पोखरा: पोखरा महानगरपालिका वडा नम्बर १३ ले आयोजना गरेको साहित्य पर्व २०८१ विभिन्न साहित्यिक गतिविधि गर्दै सकिएको छ । पोखरा महानगरपालिकामा नै पहिलो पटक साहित्य र संस्कृतिलाई प्रोत्साहन गर्न आयोजना गरिएको कार्यक्रममा साहित्य संवाद, कविता, गीत, चित्रकला प्रदर्शनी गर्दैै सकिएको हो । ३३ वटा वडा रहेको पोखरा महानगरपालिकामा १३ नम्बर वडाले यो प्रयास थालेको हो । डा. अभि सुवेदीले वर्तमानले देखेको र भविष्यले खोजेको शीर्षकमा विद्वत् प्रवचन दिएर सुरु भएको ‘साहित्य पर्व २०८१’ बाबा राणाको गीतसँगै सकिएको थियो । ‘जब शब्दहरु जीवनका रंगहरु बन्छन्...’ नारासहित सुरु भएको कार्यक्रममा प्रमुख वक्ता डा. अभि सुवेदीले पोखरा १३ मा जन्मिएका लोककवि स्व. अलि मियाँ र कास्कीका पहिलो पत्रकार जगन्नाथ सिग्देललगायतलाई सम्बोधनमै सम्झिएका थिए । डा. सुवेदीले राणाकालिन समयको साहित्य र भविष्यमा हुन सक्ने आर्टिफिसियल ईन्टेलिजेन्ससम्मका विषय उठान गरे । पछिल्लो समय साहित्य र नेपाली राजनीतिको कुनै आकार नभएको विषय पनि डा. सुवेदीले उठाएका थिए । राजनीतिक भविष्यले पनि साहित्यलाई सिधैं असर पार्ने उनको तर्क थियो । भविष्यले चूनौति र समस्या दिने भएकाले त्यसलाई चिरेर अघि बढनु अर्को चूनौति रहेको उनले बताए । ‘राजनीतिज्ञहरुमा साहित्य प्रतिको चाख बढि भयो भने त्यो खतरनाक हुन्छ,’ उनले भने । कार्यक्रमको पहिलो सेसनमा ‘समाज रुपान्तरणमा साहित्यको भूमिका’ विषयमा साहित्यकार सरुभक्तसँग पत्रकार भरत कोइरालाले भलाकुसारी गरेका थिए । उनीहरुले समाज परिवर्तनका लागि गीतm गजल, कविता, कथा जस्ता साहित्यका विधाले खेल्ने भूमिकाका बारेमा चर्चा गरेका थिए । ‘वडा नम्बर १३ इतिहास, वर्तमान र भविष्य’ विषयमा पत्रकार प्रकाश ढकाल र विश्व सिग्देलले छलफल गरेका थिए । नारी स्वरहरुको सेसन साहित्यकार सरस्वती श्रेष्ठले सञ्चालन गरेकी थिइन् । जसमा काजल पराजुली, रजनी परियारलगायतले कविता वाचन र गायिका सलोमी गुरुङले गीत प्रस्तुत गरेकी थिइन् । ‘लोककवि अलिमियाँका लोकगीत तथा तीर्थ श्रेष्ठका केही कविता’ शिर्षकमा पत्रकार शोभाकान्त सिग्देलले तीर्थ श्रेष्ठसँग बसेर स्व. मियाँलाई सम्झेका थिए । भने, अन्तिम सेसनमा पत्रकार दुर्गा अधिकारीले बाबा राणासँग ‘बाबा राणाको सांगितिक जीवनको यात्राँसँगको संवाद गरेका गरेकी थिइन् । कार्यक्रममा साहित्यिक गतिविधिसँगै ¥याप गीत, लोकगीतसमेत समेटिएको थियो । कार्यक्रमस्थल नजिकै वडाभित्रका कलाकारहरुको चित्रकला प्रदर्शनी पनि गरिएको थियो । पोखरा १३ का वडाध्यक्ष किरण बरालले आफ्नो पूर्ववत घोषणा र प्रतिवद्धता अनुरुप साहित्य पर्व गर्न गरिएको सुनाए । अर्को वर्ष यस कार्यक्रमलाई अझ राम्रो ढंगबाट निरन्तरता दिने उनले बताए । कार्यक्रम संयोजक राजेन्द्र भण्डारीले पोखरा १३ को कार्यक्रमको सिको अरु वडाले पनि गर्नुपर्ने बताएका थिए । आगामी दिनमा अन्य वडामा पनि यस किसिमको साहित्यिक कार्यक्रम गर्दै जानुपर्नेमा उनको जोड थियो ।
पोखरा: सहनशील महिला समूह पोखरा ५, राधाकृष्ण टोलमा शनिबार भएको निशुल्क रक्त परीक्षण शिविरमा १ सय २४ जनाको सित्तैमा जाँच गरिएको छ । पोखराको गिरी कम्प्लेक्समा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी)सम्बन्धी निशुल्क जाँच गरिएको हो । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह र टिजीका समस्या हुने कारण, निदान र उपचार पद्धतिबारे प्रकाश पारे । उनले उचित खानपान, नियमित व्यायम, बेला बेलामा चेकजाँच गरे यी रोग लाग्ने सम्भावना कम हुने र लागि हाले पनि बेलैमा उपचार गर्दा अनेक कठिनाइबाट बच्न सकिने उल्लेख गरे । पोखरा ५ का कार्यवाहक वडाध्यक्ष गोविन्दप्रसाद पराजुलीले यस खालका शिविरले नागरिकलाई स्वास्थ्यको महत्व बुझाउँदै टोल टोलमै गुणस्तरीय स्वास्थ्य सेवासमेत पु¥याउने उल्लेख गरे । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणित रेफरेन्स ल्याब युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले स्थापना कालदेखि नै सेवासँगै सामाजिक उत्तरदायित्व निर्वाहसमेत गर्दै आएको उल्लेख गरे । युआरएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले अहिले प्रदेशका १५ शाखाबाट सेवा प्रदान गरिरहेको जनाउँदै चाँडै केही जाँचहरु थप्ने योजनासमेत सुनाए । युआरएलले विभिन्न संघ, संस्थाको सहकार्यका आयोजना गरेको यो एक सय ८७ औ शिविर हो । यी शिविरमा अहिलेसम्म दुई लाखभन्दा बढीले सित्तैमा सेवा लिइसकेका छन् । सहनशील महिला समूहकी अध्यक्ष विजयलक्ष्मी कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष रमा कोइराला, लक्ष्मणप्रसाद कोइराला, पूर्वअध्यक्ष सुमित्रा कोइराला, सचिव सुनिता लामिछाने कोइराला लगायतले बोलेका थिए ।
पोखरा: पोखरा महानगर भित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ । होम सेन्टरका रूपमा विद्यार्थीहरूले शैक्षिक सत्रको अन्तिममा दिने वार्षिक परीक्षा आफ्नै विद्यालयमा दिने व्यवस्थालाई परिमार्जन गरी परीक्षा केन्द्रहरू नै तोकेर परीक्षा सञ्चालन गरिने भएको हो । शुक्रवार बसेको सरोकारवाला सहित महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको महानगर शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगर क्षेत्रमा सञ्चालन गरिने कक्षा ८ को विद्यमान परीक्षा प्रणालीलाई परिमार्जन गरी थप व्यवस्थित बनाउन लागिएको हो । यसले विद्यार्थीहरूलाई एसइई परीक्षाका लागि समेत मार्गदर्शन प्रदान गर्ने उहाँको विश्वास छ । ‘हालको परीक्षा सञ्चालन प्रणालीले विद्यार्थीहरूलाई परीक्षाका सम्बन्धमा कुनै प्रकारको नयाँ अनुभूति मिल्ने अवस्था रहेन, यो आफ्नै विद्यालयमा तल्लो तहका नियमित परीक्षाका रूपमा जस्तै सीमित भयो, उहाँले भन्नुभयो, अव यसलाई उनीहरूको निकट भविष्यमा हुने विद्यालय तहको निकै महत्त्वपूर्ण मानिने एसइई परीक्षाको पूर्व अभ्यासका रूपमा विकास गर्नु पर्दछ ।, ताकी विद्यार्थी मानसिक रूपमा पनि त्यसका लागि तयार होस् ।’ यसो गर्दा कक्षा ८ का विद्यार्थीहरूलाई परीक्षाका सम्बन्धमा नयाँ अनुभूति पनि हुने र, यो एसइई परीक्षाको पूर्व अभ्यासका रूपमा समेत महत्त्वपूर्ण हुने नगर प्रमुख आचार्यले बताउनुभयो । यसले अन्तर विद्यालय विद्यार्थी घुलमिल, नयाँ साथीहरूसँग उनीहरूको भेटघाट, नवीन वातावरणमा सामञ्जस्ययता, आफ्नो विद्यालय र अन्य विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको अनुभूति लगायतमा विद्यार्थीहरूलाई नयाँ सिकाइ प्रदान गर्ने विश्वास गरिएको महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताउनुभयो । उहाँका अनुसार महानगरपालिकाले विद्यार्थीहरूको सिकाइ प्रवर्द्धनका लागि विभिन्न किसिमका रचनात्मक उपायहरू अवलम्बन गर्दै आइरहेको । सोही अनुसार आधारभूत तहको परीक्षा प्रणालीमा सुधार सहित यसलाई समयानुकूल बनाउन लागिएको उहाँले बताउनुभयो । शिक्षा समितिको बैठकले परीक्षा सञ्चालनका लागि विद्यार्थीहरूलाई पायक पर्ने गरी ३३ वटा परीक्षा केन्द्रहरू उपयुक्त हुने प्रस्ताव समेत गरेको छ । तर, विद्यालय शिक्षाका सरोकारवाला (प्याव्सन, एन प्याव्सन, युनिप्स र पेसागत संघसंगठन) हरूसँग आवश्यक छलफल तथा परामर्श गरी यसलाई टुङ्ग्याइने छ । परीक्षा केन्द्र तोक्दा सामान्यतया परीक्षा सञ्चालन प्रणालीको मापदण्डका आधारमा विद्यार्थीहरूलाई पायक पर्ने गरी नै तोकिएको समितिले जनाएको छ । यस वर्ष पोखरामा १० हजार ५२२ जना विद्यार्थीहरू कक्षा ८ को परीक्षामा सहभागी हुनेछन् । जसमा ६ हजार ५ सय संस्थागत विद्यालयका रहेका छन् भने, ४ हजार २२ जना विद्यार्थी सामुदायिक विद्यालयका रहेका छन् । महानगरपालिकामा ८ हजार बढी विद्यार्थीहरू सामुदायिक विद्यालयहरूमा थपिएका छन् भने, यसलाई व्यवस्थित गर्न हरेक सामुदायिक विद्यालयहरूमा बाल विकासका कक्षाहरू अनिवार्य गरिएको छ । यसले महानगरपालिका भित्रको शिक्षालाई व्यवस्थित गर्न र आधारभूत तहको शिक्षाको पहुँचमा सबै विद्यार्थीहरूको सहभागिता सुनिश्चित गर्न मद्दत पुगेको छ ।
पोखरा: प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको छैटौँ अधिवेशन यही पुस २७ गते पोखरामा हुनु भएको छ । प्रेस सेन्टर कास्कीको आज बसेको कार्यसमिति बैठकले अधिवेशन मिति तोकेको हो । जिल्ला अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा बसेको बैठकले आसन्न अधिवेशन भव्य रुपमा सम्पन्न गर्ने गरी विभिन्न उपसमितिहरु समेत गठन गरी जिम्मेवारीसमेत तय गरेको छ । प्रेस सेन्टरको केन्द्रीय महाधिवेशन स्थापना दिवसका अवसरमा माघ १५ गते हुँदैछ । त्यसअघि शाखा, जिल्ला र प्रदेश अधिवेशनहरु सम्पन्न हुने बताइएको छ । कास्कीको अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष दवाडीको संयोजकत्वमा कार्यसमितिका पदाधिकारी र सदस्यहरु रहेको मूल व्यवस्थापन समिति गठन गरिएको छ । यसैगरी उपाध्यक्ष दीननाथ बरालको संयोजकत्वमा सदस्यता नविकरण तथा अभिलेखिकरण उप समिति गठन गरिएको छ । यस उपसमितिमा सहसचिव सुरेशराज अधिकारी र कविता घर्तिमगर सदस्य रहनुभएको छ । उपाध्यक्ष शोभा बरालको संयोजकत्वमा सदस्यहरु सबिना राना र सन्तोष परियार रहेको अतिथि सत्कार उपसमिति गठन गरिएको छ । सचिव पुष्प दाहालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । यस उपसमितिको सदस्यहरुमा बलराम तिमिल्सिना र अर्जुन हिताङ रहेका छन् । कोषाध्यक्ष श्रीभद्र पौडेलको संयोजकत्वमा आर्थिक ब्यवस्थापन उपसमिति, संगठन गरिएको सो समितिमा रहेका छन् । आर्थिक उपसमितिमा शिवराज बस्ताकोटी, सरोज अधिकारी, रवि दाहाल र खगेन्द्र अर्याल सदस्य रहेका छन् । यसैगरी केन्द्रीय सचिव माधव पनेरुको संयोेजकत्वमा अधिवेशन निर्देशक उपसमिति गठन गरिएको छ । निर्देशक उपसमितिमा राजेन्द्र अधिकारी, अमृतराज उपाध्याय र विभु भुसाल सदस्य रहेका छन् । केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज सन्देश श्रेष्ठको संयोजकत्वमा केन्द्रीय सदस्यहरु दीपक परियार, राधिका कँडेल, रामप्रसाद तिमिल्सिना र सञ्जय मल्ल, प्रदेशका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे, सचिव विनुकुमारी थापा र कोषाध्यक्ष विश्वराज सुवेदी रहेको अनुगमन समिति गठन गरिएको छ । बैठकले अधिवेशन सम्पन्न गर्नका लागि अग्रज पत्रकार विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गोमा घिमिरे र अधिवक्ता गोविन्द पौडेल रहेको तीन सदस्सीय निर्वाचन समिति गठन गरिएको छ । बैठकका अवसरमा नेपाल पत्रकार महासंघको निर्वाचनमा कास्की जिल्ला कार्यसमितिमा निर्वाचिन पुष्प दाहाल र कविता घर्तिमगर, प्रदेश परिषद्मा निर्वाचित घनश्याम पाण्डे र शिवराज बस्ताकोटी तथा केन्द्रीय परिषद् सदस्यमा निर्वाचित दीननाथ बराललाई बधाई ज्ञापन गरिएको थियो । सो बैठकमा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज रामजी प्रसाद बरालले प्रेस सेन्टर नेपालले जनताका मुद्धा र जनताका समस्याहरु सञ्चार माध्यममा उठाउनुपर्नेमा जोड दिए । सो अवसरमा अग्रज पत्रकार कोमलनाथ बराल, विश्वप्रकाश शर्मा, प्रेस स्वतन्त्रता सेनानी पदम रेग्मी, माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा विक, प्रेस सेन्टरका केन्द्रीय सचिव माधव पनेरु, प्रदेशका वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे लगायतले भनाई राखेका थिए ।
पाेखरा: आजदेखि ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ २० औं संस्करणको लेखनाथ महोत्सव सुरु हुँदैंछ । उक्त महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका मुल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । श्रेष्ठले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात÷जाति भाषा÷भाषीलाई एकै थलोमा उपस्थीत गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको बताए । उनले महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रर्दशनी एवं विक्रिवितरण गरिने बताए । पुष १८ गते देखि माघ १ गते सम्म चल्ने महोत्सवको माध्यमबाट स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जर्गेना, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याईने महोत्सवका प्रचार प्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघकी महासचिव जानुका पराजुली अधिकारीले बताइन । महोत्सवको थप आकर्षणको रुपमा महोत्सवस्थलमा शान्तिका दुत भगवान गौतम बुद्धको प्रतिमा निर्माण, अक्वारीयम मार्फत एक सय भन्दा बढि माछाका प्रजातीहरुको अवलोकन, महिलाहरुो क्षमता अभिवृद्धिका लागी पहिलोपटक आयोजना गरिएको हाजिरि जवाफ प्रतियोगिता, एलईडि डिस्प्ले मार्फत स्टेजबाट प्रायोजकहरुको प्रवद्र्धन, राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, कविता प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, नवप्रतिभा खोजी कार्यक्रम लगायतका कार्यक्रमहरु रहेका छन् भने जातजातिहरुको सांस्कृतिक जर्गेना कार्यक्रम तथा मातृशक्तिको सम्मानमा आयोजना गरिदै आएको महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित प्रस्तुती, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित, लाईभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरुको रुपमा प्रस्तुती रहने छन् । महोत्सवको विद्यालय स्तरीय कार्यक्रम अन्र्तगत पुस ११ गते बिहिबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरिएको छ । उक्त प्रतियोगितामा विद्यार्थीहरुबाट कोरिएका चित्रहरु महोत्सवस्थलबाट विक्रि वितरण गर्ने व्यवस्था समेत मिलाईएको छ । महोत्सवमा पोखरा विश्वविद्यालय इन्जिनियरिङ फेकेल्टी, रोबोटिक क्लब, गण्डकी विश्वविद्यालय आविष्कार केन्द्र तथा विभिन्न विद्यालयहरुबाट शैक्षिक प्रदर्शनी हुनेछ भने विभिन्न जातजातिहरुको मौलिक सांस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु रहनेछन । महोत्सवको बचतवाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकास तर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीहरुद्धारा उत्पादित वस्तुहरुको प्रवद्र्धनका लागि उत्कृष्ट स्तरको कोसेली घर निर्माण, संघद्धारा बेगनासतालमा निमार्ण गरिएको लेटर बोर्डको परिसरमा चेम्बरपार्क निर्माण लगायतका विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको लेखनाथ महोत्सव २०८१ का कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि ९ सदस्यीय निर्देशक समिति, ४० सदस्यीय महोत्सव सल्लाहकार समिति र ४८ उपसमिति, आवश्यकता अनुसार थप गर्न सकिने गरि १५३ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । ३३६ स्टल रहने यस महोत्सवमा २ लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९० लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८० लाख खर्च भई रु १० लाख बचत हुने अनुमान गरिएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन् ।
पोखरा: कारागार कार्यालय कास्कीमा रहेका बिरामी कैदीबन्दीको बुधबार सित्तैमा जाँचसहित औषधी वितरण गरिएको छ । युआरएल फाउन्डेसन नेपाल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कारागारमा निशुल्क शिविर भएको हो । गएको शनिबार कैदी, बन्दीहरुको सुगर, युरिक, एसिड थाइराइड जाँचका लागि नमुना संकलन गरिएकोमा बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकबाट स्वास्थ्य जाँच, परामर्शसहित आवश्यक औषधी वितरण गरिएको हो । शिविरमा २ सय ६० जनाको सित्तैमा जाँच गरिएको छ । कास्की कारागारमा कैदी, बन्दी, सुरक्षाकर्मीसहित करिब ९ सयको बसोबास छ । शिविरमा सहभागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारी कारागारमा रहेका कैदीबन्दीका विभिन्न खाले समस्या देखिएको बताउँछन् । ‘सबैजसोमा कोलेस्ट्रोल निकै उच्च देखियो,’ डा अधिकारी भन्छन्, ‘धेरैले मानसिक समस्या जस्तोः निद्रा नलाग्ने, छटपटी हुने गरेको सुनाए । कहिल्यै जाँच गर्न नपाएका मधुमेह, प्रेसर निकै उच्च भएकाहरु पनि भेटियो ।’ चिल्लो खाना, व्यायामको कमी, आवश्यक परामर्शको अभाव, कसरत नहुनुका साथै बेलैमा उपचारको व्यवस्था नहुँदा यस्तो अवस्था देखिएको डा अधिकारीले औंल्याए । युआरएल फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्थ स्वास्थ्य उपचारको निकै आवश्यक रहेका कैदीबन्दीहरुको परीक्षणसहित औषधीसमेत वितरण गरिएको बताउँछन् । ‘हामीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मिलेर शिविर आयोजना गरेका हौं,’ अध्यक्ष पन्तले भने, ‘सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा यहाँ आइपुगेका हौँ । करिब ३ लाखको औषधीसमेत वितरण गरिएको छ ।’ युआरएल फाउन्डेसनका सचिव गणेशप्रसाद कोइरालाले पहिलो पटक यसरी शिविर गरिएको जनाउँदै कारागारमा दन्तसहित विभिन्न रोगका शिविर जरुरी रहेको औंल्याए । कैदी बन्दीहरुको स्वास्थ्य सेवालाई बनाउन यस्ता शिविरले सघाउने कारागार प्रमुख राजेन्द्र शर्माको भनाइ छ । उनले सीमित स्रोतका बाबजुद पनि आफूहरु कारागारमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन लागिपरेको उल्लेख गरे ।
पोखरा: नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ कास्कीको प्रथम जिल्ला अधिवेशनले देविप्रसाद कुइकेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा विश्वराज बराल, सचिवमा सूर्यबहादुर थापा, कोषाध्यक्षमा युवराज गुरुङ, सहसचिवमा वीरेन्द्रराज काफ्ले चयन भएका छन् । त्यसैगरी समितको सदस्यहरुमा जाल कुमारी कार्की, तोयनाथ गौतम, सुरथ पौडेल, विराट पौडेल, डम्बर ढकाल, वुद्धिप्रसाद सुवेदी र टुकनारयण पौडेल रहेका छन् । निर्वाचन समितका संयोजक प्रेमप्रसाद पौडेल तथा सदस्यद्धय जयप्रसाद शर्मा र अरुण गिरीले समिति सर्वसम्मत चयन गर्न भूमिका खेलेका थिए । नेपाल लोकतान्त्रिक यातायात व्यवासयी संघ गण्डकी प्रदेशको हालै सम्पन अधिवेशनले नयाँ कार्यसमिति चयन गरेसँगै जिल्ला समिति विस्तार शुरु गरेको हो । संघले गण्डकी प्रदेशका सवै जिल्लाामा माघ महिन सम्ममा समिति विस्तार गर्ने योजना रहेको नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष महेश बहादुर थापा गणेशले जानकारी दिए । यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले यातायात व्यवसायीका हक हितमा पार्टीले केन्द्र प्रदेश जिल्ला तहमा आवाज उठाउने बताए । ‘तपाईहरुका समस्या नजाने, नवुझेर वा नदेखेका कारण पार्टीले केहि गरेन भन्ने लाग्न सक्छ’ साभापति बरालले भन्नुभयो, ‘ तपाईहरुले पार्टीलाई जिम्मेवार बनाउने काम गर्नुहोस् तपाईका समस्यामा पार्टी सधै साथमा रहने छ ।’ यातायात व्यवसायी मर्यादित र अनुशाशित हुदाँ पार्टीलाई नै फाइदा पुग्ने बताउँदै उहाँले व्यवसायलाई मर्यादित र अनुशाशित बनाउन लाग्न आग्रह गरे । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रीय सदस्य तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले यातायात व्यवसायीको समस्या नजिकबाट वुझेको बताउँदै उद्योग वाणिज्य संघमा रहदा पनि व्यवसायीका हक हितको पक्षमा आवज वुलद्ध पार्ने स्पष्ट पारे । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका केन्द्रीय आमन्त्रीत सदस्य तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सचिव भानुभक्त बरालले नेपाली काँग्रेसको नेतृत्वमा सरकार हुदा मात्रै व्यवसायीका समस्य समाधान हुने गरेको उल्लेख गरे । पोखरा महानगर पालिका वडा नं. १६ का वडाअध्यक्ष अमृत तिमिल्सिनाले व्यवसायीको समस्या संवोधन गर्न यातायात व्यवसायी एक हुनु पर्ने बताए । नेपाली काँग्रेस कास्कीका सहचिव तथा प्रवत्ता नविन सिग्देलले यातायात व्ययवसायलाई मजवुद र शसक्त बनाउन पार्टी सँगसगै रहेको बताए । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशका अध्यक्ष जितबहादुर गुरुङ व्यवसायीले वुलद्ध रुपमा आवज उठाउन नसकेसम्म समस्या समाधान हुन नसक्ने बताए । नेपाली काँग्रेसका स्या·जाका महाधिवेशन प्रतिनिधि प्रेमराज पौडेल नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेशका अध्यक्ष किरणबावु पन्तले बोलेका थिए । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकीका अध्यक्ष महेश बहादुर थापा गणेशको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष वावुराम घिमिरेले स्वागत र सचिव मेघराज त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ मजुवा स्थित कालिका आधारभुुत विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको छात्रबृत्ति अक्षयकोष स्थापना भएको छ । विद्यालयमा आज आयोजित एक समारोहका बीच पोखरा महानगरपालिका वडा नं १६ तल्लो दीप जोगिमणि मार्ग निवासी धनबहादुर थापाले अक्षयकोष रकम हस्तान्तरण गर्नुभएको हो । उक्त रकमको व्याजबाट वार्षिक रुपमा विद्यालयमा वर्ष उत्कृष्ट विद्यार्थीका साथै विद्यालयमा विशिष्ट योगदान गर्ने सामाजिक व्यक्तित्वाई पुरस्कृत तथा सम्मानित गरिने कार्यक्रममा जानकारी गराइयो । सहयोग हस्तान्त्रण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष मोहनकुमार प्रधान, विद्यालयका प्रधानाध्यापक द्रोणराज सुवेदी, पूर्व प्रधानाध्यापक विष्णुबहादुर बस्नेत लगायतको उपस्थिति थियो । अक्षयकोष सहयोगी दाता थापाले यस अघि पनि विभिन्न संघ संस्थामा सहयोग गर्दै आउनुभएको छ । उहाँ शिक्षासेवीसँगै सफल व्यवसायीका रुपमा रहनुभएको छ ।
पोखरा: तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २६ औं घलेल ल्होछार उत्सव जारी छ । बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी गत १५ देखि जारी उत्सवमा प्रौढतर्फ युनाइटेड किङ्स क्लब पोखरा र छारमेन्दो तक्रो उपाधिका लागि भिड्ने क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए । उनका अनुसार घलेलको खेल मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक बौद्ध सृजना युवा क्लबलाई २–० को सोझो सेटमा र छारमेन्दोले फरेष्ट क्याम्प मर्दी हिमाल समूहलाई २–० कै सोझो सेटमा हराउँदै फाइनलमा किङ्स क्लबसँगको भेट पक्का गरेको हो । उक्त फाइनल खेल भने २२ गते हुने अध्यक्ष गुरुङले बताए । यस्तै महिलातर्फ भने क्वाटरफाइनल समिकरण पुरा भएको भलिबल खेल संयोजक गणेश बिसीले जानकारी दिए । उनका अनुसार महिलातर्फ आरम्भ स्पोर्टस् हाउस नयाँबजारले बोद्ध सृजना क्लब घलेललाई २–० को सोझो सेटमा हरायो । यस्तै अर्काे खेलमा निश्चल झरना युवा क्लब लुम्रेलाई पोखरा ३३ को टोलीले पनि २–० कै सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनायो । भोलि महिलातर्फको समिफाइनल समिकरण पुरा हुने संयोजक बिसीले बताए । उक्त खेलको उद्घाटन भने माछापुच्छ्रे गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारी तथा वडा ८ का वडाध्यक्ष राम बहादुर गुरुङले गरेका थिए । यस्तै क्लबका सचिव अमृत गुरुङले पुरुषतर्फको खेल तालिका सार्वजनिक भएको बताए । उनका अनुसार भोलि साढे ११ बजेबाट खेल सुरु हुनेछ । कुल ३४ टिमको सहभागिता रहेको उक्त खेलको फाइनल २२ गते हुनेछ । भोलि चिज र बालकाशी गुरुङको बेजोड प्रस्तुती क्लबका अध्यक्ष विराज गुरुङका अनुसार साँस्कृतिका कार्यक्रमतर्फ १९ गते चर्चित गायक चिज गुरुङ र बालकाशी गुरुङको बेजोड प्रस्तुती रहने छ । यस्तै घोडा दौड २० गते बिहान ११ बजे हुनेछ । यसैगरी नृत्य प्रतियोगिता १८, १९ र २० गते साढे ४ बजेबाट सुरु हुनेछ । ठेलो प्रतियोगिता २० गते दिउँसो १ बजे, रस्साकस्सी २० गते दिउँसो २ बजे आयोजना हुनेछ । कुन प्रतियोगिताको उपाधि राशी कति ? गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेतालाई ६५ हजार र उपविजेतालाई नगद ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सेमिफाइनलमा प्रवेश गर्ने दुवै टिमलाई जनही १० हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी सर्वाेत्कृष्ट हुने खेलाडीलाई गो बन्जी नेपालबाट बन्जी जम्प गर्ने अवसर प्रदान गरिने क्लबका अध्यक्ष गुरुङले बताए । यसैगरी महिला भलिबल तर्फको विजेतालाई ३० हजार उपविजेतालाई २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रौढ पुरुष भलिबल प्रतियोगिताको विजेताले बोका (ठुलो) र उपविजेताले बोका (सानो)सँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । घोडा दौड प्रतियोगिताको विजेताले नगद रु ४० हजार र उपविजेताले २० हजार, सान्त्वना स्थान हाँसिल गर्नेले १० हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै खुल्ला सामुहिक नृत्य प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । ठेलो फाल्ने प्रतियोगिता, रस्साकस्सी प्रतियोगिताको विजेता र उपविजेतालाई आर्कषक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

