पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

कास्की:    माथि हिमाल । तल पोखरा उपत्यका । थुम्कोमा अर्मलाकोट गाउँ । धेरै ढुङ्गाले बान्की मिलाएर छाएको छानो त केही जस्तापाताले छाइएका घर । ढुङ्गाकै गारो, ढुङ्गाकै बाटोले गाउँको पहिचान दिलाउँछ । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुन्छ । पोखरा महानगरपालिका–१६ अर्मलाकोट प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । पोखरा सहरबाट १२ किलोमिटर टाढा रहेको अर्मलाकोट पछिल्लो समय पर्यटक र पैदलयात्रीको रोजाइमा पर्ने गरेको छ । दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ । परम्परागतरूपमा बनेका घर, यहाँ बस्ने गुरुङ र दलित समुदायको बोलीचाली तथा सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको छ । विसं २०७५ मा होमस्टे सञ्चालनमा आएपछि गाउँमा छुट्टै रौनक भेटिन्छ ।   गाउँले जनजीवन, आफ्नै रहनसहन र परम्पराले भरिएको भए पनि अर्मलाकोट गाउँको आकर्षक भनेको ढुङ्गेघर नै हो । घरका झ्याल र ढोकामा कलात्मक शैलीमा कुँदिएका फूलबुट्टा तथा आकृतिले पर्यटकलाई झनै मोहित बनाउँछ ।   यहाँ पुग्ने पर्यटक गाउँको ढुङ्गेघरले मन लोभ्याएको बताउँछन् । गत शनिबार स्याङ्जाका अर्मलाकोट घुम्न पुग्नुभएका किसन गुरुङले यहाँको घर देख्दा मनै फुरुङ्ग भएको बताउनुभयो । “हाम्रोतिर भन्दा यहाँका घर निकै राम्रा लागे । पोखराबाट नजिकै यति राम्रो गाउँ देख्दा मनै रमायो”, उहाँले भन्नुभयो, “यहाँका स्थानीयको जनजीवन, रहनसहन र स्वागत सत्कारले यहीँ बसिरहन मन लाग्यो ।”   पछिल्लो समय अर्मलाकोटमा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको अर्मलाकोट होमस्टेकी अध्यक्ष बबिता गुरुङले बताउनुभयो । उहाँका अनुसार वर्षाको समय भए पनि पर्यटक गाउँ उक्लनेको सङ्ख्यामा कमी आएको छैन ।   बिदाका दिन अझ बढी पर्यटकको भीडभाड हुने अध्यक्ष गुरुङले सुनाउनुभयो । “अहिले गाउँमा बर्खाको चटारो छ । पाहुनाहरू आउनुहुन्छ अनि काम सकेर उहाँहरूको स्वागतमा आउँछौँ”, उहाँले भन्नुभयो, “पानी परे पनि रुझेरै आउनुहुन्छ । वर्षात्को समयमा पनि पाहुनको कमी भएको छैन ।” पोखराबाट नजिक भएकाले पैदलयात्रा गरेर पनि पर्यटक गाउँ पुग्ने गरेको होमस्टेकी सचिव झलश्री गुरुङले बताउनुभयो । यसलाई गुरूङ भाषामा ‘ङ्होला नासा’ पनि भनिन्छ । महेन्द्रगुफाबाट करिब दुई घन्टाको पैदलयात्राबाट अर्मलाकोट पुग्न सकिन्छ । गाउँको सुन्दरतासँगै यहाँबाट सूर्योदय र सूर्यास्त, पोखरा उपत्यको अवलोकनका साथै हिउँ पर्ने समयमा हिउँसमेत खेल्न सकिने उहाँले बताउनुभयो ।   हामस्टेमा कोदोको ढिडो, लोकल कुखुराको मासु, गुन्दु्रक, भट्टको अचार, सिस्नोका दाल, वर्षाको समयमा निउरो र टुसाको अचार तथा कोदोको रक्सीको स्वाद लिन सकिने उहाँले बताउनुभयो । साँझ सांस्कृतिक कार्यक्रमको आनन्द लिन सकिन्छ । होमस्टेमा पुग्ने एकजना पाहुनावापत रु एक हजार एक सयको दररेट निर्धारण गरिएको होमस्टेका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्याकेजमा बिहान–बेलुकी खाना र खाजा, बास बस्नसँगै सांस्कृतिक कार्यक्रम समावेश गरिएको छ । यहाँको कोसेलीको रूपमा मुलाको चना, गुन्द्रुक तथा सिजनअनुसार सिस्नो, निउरो, टुसा तथा भाङ्ग्रा लैजान सकिन्छ ।   गाउँसम्म पुग्ने बाटो कच्ची भएकाले पर्यटकलाई वर्षात्को समयमा समस्या हुने गरेको अध्यक्ष गुरुङले सुनाउनुभयो । “होमस्टे सञ्चालनपछि पाहुना आउने कम भएको छैन । हामीले पनि सकेको स्वागत सत्कार गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “वर्षाको समयमा आफ्नै साधन लिएर आउने पाहुनाले साह्रै दुःख पाउनुहुन्छ । यहाँ आउने बाटो कालोपत्र गर्न आवश्यक छ 

पोखरा:  चर्चित र्‍यापर आशिष रानामगर (लाउरे) ले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ११ बुँदे खुलापत्र लेखेका छन् ।   आज (बुधबार) आफ्नो आधिकारिक फेसबुक पेजमा पोष्ट गर्दै लाउरेले बालेन र धरानका मेयर हर्क साम्पाङजस्तै काम गर्न सुझाएका हुन् ।   लाउरेले मेयर आचार्यलाई लेखेको पत्रमा आफूहरुले पर्यटकीय पोखरालाई स्वस्थ, पूर्ण, प्राकृतिक र स्वर्गजस्तै देख्न चाहेको बताएका छन् ।    साथै मेयरलाई सघाउन आफूसमेत तयार रहेको लाउरेले स्पष्ट पारेका छन् ।   लाउरे लेख्छन्: १) पोखरा नेपालको सुन्दर, सफा र पर्यटकीय सहर भनेर चिनिन्छ तर पोखराको प्रवेशद्वार (रङ्गशाला, चाइनिज पुल) नजिकैको बजारबाट कुहिएको माछा र तरकारीको दुर्गन्धले पर्यटकलाई यस्तो नराम्रो माहोल दिन्छ ।  जसरी उनीहरुले सबै फोहोर बेवास्ता गरेर सडकमा फाल्छन् ।   २) भित्री टोल र गल्लीको सडक अवस्थालाई केही समयको लागि अलग राखौं ।  मुख्य बजारका सडकको अवस्था दरार र खाल्डाले भरिएको छ ।  ती भत्किएका सडकको मर्मत सम्भार गर्दा प्राधिकरणले राति देखिने ‘सावधानी’ चिन्ह कहिल्यै राखेन, जसले गर्दा धेरै दुर्घटना, गम्भीर चोटपटक र मृत्युसमेत हुने गरेको छ ।    ३) पोखराका लगभग हरेक सडक बत्ती नेपाली नागरिकको भविष्य जस्तै धमिलो छन् ।  कुनै पनि सडक बत्तीहरू रातको समयमा सुरक्षित र निर्धक्क भएर सवारी साधन चलाउन पर्याप्त उज्यालो छैन ।    ४) लगभग हरेक राउन्ड (चौक) को डिजाइन र नियमहरू भ्रमित छन् ।  ट्राफिक प्रहरीले कहिलेकाहीँ चोकको बीचमा घेरा हाल्ने सङ्केत दिन्छ तर कहिले केन्द्रको परिक्रमा नगरी सवारीसाधन चलाउन दिन्छ, जसले गर्दा फेरि धेरै दुर्घटना हुने गरेको छ ।   ५) कुनै बस स्ट्यान्ड छैन, जहाँ सार्वजनिक सवारी साधनले यात्रु बोकाएर गन्तव्यमा र्पुयाउन केही बेर रोकिनुपर्ने हुन्छ (अर्थात अर्काे बस स्ट्यान्ड) सार्वजनिक बसहरूले यात्रु ओराल्ने ठाउँमा रोकिएर समस्या, ट्राफिक जाम र दुर्घटनासमेत गराउँछन् ।  हामी, सर्वसाधारण पनि बस स्ट्यान्डसम्म हिँडेर बसको प्रतीक्षा गर्न अल्छी छौं ।   ६) पोखराका मेयरलाई व्यक्तिगत रूपमा पोखराका प्रत्येक टोलमा खेल मैदान वा जनस्वास्थ्य तथा फिटनेस सेन्टर खोल्न अनुरोध गर्न चाहन्छु, जसले अन्ततः युवाहरूलाई खेलकुद र फिटनेसमा संलग्न गराउने जसले गर्दा बेचैन र उत्साही युवाहरूलाई उनीहरूको ऊर्जा र यो सानो  पहलहरूले भविष्यका खेलकुद च्याम्पियनहरूलाई जन्म दिन सक्छ ।  र सबैभन्दा महत्वपूर्ण कुरा, यसले समाजमा लागुऔषधको समस्या, युवाहरूमाझ हुने गिरोह हिंसा उन्मूलन गर्नेछ ।   ७) नेपाली कला, संगीत र मनोरन्जनको क्षेत्रमा पोखराले महत्वपूर्ण योगदान र उदाहरण दिँदै आएको छ, जसलाई हाम्रो सरकारी क्षेत्रबाट कहिल्यै मान्यता नदिइएका पोखरेलका दिग्गज कलाकारहरू छन् ।  प्रदेश सरकारको तर्फबाट कला, संगीत र मनोरञ्जनका लागि एउटै प्रेक्षागृह वा कन्सर्ट हल खोलेर सानो सहयोगले ठूलो फरक पार्न सक्छ ।  हामी कलाकारको हैसियतले सरकारलाई कर तिरिरहेका छौं ।   ८) हाम्रो प्रादेशिक सरकारले युवाहरूले गरेको रचनात्मकतामा ध्यान दिनुपर्छ ।  उदाहरणका लागि, विगत ३–४ वर्षअघि पोखरामा कतै युवाहरुको समूहले फोहोर प्लाष्टिक संकलन गरेको थियो ।  ती फोहोर प्लास्टिक पग्लिएपछि, ढुङ्गा र अन्य आवश्यक सामग्रीहरू थप्दैछ ।     उनीहरुले प्रदर्शनका लागि मात्रै १०० मिटर लामो भित्री सडक खाल्डो लगाएका थिए ।  अचम्मको कुरा, त्यो सडक प्रयोगको लागि उत्तम हो ।  भित्री गल्लीमा फोहोर प्लाष्टिकबाट बनेको सडक उत्तम र टिकाउ हुने विज्ञहरुले बताएका छन् ।     ९) पोखराको चट्टान, लामो र व्यस्त आकाश पुल सडक सेल्फी भिडियो, डेटिङ र अन्य अनावश्यक चीजहरू बनाउन मात्र प्रयोग गरिन्छ ।  मनोवैज्ञानिक रूपमा, मानिसहरूले चट्टान र व्यस्त आकाश पुलमा एक कदम चाल्न चाहँदैनन् ।  भूमिगत ट्युब च्यानल बढी लागत प्रभावकारी र प्रयोगयोग्य हुने मलाई विश्वास छ ।  किनकी, भूमिगत ट्यूब मार्फत जाने पहिलो प्रक्रिया तल र सजिलो हुनेछ ।   १०) नेपालमा सङ्गीत, अभिनय, नृत्य, राजनीति, सामाजिक कार्य आदि क्षेत्रमा धेरै रत्न, तारा र महापुरुषहरू छन् जो मरेका र जीवित छन् ।  आफ्ना प्रियजनलाई श्रद्धाञ्जली दिन मूर्ति बनाउने विषयमा जहिले पनि ठूलो विवाद र बहस हुन्छ ।     तालको छेउको फुटपाथ क्षेत्र र तालको छेउमा हिड्ने ट्रेल संयुक्त राज्य अमेरिकाको हलिवुड वाक अफ फेम स्ट्रीटू जस्तै प्रयोग गर्न सकिन्छ, जहाँ हामी उनीहरूलाई श्रद्धाञ्जली दिन भुइँमा प्रत्येक मार्बलमा कलाकारको नाम शिल्प गर्न सक्छौं ।   ११) सडकमा नेपाल प्रहरीको अकस्मात चेकजाँचलाई सुरक्षा र बत्तीले राम्रोसँग लैजानुपर्छ ।  प्रायजसो, तिनीहरू अँध्यारो कुनामा जाँच गर्छन् जसले दुर्घटना निम्त्याउन सक्छ ।  तसर्थ, अचानक दुर्घटनाबाट बच्न कम्तिमा ५० मिटर टाढा उचित प्रकाश र सिग्नल राख्नुपर्छ । यी पोखरामा हामीले सामना गरिरहेका केही प्रमुख समस्याहरू हुन् ।  

पोखरा:    पोखरेली युवा सांस्कृतिक परिवारले स्थापना गरेको ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ पुरस्कार अक्षयकोष वृद्धिका लागि बेल्जियमबाट रु ८८ हजार २ सय ७८ सहयोग प्रदान गरिएको छ ।  बेल्जियम निवासी मिन गुरुङको संयोजकत्वमा संकलित सो रकम बेल्जियम नेपाली समाजले पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक सदस्य सङ्गीतकार,गीतकार तथा गायक विक्रम गुरुङलाई हस्तान्तरण गरे ।  पोयुसाँपका सदस्यसमेत रहेका मिन गुरुङको पहलमा बेल्जियम निवासी ओमराज गुरूङ,अनिता घले, अस्मिता घले , मन्दरा गुरूङ, बबिता गुरूङ, नन्दराज घले दुर्गा गुरूङ, चन्द्रा गुरूङ, उमा गुरूङ , ज्योती गुरूङ, अर्जुन शाही, भगवान गुरूङ,, राम गुरूङ, कमल गुरूङ, चन्द्रकुमार गुरूङ, पुष्पा गुरुङ, धनकाशी गुरूङ, अमृता, पुना कटवाल, कविता साउदेन, बलराम पुन, गडुलध्वज गुरूङ, भरत तामाङ, अमर राना, देवी गर्वुजा पुन, मिन पुन, शान्ती पुन लगायतले सहयोग गरेका थिए ।  देश विदेशमा रहेर नेपाली गीत,संगीत,गायन र वाद्यवादनमा योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रत्येक दुई वर्षमा प्रदान गर्नका लागि “अम्बर  गुरुङ राष्ट्रिय संगीत पुरस्कार” स्थापना भई सञ्चालनमा आएको छ । नेपाली संगीत क्षेत्रमा सबैभन्दा ठूलो धनराशिको ‘अम्बर गुरुङ संगीत पुरस्कार संस्थाद्धारा पहिलो पटक नेपाली गीतलेखनको क्षेत्रमा छ दशक भन्दा बढी समय देखि अनवरत रुपले साधनारत् गीतकार किरण खरेललाई प्रदान गरिएको छ ।  कोषमा २५ लाख पुर्याउने लक्ष्य राखिएको छ भने हालसम्म १९ लाख संकलन भइसकेको साँस्कृतिक परिवारले जनाएको छ ।

काठमाडौं:    नेकपा (माओवादी केन्द्र) का सल्लाहकार सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालका पत्नी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो ।  उहाँको पार्थिव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओडाएर सम्मान प्रकट गर्नुभयो । त्यस लगत्तै नेपाली सेनाको एक टुकडीले शोक सलामी अर्पण गर्दै स्वर्गीय दाहालप्रति सम्मान प्रकट गरेको छ ।  आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उहाँका छोरीहरु रेणु र गंगा दाहाल, नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत विभिन्न दलका शीर्ष नेताको उपस्थिति थियो । पत्नी शोकमा रहनुभएका आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सांसद, कर्मचारी, सर्वसाधारणको भीड बढ्दै गएको छ । दाहालको बुधबार बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।  

काठमाडौं:     प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी सीता दाहालको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति पु¥याइएको छ ।  आर्यघाटमा उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पणका लागि ठूलो जनसमूह ओइरिएको छ । केहीबेरमा उहाँको अन्त्येष्टि गर्ने तयारी भइरहेको छ ।  नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले उहाँको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।  आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका शीर्ष नेता, मन्त्री, सांसद, कर्मचारी, सर्वसाधारणको भीड बढ्दै गएको छ । दाहालको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । 

पोखरा: पोखरा महानगरपालिकाले हङकङ बजार व्यवसायीहरुले कृषि सामाग्री कम्पनी लिमिटेडलाई सिधा भाडा बुझाउने व्यवस्था मिलाउने प्रतिवद्धता गरेको छ ।  पोखरा महानगरपालिका, हङकङ बजार व्यवसायी, पोखरामा क्रियाशिल राजनैतिक दल, पोखरा उद्योग वाणिज्य संघ र व्यवसायीहरुको सर्वपक्षिय बैठकले उक्त निर्णय गरेको हङकङ बजार व्यवस्थापन समितिका एक सदस्यले जानकारी दिए ।  तिनका अनुसार पोखरा महागनरपालिका ९ स्थित रहेको कृषि सामाग्री कम्पनी लिमिटेडको जग्गामा व्यापार गर्दै आएका व्यवसायीहरुले अहिलेको बहाल रकम भन्दा अत्यधिक वृद्धि गरेर टेण्डर आह्वान गर्दा ठेकेदारले मनोमानी रुपमा भाडा उठाउने भन्दै सर्वपक्षिय बैठकले उक्त निर्णय गरेको छ ।  सर्वपक्षीय बैठकमा कम्पनीले आह्वान गरेको टेण्डर भन्दा बढी कबुल गरी बोलपत्र दाताबाट पस्ताव पेश भएको र सो बमोजित ठेक्का स्वीकृत भए उक्त स्थानबाट ठेकेदारले मनोमानी रुपमा भाडा उठाउँदा व्यवासायी विस्थापित हुने भएकाले ठेक्का प्रक्रिया स्थगन गर्न र कृषि सामाग्री कम्पनीलाई न्यूनतम बहाल रकम व्यवसायी संस्थाले सिधा बुझाउने व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरेको हो ।  पोखरा महागनरपालिका ९ स्थित रहेको कृषि सामाग्री कम्पनी लिमिटेडको जग्गामा एक दशकदेखि व्यापार गर्दै आएका व्यवसायीहरुले कम्पनीले तिर्दै आएको भाडा भन्दा बढी शुल्क राखेर टेण्डर आह्वान भएपछि विगत केही महिना यता आन्दोलन गर्दै आएका थिए ।    सर्वपक्षिय निर्णय कार्यान्वयन गर्न व्यवसायीहरुको पुन: आन्दोलन पोखरा हङकङ बजार व्यवस्थापन समितिले एक महिना अगाडि सर्वपक्षिय बैठकले गरेको निर्णय कार्यान्वयन गर्न माग गर्दै महानगरपालिकाका अगाडि प्रदर्शन गरेका छन् ।  पोखरा हङकङ बजार व्यवस्थापन समितिले सर्वपक्षिय बैठकले गरेको निर्णय कार्यान्वयन गर, स्थानीय सरकार कहाँ छौं न्याय माग्दै आएका छौं, ठेकेदारी प्रथा मान्दैनौ लगायतका प्ले कार्ड सहित पोखरा महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।  पोखरा हङकङ बजारका व्यवसायी नविन पौडेलले प्रदर्शन पछि कोण सभालाई सम्बोधन गर्दै ठेकेदारी प्रथाका कारण हजारौै युवाहरु रोजगारीका लागि विदेश भासिनु परेको बताए ।  ‘राज्यले फाइदा मात्र खोजेको छ, फाइदाका लागि साना किसान र व्यापारलाई नहेरी सबै पक्षमा ठेकेदारको मनोमानी छ’, पौडेलले भने, ‘जुनसुकै क्षेत्रमा ठेकेदारीको मनोमानी हुँदा हजारौं युवाहरु विदेश जान बाध्य छन् ।’ उनले कृषि सामाग्री लिमिटेडले टेण्डर प्रक्रिया खारेज गरेर हङकङ बजार व्यवस्थापन समितिले सिधा रुपमा भाडा तिर्ने व्यवस्था मिलाउन समेत आग्रह गरे ।    व्यवसायीहरुले पोखरा हङकङ बजारमा ठेकेदार आए भाडा नतिर्ने अडान राख्दै आएका छन् ।

काठमाण्डौ: ‘इनफ इज इनफ’ ले काठमाण्डौ महानगर अगाडि ठेलागाडालगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ ।   ‘इनफ इज इनफ’ले मेयर बालेनले महानगरभित्र व्यापार गर्ने साना व्यापारीहरूको व्यवस्थापन गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेको हो ।    महानगरमा जीविकोपार्जन गर्न थोरै आय स्रोतका लागि साना व्यापार गर्नेहरु माथि भएको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको सयल श्रेष्ठले बताउनु भयो ।  उहाँले गरिबीको चमेली बोलिदिने कोही छैन भन्ने मेयर आफ्नै गीतले उहाँलाई नै गिज्याएकाले गरिबको पक्षमा बोल्न आएको बताउनु भयो ।   अर्को प्रदर्शनमा सहभागी सौरभ न्यौपानेले फुटपाथ व्यवस्थापनका बारे मेयर शाहले निर्वाचनको बेला दिएको आश्वासन पूरा गर्न नसकेको बताउनु भयो ।

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना दिएका छन् ।   सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताउँदै उनले टेलिफोन गरेर समवेदना प्रकट गरेका हुन् ।   सीताको आज बिहान ८ स् ३३ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।   उनको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।

काठमाण्डौ: मानवीय सेवामा क्रियाशील अन्तर्राष्ट्रिय संस्था लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा बालकृष्ण बुर्लाकोटी विजयी हुनुभएको छ ।   लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पूर्व गभर्नर बुर्लाकोटी जेठ २१ र २२ गते भएको मल्टिपल कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टरमा विजयी हुनुभएको हो । भर्चुअल माध्यमबाट भएको निर्वाचनमा बुर्लाकोटीले खगेन्द्र सिटौलालाई हराउनु भएको थियो ।    अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अन्तर्गत रहेर बुर्लाकोटीले आफ्नो  कार्यकालमा सय वटा क्लब खोलेर विश्व रेकर्ड बताउनु भएको थियो ।