पोखरा: पोखरा महानगरपालिका वडा नं. २६ ले वडाका विभिन्न जेष्ठ नागरिक समूहलाई बाद्यबाधनको सामाग्री हस्तान्तरण गरेको छ । वडा अध्यक्ष नरेन्द्र थापाले जेष्ठ नागरिकहरुको दिवा सेवा केन्द्रका लागि खैजडी, मादल, मुजुरा लगायतका बाद्यबाधनको सामाग्री हस्तान्तरण गरेका हुन । घरेलुचौर दिवा सेवा केन्द्र, सक्नेरी जेष्ठ नागरिक दिवा सेवा केन्द्र, सर्वमोक्ष धाम मन्दिर, जटा शंकरमा रहेको सिलिङ्गे जेष्ठ नागरिक दिवा सेवा केन्द्र, खाष्टेताल जेष्ठ नागरिक समाज, खरानोचोक फराकको चौतारा जेष्ठ नागरिक समुहलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । यसैगरी देउराली मन्दिरको समूहलाई पनि एक सेट बाद्यबाधनको सामाग्री हस्तान्तरण गरिएको हो । सामाग्री हस्तान्तरण गर्दै वडाध्यक्ष थापाले जेष्ठ नागरिकको शिप, ज्ञान र विचारलाई पुस्तान्तरण गर्नु पर्नेमा जोड दिए । थापाले जेष्ठ नागरिकहरु स्वभावैले धार्मिक हुने भएकाले भजन कृतनमा सहज हुने गरी सामाग्री बितरण गरिएको बताए । उनले आफुहरु निर्वाचित भएर आएपछि जेष्ठ नागरिकहरुको दिवा सेवा केन्द्रमा खाजा बितरण र विपन्न सुत्केरीलाई पोषण बितरणको पहिलो निर्णयमा हस्ताक्षर गरेको उल्लेख गरे । उनले सोही निर्णय अनुसार बार्षिक रुपमा वडाका चार स्थानका जेष्ठ नागरिक सेवा केन्द्रमा खाजा बितरण गर्दै आएको बताए । वडा सदस्य लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार, सचिव लिलामणि भण्डारी सहित वडाको टिम सामाग्रही बितरण गर्न सेवा केन्द्रमा पुगेको थियो । यसैविच परियार समाज पोखरा २६ लाई लोकसंस्कृति जगर्नोका लागि पनि वडाध्यक्ष थापाले पञ्चेबाजाको एक सेट हस्तान्तरण गर्नु भएको थियो । समाजका अनिल परियार सहितको टोलीलाई अध्यक्ष थापाले उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।
पोखरा: शिखर इन्सुरेन्स कम्पनी प्रा.लि गण्डकी प्रदेश कार्यालयद्धारा जानकी मावि पोखरा १७ लाई एक लाख रुपैया सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वमार्पmत सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग पु¥याउने लक्ष्यका साथ आर्थिक सहयोग गरिएको हो । विद्यालयमा आयोजित एक कार्यक्रमका वीच इन्सुरेन्सका गण्डकी प्रदेश प्रमुख विष्णुराज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङ उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । विद्यालयमा ३५० जना विद्यार्थी अध्ययनरत छन् । नेपाल सरकार प्राधिकरणबाट इजाजत प्राप्त गरि सवारी साधन दुर्घटना हजाई, निर्माण सम्वन्धी मार्गस्त विमान, सम्पत्ति, उद्योग कलकारखाना जस्ता निर्जिवन विमाका साथै मजदूर स्वास्थ्य विमा लगायत विभिन्न १८ जटिल रोगमा १० लाख रुपैयासम्मको उपचार विमा समेत गर्दै आएको प्रमुख पौडेलले सो अवसरमा जानकारी दिनुभयो । मुलुकको ७३ जिल्लामा ११८ वटा शाखामार्पmत सेवालाई प्रभावकारी बनाउँदै आएको जानकारी दिंदै उहाँले भन्नुभयो, गत आर्थिक बर्षमा पाँच अर्व ८० करोड संकलन गरेकोमा तीन अर्व भन्दा वढी रुपैया दावी भुक्तानी गरेको थियो । छिटोछरितो सेवा प्रदान गर्नु संस्थाको पहिलो प्राथमिकता भएको बताउँदै उहँँले भन्नुभयो, कम्पनीमा हाल तीन लाख भन्दा वढी विमित एवम् ६६० जनालाई प्रत्येक्षरुपमा रोजगारी प्राप्त गरेका छन् । कम्पनीले पोखरा २१ निर्मलपोखरीस्थित जनचेतना माविलाई पनि सोही शिर्षकमा एक लाख रुपैया उपलव्ध गराएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द गिरीलाई प्रदेश प्रमुख पौडेलले उक्त रकम वरावरको चेक हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा नेपाल विमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु मिश्रले यस्ता कार्यक्रमले सामुदायिक विद्यालयको पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै रकमको सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा: पोखरामा कोरोना सक्रमणबाट वृद्धाको मृत्यु भएको छ । चरक अस्पतालमा उपचारत वृद्धामा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालमा उपचारत वृद्धाको आइतबार मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालय पोखराका महानिर्देशक खिम बहादुर खड्काले जानकारी दिए । ‘चरक अस्पतालमा उपचारत वृद्धामा कोरोना संक्रमण पुष्टि भएको थियो, उनको उपचारको क्रममा आइतबार मृत्यु भएको हो, वृद्धाको स्वास्थ्यमा अरु समस्या देखिएको थियो ।’ महानिर्देशक खड्काले भने
पोखरा: आज साउन महिनाको पहिलो सोमबार । हिन्दू धर्मावलम्बीहरूका लागि पवित्र मानिने यस साउन महिनाको पहिलो सोमबार शिवमन्दिरहरुमा पूजापाठ गर्ने भक्तजनहरुको घुँइचो लागेको छ । पोखरा महानगरपालिका १ गाइघाटमा पनि भक्तजनहरूको घुइँचो देखिएको छ । विशेषगरी, साउन महिनाभर भगवान शिवको पूजाआराधना र महिमा गाउने परम्पराअनुसार भक्तजनहरू शिव मन्दिर नजिकैका कुण्ड र नदीमा गाईको दूध र बेलपत्र चढाउन व्यस्त देखिएका छन्। गेरुवस्त्र धारण गरी खाली खुट्टै गाइघाटबाट जल लगी बैदामस्थित केदारेश्वर मन्दिरको शिवलिङ्गमा चढाउने चलन छ। सुनगाभा न्यूजको लेन्सबाट हेर्नुहोस् तस्बिरहरु:-
पोखरा: नेपाल विद्युत प्राधिकरण गण्डकीले २०८१ सालमा उच्चतम खपत गरि समयमै महसुल दाखिला गर्ने उत्कृष्ट उद्योगी व्यवसायी तथा संघ संस्थालाई सम्मान गरेको छ । उत्कृष्ट ग्राहकहरुलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यले सम्मान गरेका हुन । सम्मानित सेवाग्राहीलाई धन्यवाद व्यक्त गर्दै कार्यकारी प्रमुख शाक्यले उपभोक्ताको कारण नै प्रधिकरणको विकास हुने र प्राधिकरणको विकास भए समग्र देशको विकास हुने बताए । उपभोक्ताहरुले प्रयोग गर्ने विद्युत दैनिक जिवनशैलीमा भन्दा बढी व्यवसायीक या औधोगिक कार्यमा लगाउन आग्रह गर्दै विद्युतीय संसाधनको प्रयोग गर्दा सजग र मितव्यायी हुन आग्रह गरेका छन । उनले हाल बेला–बेलामा विद्युत अवरुद्ध हुने समस्या प्राधिकरणको नभएर वितरण केन्द्रहरुमा भएको प्राविधिक समस्या भएको जिकिर गरे । हिउँदको समयमा बाहीरी मुलुकबाट समेत विद्युत आयात गरी उपभोक्ताहरुमाँझ सेवा पुर्याउन प्राधिकरण प्रतिवद्ध रहेको शाक्यको भनाई छ । गण्डकी प्रदेश अन्तरगत सबैभन्दा बढी र समयमै भुक्तानी गर्नेहरुमा होंसी शिवम सिमेन्ट प्राली(कावासोती वितरण केन्द्र), पोखरा औधोगिक क्षेत्र(पोखरा वितरण केन्द्र) गोर्खा व्रेवेरी लिमिटेड (कावासोती वितरण केन्द्र), सिजि सिमेन्ट, एनसेल प्राइभेट लिमिटेड(लेकनाथ वितरण केन्द्र), प्रफेक्ट व्लेन्ड (नेपाल) प्राईभेट लिमिटेड (कावासोती वितरण केन्द्र) सिजि ब्रिवेरी नेपाल लिमिटेड(कावासोती वितरण केन्द्र), जय श्री फुड प्राली (कावासोती वितरण केन्द्र), पोेखरा अन्तराष्ट्रिय एयरपोर्ट(पोखरा वितरण केन्द्र), मनिपाल कलेज अफ मेडिकल साईन्स(पोखरा वितरण केन्द्र) लगायत रहेका छन । उपभोक्ताहरुले बेलाबेला विद्युत अवरुद्ध हुने समस्याले उद्योगहरुले नोक्सान वेहोर्नुपरेको बताउँदै उक्त समस्याको समाधान खोज्न आग्रह गरेका छन । सो अवसरमा प्राधिकरणका गण्डकी प्रदेश प्रमुख विक्रम कुमार अमात्यले गण्डकी शाखा अन्तरगत निमार्ण र वितरण भएका आयोजनाहरुको बारेमा जानकारी गराएका थिए ।
पोखरा: गएराति परेको अविरल वर्षासँगै आएको पहिरोले कास्कीको अन्नपूर्ण गाउँपालिका–८ को एक विद्यालयमा क्षति पुगेको छ । अन्नपूर्ण गाउँपालिका–८ मोदी आधारभुत विद्यालयको भवनमा गएरातिकोे अविरल वर्षासँगै आएको पहिरोले क्षति पुगेको वडाध्यक्ष विजय गुरुङले जानकारी दिए । ‘गएराति परेको अविरल वर्षाले अन्नपूर्ण गाउँपालिका–८ स्थित मोदी आधारभुत विद्यालयमा पहिरोले क्षति पु¥याएको छ, वडाध्यक्ष गुरुङले भने, ‘ पहिरोले विद्यालयको ६कोठे भवनमा क्षति पुगेको छ, कक्षाकोठासँगै कार्यालयमा रहेका केही सामानहरु पुरिएका छन्, अहिले गाउँपालिका र प्रशासनबाट अनुगमन भइरहेको छ ।’ वडाध्यक्ष गुरुङका अनुसार त्यस विद्यालयमा १७ जना विद्यार्थीहरु अध्ययनरत छन् । पहिरोले विद्यालयमा क्षति पुगेपछि विद्यालय नजिक रहेको खाली घरमा विद्यार्थीहरुलाई अध्यापन गराउने गाउँपालिकाले तयारी गरेको छ । विद्यालय भन्दा करिव २ सय मिटर माथिबाट खसेको पहिरोले विद्यालयमा क्षति पुगेको वडा कार्यालयले जनाएको छ ।
पोखरा: इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको २२औँ साधारणसभा एक समारोहका बीच आज सम्पन्न भएको छ । साधारणसभाको नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य ऋषि भण्डारीले उद्घाटन गर्नुभयो । कार्यकममा भण्डारीले राज्यका निकायले राम्रोसँग ध्यान नदिँदा पर्यटन क्षेत्रमा निराशा छाएको बताउनुभयो । मुलुकमा बनेका संरचनाले १५ लाख भन्दा बढी पर्यटन धान्ने सक्ने अवस्था नरहेको भन्दै उहाँले वर्षमा १०÷१२ लाख पर्यटकको मात्रै लक्ष्य राखेर मुलुकको पर्यटन अघि बढ्न नसक्ने जिकिर गर्नुभयो । बैंक तथा वित्तीय संस्थाको अधिकांश लगानी पर्यटन क्षेत्रमै भएकोले अझै पनि ध्यान नदिने हो भने अबको केही वर्षमा पर्यटन क्षेत्र डुब्ने र यसको प्रत्यक्ष असर राज्यलाई नै पर्ने उहाँको भनाइ छ । पोखराको पर्यटन विकासका लागि एगासँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले आ.व.२०८१/०८२ मा एगासँग सहकार्य गरेर विभिन्न कार्यक्रम गरिएको बताउँदै आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले कुनै पनि संस्था आँर्फैमा सानो वा ठूलो नहुने बताउँदै सो संस्थाले गर्ने कामका आधारमा त्यसको स्थान निर्धारण हुने बताउनुभयो । परिषद्मा आवद्ध संस्थाबीच समन्वय गरेर पर्यटन क्षेत्रमा व्यवस्थापन सुधार्ने र व्यवसायी र राज्यबीच पुलको भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले पर्यटन प्रवद्र्धनमा एगाले महत्वपूर्ण भूमिका खेलेको बताउँदै सबैको साथ र सहयोगबाटै संस्थालाई माथि उठाउन प्रयास गरिएको बताउनुुभयो । संस्था स्थापना दुई दशकदेखि भए पनि नेपालको पर्यटकीय प्रचारप्रसारमा एगाको भूमिका तीन दशकदेखि नै भएको उहाँले स्पष्ट पार्नुुभयो । सदस्यहरूको क्षमता अभिृबद्धि समेतको उद्देश्य राख्दै एगाका सदस्यहरूले यही साउन १० गतेदेखि इन्डोनेशिया र भियतनाम लगायतका स्थानको भ्रमणसँगै त्यहाँका गार्मेन्ट उद्योगहरूको भ्रमण गर्ने भएको उहाँले जानकारी दिनुुभयो । एगाका निवर्तमान अध्यक्ष ईन्द्रप्रसाद भण्डारीले पोखरालाई हरेक तवरले पर्यटनसँग जोड्नुपर्ने भन्दै यसतर्फ राज्यका निकायले विशेष ध्यान दिन आवश्यक रहेको बताउनुुभयो । पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष एवम् पोखरा भ्रमण वर्ष कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराईले पर्यटन प्रवद्र्धनका लागि नारा मात्र नभै दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो । एगाका सल्लाहकार एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जीवि पोखरेलले सबै एकै ठाउँमा बसेर पर्यटन क्षेत्रका समस्या बारे छलफल गर्दै समाधानमा जोड दिनुपर्ने बताए । कालीगण्डकी करिडोरले पोखरामा पर्यटक आगमन शून्य हुन सक्नेतर्फ सचेत गराउँदै उहाँले यसतर्फ बेलैमा ध्यान दिन आवश्यक रहेको धारणा राख्नुुभयो । एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षता एवम् सचिव माया सुवेदीले सञ्चालन गर्नुुभएको कार्याक्रममा स्वागत उपाध्यक्ष गीता ढकाल पौडेलले गर्नुभएको थियो । सचिव सुवेदीले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्नुुभएको थियो । कार्यक्रममा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, पर्यटन विज्ञ दीपेन्द्र पहारी, संस्थाका सद्भाव सदस्य गोविन्दप्रसाद अधिकारी, रासस गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेल लगायतले विभिन्न सामाग्रीका माध्यमबाट एगाले नेपालको पर्यटनलाई विश्वमाझ चिनाउन महत्वपूर्ण योगदान गरेको धारणा राख्नुभयो । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष ईन्द्रप्रसाद भण्डारी, उत्कृष्ट पसल सजावट गर्ने व्यवसायी रामहरि भट्ट, विभिन्न कार्यक्रमका संयोजकहरू रमेश सुवेदी, माया सुवेदी, सुशिल ढकाल, गीता ढकाल लगायतलाई सम्मान गरिएको थियो ।
पोखरा: पोखराको रत्चोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन जारी रहेको छ । श्रीमदवीतकको पाँचौ दिन सम्म आइपुग्दा भक्तजनहरुको उपस्थिती बढ्दै गएको छ । श्रीमदवीतकको छैठौं दिन सोमबार श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य जाँचको आयोजना हुने भएको छ । महिला बिकासका लागि समाजको आयोजना र पोखरा महानगरको सहयोगमा शिविरमा विशेष गरी सुगर र मुटु सम्बन्धि परिक्षण गरिने श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए । श्रीमदवीतकको पाँचौ दिन सम्म आइपुग्दा कथा श्रवण गर्न विभिन्न विशिष्ट ब्याक्तिहरुले उपस्थिती जनाउदै आएका छन । आइतबार श्रीमदवीतक चर्चामा श्रीकृष्ण प्रणामी मन्दिर पुगेका गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसीले नैतिक शिक्षाको कमी भइरहदा धार्मिक सत्संग कार्यक्रमले नैतिक शिक्षा प्रदान गर्नमा मदत पुगेको बताउदै सत्संगले जीवन बुझ्न सहयोग पुग्ने बताए । सत्संगले गलत बाटोमा लागेका तथा बाटो बिराएका हरुलाई समेत सत्मार्गमा लाग्न अभिप्रेरित गर्ने उनको भनाइ रहेको थियो । बृन्दाबन धाम पोखरा २७ डाँडानाकका प्रमुख विष्णु वशिष्ठ महाराजले कृष्ण प्रणामी मन्दिर पोखरा रत्नचोकमा सञ्चालन भएको श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचनमा सहभागी हुन सम्पूर्णलाई आग्रह गरे । कुनैपनि धार्मिक स्थलमा आयोजना हुने सत्संगमा बिना निमन्त्रण पनि गएर सत्संग सुनेमा सुख शान्ति र समृद्धि छाउने बताए । भोक र तिर्खामा खाना र पानी पिउदा जतिको आनन्द हुन्छ सत्संगमा पुगेर कथा सुन्दा त्यति आनन्द र शरिरमा शुद्धता छाउने उनको भनाइ रहेको थियो । श्रीमदवीतक चर्चाकै बिचमा आयोजना हुने निशुल्क स्वास्थ्य शिविरमा सहभागी भइ जो कोहीले पनि लाभ लिन सकिने सचिव लक्ष्मण बरालले बताए । बरालका अनुसार प्रत्येक दिन श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन भइरहेको छभने सोमबार पोखरा पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालको उपस्थिती रहने छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश कला, साहित्य, संगीत र लोक संस्कृतिमा सम्पन्न रहेको बताउनुभएको छ । पोखरा थियटरले नेपाली साहित्यका वरिष्ठ श्रष्टा, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठका सम्मानमा आयोजना गरेको विशेष काव्य–सांस्कृतिक कार्यक्रम ‘हिउँमा नलेखिएका तीर्थ– पाँच आयामका साथ’ मा प्रमुख अतिथि भट्टले कला, साहित्य, प्रकृति र संस्कृतिको प्रवर्द्धन एवं संरक्षण गर्नु हामी सबैको दायित्व रहेको उल्लेख गर्नुभयो । ‘आदिकवि भानुभक्त आचार्य, कवि शिरोमणि लेखनाथ पौड्याल, जनकविकेशरी धर्मराज थापा, लोककवि अलिमियाँ, लोकसंगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वदेखि हालका सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला लगायतको भूमि गण्डक क्षेत्र हो ।’ उहाँले भन्नुभयो – ‘यस भेगमा सिर्जित अपार सांस्कृतिक ज्ञानपरम्परा र वैभवले यस क्षेत्रको चेतनालाई सदैव उँचो राख्दै आएको छ । हाम्रा मौलिक तथा रैथाने संस्कृति, कला–साहित्य, रीतिरिवाज हाम्रा अमूल्य सम्पदा हुन् ।’ यस भूमिलाई जीवन्त र सांस्कृतिक दृष्टिले समृद्ध बनाउने अभियानमा संस्थागत तथा व्यक्तिगत तर्फबाट पनि विभिन्न प्रयासहरु भएको पाएको बताउँदै उहाँले गण्डकीको राजधानी पोखरा शहरलाई कला र संस्कृतिको मञ्च बनाउन पोखरा थियटरले निरन्तर कर्म गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो । यहाँ नाटक, संगीत, नृत्य, कवि गोष्ठी लगायत विभिन्न सांस्कृतिक गतिविधिहरू सञ्चालन हुँदै आएकाले पोखरामा सांस्कृतिक उत्सवहरूको वातावरण निर्माणमा यहाँका कलाकारहरूको सिर्जनात्मकता र व्यावसायिकता विकास गर्न यसले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाई छ । कवि एवं साहित्यकार तीर्थ श्रेष्ठमा समर्पण गरी उहाँकै सम्मुख ‘हिउँमा नलेखिएका तीर्थ — पाँच आयामका साथ’ आयोजित यस कार्यक्रमले स्रष्टालाई हौसला प्रदानसँगै सबै कलाकार तथा सर्जकलाई सम्मान अर्पण गरेको भट्टले उल्लेख गर्नुभयो । पोखरा थियटरका प्रमुख कार्यकारी अधिकृत मोतीबहादुर कार्की (परिवर्तन)को अध्यक्षतामा भएको कार्यक्रममा कवि तीर्थ श्रेष्ठका कविता, गजल, मुक्तक, गीत र नाटक गरी पाँच विधामा उहाँका सिर्जनाहरू वाचन तथा मञ्चन गरिएको थियो ।

