पोखरा:   घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...

"गुणस्तरीय शिक्षा अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका संचालित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा सि.पि.एस. थिम सेलिब्रेशन तथा अभिभावक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।   लायन्स इन्टरनेसनल काठमाडौँद्वारा प्रस्तुत यस सि.पि.एस. पद्वतिअनुसार विभिन्न क्रियाकलाप अन्तर्गत  आज थिम सेलिब्रेशन कार्यक्रम सम्पन्न भएको हो ।   उक्त कार्यक्रममा कक्षा नर्सरी, एल.के.जी. र यु.के.जी.का विद्यार्थीहरुले आफूले सिकेका कुराहरु  प्रस्तुत गरेका थिए ।   विद्यार्थीहरुले अहिलेसम्म सिकेका कुराहरु आफ्ना अभिभावकसँग साटासाट गरेका थिए । भने, अभिभावकहरुले पनि आफ्ना बच्चाहरुसँग विभिन्न क्रियाकलाप सगैं गरेका थिए ।

पोखरा:    १३ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स प्रालि रहने भएको छ ।  आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवलाई साकुरा डिजाइनर एण्ड विल्डर्स प्रा.लि.ले महोत्सवको सह प्रायोजकको रुपमा रहेर सहयोग गर्ने भएको छ ।  साकुरा डिजाइनर एण्ड विल्डर्स प्रा.लि.ले  पोखरामा रहेर घर, भवन, सडक, पुलहरु निर्माण संगै नक्सा डिजाइन सम्बन्धी काम गर्दै आइरहेका छ । साकुरा डिजाइनर एण्ड विल्डर्स प्रा.लि.का प्रोपाइटर रिम बहादुर क्षेत्री र पोखरा महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा बीच पोखरा महोत्सवमा सहकार्य गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा बोल्दै साकुरा डिजाइनर एण्ड विल्डर्स प्रा.लि.का प्रोपाइटर रिम बहादुर क्षेत्रीले पोखरा महोत्सवलाई आफुले नजिकबाट नियाल्दै आइरहेको र यसअघिका संस्करणहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेकोमा यसपटक प्रत्यक्ष रुपमा सहकार्य गर्न पाउदा खुसी लागेको बताए ।  पोखरा महोत्सवको आयोजना गरी युनाईटेड क्लबले सामाजिक कामलाई निरन्तरता दिएको र त्यसमा आफु समेत सहभागी हुन पाउदा निकै गर्व लागेको उनको भनाइ रहेको थियो । त्यसैगरी युनाईटेड क्लबले निर्माण गर्न लागेको युनाईटेड छात्राबास निर्माणको लागि समेत आफ्नो कम्पनीबाट सक्दो सहयोग रहेने उनको भनाइ रहेको थियो ।   सो अवसरमा बोल्दै युनाईटेड क्लबका अध्यक्ष लोक बहादुुर थापाले विगतका संस्करणहरुमा समेत सहकार्य गर्दै आइरहेको साकुरा डिजाइनर एण्ड विल्डर्सले १३ औं संस्करणको महोत्सवमा सह प्रायोजकमा रही साथ दिदै युनाईटेड क्लबको परियोजना युनाईटेड छात्राबास निर्माणमा समेत सहयोगमा प्रतिवद्धता जनाएकोमा साकुरा विल्डर्स संगको सहकार्य निरन्तर रहने बताए । सो अवसरमा युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, प्रथम उपाध्यक्ष सूर्य बहादुर  बानियाँ, क्लवका कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ, क्लबका सल्लाहकार रमेश बहादुर कार्की लगायतको उपस्थिती रहेको थियो ।

पोखरा:    नेपाल पर्वतारोहण संघ र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखराले संयुक्त रुपमा आयोजना गरेको नवौं पर्वतीय महोत्सव बिहीबार सकिएको छ । ५ दिने महोत्सव २५ हजारभन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ । बिहीबार आयोजित समारोहमा गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौेडेलले महोत्सव समापन गरे ।  समारोहमा मन्त्री पौडेलले पर्वतीय संस्कृति, पर्वतारोहण र नेपालको अर्थतन्त्रबिच घनिभूत सम्बन्ध भएको औंल्याए । उनले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको विकास र प्रवर्धनमा सरकारले सघाउने वाचासमेत गरे । ‘यो पोखरा र गण्डकी प्रदेशकै गौरव हो । यसको विकास र प्रवर्धनमा गण्डकी सरकार यथाशक्य रुपमा सघाउन तयार छ,’ उनले भने ।  समारोहमा नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले पर्वतीय महोत्सवलाई निरन्तरता दिँदै यो क्षेत्रमा थप पर्यटक भित्र्याउन प्रयत्न गरिएको जनाए । संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले महोत्सव पर्वतीय क्षेत्रलाई चिनाउन सहयोगी बनेको उल्लेख गरिन् ।  उनले भनिन्, ‘पर्वतीय क्षेत्रका सम्भावना, जलवायु परिवर्तनका असर, न्यूनीकरणका उपाय र सरोकारवालाको भूमिकाबारे गहन छलफल भएको छ । यसले देशको अर्थतन्त्रलाई अघि बढाउन, स्थानीयको जीवनस्तर उकास्न र पर्यटन प्रवर्धन गर्न पनि टेवा पुग्ने हाम्रो विश्वास छ ।’ महोत्सवमा बिहीबार आयोजित कार्यक्रममा जलवायु परिवर्तनका कारण देशभरि नै र खासगरी अन्नपूर्ण क्षेत्रमा अनेक चुनौती देखिएको सरोकारवालाले औंल्याए ।  पछिल्लो समय जलवायु परिवर्तनका असरहरु देखिएको जनाउँदै उनीहरुले मानवीय व्यवहारमा परिर्वतन, अनुकूलनसँगै जलवायु परिर्वतन गराउने क्रियाकलाप कम गर्नेतर्फ सोच्न आग्रह गरे । सरोकारवालाले जलवायु परिर्वतनका कारण, समस्यासहित समाधानका उपायहरुबारे समेत छलफल गरे । ‘अन्नपूर्ण क्षेत्रमा जलवायु परिर्वतनका असरहरु’ शीर्षकको छलफलको संयोजन जनप्रिय बहुमुखी क्याम्पसको बिएमटिएम कार्यक्रमले गरेको थियो । कार्यक्रममा वातावरण विज्ञ प्राडा विकास केसीले जलवायु परिवर्तनका असरहरु कम गर्न पूर्वसावधानीका लागि प्रणाली विकास गर्नुपर्नेमा जोड दिए ।   उनले ठाउँ ठाउँमा अनियमित वर्षा र त्यो वर्षाका कारण अकल्पनीय क्षति हुन थालेको औंल्याए । ‘पहिल्लो क्रममा अनियन्त्रित वर्षा हुन थालेको छ, नसोचेको क्षति पनि भएको छ । यसको कारण जलवायु परिर्वतन नै हो वा होइन भनी गम्भीर अनुसन्धान जरुरी छ,’ उनले भने । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख डा रविन कडरिया जलवायु परिर्वतन भइसकेपछि आउने सङ्कट टार्न नेपालीको सामथ्र्यले नधान्ने भएकाले व्यवहारमा परिवर्तन र पूर्वसावधानीमा ध्यान दिनुपर्ने विचार राख्छन् ।  डा कडरिया भन्नुहुन्छ, ‘हामीले यो समस्या सुल्झाउन अहिले नै व्यवहार परिवर्तन गर्न जरुरी छ, विकसित देशहरुलाई सचेत बनाउन जरुरी छ । ठूलो लगानी गरी यसका असरहरुको मुकाविला गर्न कठिन हुन्छ ।’ ट्रेकिङ व्यवसायी धर्मराज पन्थी हिमाल हेर्न नेपाल आउने पाहुनाहरु कालापत्थर जस्ता हिमाल हेरेर दिक्क हुने गरेको बताउँछन् । जलवायु परिवर्तनले पदयात्रा पर्यटनमा समेत चुनौतीहरु थपेको उनको भनाइ छ ।  महोत्सव अवधिमा संग्रहालय परिसरमा आर्चरी, छेलो, जिपलाइन र बोल्डरिङ जस्ता गतिविधि भएका छन् । महोत्सवमा सहभागी हुन अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय प्रवेशका लागि शुल्क नलाग्ने व्यवस्था गरिएको थियो । पर्वतीय जीवन, सभ्यता र इतिहासबारे बुझ्न अनौपचारिक अनुसन्धान केन्द्र बन्दै गएको यो सङ्ग्रहालयमा वर्षमा दुई लाखभन्दा बढी मानिस आउने गरेका छन् ।

पोखरामा महानगरपालिका १३ पाटनवेशीमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किदा १ युवकको ज्यान गएको छ ।   मंगलबार राती ग २३ प ३५६१ नम्बरको मोटरसाइकल र  ग ७ प ९०७५ नम्बरको स्कुटर एकापसमा ठक्कर खादा मोटरसाइकल चालक पोखरा ३३ बागमाराका १९ वर्षीय सरोज रामदामको ज्यान गएको हो ।   दुर्घटनामा घाइते भएका सरोजलाई उपचारका लािग पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । सोही क्रममा उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेको थियो ।   यस्तै सोही दुर्घटनमा परि अर्का युवक पनि घाइते भएका थिए ।   उनका अहिले उपचार भइरहेको बताइएको छ ।  

पोखरा:    आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा गण्डकी प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने भएको छ ।  युनाईटेड क्लबको आयोजनामा हुने महोत्सवमा सञ्चालन गरिने विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण खर्च गण्डकी प्रज्ञा प्रतिष्ठानले ब्यहोर्ने भएको हो । बुधवार एक कार्यक्रमका बीच युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा र गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची बीच पोखरा महोत्सवमा आयोजना हुने सामुहिक लोकनृत्य प्रतियोगितालाई सहयोग गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले युनाईटेड क्लब आफैमा प्रतिष्ठित क्लव रहेको र सामाजिक काम संगै युनाईटेड क्लबले विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको आयोजना गरी कला तथा साहित्यको संरक्षणमा समेत टेवा पु¥याउदै आएको बताए । त्यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले पोखरा महोत्सवको आयोजना गरी युनाईटेड क्लबले सामाजिक सेवा संगै लोक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने काम गरेकाले अघिल्लो संस्करण देखि विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्दै यो वर्षपनि निरन्तरता दिएको बताए । सो अवसरमा बोल्दै युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले सामाजिक काम संगै लोक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा लागि रहदा गण्डकी प्रज्ञा प्रतिष्ठानको साथ र सहयोगले थप हौसला प्रदान गरेको बताए । त्यस्तै क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले एघारौं संस्करण देखी सहयोग गर्दै आइरहेको र बाह्रौं संस्करणको पोखरा महोत्सवबाट विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण खर्च ब्यवहोर्ने गरी सहकार्य गर्दै आएकोमा यो पटक पनि निरन्तरता दिएकोमा धन्यवाद ब्यक्त गरे ।  युनाईटेड क्लबले महोत्सवको आम्दानीबाट सामाजिक काम र महोत्सवको माध्यामबाट लोक संस्कृतिको जगेर्ना गर्ने गरि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना गर्दै आइरहेको उनको भनाइ रहेको थियो । सो अवसरमा युनाईटेड क्लबका पूर्व अध्यक्ष सुक बहादुर गुरु, क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, प्रथम उपाध्यक्ष सूर्य बहादुर बानियाँ लगायतको उपस्थिती रहको थियो । 

पोखरा:    हिमालयन आँखा अस्पताल पोखरामा ‘आँखा बा’ प्रा.डा. रामप्रसाद पोखरेलको प्रतिमा अनावरण गरिएको छ ।  नेत्रज्योति सङ्घ नेपाल कास्कीद्वारा हिमालयन आँखा अस्पताल पोखरामा निर्माण गरिएको ‘आँखा बा’ प्रा.डा. रामप्रसाद पोखरेलको प्रतिमा आज एक कार्यक्रमकाबीच अनावरण गरिएको हो ।  नेपाल नेत्रज्योति संघका केन्द्रिय उपाध्यक्ष एवम् गण्डकीका अध्यक्ष प्रा.डा. दिलबहादुर क्षेत्री र हिमालयन आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले सयुक्त रुपमा प्रतिमाको अनावरण गरे ।  हिमालयन आँखा अस्पताल पोखराको प्राङ्गणमा आँखा बा प्रा.डा. रामप्रसाद पोखरेलको शालिकको प्रतिमा राखिएको छ ।  प्रतिमा अनावरणपछि बोल्दै नेपाल नेत्रज्योति संघका केन्द्रिय उपाध्यक्ष एवम् गण्डकीका अध्यक्ष डा. दिलबहादुर क्षेत्रीले आँखा बा प्रा.डा. पोखरेलको प्रतिमाले चिकित्सक एवम् कर्मचारीहरुमा सेवा भावना बढेर जाने बताए ।  ‘हिमालयन आँखा अस्पताल पोखरा अहिले जुन अवस्थामा छ त्यसमा आँखा बा प्रा.डा पोखरेलको योगदान छ’, अध्यक्ष क्षेत्रीले भने, ‘जग्गा दान र सहयोगको भरमा अस्पताल निर्माण गरेर आँखा उपचारमा योगदान पु¥याउनुभयो, आज उहाँको प्रतिमा अनावरण गर्दै गर्दा चिकित्सक र कर्मचारीहरुमा सेवा भाव समेत बढेर जाने विश्वास लिएको छु ।’ उनले हिमालय आँखा अस्पताल पोखरा र ‘आँखा बा’ प्रा.डा. पोखरेलको प्रतिमाको संरक्षण गर्ने दायित्व हामी सबैको काधमा आएको समेत बताए ।  प्रा.डा. पोखरेलका छोरी शोभाना पोखरेलले सेवामा भावमा जीवन बिताउनुभएका बुवाले सधै हिमालय आँखा अस्पतालको बारेमा प्रश्न गरिरहने बताईन् ।  को हुन् ‘आँखा बा प्रा.डा. रामप्रसाद पोखरेल’ ‘आँखा बा’ प्रा.डा. रामप्रसाद पोखरेललको जन्म वि.स. १९९० जेठ ७ गते धनकुटाको कचेडीमा भएको हो । उनका माताको नाम योगमाया पोखरेल  र पिताको नाम कविराज नरपति शर्मा पोखरेल हो । उनले १४ वर्षको उमेरमा एसएलसी परीक्षा उत्तिर्ण गरेका थिए ।  धनकुटाको गोकुण्डेश्वर स्कुलबाट सन् १९५१ सालमा एसएलसी पास गरेका उनले काठमाडौंबाट म्याट्रिक परीक्षा पास गरे ।   प्रा.डा. पोखरेलले भारतको केपी कलेजबाट सन १९५४ सालमा विज्ञान विषयमा प्रमाणत्रतह, सन् १९५९ सालमा लखनउको किंग जर्ज मेडिकल कलेजबाट एमबीबीएस र भारतमा चिकित्साविज्ञानमा स्ना उपाधि हासिल गरेपछि उच्च शिक्षा बेलायतको रोयल कलेज अफ सर्जन इडेनवर्गबाट फआरसिएससम्म अध्ययन पूरा गरे ।  भारत र बेलायतमा नै काम गरेका उनले सन् १९७१ मा बेलायतबाट नेपाल फर्किएपछि उनले वीर अस्पतालबाट काम शुरु गरेका हुन् । प्रा.डा. पोखरेल नेपाल नेत्र ज्योति संघका संस्थापक समेत हुन् ।  नोटः यो संक्षिप्त जीवनी हिमालयन आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरको मन्तव्यबाट तयारी पारिएको हो ।   

पोखरा:    पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ मा विभिन्न राजनीतिक दल र सामाजिक संघ संस्थाले सहभागि भएर समर्थन जनाएका छन् । यज्ञ आयोजक अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले राजनीतिक दल, समाजका प्रतिष्ठित तथा समाजसेवी र महिला समूहरुको बाक्लो उपस्थिति रहेको जानकारी दिए ।  कोटिहोममा संघीय सरकारकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई सहभागी भएर समितिको धार्मिक क्षेत्र बनाउने योजनामा साथ र समर्थन व्यक्त गरेकी थिइन् ।  यस्तै प्रतिनिधि सभा सदस्य दामोदर बैरागी पौडेल, गण्डकी प्रदेश सभा सदस्य भीम कार्मी सहभागि भएर धार्मिक पर्यटकीय केन्द्र बनाउन आवश्यक सहयोग गर्ने बचन दिए ।   यस्तै नेकपा माओवादी केन्द्रका नेता राजकाजी गुरुङ, समाजसेवी गंगा पोखरेल, वडानम्बर १५ का अध्यक्ष तोरण बानिया, वडासदस्य, समाजसेवीले र स्थनीय संघ संस्था र प्रतिनिधि कोटिहोममा पुगेका थिए ।   यस्तै कोटिहोमको आठौँ दिन ठुलो संख्यामा भक्तजनको उपस्थिति रहेको थियो ।  यज्ञका प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले पोखरेलीहरुको सथा र सहयोगले कार्य सफलता तर्फ उन्मुख भएको बताए ।  यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि  धाम निर्माण गर्ने उद्धेश्यका साथ कोटीहोम आयोजना गरिएको हो ।  अबको पाचँ वर्षमा धाम विश्वको आकर्षक गन्तब्य बन्ने संकल्पकर्ता ढकालले जानकारी दिए । कोटिहोम जारी रहदा धाममा शिवालय मन्दिरको उद्याटन गरिएको छ भने, शवदहन स्थल (सेती नदी)  जाने बाटो (सिँढी)को शिलान्यस र शिव मन्दिर प्रवेश गर्ने मुलद्धारको शिलान्यस गरिएको छ ।  यस्तै महतगौंडा र टुटङ्ग्यालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुङ्गेसाँघुको तल हहिहर भगवानले तपस्या गरेको गुफा जानका लागि पट्नेरीबाट सिँढीसहितको बाटोको चन्दा दाताको हातबाट शिलान्यास गरिएको छ ।   यस्तै सोही स्थानमा प्रेम मन्दिरको पनि शिलान्यास गरिएको अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए ।  मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुने छ ।   

पोखरा:    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कास्कीको आयोजनामा हुने विद्यार्थी महोत्सवको तयारी पूरा भएको छ ।   पृथ्वीनारायण क्याम्पस पोखरामा २६ र २७ गते हुने महोत्सवको तयारी पूरा भएको आज (आयोजित पत्रकार सम्मेनल मार्फत जानकारी दिइएको हो ।   कास्की जिल्ला कमिटीका अध्यक्ष सन्तोष पोख्रेलले विद्यार्थीहरुलाई एकताको सुत्रमा बाँध्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको बताए । पृथ्वीनारायण क्याम्पसमा २ दिन चल्ने महोत्सवमा शैक्षिककार्यक्रमदेखि विविध सांगीतिक कार्यक्रमहरु समावेश गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिए ।    उनका अनुसार महोत्सवको पहिलो दिन उद्घाटन समारोहसँगै अनुसन्धान र विकासमा विश्व विद्यालय विषयमा अन्तरसंवाद हुनेछ । यस्तै चित्रकला प्रतियोगिता, नृत्य प्रतियोगिता, कविता प्रतियोगिता र लाइभ कन्सर्ट हुनेछ ।       यस्तै दोस्रो दिन पर्यटन र पोखरा विषयक अन्तरसंवाद हुनेछ । यसैगरी कविता प्रतियोगिता, चित्रकला, अन्तरसंवाद कार्यक्रम (स्थानीय सरकार), सांस्कृतिक नृत्य प्रतियोगिता, पुरस्कार वितरण तथा लाइभ कन्सर्ट हुनेछ ।   लाइभ कन्सर्टतर्फ डिमर्चा ब्याण्ड, देउराली ब्याण्डको प्रस्तुती रहनेछ भने, रचना रिमाल (२६ गते) र टुकीको पनि प्रस्तुती रहनेछ ।   महोत्सव पिएन क्याम्पसको साइन्स बिल्डिङ परिसरमा आयोजना हुने अनेरास्ववियु कास्कीले जनाएको छ ।   

पोखरा:    गण्डकी प्रदेशमा लैङ्गिक हिंसा, मानव अधिकार उल्लंघन र भ्रष्टाचार न्यूनिकरणमा सरोकारवालाको भूमिका विषयक परिसंवाद कार्यक्रम गरिएको छ ।  नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको सभाहलमा भएको कार्यक्रममा सहभागीले गण्डकी प्रदेशमा मानवअधिकारको वर्तमान अवस्थावारे छलफल गरेका हुन् । उनीहरुले मानवअधिकारको अवस्था चिन्ताजनक रहेको निष्कर्ष निकालेका छन् ।  कार्यक्रमका वक्ताहरुले लैङ्गिक हिंसा समाजमा मुख्य समस्याको रुपमा देखा परेको बताए । साथै भ्रष्टाचारका कारण मानवअधिकार हनन भएकोमा चिन्ता व्यक्त गरे ।  कार्यक्रमका गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले भ्रष्टाचार देशका लागि गम्भिर अपराध रहेको बताए ।  ‘हामी सबै यो समाजका उत्पादन हौँ, भ्रष्टचार देशका लागि गम्भिर अपराध हो यो गर्न हुदैँन ।  भ्रष्टचारले राज्य खोक्रो हुन्छ भन्नलाई भन्ने तर आफु त्यसमा नपरेसम्म नसुध्रीने प्रवृतिले हामी समस्यामा छौँ’, पाण्डेले भने ।   भ्रष्टचार बढ्नुमा यो समाज सबै दोषी भएकाले सबै नसुध्रीयसम्म भ्रष्टचार अन्त्य नहुने पाण्डेको भनाइ थियो ।   नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष अनन्दराज मुल्मीले राजनीतिक पहुँचका आधारमा हुने भ्रष्टचार बढेको बताए । उनले निजि क्षेत्रको संलग्नता भ्रष्टाचार हुने भन्दै राज्य संचालककै तहबाट संरक्षण गर्ने गरिएको मुल्मीको उल्लेख गरे ।  भ्रष्टाचार गर्नेलाई राज्यको तहबाटै संरक्षण हुने गरेकाले सामान्य नागरिकले सहजै सेवा पाउने अवस्था नभएको उनको भनाइ थियो ।  राष्ट्रिय मानवअधिकार आयोग गण्डकी कार्यालय प्रमुख नितु गतौलाले राजनीतिक तथा नागरिक अधिकारलाई महत्व दिए पनि सामान्य नागरिकको स्वास्थ्य अवस्थाका वारेमा मानवअधिकारको विषय ओझेलमा परेको बताइन् ।   महिला अधिकारकर्मी बिना सिलवालले दश वर्ष पहिलाको भन्दा अहिले राज्यको तहमा सहभागिता बढेको अनुभव सुनाइन् ।  संख्यात्मक रुपमा सहभागिता बढे पनि व्यवहारिक रुपमा प्रयोजन सही रुपमा हुन नसकेको उनको भनाइ थियो । स्वावलम्बन जीवन केन्द्र, पोखराका अध्यक्ष हेमबहादुर गुरुङले अपाङगता भएकाको राज्यका तहमा पहुँचन नपुगेको बताए ।  राज्यले गर्नुपर्ने लगानी नगर्दा असक्त भएकाको अन्तर्राष्ट्रिय स्तरमा सहयोग माग्नुपर्ने अवस्था रहेको गुनासो गरे ।  गण्डकी प्रदेश प्रेस रजिस्टार विमला भण्डारीले गण्डकी प्रदेशलाई कस्तो बनाउने भन्ने सरकारसँगै जनताको पनि उत्तिकै दायित्व हुने बताइन् ।  कार्यक्रममा लैङ्गिक हिंसा, मानव अधिकार उल्लंघन र भ्रष्टाचार न्यूनिकरणका क्षेत्रमा काम गरिरहेका संस्था र व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संचारकर्मी रघुनाथ वाग्लेले गरेका थिए ।  गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा भएको परिसंवाद कार्यक्रममा प्रेस रजिस्टारको कार्यालयको समन्वय र पब्लिक फोर के टेलिभिजनको सहकार्य रहेको थियो ।