गण्डकी:    सबै मानिस विष्णु काउचामगर जस्ता परोपकारी हुँदैनन् । ट्याक्सी चालक  उनी आफ्नो सवारीसाधनलाई बागलुङको पश्चिम भेगमा गुडाउँछन् । आठ वर्षअघि ट्याक्सी चलाउन थालेका उनले बिरामीलाई निःशुल्...

पोखरा:  पोखरा महानगरपालिका–१८ ग्यारजातीमा रहको बाल सुधार गृहमा झडप हुँदा तीन जना घाइते भएका छन् ।    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बाल सुधार गृहमा हिजो (सोमबार) खाना खान लाइन बस्ने क्रममा झडप भएको हो ।   नाइके र भाइटोलीबीच भडप हुँदा बागलुङ, स्याङ्जा र म्याग्दीका तीन युवक घाइते भएका थिए ।    अहिले मणिपाल शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भएको कास्की प्रहरीले बताएको छ ।   खाना खान लाइन बस्ने क्रममा बाल सुधार गृहमा नाइँके र भाईटोलीबीच झडप भएको थियो । *(घाइतेको नाम गोप्य राखिएको )  

पोखरा:   तामाङ बौद्ध सेवा समिति संगमटोल पोखराले मञ्जुश्री सम्वत् २८६० औं डुक/मु पुख्री ल्हो सोनाम ल्होछार मनाएको छ ।   विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान गर्दै सोनाम ल्होछार मनाएको हो ।   कार्यक्रमको उद्घाटन महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे । सो अवसरमा बोल्दै मेयर आचार्यले तामाङ जाति आदिवासी जनजाति मध्ये फरक इतिहास र अस्तित्व भएको जाति रहेको धारणा राखे ।   उनले आधुनिकताको नाममा संस्कार र संस्कृति लोप हुने क्रम देखिएको बताउदै संरक्षणको जरुरी देखिएको मेयर आचार्यले बताए ।    उनले भाषा, कला र संस्कृतिको विलयसँगै अस्तित्वनै समाप्त हुने जोखिम हुने बताउदै जातिय संघसस्थाको अगुवाहरुले भूमिका खेल्नुपर्ने सुझाव दिदै महानगरको तर्फबाट सहयोग गर्न तत्पर रहेको बताएका थिए ।  यस्तै कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय कार्यकारी समितिका उपाध्यक्ष दिपक वाईबा तामाङ, नेपाल तामाङ घेदुङ केन्द्रिय पुर्व अध्यक्ष तथा लोकोत्तर लोकवादी विचार अभियानका प्रवर्तक धन प्रसाद डुम्जन तामाङ, तमु धिं नेपालका अध्यक्ष हुम गुरुङ, नेपाल तामाङ युवा घेदुङ कास्कीका पूर्व अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत लोप्चन, नेपाल तामाङ घेदुङ केन्द्रीय पूर्व कार्यवहाक अध्यक्ष कुम बहादुर योञ्जन, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भक्त बहादुर डुम्जन तामाङ, नेपाल तामाङ घेदुङ कास्कीका पूर्व अध्यक्ष तथा ताम्बा ना.सु. राम प्रसाद सम्देन तामाङ, नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका अध्यक्ष शिवु ब्लोन तामाङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद कास्कीका उपाध्यक्ष मिन माया तामाङ, पोखरा महानगरपालिका वडा नं.१३ का महिला सदस्य सुचिता तामाङ, तामाङ बौद्ध आमा समूहका अध्यक्ष पुष्पा तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।   सो कार्यक्रममा संस्थाका १० जना लामा गुरु, ४ जनाको बोम्बो समूह, उत्कृष्ट म्हेन्दोमाया नाच प्रस्तुत गर्ने २० जना कलाकार साथै संस्थालाई आर्थिक, भौतिक र नैतिक रुपमा योगदान पु¥याउने दर्जनौं दाताहरुलाई सम्मान गरिएको थियो ।   कार्यक्रममा सन्ध्या न्हेगी, दिलासा वाईबा, प्रिया न्हेगीले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् भने शान्ति थिङ तामाङले स्वागत गीत प्रस्तुत गरेकी थिइन् ।   संस्थाका अध्यक्ष विष्णु योञ्जनको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष शेरजङ वाईबाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम संचालन समितिका सचिव पवित्रा थोकर र आमा समुहकी सचिव शान्ति लोप्चनले गरेकी थिइन् ।

पोखरा:   टीम पोखरा मल्टिपर्पोज प्रालिले आयोजना गरेको रक्तदानबाट १ सय ५ युनिट रगत संकलन भएको छ ।   युवा व्यवसायीहरुद्धारा स्थापित टीम पोखरा मल्टि पर्पोेज प्रालिको दोश्रो वार्षिकोत्सवको अवसरमा आयोजित वृहत रक्तदान कार्यक्रमा १ सय ५ जनाले रक्तदान गरेका हुन् ।   कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका ८ का वडाध्यक्ष रुद्रनाथ बरालले रक्तदान कार्यक्रमका संयोजक प्रालिका सदस्य दिनेश कुमार जिसीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।   सो अवसरमा बोल्दै वडाध्यक्ष बरालले युवाहरु विदेश पलायन भइरहेको परिप्रेक्षमा युवा व्यवसायीहरुद्धारा स्थापित टीम पोखरा मल्टिपर्पोेज प्रालिले व्यवशायसँगै सामाजिक कामलाई निरन्तरता दिनु आफैमा गौरवको विषय भएको बताए । टीम पोखरा मल्टिपर्पोज प्रालिले आगामी दिनमा आयोजना गर्ने सामाजिक तथा व्यवसायीक क्रियाकलामा सहकार्य गरेर अगाडी बढ्ने वडाध्यक्ष बरालको भनाइ थियो ।   त्यस्तै समाजसेवी राजु पौडेलले युवाहरु विदेश पलायन भइरहदा युवाहरुले व्यवशाय सञ्चालन गरी संस्था स्थापना गरी सामाजिक कार्य गरेकोमा सामाजिक काम प्रति आभार प्रकट गर्दै सामाजिक क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरे ।   त्यस्तै नेपाल फर्निचर तथा फर्निसिङ व्यवशायी संघ कास्कीका अध्यक्ष पूर्णशोभा गुरुङले व्यवशायीहरुले आफ्नो व्यवशाय संगै सामाजिक क्रियाकलापलाई अगाडी बढाएकोमा धन्यवाद व्यक्त गरिन् ।   नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र गण्डकीका प्रतिनिधि यमुना केसीले हरेक तीन तीन महिनामा खेर गइरहने रगतलाई रक्तदान गरी रगतको अभावलाई पूरा गर्न सहयोग गरेकोमा रक्तदान गर्ने सम्पूर्ण रक्तदातालाई धन्यवाद व्यक्त गरिन् ।    टीम पोखरा मल्टिपर्पोज प्रालिका अध्यक्ष नारायण खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष पुष्कल ढकालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमका संयोजक दिनेश कुमार जिसीले धन्यवाद मन्तव्य राखेका थिए । सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव रावत लामाले गरेका थिए ।  

दमौली:   तनहुँको आँबुखैरेनी गाउँपालिका-१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।   बरादी-हिलेखर्कस्थित भित्री सडकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।   मृत्य हुने दुवै जनाको खनाखत नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । अनियन्त्रित भई जीप सडकबाट करिब ५०० मिटर तल खसेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

पोखरा:  फागुन २४ देखि २६ गतेसम्म चिप्ली महाशिवरात्री मेला हुने भएको छ ।   श्री सिद्ध युवा क्लब मादी गाउँपालिका ६ चिप्लीको आयोजनामा हुने उक्त मेला क्लबको खेल मैदानमा हुने भएको हो ।   मेलाको अवसरमा विविध खेलकुद एवम् साँस्कृतिक कार्यक्रम समावेश गरिएको क्लबका अध्यक्ष नारायण गुरुङले जानकारी दिए  ।    ‘चिप्ली महाशिवरात्री मेला क्लबको वार्षिकत्सवको अवसरमा आयोजना गरिएको हो’, उनले भने,‘कार्यक्रममा भलिबल, छेलो, रस्सी तान्ने र घैटो फुटाई जस्ता खेलकुद कार्यक्रमसहित विविध सांस्कृतिक कार्यक्रम गरिएको छ।’   चिप्लीको विकासमा टेवा पुर्याउने लक्ष्यसहित मेलाको आयोजना गरिएको उनले बताए ।     स्थानीय उत्पादनको प्रवद्र्धन सँगै खेलकुदका माध्यम पर्यटन प्रवद्र्धनमा चिप्लीलाई माथि उठाउन मेला साहयक सिद्ध हुने उनले उल्लेख गरे ।   मेलाकै समयमा मादी गाउँपालिकाको सहयोगमा सिद्ध युवा क्लबले निर्माण गरेको स्टेजसमेत उदघाटन गरिने क्लबका पूर्वअध्यक्ष विशाल गुरुङले जानकारी गराए । मेलाको उदघाटन मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले गर्नेछन् ।   मेलाको समयमा आयोजना गरिएको भलिबल प्रतियोगिता साबिक गाउँस्तरिय हुनेछ । जसमा २० टीमको सहभागिता रहने आयोजकको अपेक्षा छ । भलिबल प्रतियोगितामा प्रथम हुनेले ७० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।   यस्तै द्धितिय हुनेले ४० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गुरुङले बताए ।   छेलो प्रतियोगितामा प्रथम हुनेले १० हजार नगद सहित फेता र प्रमाणपत्र प्राप्त गर्नेछन् । रस्सी तान्ने प्रतियोगितामा प्रथम र द्धितिय हुनेले क्रमश १० हजार र ५ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । घैटो फुटाई   प्रतियोगिता महिलाको मात्र हुनेछ जसमा प्रथम हुनेलाई नगद ५ हजार सहित प्रमाण पत्र प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।   भलिबल प्रतियोगिताको सेमिफाइनलबाट बाहिर निस्केको दुई टीमलाई ५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।   फागुन २५ गते बेलुका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रम रहने आयोजकले जनाएको छ ।

कास्की: कास्कीको शान्ति सुरक्षा थप मजबुद बनाउन र अपराध अनुसन्धानमा सफलता हासिल गर्न एसपी थापाको योगदान रहेको भन्दै एसपी मोहन थापालाई पुरस्कृत भएका छन् ।   गण्डकी प्रदेश सरकारको छैटौँ स्थापना दिवसको अवसरमा एसपी थापा उत्कृष्ट इन्चार्ज घोषित हुदै पुरस्कृत भएका हुन् ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एसपी थापालाई प्रशंसा पत्र र नगद २५ हजार प्रदान गरे ।    एसपी थापा विगत ५ महिनादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको इन्चार्जको जिम्मेवारीमा छन् ।    यस्तै प्रदेश सरकारले प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेल र प्रहरी नायव उपरीक्षक भोजराज पाण्डे, सशस्त्र प्रहरी बलतर्फ प्रहरी नायव उपरीक्षक रविन अधिकारी, प्रहरी हवलदार रवीन्द्र थापा र जवान माधव भुसाललाई पनि पुरस्कार प्रदान गरेको थियो ।

पोखरा:  ‘समानताका लागि आवाज’ भन्ने मुख्य नारालाई आत्मसाथ गर्दै सामाजिक क्षेत्रमा क्रियाशिल संस्था ‘आवाज’ले गण्डकी प्रदेश भित्रका ११ वटै जिल्ला प्रहरी कार्यालयमा छुवाछुत र भेदभाव सम्बन्धि सचेतनामूलक बोर्ड राख्ने भएको छ ।   गण्डकी प्रदेश प्रहरी कार्यालयमा बसको बैठकबाट जिल्ला प्रहरी कार्यालयको नागरिक सहायता कक्ष अगाडि जातीय तथा सामाजिक छुवाछुत र भेदभावसम्बन्धि सचेतनामूलक बोर्ड राख्ने निर्णय गरेको हो ।   पहिलो चरणमा जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिसकेको छ भने आज (सोमबार) प्रदेश प्रहरी कार्यालयको नागरिक सहायता कक्ष अगाडि बोर्ड राखिएको छ ।   सो अवसरमा बोल्दै गण्डकी प्रदेश प्रहरीका प्रमुख प्रहरी नायव महानरीक्षक विकासराज खनालले गण्डकी प्रदेशमा जातीय तथा अन्य भेदभावका घटनाहरु भएमा शुन्य सहनशिलताकासाथ कानुनी दायरामा ल्याउन प्रदेश मातहतका कार्यालयहरुलाई निर्देशन गरेको बताउदै आवाजले सहयोग गरेको जनचेतनामुलक समाग्रीले कार्यक्रमलाई थप उर्जा प्रदान गरेको धारणा राखे ।     डिआइजी खनालले सामाजिक रुपान्तरणका लागि आवाजलाई आगामी दिनमा यस्तै सकरात्मक  र रचनात्मक कार्यक्रम निरन्तर गर्न सुझावसमेत दिएका थिए ।   यस्तै आवाजका सदस्य अपिल विश्वकर्माले आवाजविहीनका आवाज र विभिन्न किसिमका सामाजिक हिंसाको विरुद्धमासंस्थाले काम गर्दै आएको जानकारी दिए ।   उनका अनुसार आवाजले यसअघिदेखिनै विभिन्न वडामा गुन्द्रीमा मुक्ति संवाद, लागुपदार्थविरुद्धको सचेतना कार्यक्रम, रक्तदान कार्यक्रम लगायतका सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।  

जाजरकोट भूकम्पबाट पीडित रुकुमपश्चिमक २९ हजार एक सय ३३ लाभग्राहीले अस्थायी आवास निर्णाण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् ।   सहायक प्रमुख जिल्ला आिधकारी प्रवेश बढुवालका अनुसार कूल ३१ हजार छ सय २० लाभग्राहीका लागि पहिलो किस्ताबापतको रकम निकासा भइसकेको छ ।   जिल्लाका छवटै पालिकाका २९ हजार एक सय ३३ लाभग्राहीले पहिलो किस्ताबापत रु २५ हजारका दरले रकम प्राप्त गरेका हुन् ।   उहाँका अनुसार सबै भन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा एक हजार पाँच सय ४७ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेका हन् ।   त्यस्तै सानीभेरी गाउँपालिकामा पाँच हजार सात सय ६१, त्रिवेणी गाउँपालिकामा चार हजार एक सय १५, चौरजहारी नगरपालिकामा छ हजार दुई सय ७९ र बाँफीकोट गाउँपालिकामा एक हजार ६ सय ९९ लाभग्राहीले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम प्राप्त गरेको उहाँको भनाइ छ ।   उहाँका अनुसार छवटै स्थानीय तहमा हालसम्म रु २५ हजारका दरले रु बहत्तर करोड ८३ लाख २५ हजार रकम लाभग्राहीले प्राप्त गरेका छन् । जिल्ला विपद् व्यवस्थापन कोषबाट भने ३१ हजार ६ सय २० लाभग्राहीको लागि स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा रु ७९ करोड पाँच लाख पठाएको छ ।   जिल्लामा हालसम्म २४ हजार सात सय २६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् भने पाँच हजार नौ सय ७६ अस्थायी आवास निर्माणको चरणमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिनुभयो ।   जिल्ला अझै दुई हजार चार सय ८७ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी छ ।