पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

भैरहवा:   झारफुकको नाममा बालिकालाई यातना दिएर हत्या गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।   रुपन्देहीको सैनामैना नगरपालिकामा डेढ महिनाअघि माता भनिने सोनिया रेश्मीले बालिकालाई रोग निको पार्ने भन्दै झारफुकका नाममा यातना दिदा बालिकाको मृत्यु भएको थियो । जिल्ला अदालतले उक्त घटनामा संलग्न माता सोनियालाई थुनामा राख्न आदेश दिएको हो ।   सैनामैना नगरपालिका वडा नम्बर १० फुलबारी टोल निबासी १४ वर्षीया सीता ज्ञवालीको यातनाका क्रममा मृत्यु भएको थियो । घटना लगत्तै प्रहरीले मातासहित १८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार जिल्ला अदालतले अरु १७ जनालाई धरौटी र साधारण तारेखमा छोड्न आदेश दिएको छ ।   प्रहरीले उक्त घटनामा प्रत्यक्ष संलग्न रहेकी माता भनिने सोनियासहित बाबु तारा ज्ञवाली र आमा लिला छिमेकी तथा आफन्त गरी १८ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।   बालिका सीताको गत फागुन २० गते राति मृत्यु भएको र राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगि आफन्तहरुले दाहसंस्कार गरेका थिए । सोनिया रेश्मीले झारफुक गर्ने भन्दै चरम यातना दिएको भिडियो फागुन २१ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।   ईलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार बालिकाका बुबा तारा, आमा लीला, भिडिओ खिच्ने ईश्वरी ज्ञवाली र अटो रिक्सामा माताकहाँ लिएर जाने निमकला पाण्डे ५० हजार धरौटीमा रिहा भएका छन् । अन्य १३ जना भने साधारण तारेखमा छुटेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।   झारफुकको नाममा बालिकालाई यातना दिएर हत्या गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।   रुपन्देहीको सैनामैना नगरपालिकामा डेढ महिनाअघि माता भनिने सोनिया रेश्मीले बालिकालाई रोग निको पार्ने भन्दै झारफुकका नाममा यातना दिँदा बालिकाको मृत्यु भएको थियो । जिल्ला अदालतले उक्त घटनामा संलग्न माता सोनियालाई थुनामा राख्न आदेश दिएको हो ।   सैनामैना नगरपालिका वडा नम्बर १० फूलबारी टोल निवासी १४ वर्षीया सीता ज्ञवालीको यातनाका क्रममा मृत्यु भएको थियो । घटना लगत्तै प्रहरीले मातासहित १८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।   

काठमाडौं:  अन्नपूर्ण हिमालमा गत सोमबारदेखि बेपत्ता भएका अर्का एक भारतीय पर्वतारोही पनि जीवितै फेला परेका छन् । ३४ वर्षीय भारतीय पर्वतारोही अनुराग मालुलाई उद्धारकर्ताले जीवितै फेला पारेका हुन् ।   यसअघि अन्नपूर्ण हिमालमै गत सोमबार नै बेपत्ता भएकी २७ वर्षीया भारतीय पर्वतारोही बलजित कौरलाई पनि उद्धारकर्ताले जीवितै उद्धार गरेका थिए ।   अनुरागका भाइ सुधीरले भारतीय समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै अनुराग जिउँदै फेला परेको तर अवस्था गम्भीर रहेको बताएका छन् । ‘उनलाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ, उनी जीवितै छन्,’ भाइ सुधीरले भनेका छन् ।   हिन्दुस्तान टाइम्सका अनुसार राजस्थानको किसनगढ निवासी अनुराग मालु गत सोमबार अन्नपूर्णको ६ हजार मिटर उचाइमा लडेर बेपत्ता भएका थिए । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल विश्वको १० औं अग्लो हिमाल हो ।

काठमाडौं:    आज रातीदेखि  उपनिर्वाचनको मौन अवधि सुरु हुदैँछ ।   बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएकाे हो ।   निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि कुनै पनि खाले प्रचारप्रसार गर्न आज राति १२ बजेबाट पाइने छैन र प्रचार प्रसार गरेको पाईएमा कारवाही हुनेछ ।   आगामी बैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

काठमाडौं:  नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ ।   यस दिन छापावाल सुन तोलाको एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन बुधबार तोलाको एक लाख १० हजार ३०० रुपैयाँ कारोबार भएको थियो ।   तेजाबी सुन तोलामा एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइहरको छ ।   आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

काठमाडौं:   वैशाख शुक्ल औँसी अर्थात् वैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएको छ ।   नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार यो ग्रहण नेपालबाट नदेखिने भएका कारण यसको नेपालमा कुनै दोष पर्दैन । उहाँले यसबाट कुनै राशिका व्यक्तिलाई अशुभ वा शुभको फल प्राप्त नहुने  बताउनुभयो ।     यस दिन दोष नपर्ने भएका कारण बार्नु पनि नपर्ने अधिकारीको भनाइ छ । आगामी कार्तिक ११ गते पूर्णिमाका दिन लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिने उहाँको भनाइ छ । आज लाग्ने ग्रहण चीन, मङ्गोलियालगायत देशबाट मात्र देखिने अधिकारीको भनाइ छ । 

दाङ:   दाङमा गाडेको अवस्थामा एक जना महिलाको शव फेला पारेको छ ।   घोराही उपमहानगरपालिका-१२ रतनपुरकी ४० वर्षीया शारदा केसीको शव गाडेको अवस्थामा बुधबार दिउँसो उनकै घर नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए ।     मृतकका श्रीमान मेघराज केसी भने फरार छन् । उनले हत्या पछि श्रीमतीको शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ ।    

नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथग्रहण आज हुने भएको छ। बिहीबार १२:३० बजे मन्त्रीहरूको शपथग्रहण हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ।   बुधबार नै शपथ गराउने भनिए पनि कांग्रेसभित्रको आन्तरिक विवादले रोकिएको थियो। कांग्रेस सांसदहरूले वरियतालाई ख्याल नगरी संसदीय दलका नेताले मन्त्रीको नाम पठाएको भन्दै असन्तुष्टि जनाएका थिए।   बदलिएको सत्ता समीकरणअनुसार कर्णाली प्रदेशमा पनि कांग्रेसलाई सहभागी गराएर मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको हो।   नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सहभागी हुने निर्णयसँगै कांग्रेस संसदीय दलले मंगलबार मन्त्रीहरूको नाम सिफारिस गरेको थियो।   कांग्रेसले आर्थिक मामिला तथा योजना मन्त्रीमा बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार बिसी र सामाजिक विकास मन्त्रीमा खड्क पोखरेललाई सिफारिस गरेको छ।   यी तीन वटा मन्त्रालयमा यसअघि एमालेबाट मन्त्री थिए।   २०७९ चैत २६ गते उनीहरूले राजीनामा दिएपछि खाली भएका यी मन्त्रालय कांग्रेसलाई दिने सत्ता साझेदार दलहरूबीच सहमति भएको थियो।

इन्डियन प्रिमियर लिग (आइपिएल)को अंकतालिकामा राजस्थान रोयल्सको शीर्षस्थान कायम छ।  गएराती लखनउसँगको हारका बाबजुद राजस्थानले शीर्षस्थान कायम राखेको हो। विजयी लखनऊ ८ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ।    समानअंक भएपनि रनरेटका आधारमा राजस्थान शीर्ष स्थानमा छ।  गएरातीको खेलमा राजस्थान लखनऊसँग १० रनले पराजित भएको थियो।   १५५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १४४ रनमात्रै बनाउन सक्यो। राजस्थानका लागि ओपनर यशवी जैसवालले सर्वाधिक ४४ रन बनाए। उनले ३५ बलमा ४ चौका र २ छक्का हाने।    ४० रनको योगदान गरेको अर्का ओपनर जोस बट्लरले  ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे।    त्यस्तै देवदत्त पाडिकलले २१ बलमा  ४ चौका प्रहार गर्दै  २६ रनको योगदान गरे। रियान परागले नटआउट १५ रन बनाए।    बलिङमा लखनऊका अवेश खानले सर्वाधिक तीन विकेट लिँदा मार्कस स्टोइनिसले दुई विकेट लिए।  टस हारेर पहिले ब्याटिङ गरेको लखनऊले २० ओभरमा ७ विकेट गुमाउँदै १५४ रन बनायो।   लखनऊका केली मेयर्सले अर्धशतक बनाए। उनले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५१ रन बनाए।    कप्तान केएल राहुुलले  ३२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए। मार्कस स्टोइनिस र निकोलस पुरनको २१ र २९ रनको योगदान रह्यो।  बलिङतर्फ राजस्थानका रविचन्द्रन् अश्विनले दुई विकेट लिए। ट्रेन्ट बल्ट, सन्दीप शर्मा र जेसन होल्डरले एकएक विकेट लिए।

  सर्लाही:   सर्लाहीको लालबन्दीमा बिहीबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।    बिहीबार बिहान ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई प्र. २–०३–००१ ख ८१५ नम्बरको ट्रकले लाल बन्दी नगरपालिका ६ स्थित पूर्व–पश्चिम राजमार्गको कालिञ्जोर खोलाको पुल नजिक ठक्कर दिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।   ठक्करबाट मोटरसाइकल चालक एवं पछाडि सवार एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले हो ।    सनाखत हुन नसकेको मृतक द्वय पुरुषको शव पोस्टमार्टमका लागि सदरमुकाम मलङ्गवा पठाउने तयारी भइरहेको लालबन्दीका प्रहरी नायव उपरीक्षक शान्त राम कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न ट्रक र ट्रक चालक लालबन्दी प्रहरीको नियन्त्रणमा छन् ।