पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

म्याग्दी:  म्याग्दीको बेनी नगरपालिका–७ स्थित बेनी बजारको केन्द्रमा रहेको जग्गा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सात वर्षदेखि कब्जा गरेको छ ।   बेनी बजार क्षेत्रमा रहेको १४१९ कित्ता नम्बरको चार आना जग्गा उक्त पार्टीले कब्जा गरी आफ्ना कार्यकर्तालाई प्रयोगका लागि दिएको छ ।    बजारको केन्द्रमै रहेको उक्त जग्गा वर्षौंदेखि कब्जा हुँदा पनि नगरपालिका, जिल्ला प्रशासन र प्रहरी कार्यालय निरीह बनेका छन् । नगरपालिकाले जग्गा आफ्नो मातहतमा ल्याउन नसकेर निरीह बनेको नगरवासीको भनाइ छ ।   डेढ दशकअघि तत्कालीन खाद्य संस्थानको जग्गा बेनी नगरपालिका–२ खबरका प्रदीप सापकोटाले खरिद गर्नुभएको थियो । सापकोटाले खरिद गरेको उक्त जग्गा जिल्लास्थित राजनीतिक दलहरूले सार्वजनिक हुनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलन गरेका थिए । आन्दोलनका कारण सापकोटाले आफ्नो जग्गामध्येबाट चार आना जग्ग्गा नगरपालिकालाई २०७३ सालमा पास गरेर दिनुभएको थियो । तत्कालीन नेकपा (माओवादी पार्टी) शान्ति प्रक्रियामा आएसँगै उक्त खाद्य संस्थानको भवन र जमिन प्रयोग गरेर पार्टी कार्यालय सञ्चालन गर्दै आएको थियो । अहिले सापकोटाको नाममा रहेको जग्गामा रहेको पुरानो भवनमा नेकपाको पार्टी कार्यालय सञ्चालनमा छ ।     नगरपालिकाले उक्त जग्गाका विषयमा सहजीकरण गरिदिन प्रशासनलाई औपचारिक रूपमा पत्राचार नगरेको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो । उक्त जग्गाका विषयमा नगरपालिका, जग्गाधनी सापकोटा र नेकपा बसेर समझदारी गर्न सके समस्या समाधान हुने उहाँले बताउनुभयो । प्रजिअ पौडेलले भन्नुभयो, “सार्वजनिक जग्गा कसैले कब्जा गर्न मिल्दैन । समस्याको समाधान गर्न नगरपालिकाले पहल गर्नुपर्दछ । नेकपाले जग्गावाला सापकोटासँग तत्कालीन समयमा गरेको समझदारी पालना गराउने उद्देश्यले उक्त जग्गा नछाडेको बुझेको छु । जग्गा दिने, लिने र नेकपा पक्ष बसेर छलफल गरेर विषय टुङ्गोमा पुग्ने देखिन्छ ।”   उक्त जग्गालाई नगरपालिकाको मातहतमा ल्याउन कोसिस गरे पनि आफ्नो कार्यकालमा सफल नभएको वडा नं. ७ का निवर्तमान अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । अहिले उक्त जग्गा भाडामा प्रयोग गर्ने गरी नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीलाई दिइएको छ । २०७६ मङ्सिर १७ गते बसेको बेनी नगर कार्यपालिकाको बैठकको भाडामा प्रयोग गर्नेगरी नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा म्याग्दीलाई दिने निर्णय गरेको थियो ।    दस वर्षका लागि वार्षिक १० हजार भाडा तिर्ने गरी मिति २०७६ पुस ३ गते सम्झौता भएको थियो । पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले वार्षिक रूपमा भाडा भुक्तानी गर्दै आए पनि नगरपालिकाले जग्गा कब्जामुक्त गराउन नसकेका कारण उपभोग गर्न नपाएको बताउनुभयो ।    अध्यक्ष पौडेलले भन्नुभयो, “शान्तिपूर्ण राजनीतिमा आएको पार्टीले वर्षौंदेखि सरकारी जग्गा कब्जा गर्नु र नगरपालिकाले समस्या समाधान गर्न नसक्नु लाजमर्दो विषय हो ।”    नगरप्रमुख सुरत केसीले जग्गालाई नगरको मातहत ल्याउन नेकपासँग आवश्यक पहल थालेको र कुराकानी सकारात्मक दिशातर्फ बढेकाले चाँडै निष्कर्षमा पुग्ने आशा व्यक्त गर्नुभयो । 

काठमाडौं:  शुक्रबार अमेरिकी डलरको भाउ सीमान्तदरमा बढेको छ। आज डलर एकको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम गरिएको छ।    बिहीबार डलरको खरिददर १३१ रुपैयाँ ३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६३ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३६ पैसा महंगिएको हो।   त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ र बिक्रीमा १४४ रुपैयाँ ६६ पैसा पाइन्छ। बुधबार युरोपियन युरो एकको खरिदमा भने १४३ रुपैयाँ २२ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८७ पैसा  थियो। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ०२ पैसा पाइन्छ।   त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ३२ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा तोकिएको छ।    यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ११ पैसा तोकेको छ।   युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७६  पैसा र बिक्रीमा ३५ रुपैयाँ ९३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ६९ पैसा र बिक्रीमा २९ रुपैयाँ ८३ पैसा पाइन्छ।   कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ७५ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ७१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ २१ पैसा तोकिएको छ।  

काठमाडौं : नयाँ वर्ष २०८० को पहिलो दिन आज देशका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ।    मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ।   साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। शुक्रबार राति देशभर आंशिक बदली रहने छ।

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका- १ स्थित महाभिरमा बस दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन्।   काठमाडौंबाट मुस्ताङ जाँदै  गरेको बा ३ ख ९६४७ नम्बरको बस अन्नपूर्ण गाउँपालिकाको महाभिरमा दुर्घटना हुँदा दुई विदेशीसहित ५ यात्रु घाइते भएका हुन्। अन्य यात्रुहरू सकुशल रहेका छन्।   घाइतेको अवस्था खतरामुक्त रहेको अन्नपूर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले अन्नपूर्णलाई जानकारी दिए।   उनका अनुसार अन्नपूर्ण गाउँपालिकाको एम्बुलेन्सले घाइतेलाई बेनी अस्पताल पुर्‍याएको हो।    बसमा २३ जना यात्रु सवार थिए। बस सडकबाट ५ मिटर तल खसेको  थियो।  

काठमाडौं : नयाँ वर्ष २०८० को अवसरमा आज बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन् ।   नयाँ वर्षका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।    पशुपतिनाथको दर्शनका लागि आज भक्तजनका लागि विशेष पूजाको व्यवस्था गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले नयाँ वर्षमा दर्शन गर्ने भक्तजनको सहभागिता बढ्ने भएकाले विशेष व्यवस्था गरिएको बताए।    'पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरी दर्शनको व्यवस्था मिलाइएको छ', उनले भने।    भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूलढोकाबाट दर्शन गर्न मिल्ने गरी व्यवस्था मिलाइएको खतिवडाले बताए। केही वर्षयता नयाँ वर्षमा पशुपतिनाथको दर्शन गर्न  आउने भक्तजनको सङ्ख्या उल्लेख्यरुपमा बढ्न थालेपछि कोषले विशेष व्यवस्था गरेको हो । महानगरीय प्रहरी बृत्त गौशालासँग थप जनशक्ति लिएर शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको उनको भनाइ छ । 

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निजी स्वार्थका लागि राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको बताएका छन्।   नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन्।   उनले भने, 'अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने र झन अन्योलपूर्ण बनाउँदै मुलुकको विकास र समृद्धिको यात्रा बिथोल्न प्रवृत्तिलाई निस्तेज पार्न जरुरी छ। राष्ट्रिय हितलाई तिलाञ्जलि दिँदै क्षणिक र निजी स्वार्थ आधारित कूटनीतिक चरित्रका कारण राष्ट्रिय हितमाथि गम्भीर प्रहार भइरहेको छ ।'    उनले जनतामा पैदा भएको निराशा चिर्दै मुलुक समृद्ध बनाउन सबै शक्ति एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन्।    अध्यक्ष ओलीले राजनीतिक स्थिरताबिना विकास र समृद्धि सम्भव नभएको पनि उल्लेख गरे। बलियो राष्ट्रिय शक्ति निर्माण नै राष्ट्रहितको रक्षा र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्रतिकूलका दुष्प्रयासलाई परास्त गर्दै विकास र समृद्धितर्फको यात्रामा मुलुकलाई अगाडि बढाउनु सम्भव रहेको उनले बताए।  

काठमाडौं:    वैशाख सङ्क्रान्ति तथा नयाँ वर्षको अवसरमा भक्तजन आज कालीगण्डकीमा स्नान गरिरहेका छन् । बिहानैदेखि कालीगण्डकीका महत्वपूर्ण तीर्थस्थल तथा घाटमा स्नान गर्ने र पूजाआजा गर्नेको घुइँचो लागेको छ ।   कालीगण्डकी नदीको रिडी, राम्दी, भुजात, ज्याग्दी, तातोपानी, रामघाट, केलादी, पुट्टारघाट, बालीघाटलगायतका घाटमा नदी स्नान गर्ने, नदी किनारमा पूजा गर्नेको चहलपहल छ । विगत वर्षमा कोरोना महामारीका कारण उपस्थिति कम रहे पनि यसपटक भने उल्लेख्य सङ्ख्यामा यहाँ स्नान गर्न विभिन्न ठाउँबाट भक्तजन आएका छन् ।   नदीमा स्नान गरेपश्चात् लक्ष्मीनारायण मन्दिरमा पूजापाठ गर्ने व्यवस्था मिलाइएको लक्ष्मीनारायण गुठी रामघाटका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउनुहुन्छ । आजको दिन यस घाटमा भगवान् रामले बनवास जाने क्रममा यहाँ आएर तपस्या गरेको र दिनहुँ नदीमा नुहाउने गरेका कारण रामघाटलाई विशेष महत्वका साथ धेरै ठाउँबाट स्नान गर्न आउने गरेको उहाँले बताउनुभयो ।  तातोपानीघाटमा स्नान गरेर नजिकै रहेको रामपुर नगर गौशालामा गाईको पूजा तथा गाईलाई आहार खुवाउनेको घुइँचो लागेको गौशालाका व्यवस्थापक पिताम्बर भण्डारी बताउनुहुन्छ । नयाँ वर्ष २०८० को पहिलो दिन आज घरपरिवार, साथीभाइ, आफन्तजनसहित यहाँ आएर स्नान गर्ने तथा एकापसमा खुसी साटासाट गरिरहेका छन् ।  सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने आजको दिन वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति र वर्षको जेठो दिन भएकाले कालीगण्डकीका विभिन्न स्थानमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको हो । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीबेनी, जैमिनीघाट, सेतीवेणी, पुर्तिघाट, नयाँ पुल, गलेश्वरधामलगायतका घाट तथा धाममा बिहानैदेखि भक्तजनको मेला लागेको हो । वैशाखे सङ्क्रान्ति बिग्रेकाहरूले बिहानै कालीगण्डकी नदी स्नान गर्ने परम्पराअनुसार बिहानैदेखि भीड लागेको हो । कालीगण्डकी स्नान गर्नका लागि पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मीलगायतका जिल्लाबाट भक्तजनको घुइँचो लागेको छ । यसैबीच मोदीबेनी र सेतीवेणीमा भने सङ्क्रान्तिको अवसरमा विशेष मेला लागेको छ । बिहानैदेखि भजनकीर्तनलगायतका कार्यक्रम गरिएको छन् । दामोदरकुण्ड र कागबेनीबाट सुरु भएको कालीगण्डकी नदीमा स्नान गरे वर्षैभरि नै राम्रो हुने विश्वास रहिआएको छ । 

काठमाडौं:    नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा  चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७औँ साधारणसभामार्फत महासङ्घको २०औँ अध्यक्षमा उहाँ निर्वाचित हुनुभएको हो ।      अध्यक्ष शेखर गोल्छामार्फत् पद तथा गोपनीयताको शपथ लिएर उहाँले महासङ्घको अध्यक्षको जिम्मेवारीको यात्रा सुरु गर्नुभएको हो । सपथपछि उहाँले आफूले लामो समयदेखि सर्वसम्मतीको प्रयास जारी राखेको र अन्तिममा सफल भएको बताउनुभयो । उहाँले यसका लागि उमेशलाल श्रेष्ठका साथै पूर्वअध्यक्षहरुको ठूलो भूमिका रहेको भन्दै अध्यक्षका रुपमा महासङ्घको छवीलाई आगामी दिनमा अझ उँचो बनाउनेमा विश्वास व्यक्त गर्नुभयो ।       अध्यक्ष ढकाल पहिलो पुस्ताका सफल उद्यमी-व्यवसायी हुनुहुन्छ । महासङ्घमा दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रहनुभएका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।           ढकाल आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँको व्यावसायिक यात्रा करिब चार दशक लामो छ । विसं २०२२ सालमा बागलुङको अमलाचौरमा जन्नुभएका उहाँले विसं २०४५ बाट आफ्नो व्यवसाय सुरु गर्नुभएको हो ।      विसं २०४८ मा कार्गो कम्पनी हँुदै २०५७ सालमा नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट स्थापना गरी अध्यक्ष ढकालले व्यावसायिक फड्को हासिल गर्नुभएको थियो । हाल आइएमई ग्रुपसँग सम्बद्ध दुई दर्जन भन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठान नेपालसहित विश्व बजारमा स्थापित छन् । ढकाल नेतृत्वको आइएमई ग्रुपले २० हजारभन्दा बढीलाई प्रत्यक्ष र ४० हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ ।       ढकालको नेतृत्वमा आइएमई ग्रुपले आफ्नो लगानी तथा उद्यमशीलतालाई सेवा क्षेत्र, पूर्वाधार विकास र उत्पादनमूलक क्षेत्रमा केन्द्रित गरी दुई दर्जनभन्दा बढी कम्पनी स्थापना तथा सञ्चालन गरी व्यवसाय विस्तार गरिरहेको छ । यसअन्र्तगत रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रका कम्पनीहरु बजारमा प्रतिस्पर्धी र गतिशील छन् ।       ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आइएमई लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स, आइएमई डिजिटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरुमा आइएमई ग्रुपको हिस्सेदारी छ ।       पछिल्लो समय पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्दै ढकाल सातवटै प्रदेशमा केवलकारसहितका नयाँ पर्यटकीय गन्तब्य निर्माणमा सक्रिय हुनुहुन्छ । नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसायमार्फत देशको औपचारिक अर्थतन्त्र विकासमा अध्यक्ष ढकालको उल्लेखनीय  योगदान छ ।      औपचारिक माध्यममार्फत ठूलो मात्रामा रेमिट्यान्स नेपाल ल्याउने सफल संस्थाको नेतृत्वको रुपमा ढकाललाई नेपाल सरकारले पटक–पटक ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान–सिआइपी’ बाट सम्मानित गरेको छ । यस्तै रेमिट्यान्स व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिरेका आधारमा लगातार चार पटकसम्म ‘ठूला करदाता सम्मान’ बाट आइएमई पुरस्कृत भएको छ ।      यसरी आइएमई ग्रुप, स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाहमा उत्कृष्ट र विस्तारित सेवाहरूको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रको विकास तथा आफ्ना ग्राहकहरूको  आर्थिक–सामाजिक रुपान्तरणमा समर्पित देखिन्छ । कोभिड–१९ मा आइएमई ग्रुपले भरोसा कोष स्थापना गर्दै करोडौँ रकम सहयोग गरेको थियो । ग्रुपले वैदेशिक रोजगारीमा रहँदा कोभिड १९ बाट मृत्यु भएका श्रमिकका परिवारलाई नगद सहयोग समेत गरेको थियो ।      महासङ्घको नव–निर्वाचित अध्यक्षका रुपमा ढकालले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउदै अर्थतन्त्रमा निजी क्षेत्रको योगदान वृद्धि गर्ने, सार्वजनिक–निजी साझेदारीको प्रवद्र्धन गर्ने तथा स्वदेशी–विदेशी लगानी पर्वद्धन सँगसगै निजी क्षेत्रको सम्मान वृद्धि गर्ने एजेण्डालाई मुख्य प्राथमिकतामा राख्नुभएको छ ।       अध्यक्ष ढकालले उद्यम व्यवसाय तथा लगानीगर्दा तीनवटा सिद्धान्तलाई सधैँ प्राथमिकतामा राख्नुहुन्छ । पहिलो, आम जनतालाई सिधै फाइदा वा सेवा पु¥याउने, दोस्रो सरकारले प्राथमिकतामा राखेको क्षेत्र र तेस्रो, व्यवसायको रुपमा अघि बढाउन सम्भावना भएको क्षेत्रका रुपमा रहेको उहाँको भनाइ छ ।         महासङ्घ अध्यक्षको अबको कार्यकालमा प्रत्येक जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घ रहेका स्थानमा उद्यम तथा लगानी बढाउने, रोजगारी केन्द्रित ‘सीप तथा व्यवसाय प्रवद्र्धन  प्रणाली’ विकास गरी साना तथा मझौला उद्योगमा लगानी विस्तार गर्ने लक्ष्य समेत अध्यक्ष ढकालको छ ।       ढकालले अध्यक्षका रुपमा पाँच वटा कामलाई प्राथमिकतामा राख्नुभएको छ । वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने र व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने पाँच कामलाई प्राथमिकतामा राखेको ढकालको भनाइ छ ।

तनहुँ:    नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सडक खाना महोत्सव सुरु भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, रेबान तनहुँको संयुक्त आयोजनामा नयाँ वर्षको अवसर पारेर आजदेखि तीन दिन सडक खाना महोत्सव सुरु भएको हो । “सडकमा खाऔँ, सडकमै रमाऔँ, आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गरौँ” भन्ने मूल नारासहित सडक खाना महोत्सव आयोजना गरिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिनुभयो ।  बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सडक खाना महोत्सवको आयोजना गरिएको बताइएको छ ।  सडक खाना महोत्सवका दिन बजारमा रहेका होटल अगाडि नै बसेर पर्यटकले खान पाउनेछन् । “साथै तीन दिनसम्म नै विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ, विभिन्न जातजातिका संस्कृति प्रदर्शन गरिनेछ”, प्रधानले भन्नुभयो । नयाँ वर्ष मनाउन बन्दीपुरमा आन्तरिक पर्यटकको भीड लागेको छ । आज बिहानैदेखि आन्तरिक पाहुना बन्दीपुर उक्लिएको प्रधानले बताउनुभयो ।  नयाँ वर्षमा जिल्लाका युवायुवती पोखरा, चितवन जाने गरेकाले आफ्नै जिल्लाभित्र रमाउने वातावरण सिर्जना गर्न महोत्सव आयोजना गरिएको र यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको भनाइ छ । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको होटल व्यवसायी वैश गुरुङले जानकारी दिनुभयो । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमश्रृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् ।  भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।