पोखराको शान्तिवनस्थित पोखरा बहुमुखी क्याम्पसमा जिल्लास्थित विद्यालयका प्रधानाध्यापक एवं शिक्षकहरु भेला भई शैक्षिक बहसमा जुटेका छन् । क्याम्पसले आयोजना गरेको ‘शैक्षिक गुणस्तर सुधार तथा उन्नयन’ विषयक अन्तरक्रियाका प्रमुख अतिथि एवं शिक्षा विकास तथा समन्वय इकाई कास्कीका अध्यक्ष नारायणप्रसाद सुवेदीले शैक्षिक बहसमा चलाइएको छलफल प्रभावकारी हुने बताए । ‘शैक्षिक उन्नयनमा लाग्ने प्रबुद्ध वर्गसँग एकै थलोमा भेट भएको छ’ प्रमुख अतिथि सुवेदीले भने ‘अन्तरक्रियाबाट आउने निष्कर्षबाट आगामी दिनमा शैक्षिक उन्नयनप्रति आशावादी छु ।’ सुवेदीले शिक्षाको गुणस्तर सुधार्न र समायानुकुल ज्ञानमा वृद्धि गर्न विद्यालयले व्यावहारिक र समयसापेक्ष अध्यापन विधि प्रयोग गर्न सुझाए । हाल मुलुकमा अन्य क्षेत्रभन्दा शैक्षिक क्षेत्रमा ड्रपआउटको समस्या देखिएको हुँदा विद्यालय र सम्बन्धित निकाय दुबैले हातेमाले गर्दै अघि बढ्न जरुरी रहेको उल्लेख गरे । विद्यालय र शिक्षकहरुले दिएको योगदान अमूल्य रहेको चर्चा गर्दै पौडेलले आगामी दिनमा शिक्षाको गुणस्तर र उन्नयनमा इकाईकातर्फबाट गर्नुपर्ने सहयोगबारे अवगत गराउन ध्यानाकर्षण गरे । ‘क्याम्पस परिवारले महत्वपूर्ण विषयमा छलफल चलाएको छ’ पौडेलले भने ‘क्याम्पस परिवार र उपस्थित सम्पूर्ण शिक्षाप्रेमीमा हार्दिक धन्यवाद ।’ अन्तरक्रियामा उपस्थित सहभागीले क्याम्पसले आयोजना गरेको कार्यक्रममार्फत जिल्लाभरका शिक्षकबीच भेटघाटमात्र नभई शैक्षिक समस्या र मुद्दाबारे विमर्श गर्ने अवसर प्राप्त भएको उल्लेख गरे । ‘हामीबीच शैक्षिक छलफल त भयो नै’ रतन पाण्डे माविका प्रअ डिल्लीराम बरालले भने ‘शिक्षा विकासका प्रमुखज्यूलाई हाम्रा समस्या सुनाउने अवसर पनि प्राप्त भयो ।’ शैक्षिक उन्नयनकै विषयमा बोल्दै माछापुच्छ्रे मावि, भुर्जुङखोलाका प्रअ सन्तोष आचार्यले समसामयिक विषयमा अध्यापन गराउने शैली पुरानो भएको भन्दै शिक्षण विधिमा व्यापक परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले भने, ‘विद्यार्थीलाई सिकाउनुपूर्व स्वयं शिक्षकहरुले सिक्न जरुरी छ, अबको सिकाउने शैली र तरिका हिजोको भन्दा फरक भएको छ ।’ त्यस्तै, पछिल्लो समयमा कक्षा ११ देखि प्रायः विद्यालयमा ‘ड्रपआउट’ मुख्य समस्याकारुमा देखिएको अन्तरक्रियामा सहभागीहरुले जनाए । विद्यार्थी पलायन रोक्न विद्यालयको नभई राज्यकै नीतिमा परिवर्तन गर्नुपर्ने सहभागीको सामुहिक स्वर छ । क्याम्पसका सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचन विशेष अतिथि रहेको अन्तरक्रियामा ५५ जना सहभागिता रहेको छ । क्याम्पस प्रमुख शिशुकला पराजुलीको अध्यक्षतामा आयोजित कार्यक्रमको सहजीकरण प्राध्यापक महेन्द्र रिमालले गरेका छन् ।
ढोरपाटन: डेढ दशक अगाडि बुर्तिबाङ बजार सडकले जोडियो । सडकले जोडिएपछि बुर्तिबाङसँगै पश्चिम बागलुङको मुहार फेरियो तर बसपार्क अभावमा अहिलेसम्म यो क्षेत्रले सास्ती भोग्दै आएको छ । मध्यपहाडी लोकमार्ग छेउमै पर्ने यो बजार देशकै दश नमूना सहरमा पर्छ । सरकारले नमूना सहर निर्माण गर्न थालेको वर्षौं बितिसक्दा पनि बुर्तिबाङ बजारमा एउटा गतिलो बसपार्क बन्न सकेको थिएन । यही वर्षदेखि बुर्तिबाङ बजार नजिकै खप्तरीबाङमा बसपार्क निर्माण सुरु भएको छ । बढ्दो सहरीकरण र साँघुरो बसपार्कका कारण यातायातका साधन सडकमै पार्किङ गर्नुपर्ने स्थिति छ । जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको बुर्तिबाङ बजार निसी, भुजी र तमानको सङ्गमस्थल हो । ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङमा अहिले पनि साँघुरो बसपार्क छ । जहाँ १०÷१५ वटाभन्दा बढी गाडी रोक्न मिल्दैन । चालकले जथाभावी रुपमा गाडी रोक्दा बजारनै अस्तव्यस्त बन्छ । अझ व्यवसायीले सडक पेटीमै सामान राख्दा पदैल यात्रुलाई झनै समस्या भएको छ । नयाँ सहर आयोजना कार्यालयले ढोरपाटन नगरपालिका–१ खप्तरीबाङमा जग्गा खरिद गरी बसपार्क निर्माण थालेपछि बजार क्षेत्रमा यातायात व्यवस्थापन सहज हुने अपेक्षा लिइएको छ । विसं २०६८ देखि सुरु भएको नयाँ सहर आयोजनाले जग्गा व्यवस्थापन गर्न ढिलाइ गर्दा बसपार्क निर्माण हुन सकेको थिएन । विसं २०८० असार १५ गतेसम्म बसपार्क निर्माण सम्पन्न गर्ने गत कात्तिक ७ गते आयोजनाको ठेक्का सम्झौता भएको नयाँ सहर आयोजना कार्यालय बुर्तिबाङका निमित्त प्रमुख अभिषेक अधिकारीले जानकारी दिनुभयो । बसपार्क निर्माणको जिम्मा गोरखनाथ कन्स्ट्रक्सन एण्ड मरचेन्टाइजर प्रालिले पाएको छ । कम्पनीले निर्माण कार्यलाई तीव्रता दिएको अधिकारीको भनाई छ । मध्यपहाडी लोकमार्गको छेउमै रहेको भुजीखोला किनारमा तटबन्धन गरी बसपार्क निर्माण थालिएको उहाँले बताउनुभयो । विसं २०७५ सालमा छ रोपनी जग्गा खरिद गरेको र विभिन्न प्रक्रिया पूरा गरेर अहिले बसपार्क बनाउन थालिएको निमित्त प्रमुख अधिकारीले बताउनुभयो । निर्माण कम्पनीले अहिले टर्मिनल भवन निर्माण गरिरहेको भन्दै यहाँ बन्ने बसपार्कमा ३० जीप, २० बस र स–साना दर्जनौँ सवारी साधान अट्ने उहाँको भनाइ छ । टर्मिनल भवन तीन तलाको हुनेछ । बसपार्क दुई करोड २६ लाख ४० हजार चार सय ३१ मा बन्नेछ । बसपार्क निर्माण भएपछि बुर्तिबाङ बजारको सौन्दर्यमा थप टेवा पुग्ने स्थानीय तुलबहादुर क्षेत्रीले बताउनुभयो । “बुर्तिबाङ बजार निकै साँघुरो छ, साँघुरो भए पनि सुन्दर छ, तर यहाँको सुन्दरतालाई अव्यवस्थित व्यवस्थापनले कुरुप बनेको छ, न सडक सफा छ, अहिले भएको बसपार्कको हालत निकै खराब छ”, क्षेत्रीले भन्नुभयो, “गाडी यति धेरै छन्, कहाँ पार्किङ गर्ने, यात्रु कताबाट हिँड्ने अब खप्तरीबाङ बसपार्क बन्यो भने बजार क्षेत्र अहिलेको जस्तो अस्तव्यस्त हुने छैन ।” सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार रहेको बुर्तिबाङ बजारमा दैनिक सयौँ आन्तरिक पर्यटक आउछन् । वडाअध्यक्ष बानबहादुर छन्त्यालले पछिल्लो समय बजार क्षेत्रमा अव्यवस्थित पार्किले गर्दा विभिन्न समस्या उत्पन्न हुने गरेको भन्दै अब बजार व्यवस्थापनमा सहज हुने बताउनुभयो । उहाँले एक दशक अगाडिसम्म बुर्तिबाङ बजारमा घर भवन निकै कम भएको भन्दै अहिले खाली ठाउँ नभएको बताउनुहुन्छ । “मानिस र सवारी साधानको चाप बढेपछि यहाँ बसपार्कको आवश्यकता परेको हो”, अध्यक्ष छन्त्यालले भन्नुभयो, “ अब धेरै समय समस्या खेप्नुपर्ने छैन, असारसम्म काम सक्ने भन्ने छ, बसपार्क सञ्चालनमा आयो भने बजारको सौन्दर्यकरणमा पनि परिवर्तन आउने छ ।” लोकमार्ग कालोपत्रे भएपछि बुर्तिबाङ बजारमा यातायातको चाप बढेको हो । अहिले मध्यपहाडी लोकमार्गले रोल्पा र रुकुम जोडिएपछि ती दुई जिल्लाबाट किनमेल गर्ने मुख्य बजार बुर्तिबाङ बनेको छ । यहाँबाट हरेक दिन दजनौँ गाडीहरु देशका ठूला सहर काठमाडौँ, पोखरा, बुटवललगायतका ठाउँ र पश्मिच बागलुङका ग्रामीण क्षेत्रमा पुग्ने गर्छन् । नयाँ बसपार्क सञ्चालनमा आएपछि बुर्तिबाङ बजारस्थित पुरानो बसपार्क विभिन्न कार्यक्रमका लागि प्रयोग हुनेछ । RSS
काठमाडौं: देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा आज मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीयसँगै पश्चिमी वायुको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बागमती र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रही कोसी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।
पोखरा: पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले तालिममा सिकेको इलमलाई व्यवहारमा उतार्दै आर्थिक रूपमा आत्मनिर्भर महिलाको पहिचान बनाउन आग्रह गरेकी छन् । उपप्रमुखसँग महिला कार्यक्रम छ, महिलाले सञ्चालन गर्ने उद्योगका लागि १५ लाखसम्म विना धितो ऋण दिन्छौं । आसन्न आर्थिक मन्दीलाई सम्बोधन गर्न आयमुलक र सिपमुलक काम गरी आत्मनिर्भरताको बाटो समात्न आवश्यक भएको गुरुङले बताइन । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्तिको संरक्षित संस्था पोखरा आध्यात्मिक सेवा केन्द्रको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा सञ्चालित दुई महिने हाते होजियारी तालिम समापन समारोहका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै गुरुङले आर्थिक पाटो बलियो बनाई महिला सशक्तिकरणलाई सवल र सक्षम बनाउन जोड दिइन । पोखरा उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य एवम् महिला उद्यमी उपसमितिकी संयोजक बन्दना कार्की के.सी.ले पोखरालाई कोसेली घर चाहिएको छ, सिकेको सिपलाई उत्पादनमा रूपान्तरण गरी व्यवसाय सञ्चालन र उद्यमशील बन्ने वातावरण तयार गर्न आफू प्रतिवद्ध रहेको जनाइन् । मुख्य प्रशिक्षक सविता श्रेष्ठ रञ्जितले जाँगर चलाए असम्भव भन्ने केही छैन्, कोसिसले नै सम्भावनाका ढोका खुल्छन्, आध्यात्मिक केन्द्रले आफ्ना साधकलाई आफ्नै खुट्टामा उभिन पहल गर्नु सह्रानीय भएको विचार राखिन् । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाकी प्रमुख गीता न्यौपानेले ३ करोड ५० लाख सरकारी बजेट भएको महाशाखामा कार्यक्रम लिन झन्झट भए पनि निरन्तर पहल गर्दा पाउने धारणा राखिन । इलम सिकेर तयार गरिएका सामग्री महानगरपालिका आफैले मायाको चिनोको रूपमा प्रयोग गर्न सक्ने भएकाले निरन्तरता दिन जोड दिएकी थिइन । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पार्दी शाखाकी प्रमुख ब्रह्माकुमारी अप्सरा सुवेदीले आज विश्वमा मानिसहरू रोगले भन्दा डिप्रेसनले मरिरहेका छन् यसको औषधि छैन् उपचार नै आध्यात्मिक दिव्य ज्ञान हो । पुरुषमा भन्दा महिलामा सात ओटा गुणहरू बढी छन् सिप सिकेर आफूलाई सशक्तिकरण गर्नु नै सुखी हुनु हा । सिकेको इलमलाई परिष्कार गदा आध्यात्मिक सुख पनि मिल्छ भन्ने ईश्वरीय प्रवचन दिएकी थिइन् । ब्रह्मकुमार शंकर देवकोटाले आजको व्यस्ततापूर्ण जीवन शैलीलाई सन्तुलित गर्न आध्यात्मिक शिक्षा, ज्ञान, साधना र सिपको आवश्यकता छ । यसले जीवन जगत र पदार्थको यथार्थ ज्ञान दिन्छ । पोखरा आध्यात्मिक सेवा केन्द्रले दुई महिना इलम सिकायो, आध्यात्मिक र भौतिक सिपले नै जीवन पूर्ण हुने विचार राखेका थिए । तालिममा सहभागी ब्रह्माकुमारी जेनिशा गुरुङले आफ्नो अनुभव राख्दै काँटी र धागो समाउन पनि नजानेका हातहरूलाई दक्ष प्रशिक्षकले निपूर्ण बनाइ आफ्ना लागि चाहिने सामग्री आफै बनाउन सक्ने बनाउनु नै सफलता भएको जनाइन । जेनिशाले केही गर्नका लागि हौसला मिलेको हुँदा यसलाई निरन्तरता दिएर आयआर्जनमा लाग्ने बताइन् । पोखरा आध्यात्मिक सेवा केन्द्रको समन्वयमा २० जना महिलाले दुई महिने हाते होजियारी तालिम लिएको एन्जेल हाउसकी सञ्चालक ब्रह्माकुमारी राधा गुरुङले जानकारी दिइन् । गत पुस १९ गतेदेखि फागुन ३० गतेसम्म सञ्चालित दुई महिने हाते होजियारी तालिममा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी अध्यक्ष तथा मुख्य प्रशिक्षक सविता श्रेष्ठ रञ्जित र प्रशिक्षक इन्द्रेणी श्रेष्ठले उनीका टोपी, गलबन्दी, स्वेटर, पञ्जा, मोजा, रुमाल, टेवुल पोस लगायतका हस्तकलाका सामग्री बनाउने तालिममा सिप हस्तान्तरणका लागि सहजीकरण थिए । कार्यक्रममा प्रशिक्षार्थीले तयार गरेका हस्तकला सामग्रीको प्रदर्शनी गरिएको थियो भने उक्त सामग्री आमन्त्रितले मायाको चिनो लिँदा प्रशंसा गरेका थिए । कार्यक्रममा आर्दश गुरुङ, इन्द्रेणी श्रेष्ठ, सविता श्रेष्ठ रञ्जित, दुर्गा पौडेल अमरसिंह महिला समूह, जुनामाया बोहोरा माछापुच्छ«े महिला समूह, कृष्णबहादुर थापा कामना टोलविकास संस्था, सिमा राई गुरुङ कामना टोल महिला उपसमितिलाई सम्मान गरिएको थियो । पोखरा आध्यात्मिक सेवा केन्द्रकी अध्यक्ष ब्रह्माकुमारी हरिमाया गुरुङकोे सभापतित्वमा सम्पन्न तालिम समापन समारोहमा ब्रह्मकुमार शङ्कर देवकोटाले स्वागत मन्तव्य राखेका थिए । रामबजार शाखाकी प्रमुख ब्रह्मकुमारी गोमा पौडेलले धन्यवाद ज्ञापन गरेकी थिइन भने केन्द्रका सचिव तथा कार्यक्रम संयोजक ब्रह्मकुमार मनिराज पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा: नेकपा माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका दुई मन्त्रीले मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा बुझाएका छन् । गण्डकी प्रदेश नेकपा माओवादी केन्द्रका दलका नेता एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले ै मुख्यमन्त्री अधिकारीलाई आज राजीनामा बुझाएका हुन् । आज बिहान (शुक्रबार) माओवादी केन्द्रको संसदीय दलको बैठकले मुख्यमन्त्री अधिकारीलाई राजीनामा बुझाउँने निर्णय गरेको थियो । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिदैं मुख्यमन्त्रीलाई दुई मन्त्रीले राजीनामा बुझाएका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिए नेकपा एमालेका नेता खगराज अधिकारीले नेतृत्व गरेको प्रदेश सरकार अल्पमतमा परेको छ । गण्डकी नेपाली कांग्रेसका २७, एमालेको २२, माओवादी केन्द्रको ७ (सभामुखबाहेक), राप्रपाको २ र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका एक सांसद छन् । ६० सदस्य रहेको गण्डकीमा बहुमतका लागि ३१ सांसद चाहिन्छ ।
काठमाडौं: मन्त्रिपरिषद बैठकले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।कुँवरलाई आईजीपी बनाउन गृह मन्त्रालयले प्रस्ताव गरेपछि मन्त्रिपरिषद् बैठकले उक्त प्रस्तावलाई स्वीकार्दै कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गरेको हो । कुँवरसँगै श्यामलाल ज्ञवाली पनि आईजीपी बन्ने चर्चामा थिए ।
पोखरा: नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिने औपचारिक निर्णय गरेको छ । आज (शुक्रबार) बसेको माओवादीको दलको बैठकले केन्द्रको निर्देशन अनुसार प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको एक सांसदले बताए । ‘दलको बैठकको निर्णय अनुसार प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेका छौं, सांसदले भने, ‘अहिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको दलको सयुक्त बैठक बसेको छ, बैठकपछि मुख्यमन्त्रीलाई राजीनामा बुझाउने माओवादी केन्द्रको तयारी छ ।’ गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका दलका नेता एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रेशम जुग्जाली मन्त्री छन् । उनीहरुले केही बेरमा नै मुख्यमन्त्री अधिकारीलाई राजीनामा दिने एक सांसदले जानकारी दिए । माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिए नेकपा एमालेका नेता खगराज अधिकारीले नेतृत्व गरेको प्रदेश सरकार अल्पमतमा पर्ने छ । माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिए मुख्यमन्त्री अधिकारीले ३० दिन भित्र विश्वास मत लिनुपर्छ । गण्डकी नेपाली कांग्रेसका २७, एमालेको २२, माओवादी केन्द्रको ७ (सभामुखबाहेक), राप्रपाको २ र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका एक सांसद छन् । ६० सदस्य रहेको गण्डकीमा बहुमतका लागि ३१ सांसद चाहिन्छ ।
राष्ट्रिय जनगणना–२०७८ को अन्तिम नतिजा अनुसार नेपालमा जम्मा ७५,५२,०६६ वटा घर संरचना रहेको छ । जसमध्ये मुख्य रूपमा आवासका लागि प्रयोग भएका घर ७१.७ प्रतिशत, गोठ/धन्सार/मतान १०.१ प्रतिशत, खाली घर ६.३ प्रतिशत, अन्य (जस्तैः भान्सा घर) ५.९ प्रतिशत, व्यापार ३.१ प्रतिशत, शैक्षिक १.१ प्रतिशत, उद्योग/कलकारखाना र संस्थागत तथा सरकारी ०.४/०.४ प्रतिशत, होटल तथा लज ०.३ प्रतिशत, स्वास्थ्यजन्य ०.२ प्रतिशत र बैंक तथा वित्तीय संस्था ०.१ प्रतिशत रहेका छन् । प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी लुम्बिनी प्रदेशका ७५.० प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ६८.० प्रतिशत घरहरू मुख्य रुपमा आवासको लागि प्रयोग भएका छन् । त्यस्तै परिवारले आवासीय रुपमा प्रयोग गरिरहेको घरको स्वामित्वमा कुल ६६,६०,८४१ परिवारमध्ये ८६.० प्रतिशत परिवारहरु आफ्नै स्वामित्वको घरमा बसोबास गरिरहेका छन् भने १२.८ प्रतिशत परिवारहरु भाडामा लिइएको आवासीय एकाइमा बसिरहेका जनगणनामा उल्लेख छ । गत २०६८ सालको जनगणनामा यो मान क्रमशः ८५.३ प्रतिशत र १२.८ प्रतिशत रहेको थियो । त्यस्तै, कुल ६६,६०,८४१ परिवारमध्ये ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेका छन् भने ४.५ प्रतिशत परिवारहरुसँग अझै पनि शौचालयको पहुँच नभएको तथ्यांक जनगणनाको नतिजाले देखाएको छ । प्रदेश अनुसार हेर्दा मधेश प्रदेशमा शौचालय नभएको परिवार सबैभन्दा बढी १२ प्रतिशत देखिन्छ भने लुम्बिनी प्रदेशमा ५.६ प्रतिशत रहेको छ । शौचालय नभएका परिवारहरु वाग्मती र गण्डकी प्रदेशमा सबैभन्दा कम (१ प्रतिशत) रहेका छन् ।
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यवसायले मुलुकको सुखी नेपाली समृद्धमा सहयोग पु¥याउने बताएका छन् । पोखरामा होटल पौवाको ११ औं शाखाको उद्घाटनपछि बोल्दै मुख्यमन्त्री अधिकारीले यस्तो बताएका हुन् । ‘मुलुक राजनीतिक अस्थिरतामा फसेको छ, युवाहरु विदेश पलायनमा लागेका छन्, मुख्यमन्त्री अधिकारीले भने, ‘सामुहिक लगानीमा सुरु गरेको व्यवसायले देशमा रोजगारी अवसरसँगै व्यापार व्यवसायले मुलुकको सुखी नेपाली समृद्ध नेपालमा सहयोग पुग्दछ ।’ यस्तै कार्यक्रममा पर्यटनकर्मी गणेश भट्टराईले राजनैनिक अस्थिरताले अर्थव्यवस्थामा असर परेको बताए । ‘राजनीतिककर्मीहरु देश सञ्चालन भन्दा राजनीतिक भागबन्दामा लाग्दा युवा नागरिकहरुले नेपालमा भविष्य देखेनन्, भट्टराईले भने, ‘राजनीतिकर्मीहरुले देश सञ्चालनमा ध्यान नदिदा राजनैतिक अस्थिरताले अर्थव्यवस्थामा असर परेको छ ।’ उनले देशको कठिन परिस्थितिमा पनि व्यवसायमा लगानी गर्नु आफैमा चुनौती पूर्ण रहेको बताउँदै धैर्य गरेर अगाडि बढे सफलता प्राप्त गर्ने बताए । मिशन १ सयको यात्रामा निरन्तर अगाडि बढेको होटल पौवाले ७ औं वर्षको अन्तरालमा ११ औं शाखा पोखरामा सञ्चालन ल्याएको होटलका निर्देशक विष्णु ज्ञवालीले बताए । ‘७ वर्ष अगाडि रुपन्देहीको सालझण्डीबाट शुरु गरेको १ सय मिशनको यात्रा ११ औ शाखाको रुपमा पोखरामा सञ्चालन गर्न पाउँदा खुशी छौं, भण्डारीले भने, ‘पाँच प्रदेशमा होटलको शाखा पु¥याएको पौवाले कर्णालीको जुम्ला देखि गण्डकीको पोखरामा आइपुगेका छौं ।’ उनका अनुसार १२ औं शाखा काठमाडौंमा खोल्ने तयारी समेत होटल पौवा प्रालिले गरेको छ । करिव १० करोडको लगानिमा पौवा प्रालिले पोखराको लेकसाइड स्ट्रिट नम्बर १ मा होटल पौवा सञ्चालनमा ल्याएको हो । होटल पौवा पोखराले आजदेखि तीनसम्म होटलमा स्वाद उत्सवको रुपमा लिएको छ । स्वाद उत्सवमा भोलि (शनिबार) गजलकार थानेश्वर गौतमको एकलसाँझ समेत आयोजना गरेको छ ।

