पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई एक लाख रूपैयाँ घुस रकमसहित पक्राउ गरेको छ।   अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मङ्गलबार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए। सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घुस मागेको पाइएको छ।    पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन्। 

काठमाण्डौ: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि शुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।   बैठकअघि एजेण्डाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शीर्ष नेताहरुको बैठक बिहान ९ बजे बस्दैछ । शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने छन् ।   कांग्रेसको विधान अनुसार केन्द्रीय समिति बैठक हरेक दुईरदुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बल्ल बैठक बस्न लागेको हो । बैठकमा संगठनको कार्ययोजना, कार्यतालिका र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । प्रदेश र केन्द्र सरकारका काम कारबाही पनि छलफलको एजेण्डा रहेको छ ।   केही दिनअघि जिल्ला सभापतिहरूले सरकार र पार्टीबीच समन्वय नहुँदा समस्या भइरहेको गुनासो गरेका थिए । प्रदेश र केन्द्रका सांसदहरूले पनि बजेट विनियोजनमा गुनासो गर्दै आएका छन् । केन्द्रीय कार्यसमिति बैठक बस्न नसक्दा कार्यसम्पादन समितिले निर्णय गर्नसक्ने विधानको व्यवस्था छ । कांग्रेसले गएको वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक गरेको थियो ।   त्यसपछि भने केन्द्रीय समिति बैठक बस्न सकेको थिएन । यसैबीच, कांग्रेसले दशैँअघि नीति अधिवेशन गर्ने तयारी पनि गरेको छ । 

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ ।  स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् । दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । यसले मानिसको स्नायु प्रणालीमा असर गर्छ । रोगले मस्तिष्कमा असर गरेका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् ।

पोखरा:   गण्डकी प्रदेश सरकारले भानु जयन्तीका अवसरमा भोलि (शुक्रबार) बिदा दिएको छ । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तर्फबाट सार्वजनिक सूचनामा यही असार २९ गते भानुजयन्तीका अवसरमा बिदा दिने जनाइएको छ । उपसचिव सुरणप्रसाद शर्मा पौडेलद्वारा हस्ताक्षरित सूचनामा “गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को २०७९ चैत ८ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी २०८० असार २९ गते शुक्रबार भानु जयन्तीका अवसरमा गण्डकी प्रदेशका सबै सरकारी निकाय, शैक्षिक संस्था र सार्वजनिक संस्थामा सार्वजनिक बिदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ”, भनिएको छ ।   

पोखरा: पोखरा १० बुद्धचोक स्थित सोसल पब्लिक स्कूलद्वारा आयोजित प्रथम एसइई फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।   २०७९ सालको एसइई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजित प्रतियोगिता आयोजकले नै जितेको छ । सोमबार पोखरामा भएको फाइनल खेलमा प्रतियोगिताको आयोजक सोसल पव्लिकले वेलनन एकेडेमी सम्मिलित टिमलाई ४–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।   उपाधि संगै सोसल पल्लिकले नगद २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता वेलननले नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भयो । प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, विद्यालयका संस्थापक प्रवन्ध निर्देशक खिम गुरुङ, विद्यालयका प्रिन्सिपल शिदार्थ शर्मालगायतले नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।   सोसल पव्लिकमा बाल कक्षा देखि १२ कक्षा सम्म अध्ययन अध्यापन हुँदै आएको छ । सो विद्यालयमा कक्षा ११–१२ अन्तर्गत होटल म्यानेजमेन्ट र कम्पूयुटर साइन्स विषयमा अध्ययन अध्यापन हँदै आएको विद्यालयका संस्थापक प्रवन्ध निर्देशक गुरुङले जानकारी दिए । 

छोरीलाई बलात्कार गर्ने बुवालाई दैलेख जिल्ला अदालतले ३३ वर्ष कैद सजायको फैसला गरेको छ।   जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार उक्त फैसला गरेको हो। दैलेखका ५० वर्षीय ती बाबुले १७ वर्षीया आफ्नी छोरीलाई २०७९ चैत १ गते बलात्कार गरेका थिए। चैत २१ गते बालिका पक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो। २१ गते नै प्रहरीले अभियुक्त बुवालाई पक्राउ गरेको थियो।   बलात्कार पुष्टि भएपछि बुलावाई हाडनाता करणी मुद्दामा २५ वर्ष र उमेरअनुसारको करणी मुद्दामा ८ वर्ष गरी ३३ वर्ष कैद सजाय सुनाइएको हो। मुलुकी अपराध ९संहिता० ऐन, २०७४ को दफा २२० को उपदफा २ ९क० मा जन्माउने आमा छोरा वा बाबु छोरीको करणी भएमा जन्मकैद हुने व्यवस्था गरिएको छ। दफा २१९ को उपदफा ३ ९ङ० मा १८ वा त्यसभन्दा बढी उमेरको महिलालाई करणी गरेमा ७ देखि १० वर्षसम्म कैद हुने व्यवस्था छ।

भक्तपुर: भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा एक सय ५० शय्याको सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ ।    आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि कोरियाका राजदूत पार्क, ते–योङले अस्पताल निर्माणको सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।   सम्झौताअुनसार नेपाल–कोरिया मैत्री नगर अस्पताललाई विस्तार गर्न अमेरिकी डलर ९५ लाख ९ एक अर्ब २५ करोड ४० लाख रुपैयाँ० लगानी गरिने भएको छ  । आउँदो पाँच वर्ष ९सन् २०२७० सम्ममा पूरा गरिसक्ने लक्ष्य रहेको यो परियोजनामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहकार्य एवम् समन्वयमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका०, मध्यपुर थिमि नगपालिका र यो अस्पतालले संयुक्त रहने भएको छ।   सम्झौताअनुसार नगरपालिका अस्पतालको छेउमा रहेको जग्गामा एक सय ५० शय्याको नयाँ अस्पताल निर्माण गरिने र आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने तथा कर्मचारीका लागि क्षमता विकासका काम गरिने जनाइएको छ ।   नेपालका लागि कोरियाली राजदूत पार्क, ते–योङले नयाँ अस्पताल नागरिकका लागि निकै उपयोगी हुने बताउँदै यस परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारका तर्फबाट पूर्ण सहयोगको अपेक्षा रहेको बताउनुभयो । द्विपक्षीय कुटनीतिक सम्बन्धको ५०औंँ वर्षगाँठ मनाउन कोरिया इन्छुक रहेको पनि उहाँको भनाइ छ ।    अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालले कोरियाली सरकार नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेको बताउनु भयो । कोइकाका निर्देशक कोङ मुहओनले कोइका नेपालका विभिन्न स्वास्थ्य परियोजना कार्यान्वयनमा सक्रिय रहेको र हरेक परियोजनाले विशिष्ट उपलब्धि हासिल गरिरहेको बताउनुभयो ।    यो पनि पढ्नुहोस   भक्तपुरको गाईजात्रा सम्पन्न भक्तपुरमा पञ्चदान पर्व मनाइँदै

विराटनगर:  जिल्ला प्रहरी कार्यालय मोरङले साइकलयात्रीलाई मुक्का प्रहार गरेको एक युवकलाई पक्राउ गरेको छ ।   मोरङ प्रहरीका अनुसार पक्राउ पर्नेमा १९ वर्षीय आयुष भेटवाल रहेका छन् ।   उनले विराटनगर महानगरपालिका ६ का २७ वर्षीय पवन साहलाई मुक्का प्रहार गरेको स्पष्ट भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । गलत दिशाबाट साइकल चलाएर आएको भन्दै आयुषले साहमाथि मुक्का हानेका थिए ।   गत बुधबार राति साढे ८ बजे विराटनगर महानगरपालिका ४ दुधफार्मस्थित कोशी राजमार्गमा आयुषसहित ३ जना बा १५ च ३४४५ नम्बरको कारमा सवार १८ वर्षीय कुशल भेटुवाल र तेह्रथुमका ३० वर्षीय रोशन कार्की पनि थिए ।    अहिले फरार रहेका कुशल भेटुवाल र रोशन कार्काीलाई प्रहरीले खोजी गरिरहेको बताइएको छ ।    पक्राउ परेका आयुषमाथि ज्यान मार्ने उद्योगमा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।    पीडित साहको स्वास्थ्य अवस्था उपचारपछि सामान्य रहेको छ ।  

काठमाडौं महानगरपालिकाका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन्।   महानगरले १२ जना नगर प्रहरीमध्ये ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाएर अन्य ५ जना स्थायी नगर प्रहरीलाई निलम्बन गरिएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।   उनका अनुसार नगर प्रहरीहरूले ड्युटी आवरमा निर्देशन दिएविपरीत काम गरेको हुँदा कारबाही गरिएको हो।    अमानवीय व्यवहार देखिएपछि हामीले यसअघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौं, उनले भने, कामबारे ब्रिफिङ गर्दा अभद्र व्यवहार नगर्न समेत भनेका छौं। ​ यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरणसम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ।