पोखरा:  होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औं भाइटिका महोत्सव २०८२ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल पौवामा यो महोत्सव हुन लागेको हो । संस्कृतिका माध्यमबाट पर्यटन...

पोखरा:   पोखरा महानगरपालिका वडा नम्बर १२ ले चालू आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ गरेको छ ।  वडा कार्यालयले प्रदान गर्ने सेवा प्रवाह र विकास निर्माणका विषयमा जानकारी दिने र सेवाग्राहीबाट सुझाव लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।  कार्यक्रममा वडाभित्र भएका विकास निर्माणका कामको सबैले प्रशंसा गरेका छन् । तर सेवा प्रवाहका विषयमा भने केही गुनासो नागरिकहरुले गरेका छन् । उनीहरुले शिक्षा, स्वास्थ्य, पूर्वाधार, युवा परिचालन र सामाजिक विकृति नियन्त्रणजस्ता विषयमा प्रश्न उठाएका थिए । शितलादेवी युवा क्लबका पूर्व अध्यक्ष सुरज श्रेष्ठले खेलकुदका लागि टुक्रे बजेटभन्दा दीर्घकालीन योजना बनाउन आग्रह गरे ।  ‘युवा लक्षित कार्यक्रम भैरहेका छन् । तर टुक्रे कार्यक्रम धेरै भए,’ उनले भने, ‘अलि देखिने गरी योजना तय गरौं । सबैलाई समेटेर उत्कृष्ट काम गर्न वडासँग मेरो आग्रह छ ।’  शितलादेवी सामुदायिक विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारी र पुष्पसदन एकेडेमीका प्राचार्य भीम न्यौपानेले शिक्षाको गुणस्तर बढाउन सफ्टवेयर (तालिम, संस्कार) मा लगानी बढाउन सुझाए ।  यस्तै, वडाभित्रका स्कुलबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र अभिभावकलाई सम्मान गर्न र विद्यालय वरपर सुर्तीजन्य पदार्थ बिक्रीमा कडाइ गर्न उनीहरुको आग्रह छ । डा. कृष्णप्रसाद पौडेलले अमरसिंह माविको चौरमा हुने राजनीतिक कार्यक्रम र सेती नहरमा बढ्दो प्रदूषण नियन्त्रणबारे वडाको ध्यानाकर्षण गराए ।  नेकपा माओवादीका अध्यक्ष श्रीकान्त अधिकारीले योजनाहरुमा देखिने बेरुजुको कारण खोजे । उनले अमरसिंह मावि अगाडिको टहरा विवादबारे पनि प्रश्न उठाएका थिए । स्थानीय अनिता पोख्रेलले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम बनाउन वडासँग आग्रह गरेकी छिन् ।  उनले पार्कहरूमा बढ्दो विकृति नियन्त्रण गर्न सुझाव दिइन् । सहभागीहरूले जीर्ण बनेका काठका पोल विस्थापन, हस्पिटल चोकदेखि माछापोखरीसम्म फुटपाथ निर्माण र सरस्वती स्कुल चोकमा बढ्दो दुर्घटना जोखिम न्यूनीकरण गर्न पनि माग गरे । प्रश्न र गुनासामा जवाफ दिँदै वडाध्यक्ष सन्तोष बास्तोलाले नागरिकका सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बेरुजुको समस्या सरकारी र बजार दररेटको भिन्नताले आएको जानकारी दिए । तर वडामा बेरुजुको मात्रा न्यून रहेको उनको भनाई छ । अमरसिंह स्कुलको टहरा विवाद छिटै समाधान हुने उनले सुनाए । ‘यो विषय अदालतबाट टुंगिसकेको छ । अब व्यवस्थापन समितिले छिट्टै निर्णय नगरे वडाले कानुनी रूपमा अघि बढ्छ,’ उनले भने । बास्तोलाले युवा क्लब र महिला समूहले ठोस योजना ल्याएमा बजेट अभाव नहुने स्पष्ट पारे । ‘हामी लगानी गर्न तयार छौं । तर त्यसले साँच्चिकै जीवनस्तर परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘तपाईंहरू योजना लिएर आउनुहोस् । उपयुक्त काममा वडाले लगानी गर्छ । पैसाको अभाव हुँदैन ।’ कार्यक्रममा धेरै सहभागीले सामुदायिक कुकुरको नियन्त्रणमा वडाको ध्यानाकर्षण गराएका थिए । जवाफमा वडाध्यक्ष बास्तोलाले ‘डग होस्टेल’को अवधारणा अघि बढाइएको बताए । ‘महानगरपालिकाले नै साउनदेखि डग होस्टल चलाउने भनेको छ । अब कुकुरलाई त्यहाँ लगिन्छ,’ उनले भने, ‘तर जथाभावि कुकुरलाई दिशा गराउने र दुर्गन्ध फैलाउनेलाई टोल विकास संस्थाले पनि निगरानी गर्नुस् ।’ वडामा आइटी पढ्ने विद्यार्थीलाई निःशुल्क इन्टरनेट र सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा जस्ता कार्यक्रम वडाले सञ्चालन गरेको बास्तोलको भनाई छ ।  उनले विकास निर्माण र सेवा प्रवाहमा सबैलाई समान व्यवहार गरिएको र कुनै पनि काम तथ्य र तथ्यांकमा आधारित भएरै हुने गरेको दाबी गरे । कार्यक्रममा उठेका गुनासालाई सम्बोधन गर्दै उनले आगामी दिनमा अझै प्रभावकारी सेवा दिन वडा समिति कटिबद्ध रहेको प्रतिबद्धता जनाए । कार्यक्रममा वडा सचिव शारदा सापकोटाले चालू वर्षमा वडाको प्रगति विवरण प्रस्तुत गरेकी थिइन् । पोखरा १२ले चालू वर्षमा कुल ३ करोड ३ लाख ५८ हजारको बजेट कार्यान्वयन गरेको छ । उनले वडा कार्यालयको सेवा प्रवाह र कर्मचारी प्रशासनसँग जोडिएका प्रश्नको जवाफ दिइन् ।  सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक सर्वेक्षण प्रतिवेदनले वडाको मिश्रित अवस्था देखाएको छ ।  प्रतिवेदनअनुसार अधिकांश सेवाग्राही कर्मचारीको व्यवहार र जनप्रतिनिधिको जवाफदेहिताप्रति सन्तुष्ट देखिए पनि सामुदायिक कुकुर तथा छाडा चौपाया नियन्त्रण, फोहोर व्यवस्थापन, कार्यालयमा पार्किङको अभाव, अनलाइन सेवाको ढिलासुस्ती र योजना वितरणमा सबै टोललाई समान दृष्टीले नहेरेको जस्ता गुनासा नागरिकले राखेका छन् । 

पोखरा: एसईईमा ४ जीपीए ल्याएकी ममता जैसवाललाई लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले आर्थिक सहयोग गरेका छन् ।   पोखरा–३२ गगनगौंडामा रहेको सामुदायिक विद्यालय गोगन माविबाट एसईईमा ४ जीपीए ल्याएकी ममतालाई आप्mनो जन्मदिनको अवसर पारेर ओझाले नगद २० हजार सहयोग गरेका हुन् ।  पोखरा–३० पावरहाउस लेखनाथमा  बुबा लखन जैसवालले चलाउदै आएको चटपटे पसलमा  विहान बेलुका सहयोग गर्दै उज्यालो भविष्यको आशा राखेकी  ममतालाई थोरै भएपनि आप्mनो जन्मदिनको अवसर पारेर सहयोग गर्न पाएकामा खुशी व्यक्त गर्दै ओझाले समुज्ज्वल भावी जीवनको कामना गरे ।        चुनौतीहरुको सामना गर्दै ,गरिवीसंग जुद्धै ममताले आत्मविश्वास, मिहिनेत र लगनशीलताकासाथ एसईईमा ४ जीपीए  ल्याएकी भन्दै  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले  व्यवसायी ओझाले सहयोग गरेकामा आभार व्यक्त गरेका थिए भने प्रधानाध्यापक मोहनराज बरालले परिवारको बढ्दो खर्च र सीमित आम्दानीमा सहयोगी हातहरु भैदिए थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।   सहयोग ग्रहण गर्दै हरेक दिन बिहानदेखि बेलुकासम्म ठेलामा उभिएर चटपटे बेच्ने बुबाको मिहिनेत र संघर्षले आफूलाई पढाइमा जिम्मेवार बनाएको  उनले बताइन । व्यवसायी ओझाले जन्मदिनका अवसरमा  शनिवार नै पोखरा–३२ लामेआहालमा रहेको राधाकृष्ण बृद्धाश्रम तथा मन्दिर एवम् गुरुकुलमा दाद्यान्न तथा नगद सहयोग गरेका थिए भने पोखरा–२९  भण्डारढिकमा रहेको दीपशिखा पुस्तकालयको आजीवन सदस्यता ग्रहण गरी जन्मदिनको अक्षयकोष अभियानमा  समेत जोडिएका थिए ।   

पोखरा:    विगत २१ वर्षदेखि लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित पोखाराको चिप्लेढुंगामा सञ्चालित निरमाया दोहोरी साँझका कलाकारहरुले मानवसेवा आश्रमलाई खाद्यान्नका समाग्री सहयोग गरेको छ ।   दोहोरी साँझको २१ औँ वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका १७ स्थित संचालनमा रहेको आश्रमलाई करिब २५ हजार बराबरको खाद्यान्नका समाग्री सहयोग गरेको हो ।   कला, संस्कृतिको संरक्षणसँगै सामाजिक कार्यमा पनि क्रियाशिल हुनुपर्ने हेतुका साथ सहयोग गर्न मानव आश्रम पुगेको निरमाया दोहोरी साँझका कलाकार प्रमुख गुप्त गुरुङले जानकारी दिए ।   उनका अनुसार पोखरामा छुट्टै छवि बनाउन सफल निरमाया दोहोरी साँझले हरेक वर्ष वार्षिकोत्सबको अवसरमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।   सोही अनुसार यस वर्षपनि असार १५ देखि २० गतेसम्म राष्ट्रियस्तरका ख्यातिप्राप्त लोक तथा दोहोरी कलाकारहरुले वार्षिकोत्सबको अवसरमा प्रस्तुती राखेका थिए ।   सोही कार्यक्रममार्फत संकलित रकममध्येबाट आश्रमलाई सहयोग हस्तान्तरण गरेको उनले बताए ।    कलाकार प्रमुख गुरुङका अनुसार सहयोग हस्तान्तरण कार्यक्रममा टेक क्षेत्री, टस गुरुङ, गुप्त गुरुङ, पाण्डव गुरुङ, किसान नेपाली, मनोज नेपाली, लक्ष्मण ठकुरी, प्रशान्त तामाङ, यम नेपाली, सञ्जय गायक, निकेश बिक, इन्द्रा गुुरुङ, बत्ति थापा मगर, चिना थापा मगर, ललिता पुन, सुनिमा गुरुङ, पुजा तामाङ, निरुता थापा मगर, निशा गुरुङ, सरिता राई कलाकारहरुको उपस्थिति रहेको थियो ।   गुप्त गुरुङ नेतृत्वको उक्त कलाकार समूहले आगामी दिनमासमेत सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ ।

पोखरा:  नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् ।  अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित समुदायले आफ्नो उन्मुक्तिका लागि कसरी बुद्ध धर्मलाई अंगिकार गरेका छन् भन्ने कुरामा अध्ययन अनुसन्धान गरेका छन् ।  पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरमा रहेको समाज विज्ञान केन्द्रले शुक्रबार यसै विषयमा कचहरी आयोजना गरेको थियो ।  ‘हाइरारकी, विलंगिंग रेजिस्टेन्सः फ्रम वुद्धिष्ट रिचुअल्स् टु दलित एक्टिभिजम्’ शीर्षकमा उनले प्रस्तुति दिए । भारतीय दलित नेता अम्वेडकरले वुद्धिज्मलाई सामाजिक तथा राजनीतिक स्वतन्त्रताको मार्गका रुपमा अंगिकार गरेको उनको भनाइ छ ।  सन् १९५६ मा काठमाण्डौं आएका अम्वेडकर भारत फर्केपछि ठूलो संख्यामा दलितहरुले धर्म परिवर्तन गरी वुद्धिष्ट बनेको भन्दै प्राध्यापक गेल्नरले नेपालमा भने त्यस घटनाको ठूलै प्रभाव भने नदेखिएको तथ्य प्रस्तुत गरेका छन् ।  उनी सन् १९८२ मा पिएचडीको अनुसन्धानका लागि नेपाल आउँदा दलित शब्द प्रचलनमा समेत नरहेको स्मरण गरे ।  ‘जव म फिल्डवर्कका लागि नेपाल आए त्यतिवेला जनजाति, दलित र खसआर्य भन्ने शब्दावली प्रचलनमा थिएनन्’, उनले भने ।  पछिल्ला दिनहरुमा पहिचानको राजनीतिका कारण यी शब्दावली बढी प्रचलनमा आएको उनको भनाइ छ ।  नेपालमा छुवाछुतको सन्दर्भमा धेरै परिवर्तन भएको पाएको उनले बताए ।  उनका अनुसार वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरुका लागि जात ठूलो विषय नबनेको तर स्वदेशमा भने तिनै युवा त्यसका लागि अभ्यस्त बन्न नसकेको अध्ययनका क्रममा देखिएको छ । नेपालको पछिल्लो १ सय ५० वर्षको इतिहासलाई सबै खालका विभेद विरुद्धको प्रतिरोधका रुपमा लेख्न सकिने धारणा उनले राखेका छन् ।  पहिलो पटक सन् १९७५ मा नेपाल आउँदा पोखरा आएको प्रंसग स्मरण गरेका उनले त्यस यता यहाँ धेरै परिवर्तन भएको पनि बताए ।  लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराका अध्यक्ष एवम् कचहरीका परिकल्पनाकार प्राडा विश्वकल्याण पराजुलीले दलित शब्द अम्वेडकरले प्रचलनमा ल्याए पछि नेपालमा पनि अनुसरण गरिएको बताए ।  प्राडा पराजुलीका अनुसार त्यसअघि पानी चल्ने र नचल्ने भन्ने हिसाबले व्याख्या हुने गरेको थियो ।  नेपाली दलित आन्दोलनलाई धेरै आयामबाट हेर्नु पर्ने उनको भनाइ छ । जातीय विभेदमा परेर नेपाली दलितले अझै पनि विभिन्न सहारा लिनु परिरहेको दृष्टान्त उनले प्रस्तुत गरेका थिए ।  कार्यक्रममा डा कृष्ण अधिकारीले प्राध्यापक गेल्नरको पहिलो नेपाल भ्रमणदेखि नै यहाँको अध्ययनको शुरुवात भएको स्मरण गराए ।  दलित अधिकारकर्मी तथा वामपन्थी नेता केश बहादुर परियारले नेपालमा ठूला परिवर्तन हुँदा पनि विभेद उत्तिकै कायम रहेको बताए । उनले दलित माथिको विभेदको प्रश्न अहिलेको मूख्य प्रश्न भएको पनि भनाइ राखे । सो क्रममा डा अञ्चला चौधरी, सन्तोष सुनार, मनोज सुवेदी, मेघा पुन, अर्जुन पोखरेल, गिरिधारी दाहाल सहितका सहभागीहरुले जिज्ञासा र विचार राखेका थिए ।  लेकसिटी कलेजले प्रत्येक महिना समसामयिक विषयमा कचहरी गर्दै आएको छ । कलेजमा पत्रकारिता तथा आमसञ्चार, सोसल वर्क एवम् व्यवस्थापन विषयमा स्नातक तहको पढाइ हुन्छ ।    

पोखरा:  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा खेल पत्रकारहरुका लागि क्षमता अभिवृद्धि तालिम दिईएको छ ।  शुक्रबार भएको तालिममा गण्डकी प्रदेशमा रहेका विशेषगरि खेल क्षेत्रमा रुची राखेका क्रियाशिल पत्रकारहरुलाई भलिवल, एथ्लेटिक्स र क्रिकेट सम्वन्धि प्रशिक्षण गराइएको हो ।  खेलका नीति, नियम तथा मापदण्डका बारेमा बुझाउँदै पत्रकारले समाचार लेख्दा बुझ्नुपर्ने विषयका बारेमा समेत प्रशिक्षित गराइएको छ । तालिममा सहभागि पत्रकारले खेलका टेक्निकल नियमका विषयमा केन्द्रीत रहेका थिए । समाचार लेख्दा टेक्निकल नियमका बारेमा बुझ्न आवश्यक रहेको सहभागिको भनाई थियो । तालिममा भलिबल सम्वन्धि राजन पौडेल, आइटिओ एथ्लेटिक्स सम्वन्धि सिद्धान्त अधिकारी र क्रिकेट सम्वन्धि रिजन प्रजुले प्रशिक्षण दिए । यसअघि भएको उत्घाटन सत्रको अध्यक्षता गरेका मञ्चका अध्यक्ष एमबि आस्था मगरले तालिमका बारेमा जानकारी दिँदै यसको आवश्यकता र महत्वका विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले खेल क्षेत्रका कुराहरु सरकार समक्ष पुराउन पत्रकारले खेल क्षेत्र र यसका नीति नियम बुझ्न आवश्यक रहेको बताए । साथै खेल र खेलाडीका बारेमा प्रकाशित सकारात्मक समाचारले खेल संघ तथा खेलाडीलाई प्रोत्साहन मिलेको समेत उनको भनाई थियो । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने, नेपाल खेलकुद पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराललगाएतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष राजाराम पौडेलले राखेका थिएभने कार्यक्रमको सञ्चालन मञ्का महासचिव परशुराम शर्माले गरेका थिए ।  

पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ ।  लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन एवं जर्मनीको म्यूनिच इन्टरनेश्नल स्कुलको सहयोगमा निमार्ण हुन लागेको खानेपानी टंकीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर केसीले बुधबार शिलान्यास गरेका हुन् । लियो क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष कमल भण्डारीका अनुसार निमार्ण हुन लागेको टंकी १० हजार लिटर क्षमताको रहने र निमार्ण लागत दुई लाख ५० हजार देखी दुई लाख ८० हजार लाग्ने अनुमान गरिएको बताए ।  कुल लागत मध्ये दुई लाख लायन्स क्लब अफ अन्नपूर्णले र नपुग रकम माछापुच्छे मा.बि ले व्योहर्ने भण्डारीले जानकारी दिए ।  लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष एवं टंकी निमार्ण कार्यक्रमका सहजकत्र्ता सोनाम साङपोका अनुसार २२ वर्ष अघि पोखराका विद्यालयका बिद्यार्थीहरुको दिशा परीक्षणका क्रममा ७० प्रतिशत बिद्यार्थीहरुमा पानीका कारण स्वास्थ्यमा विभिन्न समस्या देखिएको थियो ।  त्यसपछि विभिन्न दाताहरुको सहयोगमा पानी शुद्ध बनाउनका लागि पोखराका विभिन्न विद्यालयहरुमा गरि तीन सय थान यूरो गार्ड वितरण गरिएको जानकारी उनले जानकारी दिए ।  वितरण गरिएका ती यूरो गार्डहरुले सुरुमा रामै काम गरेपनि त्तकालीन अबस्थाको लोडसेडिङको समस्या र आवश्यक मर्मत संभारको अभावका कारण दुई तीन वर्षपछि काम नगरेपछि स्वच्छ पानीको निम्ती स्थाही समाधानका लागि सन २०१७ देखि खानेपानी टंकीको निमार्ण कार्य सुरु गरेको उनले जानकारी दिए ।  सन २०१७ देखि हालसम्म गरि ४९ बटा सम्पन्न गरेर बिद्यालयहरुलाई हस्तान्तरण गरिसकेको र निमार्ण हुन लागेको यो ५० औ खानेपानी टंकी रहेको उनले बताए । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण लायन बर्ष २०२५/२०२६ का अध्यक्ष सुकल्याण पराजुलीका अनुसार सन २०२५/२०२६ मा क्लबले पोखराका विभिन्न बिद्यालयहरुमा गरि आठ बटा टंकी निमार्ण गर्ने बताए ।  निमार्ण गर्ने आठ मध्ये यो पहिलो रहेको र अन्य सात टंकीको निमार्ण कार्य क्रमश सुरु गदै जाने जानकारी दिए । निमार्ण हुने प्रति टंकी बराबर क्लबले दुई लाख सहयोग गर्ने र त्यभन्दा बढी लागेको रकम सम्बन्धीत बिद्यालयले व्योहर्ने पराजुलीले बताए ।  टंकी निमार्णको लागि जर्मनीको स्कुलबाट एक टिम लिडर, एक शिक्षक र १५ जना विद्यार्थीहरु गरि १७ जनाको टोली पोखरा आएको छ । टोलीले टंकी निमार्णको लागि तीन दिन माछापुच्छे मा.बि. नाउँडाडामा गएर काम गर्ने समेत पराजुलीले जानकारी दिए ।  

पोखरा:  पढ्नका लागि उमेरले छेक्दैनन भन्ने उदारणीय बन्नु भएकी गोमा पराजुलीले आफु अध्ययन गरेको महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।  पोखरा १७ तल्लो विरुवा निवासी उहाँले आप्mनो जन्मदिनको अवसर पारेर विद्यालयमा अध्ययरत जेहेन्दार एवम् विपन्न विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने लक्ष्यका साथ ५० हजार रुपैयाको अध्यक्ष कोषको स्थापना गर्नुभएको हो । गोमा फाउण्डेशनका अध्यक्ष समेत रहनु भएका उहाँले उक्त रकम बरावरको चेक विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद बास्तोला, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमबाबु भण्डारी, प्रधानाध्यापक अर्जुन कडेललाई सामुहिकरुपमा हस्तान्तरण गर्नुभएको हो । दुई छोरा बुहारी सहितका परिवार अमेरिकामा रहेका र आफु पढ्न नसक्ने भएको कारण पढनु पर्दछ भन्ने सोचका साथ ५३ बर्षको उमेरमा  कक्षा १ भर्ना भएर सात कक्षासम्म अध्ययन गर्नुभएको थियो । सो अवसरमा पराजुलीले विभिन्न कक्षामा अध्ययनरत ७५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री र चलेट वितरण गरेर उहाँले  विद्यालय परिवारसंग आप्mनो जन्मदिन मनाउनु भएको हो । पछिल्लो समय आफु र आफन्तको जन्मदिनमा गरिने फजुल खर्च कटौती गरेर सामुदायिक विद्यालयलाई अक्षयकोष स्थापना र शैक्षिक सामाग्री वितरण गर्ने प्रचलन बढेको छ । विद्यालयमा तीन महिलाको अवधिमा नगेन्द्र शर्मा भण्डारीले छोरा एलेक्स शर्मा भण्डारीले ५५ हजार ५५५, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रमवावु भण्डारीले छोरा सुहार्द भण्डारीको जन्मदिनमा २१ हजार २२१ बरावरको अक्षयकोष र दृश्यम भिडिया हाउसको स्थापना दिवसको अवसरमा ६५ हजार मुल्य बरावरको शैक्षिक सामाग्री प्रदान गर्नुभएको थियो ।  विद्याथलय सञ्चालनार्थ विभिन्न संघसंस्था र शिक्षाप्रेमी व्यक्तिबाट हालसम्म दश लाख भन्दा बढीको अक्षयकोष स्थापना गरिएको छ भने त्यसको व्याजबाट प्राप्त रकम  विद्यार्थीमा अध्ययनरत विद्यार्थीलाई प्रत्येक बर्ष वितरण गर्दै आएको  विद्यँलय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिनुभयो ।    

पोखरा:   शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गरिएको छ ।  पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आइतबार शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरीलाई मनोनित गरेका हुन् ।  गिरीलाई महानगरपालिकाका मेयर आचार्यले शिसुवा अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि २०८१ अनुसार तीन बर्षका लागि अध्यक्षमा मनोनित गरेका हुन् ।  अध्यक्ष गिरी पोखरा महानगरपालिका वडा नं. २७ तालचोक निवासी हुन् । लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रिय सदस्य एवं विभिन्न संघ संस्थामा आवद्ध गिरी लामो समयदेखि पोखरामा व्यवसाय गर्दै आएका छन् ।    यस्तै मेयर आचार्यले पोखरा २६ का सुर्यनाथ भण्डारी, लेखनाथ उद्योग बाणिज्य संघका महासचिव जानुका अधिकारी पराजुली, वडा नं. ३० का धुव्रराज न्यौपाने, शिव न्यौपाने र लक्ष्मी प्रसाद त्रिपाठीलाई सदस्यमा मनोनित गरेका छन् । उनीहरुलाई तीन बर्षका लागि नियुक्त गरिएको हो । अस्पताल व्यवस्थापन समितिमा वडा नं. ३० का अध्यक्ष र महानगर स्वास्थ्य महाशाखा प्रमुख पदेन सदस्य एवं मेडिकल सुपरिटेण्डन सदस्य सचिव रहने कार्यविधिमा व्यवस्था रहेको छ ।  कार्यविधि अनुसार वडा नं.३० का अध्यक्ष दुर्गा प्रसाद सुवेदी, महाशाखा प्रमुख भरतराज पौडेल र सदस्य सचिवमा मेडिकल सुपरिटेण्डन डा। सुमन खनिया सदस्य सचिव रहेका छन् ।   

पोखरा:   मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारी मानव सेवा आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । एकेडेमीले मानव सेवा आश्रम छोरेपाटनमा आश्रितहरुलाई सहयोग स्वरुप चामल, दाल, नुन, तेल, आलु लगायतका खाद्यान्न सामाग्री प्रदान गरेको हो । सो अवसरमा बोल्दैै पोखरा महानगरपालिका एमाले दलका नेता तथा पोखरा महानगरपालिका वडा नं १७ का अध्यक्ष राधिका शाही योगीले जनताको बहुदलिय जनवादको प्रतिपादक मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी स्पोर्टस एकेडेमीले मानव सेवा आश्रममा आश्रितहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । एकेडेमीले खेलकुदको गतिविधी संगै सामाजिक कामलाई समेत अगाडी बढाएकोमा एकेडेमी प्रति आभार प्रकट गर्दै जननेता मदन भण्डारीले देखाएको बाटोमा अगाडी बढ्नुनै अहिलेको आवश्यक्ता रहेको योगीको भनाइ रहेको थियो । मदन भण्डारीलाई जनताले मानेको एक नेता भएकाले भण्डारीको बिचारलाई अंगीकार गरि मदन भण्डारी स्पोर्टस एकेडेमीले दिन दुखीको सेवामा लागि परेको र दिन दुखीको सेवामा आफुपनि लागि पर्ने समेत बताइन । मानव रहित सडक निर्माणका लागि मानव सेवा लागि परेको र त्यसका लागि सम्पूर्ण संघ संस्था ब्यक्तिहरुले सहयोग गर्नुपर्नेमा उनको भनाइ थियो । मानव सेवा आश्रम पोखराका प्रमुख सदिश पुनले मदन भण्डारी स्पोर्टस एकेडेमीले जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसर पारी मानव सेवा आश्रम छोरेपाटनमा आश्रिम आमाहरु र बालकबालिका लागि खाद्यान्न सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे ।  मदन भण्डारी कम्युनिष्ट आन्दोलनको धरोहर र उहांको मार्गनिर्देशनमा अगाडी वढ्दै दिन दुखीको सहयोगमा समेत स्पोर्टस एकेडेमी लागि परेकोमा एकेडेमी प्रति पुनले आभार प्रकट गरे ।  पुनका अनुसार मानव सेवा आश्रम छोरेपाटन शाखामा एक सय जना आमा तथा बालबालिका र हेम्जा शाखामा १ सय ७० जना आश्रित रहेको र उनीहरुको लागि स्वदेश र विदेशमा रहेको नेपाली दाजुभाई दिदीबहिनीहरुको सहयोगमा खाने र बस्ने र उपचारको ब्यवस्था मिलाइएको समेत बताए । मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशका अध्यक्ष गिरमान गुरुङले मनद भण्डारी स्पोर्टस एकेडेमीले खेलकुदका गतिविधी संगै सामाजिक सेवामा समेत अगाडी वढिरहेको बताए । आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो ।