृत समाजवादी पार्टी स्थापित गर्न सङ्गठन विस्तार अभियानमा लागिएको बताउनुभयो ।      

  काठमाडौँ:   नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताउनुभएको छ । राजधानीमा आजदेखि शुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले आसन्न निर्वाचनमा परिवर्तन पक्षधर वामपन्थीको मोर्चा बनाउन खोजिएको प्रष्ट्याउनुभयो ।        “तत्काल समाजवादी केन्द्र बन्दैन, निर्वाचनका लागि वामपन्थीको मोर्चा बनाउन खोजिएको हो”, उहाँले भन्नुभयो, “त्यसमा छलफल जारी छ, निष्कर्ष निस्केको छैन ।” वर्तमान सत्ता गठबन्धनमा रहेको वामपन्थी शक्तिहरु आगामी निर्वाचनमा मोर्चा बनाएर जान लागेका छन् । त्यसका लागि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीलगायत दल आन्तरिक छलफलमा जुटेका छन् ।        अध्यक्ष दाहालले नेपाली राजनीतिको मूलधार माओवादी आन्दोलन भएको भन्दै जनताको असली पार्टी माओवादी भए पनि यो विषयलाई स्थापित गर्न नसकिएको बताउनुभयो । माओवादी पार्टीको दबाबमा ‘स्टेट पार्टनसीप प्रोग्राम’(एसपिपी)लाई नेपाल सरकारले अस्वीकार गरेको जनाउँदै उहाँले विगतमा एसपिपीमा सहभागी हुनुपर्छ भनेर लागि परेको पार्टी र नेता अहिले बढी राष्ट्रवादी देखिन खोजेको बताउनुभयो ।       निर्वाचनसम्म वर्तमान गठबन्धनलाई कायमै बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आगामी निर्वाचनसम्म र आवश्यकता रहँदासम्म गठबन्धन कायम रहने बताउनुभयो । “परिवर्तनका एजेण्डा उल्ट्याउने प्रवृत्ति अहिले पनि जारी छ । त्यसकारण पनि गठबन्धन आवश्यक छ”, उहाँले भन्नुभयो । इतिहासकै राम्रो बजेट ल्याएको पूर्वअर्थमन्त्रीका बारेमा प्रतीपक्षी दलले अनावश्यक कुप्रचार गरेको उहाँले बताउनुभयो । “छानबिन समितिले प्रतिवेदन बुझाएको छ, पूर्वअर्थमन्त्री निर्दोष सावित हुनुभयो । यसले पनि पुष्टी गरेको छ”, अध्यक्ष दाहालले भन्नुभयो । 

  काठमाडौँ:   तत्कालीन जनता समाजवादी पार्टी नेपाल(जसपा)बाट निष्काशनमा परेका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गरेका छन् ।   निर्वाचन आयोगमा बिहीबार भट्टराईले नेपाल समाजवादी पार्टी  पार्टी दर्ता गराएका हुन्। पार्टीको चुनाव चिह्न आँखा रहेको छ । जुन भट्टराई नेतृत्वकै तत्कालीन नयाँ शक्ति पार्टीको चुनाव चिह्न हो ।   आयोगमा यसअघि समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएको थियो ।  सोही पार्टीको विधान परिवर्तन गरेर नेपाल समाजवादी पार्टी दर्ता गरिएको भट्टराईका स्वकीय सचिव रमेश पोखरेलले जानकारी  दिएका  हुन् । 

  काठमाडौं ।   राष्ट्रियसभाको बैठकले दुई विधेयक संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ ।   बिहीबार बसेको राष्ट्रियसभा बैठकले ‘नेपाल इञ्जीनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ पारित गरेको हो । उक्त दुवै विधेयक प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भनी प्रस्तुत भएको थियो ।   भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल इञ्जीनियररिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ  नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ सदनसमक्ष प्रस्तुत गर्नुभएको थियो ।

पोखरा:  चौतर्फी विरोधपछि गण्डकी प्रदेश सरकारले सवारी साधनको नवीकरण तथा जरिवानाबापत लिदैं आएको २ सय प्रतिशत शुल्क नलिने निर्णय गरेको छ ।   आज  (बुधबार) बसेको मन्त्रीपरिषदको बैठकबाट उक्त कार्य नागरिकको हितविपरित रहेको भन्दै निर्णय फिर्ता गरेको हो ।   पत्रकार सम्मेलनको आयोजना गर्दै भौतिक, पूर्वाधार शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले सवारी ऐनलाई संशोधन गरिने बताए ।    गत साउन १ गतेदेखि नागरिकले २ सय प्रतिशत जरिवाना र चर्काे नवीकरण शुल्क सेवाग्राहीलाई आगामी आर्थिक वर्षमा समायोजन गरिने जानकारी दिए ।   उनले अब उक्त निर्णय राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयन गर्ने बताए ।   मन्त्री खड्काका अनुसार यातायात व्यवस्था कास्कीले पहिलेकै अनुसार नै नवीरकण र जरिवानाबापत शुल्क संकलन गर्नेछ  । ‘राज्यको हित विपरित भएपछि आज बसेको क्याबिनेटकोे बैठकले चर्काे शुल्क लिने निर्णय फिर्ता गरेको हो, उनले भने,  ‘त्यतिमात्र हैन पहिलो ३२ प्रतिशत जरिवाना लिइन्थ्यो भने अब त्यसमा पनि घटाएर १२ प्रतिशत मात्रै लिने निर्णय गरेको हो ।’