पोखरा:   पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघ...

पोखरा:     पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ ।  सोमबारको १५ औं नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले आगमी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् । यसपालि चालु आर्थिक वर्षको भन्दा बजेटको आकार ३६ करोड १७ लाख ८३ हजार रुपैयाँले बढेको हो । चालु आर्थिक वर्षका लागि पोखराले ७ अर्ब १५ करोड रुपैयाँको बजेट ल्याएको थियो ।  आगामी वर्ष बजेटको स्रोतमा संघीय सरकारबाट अनुदान ४ अर्ब २० करोड २२ लाख १ हजार रुपैयाँ, प्रदेश सरकारबाट अनुदान ९ करोड ६३ लाख ८१ हजार रुपैयाँ, आन्तरिक आयबाट १ अर्ब ५५ करोड ५१ लाख ४० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।  संघीय राजस्व बाँडफाँटबाट  ३८ करोड ३३ लाख ७५ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट ९ करोड ७२ लाख  २० हजार रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८६ लाख ६१ हजार रुपैयाँ र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार रुपैयाँ व्यहोरिने उपमेयर गुरुङले नगरसभामा जानकारी गराइन । नगर विकास कोषबाट ४ करोड ४८ लाख ८० हजार रुपैयाँ ऋण लिने बजेट वक्तव्यमा उल्लेख छ ।  पोखराले कृषि क्षेत्रका लागि ४ करोड ५ लाख रुपैयाँ विनियोजन गरेको छ । शिक्षा, खेलकुद तथा यूवा र प्रज्ञा प्रतिष्ठानका कार्यक्रम सञ्चालनमा १ अर्ब ६५ करोड रुपैैयाँ, स्वास्थ्यका कार्यक्रमलाई ३५ करोड रुपैयाँ, सामाजिक विकासमा ६ करोड, पर्यटन तथा सहरी विकास कार्यक्रम सञ्चालनार्थ ५६ करोड रुपैयाँ विनियोजन भएको हो ।  एसियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने सहरी उत्थानशिलता तथा जिविकोपार्जन सूधार आयोजनका लागि २६ करोड १६ लाख रुपैयाँ विनियोजन भएको छ ।  पूर्वाधारतर्फ विश्व बैैंककोे सहयोगमा सञ्चालित तालचोकदेखि बेगानस, शिसुवादेखि शिसाघाट र विरौटा दोबिल्ला हुँदै बागमारा कोत्रे सडकका लागि १ अर्ब ६५ करोड, वीपी मार्ग सडक स्तरोन्नतीमा ८ करोड रुपैयाँ विनियोजन भएको छ ।  राजस्व सुधारमा स्वयमसेवक परिचालन गर्न पोखरा महानगरपालिकाले २ करोड रुपैयाँको व्यवस्थापन गरेको छ ।  महानगरपालिकाले बहाल कर असोेज मसान्तसम्म अग्रिम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने भएको छ ।   चालु वर्षको बजेटको जेठ मसान्तसम्म ४ अर्ब १२ करोेड ९ लाख ४७ हजार रुपैयाँ मात्रै खर्च भएको छ । आन्तरिक स्रोतबाट २ अर्ब २७ करोड ८७ लाख रुपैयाँ आम्दानी हुने पोखरा महानगरको प्रक्षेपणको  ३८.३० प्रतिशत हासिल भएको छ ।  महानगरले आन्तरिक आम्दानी ८७ करोड २७ लाख ४० हजार रुपैयाँ मात्रै  गरेको हो ।  १ अर्ब ४६ करोड ६२ लाख रुपैयाँ राजस्व बाँडफाटबाट प्राप्त हुने अनुमान गरेको पोखराले जेठ मसान्तसम्म ६२ प्रतिशत ९१ करोड ४२ लाख २० हजार रुपैयाँ पाएको छ । २०७९/८० को लेखा परीक्षण प्रतिवेदन अनुसार ७८ करोड समपरीक्षण गर्न पेश भएकोमा ५३ करोड  ३० लाख रुपैयाँ बेरुजु समपरीक्षण भएको महानगरपालिकाले जनाएको छ । (पुर्णपाठ)  

पोखरा:     पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने भएको छ । उक्त प्रतियोगिताको आगामी साउन दोस्रो साता घोषणा हुने तयारी भइरहेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिएका हुन् । व्यवसायिक मार्शल आर्ट खेलमा गत वर्ष सम्पन्न भइसकेको ‘दि कन्टेन्डर फाइट सिरिज’ राष्ट्रियस्तरको पहिलो संस्करणको सफलता पूर्वक सम्पन्न भइसकेको जनाउँदै संयोजक क्षेत्री यो वर्ष अन्तर्राष्ट्रियस्तरको तयारी सुरु गरिएको जानकारी दिए । उनले भने–“हामी खेलमा व्यवसायिकताका लागि भाषण गछौं । हो–हो भन्दै रमाउँछौं”,–उनले थपे–“अब गफ र भाषणमा रमाउने होइन हामी साच्चिकै काम गर्ने हो । खेलकुद व्यवसायिक हुन पर्छ । त्यसैले पनि यो दि कन्टेन्डर सिरिजको यो दोस्रो यात्राले त्यो अनुभुत गराउने मात्रै नभई नेपाल मार्शल आर्ट खेलको यात्रामा अग्रसर छ भन्ने सन्देश पनि दिन चाहन्छौं । यो व्यवसायिक मार्शल आर्टमा पहिलो पाइला मात्र होइन नेपाली मार्शल आर्ट इतिहासकै ठूलो कार्यक्रम समेत हो ।” दि कन्टेन्डर सिरिजमा मुआथाई, बक्सिङ र एम।एम ए गरी तिन छुट्टा–छुट्टै इभेन्टमा हुने भएको संयोजक क्षेत्रीले बताए । दि कन्टेन्डर सिरिजमा सबै फाइटहरुलाई एकै थलोमा हिडाउँदै खेलाडीहरुलाई समेत आफूले सिकेको शिपलाई व्यवसायिक खेलकुदमा अघि बढाउने गरी तयारी रहेको उनले बताए । “दि कन्टेन्डर सिरिजमा नेपाली खेलाडीहरुको कला मात्रै होइन विदेशी खेलाडीहरु समेतको खेल कौशल देख्न पाउने छौं । जसका कारण नेपाली खेलाडीहरु समेत उनीहरुको शिपलाई अङ्गिकार गर्ने मात्रै नभई आफूलाई पनि त्यो ठाउँमा उभ्याउन सक्षम हुनेछन् ।” गत वर्ष सम्पन्न दि कन्टेन्डर सिरिज १ मा करिव ४ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए । संयोजक क्षेत्रीले यो वर्ष १० हजार भन्दा वढि दर्शकलाई एकै ठाउँमा ल्याउने गरी तयारी गरिने बताए । उनले भने–“मार्शल आर्ट फाइट सिरिजमा दर्शकहरुको उपस्थिती हुन्छ भन्ने सन्देश गत वर्षको कार्यक्रमले पनि दिएको छ । हामी स्थानिय मात्रै नभई देशैभरीका दर्शक पोखरामा यो सिरिज प्रत्यक्ष अवलोकन गर्न निम्तो दिने छौं ।” दर्शकहरुको सहजताका लागि प्रतियोगिता स्थलमा नै फुड फेष्टिभललगायत अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु समेत प्रस्तुत गरिने छ । दि कन्टेन्डर सिरिज २ सम्पन्न गर्न ३० लाख भन्दा वढि खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको संयोजक क्षेत्रीले जानकारी दिए । दि कन्टेन्डर सिरिजलाई प्रदेश खेलकुद परिषद गण्डकी, राष्ट्रिय खेलकुद परिषद, विभिन्न व्यवसायिक संस्थाहरु, खेलप्रेमी महानुभावहरुले समेत सहयोग गर्ने संयोजक क्षेत्रीले जानकारी दिए ।  

पोखरा:      पोखरामा निजी तथा सार्वजनिक सवारी साधनहरुले दर्ता नगरी अनाधिकृत मोवाईल एप (पठाओ, टुटल र इनड्राईभ)को प्रयोग गरी भाडामा यात्रु ओसार–पोसार गर्ने २६ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखराको विभिन्न क्षेत्रबाट आइतबार २६ सवारीसाधन नियन्त्रणमा लिएको हो ।  जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डीएसपी बसन्तकुमार शर्माले पठाओ, टुटल र इनड्राइभ एप प्रयोग गरी निजी तथा सार्वजनिक सवारीमा यात्रु ओसार–पोसार गर्ने २२ वटा मोटरसाइकल र स्कुटर र ४ वटा ट्याक्सी नियन्त्रणमा लिएको बताए ।  ‘निजी तथा सार्वजनिक सवारीले विभिन्न एपको प्रयोग गरी यात्रु ओसारपोसार गरेको गुनासो आएको थियो’, उनले भने, गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालयमा दर्ता नगरी चलाइएका विभिन्न एपहरु प्रयोग यात्रुहरु ओसारपोसार गर्ने सवारी धनीहरुलाई नियन्त्रणमा लिएर एकपटक सम्झाई बुझाई गरी छोडेका छौं ।’ यातायात व्यवस्था कार्यालय कास्कीले अनधिकृत रुपमा एप मार्फत ‘राइड सेयरिङ’ प्रयोग गरी यात्रु ओसारपोसार गर्ने कार्य तरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको थियो ।   

पोखरा:   पोखरामा क्रसफायर मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले बिशाल मगरातिलाई पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–१० ईन्द्रचोकमा पार्किङ गरी राखेको ग २२ प ९५१० नम्बरको क्रसफायर मोटरसाइकल चोरी गरेको आरोपमा मगरातिलाई हिजो (आइतबार) पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।  ईन्द्रचोकमा पार्किङ गरी राखेको मोटरसाइकल हराएको भन्ने सूचनाको आधारमा खोजतलाज गर्ने क्रममा तनहुँ बन्दिपुर गाउँपालिका घर भएका २० वर्षीय मगरातिलाई चोर भएको मोटरसाइकल डोहो¥याउँदै हिडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।  पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरामा ‘दि कन्टेन्डर फाइट सिरिज २’ हुने भएको छ ।   उक्त प्रतियोगिताको आगामी साउन दोस्रो साता घोषणा हुने तयारी भइरहेको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिए ।   व्यवसायिक मार्शल आर्ट खेलमा गत वर्ष सम्पन्न भइसकेको ‘दि कन्टेन्डर फाइट सिरिज’ राष्ट्रियस्तरको पहिलो संस्करणको सफलता पूर्वक सम्पन्न भइसकेको जनाउँदै संयोजक क्षेत्री यो वर्ष अन्तर्राष्ट्रियस्तरको तयारी सुरु गरिएको जानकारी दिए ।   उनले भने–'हामी खेलमा व्यवसायिकताका लागि भाषण गछौं । हो–हो भन्दै रमाउँछौं। अब गफ र भाषणमा रमाउने होइन हामी साच्चिकै काम गर्ने हो । खेलकुद व्यवसायिक हुन पर्छ । त्यसैले पनि यो दि कन्टेन्डर सिरिजको यो दोस्रो यात्राले त्यो अनुभुत गराउने मात्रै नभई नेपाल मार्शल आर्ट खेलको यात्रामा अग्रसर छ भन्ने सन्देश पनि दिन चाहन्छौं । यो व्यवसायिक मार्शल आर्टमा पहिलो पाइला मात्र होइन नेपाली मार्शल आर्ट इतिहासकै ठूलो कार्यक्रम समेत हो ।'   दि कन्टेन्डर सिरिजमा मुआथाई, बक्सिङ र एम.एम ए गरी तिन छुट्टा–छुट्टै इभेन्टमा हुने भएको संयोजक क्षेत्रीले बताए ।   दि कन्टेन्डर सिरिजमा सबै फाइटहरुलाई एकै थलोमा हिडाउँदै खेलाडीहरुलाई समेत आफूले सिकेको शिपलाई व्यवसायिक खेलकुदमा अघि बढाउने गरी तयारी रहेको उनले बताए । 'दि कन्टेन्डर सिरिजमा नेपाली खेलाडीहरुको कला मात्रै होइन विदेशी खेलाडीहरु समेतको खेल कौशल देख्न पाउने छौं । जसका कारण नेपाली खेलाडीहरु समेत उनीहरुको शिपलाई अङ्गिकार गर्ने मात्रै नभई आफूलाई पनि त्यो ठाउँमा उभ्याउन सक्षम हुनेछन्,' उनले भने ।   गत वर्ष सम्पन्न दि कन्टेन्डर सिरिज १ मा करिव ४ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए । संयोजक क्षेत्रीले यो वर्ष १० हजार भन्दा वढि दर्शकलाई एकै ठाउँमा ल्याउने गरी तयारी गरिने बताए । उनले भने- 'मार्शल आर्ट फाइट सिरिजमा दर्शकहरुको उपस्थिती हुन्छ भन्ने सन्देश गत वर्षको कार्यक्रमले पनि दिएको छ । हामी स्थानिय मात्रै नभई देशैभरीका दर्शक पोखरामा यो सिरिज प्रत्यक्ष अवलोकन गर्न निम्तो दिने छौं ।'   दर्शकहरुको सहजताका लागि प्रतियोगिता स्थलमा नै फुड फेष्टिभललगायत अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु समेत प्रस्तुत गरिने छ । दि कन्टेन्डर सिरिज २ सम्पन्न गर्न ३० लाख भन्दा वढि खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको संयोजक क्षेत्रीले जानकारी दिए ।   दि कन्टेन्डर सिरिजलाई प्रदेश खेलकुद परिषद गण्डकी, राष्ट्रिय खेलकुद परिषद, विभिन्न व्यवसायिक संस्थाहरु, खेलप्रेमी महानुभावहरुले समेत सहयो गर्ने संयोजक क्षेत्रीले जानकारी दिए ।

पोखरा:    पोखरा महानगरपालिकाको नीति कार्यक्रम प्रस्तुत भएको छ । सभागृहमा आयोजित महानगरपालिकाको १५ औँ नगरसभामा नगरप्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि तय गरिएको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । महानगरले राजश्व प्रणालीलाई प्रविधि प्रयोग गरी सरल, सहज र विश्वसनीय बनाउँदै घरबाटै राजश्व दाखिला गर्न सकिने गरी अनलाइन सेवालाई प्रभावकारी बनाउने नीति लिएको छ । पूर्व राष्ट्रसेवकहरूको ज्ञान, सीप, दक्षता तथा अनुभवलाई महानगरपालिकाको समृद्धिमा उपयोग गर्न पूर्व राष्ट्रसेवक सम्मान तथा परिचालन नीति निर्माण गरी कार्यान्वयन गर्ने समेत जनाएको छ । महानगरपालिकाको नीति, योजना तथा प्राथमिकतामा परेका जनसरोकारका महत्त्वपूर्ण विषयहरूलाई तत्काल सम्बोधन गर्न तत्काल सुधार योजना निर्माण गरी कार्यान्वयन गर्ने महानगरपालिकाले जनाएको छ । महानगरले सार्वजनिक खर्च व्यवस्थापनलाई विधिसम्मत बनाउँदै बेरुजु सम्परीक्षणलाई प्राथमिकतामा राखी छुट्टै बेरुजु सम्परीक्षण कार्यदल गठन गरी परिचालन गर्ने नीतिमा उल्लेख गरेको छ । राजश्व परिचालनमा समेत योगदान पुग्ने गरी सम्पत्ति कर, मालपोत र भूमि करलाई व्यवस्थित गर्न जि आइस ट्रयाकिङ प्रणालीको विकास गरी कार्यान्वयन गर्ने र घर र कोठा बहालमा दिने तथा बहालमा लिन चाहनेलाई सहज हुने गरी छुट्टै वेभ प्रणाली विकास गरी बहाल करलाई महानगरपालिकाको करको दायरामा ल्याउने महानगरपालिकाले जनाएको छ । आयोजना बैङ्क व्यवस्थापन प्रणाली लागू गर्ने, विकास खर्चलाई रोजगारीसँग आबद्ध गर्ने, सार्वजनिक जग्गाको अभिलेखीकरण र संरक्षण गर्ने, विपद् व्यवस्थापनका लागि स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र र पूर्व सूचना प्राप्त हुने पूर्व चेतावनी प्रणाली सञ्चालन, विपद्मा खोज, उद्धार र राहतका लागि द्रुत प्रतिकार्य समूह गठन, विपद् व्यवस्थापन केन्द्र स्थापना तथा डिजिटल पोखराको अवधारणा अनुरूप एकीकृत सूचना तथा सेवाप्रबाह प्रणालीको विकास गरी कार्यान्वयन गरिने छ । यस्तै नव–प्रवर्तन तथा स्टार्टअप उद्यम व्यवसायको विकास तथा प्रवर्द्धनका लागि नीजिक्षेत्र सँगको सहकार्यमा विजिनेश इन्क्यूवेशन सेन्टर स्थापना र पर्यटन राजधानी पोखराको विकासलाई योजनाबद्ध रूपमा अघि बढाउन पर्यटन राजधानी पोखरा एकीकृत रणनीतिक कार्य योजना कार्यान्वयन गरिनेछ । ३३ वटै वडाको मौलिकता तथा विशिष्टताको पहिचान दिने गरी एक वडा एक विशिष्ट कार्यक्रम अभियानका रूपमा सञ्चालन गर्ने महानगरपालिकाले जनाएको छ । पोखरा पहिचान जेठो बुढो, उखु, मह, कफी लगायतका स्थानीय मौलिक उत्पादनको विस्तार, व्यवसायीकरण बजारीकरणमा प्रोत्साहन गरिनेछ । दिगो कृषिको आधार प्राङगारिक खेतीको विस्तारको अभियान अन्तरगत प्राङगारिक पकेट क्षेत्र घोषणा गरी वातावरणमैत्री सहरी कृषिलाई प्रवर्द्धन गरिनेछ । बाँदरको क्षति न्यूनीकरण गर्न वैकल्पिक तथा सुरक्षित कृषि बालीको सम्भाव्यता अध्ययन गरी बाँदरले मन नपराउने तर किसानलाई फाइदा हुने कृषि बालीको विकास तथा प्रवर्द्धन गरिनेछ भने, महानगरपालिका क्षेत्रभित्र कृषियोग्य बाझो जमिनलाई व्यावसायिक कृषि गर्न इच्छुक लगानीकर्तालाई जग्गा उपलब्ध गराई उत्पादन तथा उत्पादकत्वमा अभिवृद्धि गर्न भूमिबैंक लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने महानगरको नीति छ । हिउँदे बालीको क्लष्टरमा कृषि खेती प्रवर्द्धन, सिँचाइ सुविधामा वृद्धि, थोपा सिँचाइ, प्लास्टिक पोखरी, लिफ्ट सिँचाइ कुलो तथा पाइप सिँचाइलाई अभियानकै रूपमा सञ्चालन तथा विस्तार गरिनेछ । मेकइन पोखरा मेडइन पोखरालाई प्राथमिकतामा राखी स्थानीय उत्पादनको विकास, विस्तार र प्रवर्द्धन गर्ने महानगरले नीति लिएको छ । पर्यटन राजधानी पोखरामा स्वदेशी तथा विदेशी लगानीकर्ताहरूको लगानी बैठक आयोजना गर्ने, सन् २०२५ लाई पोखरा भ्रमण वर्ष २०२५ घोषणा गरी पोखरामा पर्यटक आगमन सङ्ख्या कम्तीमा १५ लाख पुर्‍याउने महानगरले जनाएको छ । साथै नेपालमा आउने बाह्य पर्यटकहरू मध्ये कम्तीमा ६० प्रतिशत पोखरा आउने वातावरण बनाउन तदनुरूप रणनीति अवलम्बन गरिनेछ । पोखरा सबै मौसमका लागि भन्ने मान्यता स्थापित गर्न विद्युतीय माध्यमको प्रयोगलाई अधिकतम उपयोग गरी प्रचारप्रसार गरिनेछ । सीमपानीमा कालिगंगा तथा सेती गङ्गाको जलसिंचित शालिग्राम सहितको मुक्तीक्षेत्र प्रवेशद्वार, फेवातालको उत्तर पश्चिमी खण्डमा मडड्याम, कोत्रे मजुवामा वहुसुविधायुक्त इन्ट्रान्स पार्क, हर्पनखोला र फेवातालको सङ्गममा फेवाबिच निर्माण गरिनेछ । फेवाताल जाने सडकको सहिद चोकदेखि हल्लनचोक सडक खण्ड र सिद्धार्थ चोक देखि विन्ध्यवासिनी सम्मको सम्पदा बस्ती क्षेत्रमा वैकल्पिक यातायात व्यवस्थापन गरी क्रमशः पैदलीकरणलाई प्रोत्साहन गरिनेछ भने, उक्त क्षेत्रलाई सम्पदा सङ्ग्रहालयको रूपमा विकास गरिनेछ । रत्न मन्दिर र परिसरको संरक्षण र प्रवर्द्धन गरी उक्त मन्दिरलाई प्यालेस म्युजियमको रूपमा विकास गरिनेछ । सार्वजनिक यातायातलाई तोकिएको रुट अनुसार सञ्चालन, स्याटलाइट बसपार्क निर्माण, बहुतले पार्किङ स्थल निर्माण तथा नगर क्षेत्रमा मेट्रो ट्याक्सी सञ्चालन गर्ने नीति महानगरपालिकाले लिएको छ । पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणका लागि अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई आह्वान गर्ने, सन् २०४३ सम्म पोखरालाई कार्बन तटस्थताको लक्ष्य हासिल गर्न नगर स्तरीय ऊर्जा योजना तथा कार्बन तटस्थ विकासको मार्गचित्र सम्बन्धी रणनीतिक कार्य योजना कार्यान्वयन गर्ने, नगर क्षेत्रमा स्मार्ट ट्रान्सपोर्टेशन प्रणाली लागू गर्दै विद्युतीय सवारी साधनको प्रयोगको अनुपात वृद्धि गर्ने महानगरको तयारी छ । पर्यटन प्रवर्द्धनका लागि लेक टु लेक, केभ टु केभ तथा कोट टु कोट पदमार्ग निर्माण कार्यलाई अघि बढाउने महानगरको नीति छ । रानी पौवा स्थित पोखराको पुरानो नगरपालिका कार्यालय भवनलाई पोखरा स्मृति सङ्ग्रहालयको रूपमा विकास गर्ने महानगरपालिकाले जनाएको छ । सिमसार क्षेत्रको संरक्षण, सार्वजनिक स्थलहरूको संरक्षण, बेगनास तालमा वाटर स्पोट्र्स आयोजना, ३३ वटै वडामा कम्तीमा एक पर्यटकीय गन्तव्यको पहिचान, विकास तथा प्रवर्द्धन गरिनेछ । पोखरा उपत्यका चक्रपथको सम्भाव्यता अध्ययन, पोखरा सभागृहको मर्मत सम्भार र प्रबलीकरण, पोखरा घर निर्माण, कोशेलीघर निर्माण गरिनेछ । उज्यालो पोखरा अभियान, दिगो तथा वातावरणमैत्री एकीकृत यातायात प्रणालीको विकास, पोडवे सञ्चालनका लागि सम्भाव्यता अध्ययन, खोलानालाहरूको संरक्षण, विकास तथा प्रवर्द्धन, विन्ध्यवासिनी बसपार्कको स्तरोन्नति, पोखरा बसपार्क निर्माण तथा लामे आहालमा क्षेत्रीय बसपार्क निर्माण कार्य अघि बढाउन आवश्यक समन्वय गर्ने महानगरले जनाएको छ । पातले छाँगो सिसा पुल निर्माण तथा पूर्वाधार विकास आयोजना, सेती नदिको खोँच पर्यटन पूर्वाधार विकास आयोजना, मोहोरे आयोजना, फेवातालका श्रोत नदीमा चेक ड्याम निर्माण आयोजना, पोखरा महानगरपालिका फोहोर मैला प्रशोधन केन्द्र लगायतका आयोजना कार्यान्वयन थालिने छ । पोखरा महानगरपालिका र आसपासको क्षेत्रको द्रुत तथा सन्तुलित विकास गर्न ग्रेटर पोखराको अवधारणा अनुरूप विकास प्रारूप तयार गरी सम्बद्ध स्थानीय तहहरूसँग समन्वय गरिनेछ । बागमारामा बहुउद्देश्यीय पुनर्स्थापना केन्द्र स्थापना, ७० वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क सार्वजनिक यातायात सेवा, गरिबिको रेखामुनि रहेका नागरिकहरूको स्वास्थ्य बिमा, पानी बिजुलीको न्यूनतम महसुल निःशुल्क, दीर्घ रोगी, अपाङ्गता भएका व्यक्ति र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरघरमा गई निःशुल्क स्वास्थ्य परीक्षण र उपमेयरसँग सुत्केरी कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ । पोखरालाई खेलकुदको सहरका रूपमा विकास गर्ने, हाइ अल्टिच्यूड खेल मैदान निर्माण, पोखरामा सुविधा सम्पन्न मानसिक अस्पताल स्थापना गर्ने, उद्यमशीलता विकास तथा वृत्र् परामर्श कार्यक्रम सञ्चालन, प्राविधिक तथा व्यावसायिक सीप तथा ज्ञान मार्फत सिक्दै कमाउँदै कार्यक्रम लागू गर्ने, गण्डकी बहु प्राविधिक शिक्षालयमा इन्जिनियरिङ विषयको डिप्लोमा तहमा छात्रवृत्तिको व्यवस्था, डायलिसिस सेवा, औषधिजन्य स्थानीय जडीबुटी उत्पादन, प्रशोधन तथा प्रवर्द्धनमा जोड, सामुदायिक कुकुर तथा पशुचौपायको प्रभावकारी व्यवस्थापन लगायत महानगरले आफ्नो नीतिमा समेटेको छ । प्राचीन पोखरी तथा तलाउहरूको उत्खनन गरी रिचार्ज, ऐतिहासिक चौतारी संरक्षण, पुनर्निर्माण, मर्मत सम्भार, ग्रिन सिटी क्लिन सिटी अवधारणामा सहरी वन प्रवर्द्धनका लागि मेगा वृक्षारोपण अभियान, एकीकृत ताल विकास आयोजना तथा कार्यक्रम, फेवाताल वेगनासताल लगायतका ताल तलैयाहरूको जलाधार क्षेत्र संरक्षण र पोखराको पहिचानसँग जोडिएका हिमालहरूको सफाइ अभियानमा सहकार्य गर्ने लगायत नीति तथा कार्यक्रमहरू महानगरपालिकाले अख्तियार गरेको छ । (पूर्णपाठ)  

पोखरा:    पुन समाज पोखरा तारो समितिले आयोजना गरेको प्रथम स्थानीय अन्तर समाज तारा खेल (भेजो) प्रतियोगिताको उपाधि पुन समाज पोखरा ‘ए’ले जितेको छ । पुन समाज पोखरा ‘ए’ले म्याग्दी मगर समाजलाई १३८–१३३ अंकले पछि पार्दै उपाधि हात पारेको हो । प्रतियोगितामा १२५ अंक सहित नेपाल छन्त्याल समाज नदीपुरले तेस्रो स्थान हासिल ग¥यो ।   पुन समाज नेपालले भुमे पर्व २०८१ को अवसर पारी तारो समितिको आयोजनामा प्रथम पटक स्थानीय अन्तर समाज तारा खेलको आयोजना गरेको हो । प्रतियोगितामा प्रथम भएको पुन समाज पोखरा ‘ए’ ले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, दोश्रो भएको म्याग्दी मगर समाजले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र र तेश्रो हुने नेपाल छन्त्याल समाज नदीपुरले नगद २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।  प्रतियोगितामा हाइस्कोर गणेश पुन र हाइ खोलको उपाधि राजु छन्त्यालले हात पार्दै कार्वन एरो प्राप्त गर्न सफल भए । त्यसैगरी जोर खोल गर्ने राजु छन्त्याल र सनम पाइजा पुनलाई समेत सम्मान गरिएको थियो ।   

पोखरा:   राष्ट्रिय धान दिवसको अवसरमा देविस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते शनिबार हुने चौथो संस्करणको हेमजा हिले महोत्सव २०८१ को तयारी तीव्र पारिएको छ।  हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा युवापुस्तालाई गर्व गराउदै कृषिमा आकर्षण बढाउने उदेश्य साथ महोत्सवको आयोजना गरिएको हो ।  यस महोत्सवले समग्रा पोखरा साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आगमन बढने अपेक्षा गरिएको समाजका अध्यक्ष एवं महोत्सव मुल आयोजक समिति संयोजक गुरु हरिा शरण पौडेले बताए । “कृषिमा कृषकलाई पोत्साहन: विष्णुपादुका माई मन्दिर हेमजाको सान” भन्ने मुल नाराका साथ आयोजित यस महोत्सवमा हिलोमा फुटबल, महिला पुरुष हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, झाँकी प्रदर्शनी,विद्मालय स्तरीय धान रोप्ने प्रतियोगिता,हल गोरु दौड, माछा समाउने,असारे गीत प्रतियोगिता साथै उत्कृष्ट किसान सम्मान कार्यक्रम हुनेछ । उक्त महोत्सवमा विभिन्न कलाकारहरुको संस्कृतिक प्रस्तुति समेत रहने छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। महोत्सब सञ्चालनका लागि अनुमानित रु ७ लाख ३५ हजार खर्च लाग्ने अनुमान गरिएको देविस्थान सेवा समाज कोषाध्यक्ष एवं महोत्सव अर्थ संकलन संयोजक चन्द्रकला पोख्रेलले बताईन । महोत्सव तयारी स्वरुप महोत्सवस्थल वरपर ,विष्णुपादुका धार्मिक क्षेत्रमा आयोजक साथै विष्णुपादुक टोल विकास संस्था, चापाघाट तथा देवीस्थान आमा समुह,चापाकोट टोल विकास संस्था , महिला संञ्जाल स्थानीयवासीको सकृय सहभागितामा निरन्तर सरसफाई गरिएको सरसफाई व्यवस्थापन उपसमिति चेत नारायण तिम्सिनाले जानकारी दिए ।

पोखरा:    युनाइटेड क्लबको आयोजनामा प्रशिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।  क्लवमा आवद्ध रहेका पदाधिकारी, सदस्य, आजीवन सदस्य, सल्लाहकार र क्लवलाई सहयोग गर्ने विभिन्न आमा समुह, महिला समुहका पदाधिकारी तथा सदस्यहरुलाई तनाव ब्यवस्थापन तथा क्यान्सर रोगको बारेमा सचेतना दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।  सो अवसरमा प्रशिक्षण प्रदान गर्दै डाक्टर योगी बिकाशनन्दले नकारात्मक बिचारका कारण तनाव उत्पन्न हुने भएकाले आफ्नो बिचारलाई कन्ट्रोल गर्न सके तनाव कम हुने बताए ।  नकारात्मक बिचारले नकारात्मकता तर्फ उन्मुख गराउने भएकाले नकारात्मक सोँचलाई हटाएर सकारात्मकता तर्फ सवैले जोड दिनुपर्ने उनको भनाइ रहेको थियो । त्यस्तै अर्का प्रशिक्षक डाक्टर क्यान्सर रोग विशेषज्ञ वरिष्ठ डाक्टर दिपेन्द्रमान श्रेष्ठले पछिल्लो समय महिलाहरुमा पाठेघरको क्यान्सर वढ्दो मात्रामा रहेकाले त्यस तर्फ महिला दिदीबहिनीहरु सचेत हुन आवश्यक रहेको बताए ।  महिला दिदी बहिनीहरुले आफ्ना समस्यालाई चिकित्सक समक्ष प्रष्ट राख्न हिच्किच्याउने भएका कारण महिला दिदीबहिनीहरुमा पाठेघरको क्यान्सर देखा पर्दा समेत रोग लुकाएर राख्ने प्रचलन पछिल्लो समय देखिएको उनको भनाइ रहेको थियो । त्यसैगरी धुम्रपान, विभिन्न खानपानका कारण समेत विभिन्न प्रकारका क्यान्सरहरु लाग्ने गरेकाले समय समयमा यसको बारेमा चेकजाँच गर्न सके यसबाट बच्न सकिने डाक्टर श्रेष्ठले बताए ।  त्यस्तै श्रीकृष्ण मन्दिर सञ्चालक समितिका कोषाध्यक्ष जयन्त कुमार राजभण्डारीले पछिल्लो समय मानिसहरु तनाबका कारण डिप्रेशन वढिरहेको र क्यान्सरका विरामीहरु समेत वढिरहेको अवस्थामा युनाइटेड क्लवले तनाव ब्यवस्थापन र क्यान्सर रोग सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेकोमा धन्यवाद ब्यक्त गरे । युनाइटेड क्लबको हरेक काम स्रहानिय रहेको उनको भनाइ रहेको थियो ।  त्यस्तै माछापुच्छ«े महिला समुुहका अध्यक्ष जुना माया बोहोराले युनाइटेड क्लबले पोखरा महोत्सवको आयोजना गरि सामाजिक काम गर्दै आइरहेकोमा अहिलेको विद्यमान चुनौतीको रुपमा रहेको तनाव ब्यवस्थापन र क्यान्सर रोगको बारेमा प्रशिक्षण गराएकोमा आभार प्रकट गरे ।  सो अवसरमा युनाइटेड क्लबले डाक्टर योगी बिकासानन्दले पोखरामा स्थापना गर्न लागेको आश्रमको सहयोगार्थ नगद ५० हजार रुपैया प्रदान गरिएको थियो ।  त्यस्तै एनिमल लभर गु्रप पोखराले युनाइटेड क्लबलाई पोखरा १० भित्र सडकमा आश्रित जनावरहरुलाई लक्षित गरी खाना र पानी वितरण गर्नका लागि ४ वटा भाँडा समेत प्रदान गरिएको थियो ।  सो माटोको भाँडा वितरण गर्दै एनिमल लभर गु्रपका सदस्य बिना बज्राचार्यले आफुहरुले विगत लामो समयदेखी पोखरामा सडकमा आश्रित जनावरहरुलाई लक्षित गरी खाना र पानीहरु वितरण गर्दै आइरहेको र युनाइटेड क्लबले सामाजिक काममा अग्रसर भइरहेको सन्दर्भमा सडकमा आश्रित जनावरहरुलाई समेत संरक्षण गर्न सहयोग पुुगोस भन्ने अभिप्रायले वडा नम्बर १० भित्र रहेका सडक आश्रित जनावरलाई खाना र पानी दिनको लागि ४ वटा भाँडा वितरण गरेको बताइन । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले सामाजिक काम संगै हरेक वर्ष विभिन्न प्रशिक्षाणात्मक कार्यक्रम गर्दै आइरहेकोमा यो पटक तनाव ब्यवस्थापन र क्यान्सर सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताए ।