पोखरा:  होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औं भाइटिका महोत्सव २०८२ आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल पौवामा यो महोत्सव हुन लागेको हो । संस्कृतिका माध्यमबाट पर्यटन...

पोखरा:  सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको २२ औं वार्षिक सधारण सभा शनिबार सम्पन्न भएको छ । वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरिक्षक तुल बहादुर कार्कीले कम भन्दा कम खर्च गरेर उत्कृष्ट काम सामुदायिक केन्द्रहरुले गरेको उल्लेख गरे । ‘समाजमा हुने हरेक अपराधिक घटना नियन्त्रण गर्नमा यहाँहरुको भूमिका अतुलनिय रहेको छ’ कार्कीले भने, ‘प्रहरी साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै नेपाल प्रहरी तपाईहरुसँग हातेमालो गरेर अगाडि बढ्ने छ ।’ उनले पछिल्लो समय लागू औषध दुरव्यसयनी धेरै न्यूनिकरण हुदै गएकोले अझै सचेतना मूलक कार्यक्रम प्रभावकारी बनाउँदै लैजानु पर्ने उल्लेख गरे । माछापुच्छ««े गाउँपालिका अध्यक्ष सिता अधिकारीले माछापुच्छ«े गाउँपालिका आत्म हत्याका घटना बढि हुने गरेको बताउँदै आत्महत्या सँगै अन्य अपराधिक घटना न्यूनिकरण गर्नका लागि सामुदायिक सेवा केन्द्रसँग समन्वय गरेर अगाडि बढेको उल्लेख गरिन् । पोखरा महानगर पालिका वडा नं. १ का वडा अध्यक्ष साहारा प्रधानले सामुदायिक सेवा केन्द्र बगरले गरेका हरेक गतिविधि उत्कृष्ट रहेको बताए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका संस्थापक अध्यक्ष सिता गुरुङले लागु औषध नियन्त्रणमा अझै वढि सक्रिय भएर लाग्नु पर्ने बताईन् । सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका महासचिव घनश्याम तिम्सिनाले समाजमा हुने विकृति विसंगति न्यूनिकरण गर्न कास्कीका सामुदायिकले उल्लेखनिय भूमिका खेलेको बताए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका पूर्व अध्यक्ष वर्तमान सल्लाहकार पुरुषोत्तम श्रेष्ठले नागरिक र प्रहरी वीचको सम्बन्ध जोड्ने काम गर्ने सामुदायिक सेवा केन्द्रमा पछिल्लो समय दरवन्दी घटाउदा काम गर्न असहज भएको उल्लेख गरे ।  कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्य तथा वर्तमान सल्लाहकार विश्वमोहन गौचन र जिल्ला प्रहरी कार्यालय कास्कीका महिला बालकालिका तथा ज्येष्ठ नागरिक सेलका प्रमुख प्रहरी निरीक्षक सरला ढकाललाई दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो ।  त्यसैगरी कार्यक्रममा दश जोड दुईमा उत्कृष्ट अंक ल्याउने यस संस्थाका आजिवन सदस्य बावुराम भण्डारी तथा साधारण सदस्य सिता भण्डारीकी छोरी शुष्मा भण्डारी, साधारण सदस्य भानुभक्त अधिकारीका छोरा सुशांक अधिकारी र आजिवन सदस्य प्रकाशचन्द्र सापकोटाकी छोरी प्रविना सापकोटालाई नगद सहित सम्मान गरिएको थियो । त्यस्तै हालै निर्वाचित सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पृथ्वीचोकका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा वधाई ज्ञापन गरिएको थियो । कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरका सचिव कृष्ण बहादुर तमा·ले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कमल प्रसाद बास्तोलाले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पृथ्वीचोकका अध्यक्ष कुमारी मुना बास्तोला, कन्या क्याम्पसका नदिपुरका क्याम्पस प्रमुख सुरेश कुमार मानन्धर, इन्द्रेणी एकिकृति विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी, सिद्धार्थ आमा समूहकी अध्यक्ष रिता लामिछानेले बोलेका थिए । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा निर्वतमान अध्यक्ष रामभूषण पराजुलीले स्वागत र सचिव कृष्ण बहादुर तमा·ले कार्यक्रम सञ्चालन गरेका थिए ।

पोखरा:  दैनिक उपभोग्य बस्तुको रुपमा रहेको एलपी ग्याँसको कारोबार व्यवस्थित हुन नसकेको व्यवसायीहरुले बताएका छन् । एलपी ग्याँस वित्र्रmेता संघ कास्कीको २१ औँ वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न साधारणसभामा बोल्ने बक्ताहरुले घरायसी प्रयोजनदेखि व्यवसायसम्म र शहरदेखि गाँउसम्म एलपी ग्याँसको अपत दैनिक रुपमा घट्दो क्रममा रहेका कारण व्यवसायी समस्यामा रहेको समेत बताएका छन् ।  नेपालमा एलपी ग्याँसको कारोबार वि।सं।२०२८ सालदेखि भएपनि घट्दो जनघनत्व र विद्युतीय उपकरणको कारण प्रयोग गरेको दावी व्यवसायीले गरेका हुन् ।कास्कीक् जिल्लामा हाल १८ वटा कम्पनीको ग्याँस आपूर्ति हुने गरेको एलपी ग्याँस विक्रेता संघ कास्कीका सचिव हरिकृष्ण अधिकारीले बताए । साधारण सभाको उद्घाटन ग्याँस वित्र्रmेता महासंघका केन्द्रीय  अध्यक्ष ज्ञानेश्वर अर्यालले गरेका थिए । उनले व्यवसायीहरु आर्थिक रुपमा स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिए ।  उनले विक्रेता संघहरुमा सदस्यहरुसंग पैशा उठाउने तर त्यसको हिसाव सार्वजनकी नगर्ने अवस्था रहेको बताउदै आर्थिक रुपमा भष्ट्रीकरण बढेको बताए ।  हामी राजनीतिक दलका नेताहरुलाई भष्टाचार गरे भनेर गाली गछौँ तर व्यवसायीहरु पनि भष्टिकरण हुदै गएको आभाष भएको छ उनले भने । उनले ग्याँस विक्रेता व्यवसायीहरु वीचको एकतालाई बलियो बनाउदै सर्वशुलभ रुपमा उपभोक्तासम्म ग्याँस पु¥याउनुपर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिवबहादुर कोइरालाले नेपाल सरकारले बनाएको नीति नियममा रहेर ग्याँस व्यवसायीले व्यापार गर्नुपर्नेमा जोड दिए ।  ग्याँस डिपो संचालन मापदण्ड अनुसार गर्नुृपर्नेमा जोड दिदै उनले ग्याँस कम्पनिले तोकेको अधिकतम मुल्यमा व्यवसाय गर्दा समस्या भएको बताए । उनले अधिकतम मुल्य पसलबाट ग्राहकले आफै लैजाने हो तर घरघरमा पु¥याए वापत थप सेवा शुल्क लगाउने व्यवस्थाका लागि नेपाल सरकार र आयल निगमसंग समन्वय गरेर जानुपर्ने आवश्यकता रहेकोमा जोड दिए । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उद्योग तर्फबा उपाध्यक्ष बलराम आचार्य, ग्याँस विक्रेता महासंघका उपाध्यक्ष नारायणप्रसाद पौडेल, एलपी ग्याँस विक्रेता संघका केन्द्रीय कोषाध्यक्ष रविन कार्की, गृहलक्ष्मी ग्याँस कम्पनीका प्रवन्धक भीमराज लामिछाने, शक्ति ग्याँस कम्पनिका प्रवन्धक मेघराज पौडेल, याँस विक्रेता महासंघ कास्कीका संस्थापक अध्यक्ष बालकृष्ण कोइराला, संघ कास्कीका उपाध्यक्ष शिवकुमार श्रेष्ठ,  लगायतले बोलेका थिए ।  साधारण्सभाले सचिव हरिकृष्ण अधिकारीको प्रतिवेदन र कोषााध्यक्ष सुरजमान गुरुङको आर्थिक प्रतिवेदन साधारणसभाले सर्वसम्मत पारित गरेको छ । साधारण सभा एलपी ग्याँस विक्रेता संघ कास्कीका अध्क्ष नारायणदत्त दाहालको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन सुविना दाहालले गरेकी थिइन् ।  

पोखरा:   पोखराको न्यूरोडस्थित गुरुङ गहना घरले सडक सौंन्दर्यकरणमा पोखरा महानगरलाई साथ दिएको छ ।  गहना घरले न्यूरोड सडकबीचमा ५ सय सयपत्री फूलका बिरुवा रोपेको छ । महानगरपालिकाले आफ्नो घर, पसल क्षेत्रमा सकेसम्म आफैले फूल र रुख रोप्न आव्हान गरेपछि त्यसलाई साथ दिएको गहना घरले जनाएको छ ।  गहना घरका प्रबन्ध निर्देशक सीमा गुरुङले नागरिक र व्यवसायीको दायित्वअनुरुप फुलका बिरुवा रोपेको बताउँदै सौन्दर्यकरणमा आगमी दिनमा पनि सहयोग गर्ने जानकारी दिइन् । उक्त क्षेत्रमा रोपिएका पूmललगायतका बिरुवा हुर्काउन र संरक्षण गर्नसमेत योगदान दिने गुरुङको भनाई छ ।  यसैबीच, महानगरका नगर प्रमुख धनराज आचार्यले आफ्नो घर तथा पसल अगाडि लगाइएका बिरुवाहरूको नियमित गोडमेल तथा संरक्षणका लागि नगरवासीहरूलाई आग्रह गरेका छन्।  उनले महानगरपालिका क्षेत्रमा लामो अध्ययनपश्चात् वन विज्ञान अध्ययन संस्थानको सुझावअनुसार ७ सय किलोमिटर सडक तथा राजमार्ग, झन्डै ६७ किलोमिटर नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका २ लाख २६ हजार बिरुवाहरू लगाइने जानकारी दिए।

पोखरा:  नेपाल सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा देशभरका निजी तथा आवासीय विद्यालय आन्दोलित छन् । संघीय शिक्षा ऐनमा ल्याउन लागिएको  निजी तथा आवसीय विद्यालयलाई गैर नाफा मुलक बनाउने र पूर्ण छात्रवृत्तिलाई हटाउन माग गर्दै आन्दोलित वनेका हुन् । प्याब्सन, एन प्याब्सन, हिसान, अपेन र एनएएमले संयुक्तरुपमा आन्दोलनका कार्यक्रम घोषणा गरी आन्दोलन गरेका हुन् ।   यसैको विरोधमा सोमबार देशभरका निजी तथा आवसीय विद्यालयका बसहरु कालो झण्डा र कालो ब्यानर सहित सडकमा गुडाएर शान्तिपूर्ण विरोध गरेका छन् । कास्कीमा पनि निजी तथा आवासीय विद्यालयले संघीय शिक्षा ऐनको विरोधमा शान्तिपूर्ण विरोध स्वरुप विद्यालयका बसहरुलाई सडकमा गुडाएर प्रदर्शन गरेका छन् ।   संघीय शिक्षा ऐनमा निजी विद्यालय वन्द गर्ने गरी ल्याउन लागिएको नितिका विरुद्धमा शुक्रबार विद्यालयका वस सडकमा गुडाएर शान्तिपूर्ण विरोध गरेको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी जानकारी दिए ।  कास्कीका रहेका निजी तथा आवसीय विद्यालयका बसहरुका पोखराका विभिन्न ठाउँमा परिक्रममा गरि विरोध प्रदर्शन गरेका थिए । दोस्रो चरणको आन्दोलन अन्तर्गत देशभर विरोध प्रदर्शन गरिएको हो । माग पुरा नभए विद्यालय वन्द गर्ने सम्मको आन्दोलनको कार्यक्रम रहेको छ ।   पूर्ण छात्रावृत्ति भन्ने शव्द हटाइनु पर्ने, विद्यालयहरुमा उत्पादन नहुने सामाग्रीहरु जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामाग्री, खाना, खाजा प्रावधान खारेज गुर्नपर्ने, कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरुलाई गैर नाफमुलक बनाउँदै  लगिने भन्ने प्रावधान हटाइनुपर्ने माग निजी तथा आवसीय विद्यालयको रहेको छ ।   त्यसैगरी छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्ने सकिने व्यवस्था गरिनुपर्ने, छात्रवृत्ति सम्बन्धी ऐन २०२१ को दफा ३(क), नियमावली २०६० को नियम १०(क) मा ४५ प्रतिशत आरक्षण छात्रवृत्ति सम्बन्धी व्यवस्था तथा केही नेपाल ऐन संसोधन गर्ने ऐन २०७७ ले ११ वटा विश्वविद्यालयमा कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले मात्र उच्च शिक्षा तथा सिटीइभिटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्था भएको विभेदकारी उल्लेखित ऐन नियमका दफाहरु खारेज गरिनुपर्ने माग राखेका छन् ।

पोखरा:  ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा आयोजना गरिएको तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ सम्पन्न भएको छ । टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा ५ भाद्रदेखि सुरु महोत्सव समापन समारोहमा विभिन्न प्रतियोगताका विजेताहरुको घोषणा सगै पुरस्कार वितरण गरिएको थियो । विजेताहरुलाई समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आर्चाय, आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी लगायतले पुरस्कार वितरण गरेका थिए ।  महोत्सव अन्र्तगत आयोजना गरिएको तीजगीत प्रतियोगितामा सहनसिल दिदिवहिनी समूह पोखरा २२ प्रथम, पोखरा नसिङ्ग क्याम्पस समूह दोस्रो, कमल जैसी आमा समुहले तेस्रो स्थान हात पार्दा उर्जासिल दिदीवहिनी समूह पोखरा १० र एकलधारा सृजनशिल मिलन समाज पोखरा ५ ले सान्तवना स्थान हात पारे ।  प्रतियोगितामा उत्कृष्ट भेषभूषा वैशि क्षेत्र दिदीवहिनी समुह, उत्कृष्ट शब्द मिलीजुली आमा समूह, उत्कृष्ट नृत्य कास्कीकोट दिदिवहिनी समूह र विशेष सहभागिताको पुरस्कार राष्ट्रिय मा.वि. कक्षा ५ समूहले हात पारे । एकल नृत्यतर्फ सृष्टी गुरुङ प्रथम, पद्मा पौडेल दोस्रो, दिया गुरुङ तेस्रो र सृष्टी सुनारले सान्तवना स्थान हात पारिन ।  ढिकी जाँतोतर्फ हुमकला आर्चायको समूह प्रथम, विजया अधिकारीको समूह दोस्रो, चन्द्रा अधिकारीको समूह तेस्रो र सर्मिला तामाङको समूहले सान्त्वना स्थान हात पारे । छेलोतर्फ दुजिक थापा मगर प्रथम, मिलन सुनार दोसो सञ्जय अडाइ मगरले तेस्रो स्थान हात पारे ।                                                                                                                                                                                                                        विजेतामध्ये तिज गितमा प्रथम हुनेले ३५ हजार ५५५, देस्रोले २० हजार ५५५, तेस्रोले १० हजार ५५५, सान्त्वनाले पाँच हजार ५५५, उत्कृष्ट भेषभुषा, शब्द, नृत्य र विशेष सहभागिताले तीन हजार ५५५ नगद पुरस्कार पाए । एकल नृत्य, ढिकी जाँतो र छेलोतर्फ जनही प्रथमले १२ हजार ५५५, दोस्रोले सात हजार ५५५, तेस्रोले पाँच हजार ५५५ र सान्त्वनाले तीन हजार ५५५ नगद पुरस्कार पाए ।  यसै गरि महोत्सव उद्घाटन पुर्व निकालिएको प्रभातफेरीमा बगर तमु समाज पोखरा १ बगरले झाँकी, मिरुवा तमु समाज पोखरा २ . मिरुवाले भेषभुषा र अभियान आमा समुह पोखरा पोखरा १ लामपाटनले उत्कृष्ट आमा समूह घोषित हुदै जनही पाँच पाँच हजार नगद पुरस्कार पाए । १० दिने महोत्सवमा दैनिक उपभोग्य, कृर्षि, हस्तकला, बैक तथा वित्तिय सस्था, लत्ता कपडा सगै अन्य विभिन्न गरि एक सय ५० व्यापारिकस्टलहरु, १२ रेष्टुरेन्टका स्टल सगै वाल उद्यान रहेका थिए । त्यसै गरि महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको दैनिक प्रस्तुती समेत रहेको थियो ।  

पोखरा: टे«किङ्ग इक्युपमेन्ट सप एशोसिएसन(टेसा) पोखराको २७ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनबाट टिकाबहादुर लम्सालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित बनेको छ ।      समितिको प्रथम उपाध्यक्षमा महेन्द्रबहादुर जिसी, द्वितीय उपाध्यक्षमा टिकाराम लम्साल, सचिवमा रमेशराज अधिकारी, सहसचिवमा बुद्धिबहादुर बस्नेत र कोषाध्यक्षमा केशवराज बास्तोला निर्वाचित बन्नुभएको छ ।      त्यस्तै समितिका सदस्यहरूमा योगेश सुवेदी, किरण काफ्ले, हरिमाया ढुङ्गना, राजकुमार नेपाली रहनुभएको छ । समितिको निवर्तमान अध्यक्षमा प्रमोद भण्डारी रहनुभएको छ ।      यस अघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गण्डकी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै यसको उजागरका लागि सबैको प्रयास आवश्यक भएको बताउनुभयो ।      पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले पोखरा सहित समग्र गण्डकी प्रदेशको पर्यटकीय विकासका लागि सबैको साझा प्रयास आवश्यक हुनेमा जोड दिनुभयो ।      पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन सम्बद्ध सबै संघ संस्थासँग सहकार्य गर्दै पर्यटन प्रवद्र्धन विकासका कार्यक्रम अघि बढाइने बताउनुभयो ।      टेसा पोखराका अध्यक्ष प्रमोद भण्डारीको सभापतित्व एवम् सचिव महेन्द्र जिसीले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष टिकाबहादुर लम्सालले गर्नुुभएको थियो भने सहसचिव टिकाराम लम्सालले सचिवको प्रतिवेदन र कोषाध्यक्ष रमेशराज अधिकारीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  

पोखरा:  पोखराको चिप्लेढुंगास्थित सर्वेश्वर व्यवसायी समिति र पराजुली मार्गका व्यवसायीहरुलाई शनिबार कर तथा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण गरिएको छ ।  पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको साझा संस्था सर्वेश्वर व्यवसायी समितिले कर कार्यालय पोखरा र ग्लोवल आईएमई बैंकसँगको सहकार्यमा कर तथा वित्तीय कारोबार सम्बन्धी डिजिटल साक्षरता सम्बन्धी अभिमुखीकरण गरेको हो । अभिमुखीकरणमा सहभागी व्यवसायीहरुलाई कर कार्यालय पोखराका कर अधिकृत सोनु काफ्लेले करको विषयमा सहजीकरण गरेका थिए । उनले समयमै करको विवरण राखेर कर तिर्नुपर्ने बताए । अन्यथा व्यवसायी कारवाहीमा पर्नसक्ने अवस्थाबारे प्रष्ट्याए ।  कर सम्बन्धी समस्याबाट बच्न व्यवसायी चनाखो बस्नुपर्ने बताउँदै उनले भने,‘व्यवसायीले व्यवसाय दर्ता गर्ने, बिल छाप्ने, आम्दानी, खर्च र बचत छुट्याएर राख्ने, जसका लागि खरिद खाता र बिक्री खाता चुस्त बनाउनुपर्छ ।’ उनले कर विवरण सहि रुपमा भए नभएको बुझ्न बेला बेला आफ्नो पान नम्बर खोलेर हेर्नुपर्नेसमेत बताए । साथै बिल दूरुपयोग हुन नदिन र दाखिला गरेको कर ठीक भएनभएको पनि ख्याल गर्नुपर्ने उनको सुझाव छ ।   सो अवसरमा ग्लोवल आईएमई बैंकका गण्डकी प्रदेश प्रमुख सुसोमन देवकोटा र बैंकको न्यूरोड शाखा प्रमुख मन्दीप बरालले बैंकिङ कारोबारबारे सहजीकरण गरेका थिए ।  उनीहरुले व्यक्ति र व्यवसायको छुट्टाछुट्टै बैंक अकाउण्ट खोल्नुपर्ने र व्यक्तिको हो भने व्यक्तिगत प्रयोगका लागि मात्र प्रयोग गर्नुपर्ने तथा व्यवसायीक संस्थाको हो भने सोहि संस्थाको खरिद तथा बिक्रीसँगै अन्य कारोबारका लागि सो बैंक खाता प्रयोग गर्न आग्रह गरे ।  अन्यथा व्यक्तिको खाता संस्थाको लागि वा संस्थाको खाता व्यक्तिका लागि प्रयोग गर्दा झञ्झट व्यहोर्नुपर्ने स्थिति आउनेतर्फ सचेत गराए । साथै उनीहरुले डिजिटल बैंकिङ कारोबार बारे पनि अभिमुखीकरण गरेका थिए । सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)ले व्यवसायीलाई कर तथा बैंकिङ कारोबार सम्बन्धी डिजिटल साक्षरता प्रदान गरिएको बताए । यसले व्यवसायीलाई कर सम्बन्धी समस्या र डिजिटल साक्षरता नहुँदा बैंकिङ कारोबारमा परिरहेको अपठ्यारो फुकाउन सजिलो बनाउने विश्वास व्यक्त गरे । उनले भने,‘तालिमपश्चात व्यवसायीहरु कर सम्बन्धी समस्यामा फस्ने छैनन्, र डिजिटल बैंकिङ कारोबारमा पोख्त हुनेछन् भन्नेमा हामी विश्वस्त छौं ।’   आफ्नै र स्वेदशी गार्मेन्टबाट उत्पादित सामानहरु, फेन्सी तथा रेडिमेड सामानहरु, श्रृंगारका सम्पूर्ण कस्मेटिक सामानहरु, काचो कपडा, जुत्ता, चप्पल, व्याग, गिफ्ट तथा खेलौनाका सामानहरु थोक तथा खुद्रा मूल्यमा बिक्री हुने थलोका रुपमा सर्वेश्वर मार्ग र पराजुली मार्ग स्थापित छ ।   होलसेल तथा खुद्रा दुबै व्यापार हुने सर्वेश्वर मार्गमा स्याङ्जा, वालिङ, तनहुँ, लमजुङ, पर्वत, बागलुङ, म्याग्दीदेखि मनाङ र मुस्ताङ तथा पूर्वी रुकुम र पश्चिम रुकुम सम्मका खुद्रा व्यापारी ग्राहकका रुपमा आउने गरेको समितिका महासचिव विशाल अधिकारीले जानकारी दिए ।

पोखरा:    नेपाली सिने क्षेत्रका लोकप्रिय कलाकार माओत्से गुरुङले आफ्नी ८४ वर्षीया आमाको शुभ जन्मदिन वृद्धाश्रम पुगेर मनाएका छन् ।   पोखरा १७ स्थित सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा पुगेर गुरुङ परिवारले त्यहाँ आश्रित ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग गरी आमा धनमाया गुरुङको जन्मदिन मनाएका हुन् ।   उक्त अवसरमा आमा धनमायाकै हातबाट नगद २५ हजार आश्रम सञ्चालक समितिका अध्यक्ष कुशुम केशव पराजुलीलाई हस्तान्तरण गरिएको थियो ।   आमा जस्तै ज्येष्ठ नागरिकका लागि सानो भएपनि सहयोग होस् भन्ने हेतुले वृद्धाश्रम सम्झिएको कलाकार माओत्सेले बताए । उक्त अवसरमा माओत्से पत्नी प्रतिक्षा गुरुङ पनि सहभागी थिइन् ।   सञ्चालक पराजुलीले कलाकार माओत्सेले आफ्नी आमाको जन्मदिनमा यहाँका बुवाआमा सम्झिएर आएकोमा आभार व्यक्त गरे ।      

पोखरा:  पोखराको हेमजामा रहेको मानव सेवा आश्रममा नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० २९ औं स्थापना दिवस ‘इक्यान डे’ मनाइएको छ ।  इक्यान कास्कीले शुक्रबार आश्रममा आश्रित वृद्धवृद्धालाई खाना खुवाएर स्थापना दिवस मनाएको हो । २९ वर्षअघि भदौ १३ मा औपचारिक रुपमा इक्यानको सुरुआत भएको थियो । कार्यक्रमकी प्रमुख अतिथि इक्यानकी केन्द्रीय उपाध्यक्ष गीता शिवाकोटीले देशैभरका शाखाले शुक्रबार विविध कार्यक्रम गरी स्थापना दिवस मनाएको बताइन् । उनले यसपल्ट मानव सेवा आश्रममा आश्रय लिइरहेका वृद्धवृद्धाबीच स्थापना दिवस मनाउन पाएकोमा खुसी व्यक्त गरिन् ।   इक्यान कास्कीका अध्यक्ष ओमप्रकाश गैह्रेले संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्न विभिन्न सामाजिक काम गरिरहेको बताए ।  उनले इक्यान कास्कीको आयोजना र टाइम्स एजुकेसनल कन्सल्टेन्सीको प्रस्तुतिमा भदौ २० र २१ गते पोखरामा हुने आठौं इक्यान एजुकेसन फेयरको तयारी द्रूत गतिमा चलिरहेको जानकारी दिए ।  कार्यक्रममा इक्यान कास्कीका निवर्तमान अध्यक्ष रमेश थापा, उपाध्यक्ष सन्तोष शाही, कार्यसमिति सदस्य विक्रम बस्नेत लगायतले स्थापना दिवसको शुझकामना दिएका थिए ।