पोखराः   पोखराको प्रतिष्ठित ट्रेल रनिङ प्रतियोगिता ‘फिसटेल रेस’ २०२५ मा म्याराथन (४२ किलोमिटर)  पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकी नागरिकले उपाधि  जितेका छन् ।   &ls...

पोखरा:   एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा मधेश युनाइटेडले पोखरा निन्जाजमाथी सहज जित निकालेको छ ।  पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको तेस्रो खेलमा मधेशले पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । मधेशले पहिलो र दोस्रो सेट समान २५–१९ र तेस्रो सेट २५–२३ ले जित निकाल्यो । मधेशको यो पहिलो जित हो भने पोखराको दोस्रो हार हो ।  आजै भएको पहिलो खेलमा ललितपर क्विन्सले काठमाडौं स्पाईकर्सलाई ३–० सोझो सेटमा पराजित गरेको थियो । आजको दोस्रो खेलमा कर्णाली यशविशले लुम्बिनी लाभाजलाई ३–१ को सेटले हराएको थियो । लिगको तेस्रो दिन आइतबार दुई खेल हुनेछ । पहिलो खेल मधेश युनाइटेड र काठमाडौं स्पाईकर्सबिच दिउँसो २ बजेबाट सुरु हुनेछ ।  भोलिको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबिचको खेल ४ बजेबाट सुरु हुनेछ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।

पोखरा:  एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा साविक विजेता कर्णाली यशविसले लगातार दोस्रो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको दोस्रो खेलमा कर्णालीले लुम्बिनी लाभाजलाई ३–१ को सेटमा पराजित ग¥यो ।  पहिलो सेट २३–२५ ले गुमाएको कर्णालीले पछिल्ला तीन सेटमा पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पारेको हो । कर्णालीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–१७ र चौथो सेट २५–२२ ले जित निकाल्यो । तेस्रो सेटमा कप्तान अरुणा शाही घाइते हुँदै मैदान बाहिरिएपछि लुम्बिनीले लय गुमाएको थियो । कर्णालीले पहिलो खेलमा पोखरा निन्जाजलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । यसअघि शनिबार भएको पहिलो खेलमा ललितपर क्विन्सले काठमाडौं स्पाईकर्सलाई ३–० सोझो सेटमा पराजित गरेको थियो ।  आजको तेस्रो तथा अन्तिम खेल पोखरा निन्जाज र मधेश युनाइटेडबिच प्रतिस्पर्धा भइरहेको छ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।

पोखरा:   साविक उपविजेता ललितपुर क्विन्सले वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा लगातार दोस्रो जित हात पारेको छ ।  पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको भ्याली डर्बी खेलमा ललितपरले काठमाडौं  स्पाईकर्सलाई सोझो सेटमा हरायो । लगातार दुई खेल जित्दै ६ अंक जोडेको ललितपुर  शीर्ष स्थानमा छ ।  ललितपुरले काठमाडौंलाई २५–१९, २५–२३, २५–२१ ले पराजित गरेको हो । ललितपुरले पहिलो खेलमा पनि मधेश युनाईटेडलाई सोझो सेटमा पराजित गरेको थियो ।  आजको दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभाजबिच हुनेछ । आजको तेस्रो तथा अन्तिम खेल पोखरा निन्जाज र मधेश युनाइटेडबिच हुनेछ  

पोखरा: जिल्लास्तरीय एन्फा यू १४ छात्रछात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि शिशु कल्याण विद्यालय र त्रिभुवन शान्ति माविले जितेका छन् ।  कास्की जिल्ला फुटबल संघको आयोजनामा पोखरा रंगशालामा शुक्रबार फाइनलमा छात्रतर्फ शिशुकल्याणले गण्डकी बोर्डिङलाई ३–० गोेलले पराजित गरेको हो ।  पहिलो हाफ गोलरहित बराबरी भएकोमा दोस्रो हाफको अन्तिम १० मिनेट सम्हालिन नसक्दा उपाधि दाबेदार गण्डकी उपविजेतामा सीमित हुन पुग्यो  । शिशु कल्याणका लागि सुमन घर्तिमगरले पहिलो गोल गरे । कप्तान शक्ति बोहोरा र विक्रम गुरुङले एक एक गोल गरे । उपाधिसंगै शिशु कल्याणले नगद ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता गण्डकीले २५ हजार रुपैयाँ पायो ।  यसैगरी, छात्रातर्फ पोखराको खुँदीस्थित त्रिभुवन शान्ति माविले फूलबारीको सैनिक आवासीय माविलाई सडन डेथमा हराउँदै उपाधि जितेको हो ।  निर्धारित ६० मिनेटको खेलमा दुबै टिमले गोल गर्न नसक्दा खेल सिधैँ टाइब्रेकरमा पुगेको म्याच कमिस्नर गोपाल थापाले जानकारी दिए । ५÷५ प्रहारमा बराबरी २ गोल भएपछि  खेल सडन डेथमा पुगेको हो ।  दुबैतर्फबाट दुबै प्रहार गोलमा परिणत हुन नसकेपछि सातौं तथा अन्तिम प्रहार प्रतिमा पोखरेलले गरेकी हुन् । बलले जाली चुम्दा जुन निर्णायक बन्यो । उपाधिसंगै त्रिभुवन शान्तिले २० हजार र उपविजेता सैनिकले १० हजार रुपैयाँ प्राप्त ग¥यो ।  प्रतियोगितामा सैनिक आवासिय महाविद्यालयकी रश्मि रिजाल र शिशु कल्याणका सुमन घर्ती मगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । छात्रातर्फ रिजाल सर्वोत्कृष्ट हुँदा सैनिककै सन्सुभा थापा मगर उच्च गोलकर्ता बनिन् । उनले प्रतियोगिताभर ९ गोल गरिन् । त्रिभुवन शान्ति माविकी सोनम सुवेदी उत्कृष्ट गोलरक्षक, त्रिभुवनकै भिमकुमारी पुन उत्कृष्ट मिडफिल्डर, त्रिभुवनकै प्रतिमा पोखरेल उत्कृष्ट डिफेन्डर घोषित हुँदा त्रिभुवनकै रोमन थापा मगर उत्कृष्ट प्रशिक्षक घोषित भए ।  छात्रतर्फ गण्डकी बोर्डिङका वियोन गुरुङ उत्कृष्ट गोलरक्षक, गण्डकीकै सौरभ फडेरा उत्कृष्ट डिफेन्डर घोषित हुँदा शिशु कल्याणका दिपेश काफ्नो उत्कष्ट मिडफिल्डर, सुरेश गाहा उत्कृष्ट फरवार्ड, शक्ति बोहोरा उच्च गोलकर्ता ( कुल १२ गोल) र सुनिल रानामगर उत्कृष्ट प्रशिक्षक घोषित भए ।  उत्कृष्ट सबैलाई आकर्षक पुरस्कार प्रदान गरियो । गत १२ भदौदेखि सुरू भएको प्रतियोगितामा छात्रतर्फ २४ र छात्रातर्फ ६ टिमले भाग लिएका थिए ।  प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखरा, एबीज इन्जिनियरिङ लगायत अन्य संघसंस्थाले सहयोग गरेको थियो । पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिकामा रहेको थियो ।

पोखरा:  पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगितामा आज फाइनल समिकरणको खेलहरु सम्पन्न भएका छन् ।  कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु१४ विद्यालयस्तरीय छात्र÷छात्रा फुटबलमा छात्रतर्फ सेमिफाइनल सकिदाँ छात्रातर्फ लिगचरणका खेल सम्पन्न भए ।  बिहिबार भएको छात्रतर्फको पहिलो सेमिफाइनल खेलमा शिशुकल्याण माविले सैनिक आवासिय महाविद्यालयलाई ५–२ को फराकिलो गोलअन्तरले हराउँदै फाइनलको यात्रा तय गरेको छ ।  शिशुकल्याणको जितमा गोपाल सुनार, विक्रम गुरुङ, सुमन घर्तिमगर, शक्ति बोहरा र राजु एसकेले समान एक–एक गोल गरे । सैनिकका लागि वसेल विक्रम कुँवर र रमन क्षेत्रीले गोल गरे । शिशुवाका सुमन घर्ति प्लेयरअफ दि म्याच घोषित भए ।  दोस्रो सेमीफाइनलमा गण्डकी बोर्डिङले सोसल पब्लिकलाई १–० ले हराउँदै शिशु कल्याणसँगको भेट पक्का गरेको हो । अत्यन्तै रोमाञ्चक खेलको पहिलो हाफमै सोनम खत्रीले गरेको गोल निर्णायक बन्न पुग्यो । उनी खेलको प्लेयरअफ दी म्याच घोषित भए ।  यस्तै छात्रातर्फ त्रिभुवन शान्ति नमुना माविले शान्तिदिपलाई ३–० ले हराउँदै समुह विजेता बन्यो । समूह ए मा कुल २ खेल खेलेको त्रिभुवनले २ जितसहित ६ अंक बटुल्दै फाइनल प्रवेश गरेको हो ।  शान्तिदिप ३ अंकका साथ दोस्रो र सेन्टमेरिज अंक विहिन हुँदै लिगचरणबाट बाहिरिए ।  समुह बी बाट भने सैनिक आवासिय यस अघि नै समुह विजेता हुदै फाइनल प्रवेश गरेको थियो । सैनिकले कुल २ खेलबाट ६ अंकका साथ शीर्षमा रहँदै फाइनल प्रवेश गरेको थियो ।  प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता जनाएका थिए । भदौ १२ गतेदेखि सुरु प्रतियोगिता भोलि सम्पन्न हुनेछ । प्रतियोगितामा छात्र तर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ । छात्रा तर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ ।  प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखराले नगद एक लाख रुपैयाँ, एबीज इन्जिनियरिङले ५० हजार रुपैयाँ लगायत अन्य संघसंस्थाले  सहयोग गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिका खेलेको छ ।  

पोखरा:  नेपालमा खेलकुद शिक्षा र व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा गण्डकी विश्वविद्यालय र युवा तथा खेलकुद मन्त्रालयबिच छलफल भएको छ ।  खेलकुद मन्त्री तेजुलाल चौधरी र गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटाको नेतृत्वकाबिच बिहीबार सहकार्यका प्राथमिक क्षेत्र पहिचान गर्दै आवश्यक कार्ययोजना बनाउने विषयमा छलफल भएको थियो ।  छलफलमा मन्त्रालय सचिव डा। हरि प्रसाद लम्साल र गण्डकी विश्वविद्यालय ब्याचलर इन स्पोट्र्स म्यानेजमेन्ट ९बिएसएम०का संयोजक डा। मधुसुदन सुवेदी र अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकास मामिला प्रमुख रवी भण्डारीसहितका टोली सहभागी थिए । छलफलमा नेपालकै पहिलो पटक सञ्चालनमा आएको खेलकुद व्यवस्थापन विषयको स्नातक तह कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे विस्तृत विचारविमर्श गरिएको थियो । यस क्रममा विश्वविद्यालय र मन्त्रालयबीचको सहकार्यले खेलकुद शिक्षा र व्यवस्थापनलाई अझ व्यवस्थित ढंगले अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरिएको बिएसएम कार्यक्रम संयोजक डा। मधुसुदन सुवेदीले जानकारी दिए । यससँगै राष्ट्रिय खेल संघहरूको संभावित संलग्नता, स्नातक विद्यार्थीहरूको भविष्य व्यवस्थापन तथा खेलकुद क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने विषयलाई पनि छलफलमा प्राथमिकताका साथ उठाइएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, शैक्षिक प्रयोजनका लागि पोखरा रंगशालाको उपयोग गर्ने सम्भावना, विद्यार्थी तथा खेलाडीलाई छात्रवृत्ति सहयोग उपलब्ध गराउने व्यवस्था, विद्यालय तहका शिक्षकहरूका लागि छोटो अवधिका तालिम सञ्चालन गर्ने आवश्यकताका विषयमा पनि छलफल भएको थियो ।  यस्तै स्नातक विद्यार्थीहरूको डिग्री प्रयोजनलाई प्रादेशिक तथा संघीय तहसँग जोड्ने विषयमा पनि छलफल भएको बिएसएम कार्यक्रम संयोजक डा।सुवेदीले जानकारी दिए । छलफलले सबै एजेन्डामा सहमति जनाउँदै सहकार्यलाई ठोस रूपमा अघि बढाउने र खेलकुद शिक्षा तथा व्यवस्थापनलाई संस्थागत ढंगले विस्तार गर्ने विषयमा सकारात्मक निष्कर्षमा पुगेको सुवेदीको भनाइ छ ।

पोखरा:   पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ सेमीफाइनल समिकरण सकिएको छ ।  कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा यु१४ विद्यालयस्तरीय छात्र÷छात्रा फुटबलको छात्रतर्फ शिशु कल्याण, शैनिक आवासिय, सोसल पब्लिक र गण्डकी बोर्डिङ सेमिफाइनलमा प्रवेश गरेको हो ।  बुधबार भएको क्वाटरफाइनल खेलमा शिशु कल्याण माविले फिस्टेल एकेडेमीलाई ५–० को फराकिलो गोलअन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।  शिशुकल्याणको जितमा विक्रम गुरुङले ह्याट्रिक गर्दै नायक बने । उनी खेलको प्लेयर अफ दि म्याच घोषित भए । यस्तै सुमन घर्ति र शक्ति बोहोराले समान एक गोल गरे ।   सैनिक आवासिय महाविद्यालयले कालिका माविलाइ ४–० ले पाखा लगायो । सैनिकको जितमा वसिल विक्रम कुँवरले ह्याटिक गरे भने रेमन पौडेलले १ गोल गरे । वसिल प्लेयर अफ दि म्याच घोषित भए ।  यस्तै गण्डकी बोर्डिङले हेमजा बोर्डिङलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । गण्डकीका लागि सुहन खत्री र अर्मान गुरुङले गोल गरे भने, हेमजाका लागि समिर विकले गोल गरे । अर्मान प्लेयर अफ दि म्याच घोषित भए ।  अन्तिम क्वाटरफाइनल खेलमा सोसल पब्लिकले बालकल्याणलाई ५–२ ले हरायो । सोसलको जितमा बुद्ध विकले २ तथा दावा थापा, रवि मणि र अमित परियारले गोल गरे । अमित प्लेयर अफ दि म्याच घोषित भए । बाल कल्याणको तर्फबाट प्रविण गुरुङ र प्रिन्स गुरुङले गोल गरे ।  उता छात्रातर्फ लिग चरणको खेलमा शान्तिदिपले सेन्ट मेरिजलाई १–० ले हरायो । शान्तिदिपको जितमा सेजु खड्गले गोल गरिन् । दोस्रो खेलमा सैनिक आवासिय महाविद्यालयले सोसल पब्लिकलाई ६–० ले हरायो । सैनिकका लागि सन्सुभ थापा मगरले चार गोल गरिन् भने रस्मी रिजालले २ गोल गरेको म्याच कमिस्नर गोपाल लामाले जानकारी दिए ।  प्रतियोगितामा भोलि छात्रा तर्फ लिगचरणको अन्तिम खेलहरु तथा छात्रतर्फ सेमिफाइनलका खेल हुनेछन् । सेमिफाइनलमा शिशु कल्याण र शैनिक तथा सोसल पब्लिक र गण्डकी भिड्नेछन् ।  प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता जनाएका छन् । भदौ १२ गतेदेखि सुरु प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ ।  प्रतियोगितामा छात्र तर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ । छात्रा तर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ ।  प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखराले नगद एक लाख रुपैयाँ, एबीज इन्जिनियरिङले ५० हजार रुपैयाँ लगायत अन्य संघसंस्थाले  सहयोग गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिका खेलेको छ ।  

पोखरा:  पोखरामा आर्म रेस्लिङ्ग प्रतियोगिता हुने भएको छ । आर्म रेस्लिङ्ग संघ, कास्कीले प्रतियोगिताको आयोजना गर्न लागेको हो ।  पोखरामा पहिलो पटक प्रथम पोखरा राष्ट्रिय आर्म रेस्लिङ्ग प्रतियोगिता–२०८२ गर्न लागिएको आर्म रेस्लिङ्ग संघ कास्कीका अध्यक्ष नविन गुरुङले जानकारी दिए ।  यही भदौँ २० र २१ गते प्रतियोगिता संचालन हुने छ । पोखरा महानगरपालिका वडनम्बर ६ लेकसाइडमा रहेको आइभिवाई क्लबमा प्रतियोगिता संचालन गरिने प्रतियोगिताका संयोजक खली थापाले जानकारी दिए ।  तौल समूह अनुसार चार विधामा प्रतिष्प्रर्धा गराइने छ । ६० केजी मुनि, ७० केजी मुनि, ८० केजी मुनि र ८० केजी माथी तौल समूहमा प्रतिष्प्रधा हुने छ ।  चार विधामा नै समान पुरस्कार राशी राखिएको आर्म रेस्लिङ्ग संघ, कास्कीका प्रथम उपाध्यक्ष एवं प्रतियोगिताका व्यवस्थापक रत्न बहादुर आलेले जानकारी दिए । प्रथम, द्धितिय र तृतीय हुनेले क्रमस ५० हजार, २५ हजार र १० हजार नगद,  मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने च्याम्पिन अफ च्याम्पिनले नगद एक लाख र प्रमाणपत्र प्राप्त गर्नेछ ।  यो नै अहिलेसम्मको सबैभन्दा ठुलो पुरस्कार राशी रहेको आयोजकको दावी छ । पुरस्कार राशीमा मात्रै ४ लाख ५० हजार माथि खर्च रहेको अध्यक्ष गुरुङले बताए । प्रतियोगिता सम्पन्न गर्न २३ लाख १९ हजार खर्च लाग्ने आयोजकको अनुमान  छ ।  प्रतियोगितामा सहभागि हुन देशभरबाट करिब एक सय ५० बढि खेलाडी पोखरा आउने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागि हुन चाहने खेलाडीलाई यही भदौँ १८ गतेसम्म आवेदन दिने समय रहेको आयोजकले जनाएको छ ।   

पोखरा:  पोखरा रंगशालामा जारी विद्यालयस्तरीय यु १४ फुटबल प्रतियोगिताको छात्रतर्फ प्रिक्वाटर फाइनलका खेल सम्पन्न भएका छन् ।  कास्की जिल्ला फुटबल संघको आयोजनामा जारी विद्यालयस्तरीय यु १४ छात्र तथा छात्रा फुटबलमा छात्र तर्फ प्रिक्वाटर सकिँदा छात्रातर्फ लिग चरण सुरु भएको छ ।  मंगलबार भएको छात्रतर्फको पहिलो प्रिक्वाटरको पोल ए तर्फ फिस्टेल एकेडेमीले शिशु कल्याण बोर्डिङ स्कुललाई २–१ गोलले हरायो । दोस्रो खेलमा कालिका माविले भद्रकालीलाई १–० ले हरायो । पोल बि तर्फ भएको खेलमा हेमजा बोर्डिङले बालोदयलाई २–० ले हराउँदा बालकल्याणले गुरुकुललाइ ३–१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको छ ।  अब क्वाटरफाइनलमा शिशुकल्याण बोर्डिङले शिशुकल्याण मावि र कालिकाले सैनिक आवासियको सामना गर्नेछ भने हेमजाले गण्डकी बोर्डिङ र बालकल्याणले सोसल पब्लिकको सामना गर्नेछ ।  त्यसअघि छात्रातर्फ मंगलबार विहान भएको खेलमा त्रिभुनव शान्ति माविले सेन्ट मेरिजलाई ३–१ ले हराएको छ । यस्तै दोस्रो खेलमा सैनिकले वेशलाइन एकेडेमीलाई ७–० को फाराकिलो गोलअन्तरले हराएको छ ।    प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता जनाएका छन् । भदौ १२ गतेदेखि सुरु प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ ।  प्रतियोगितामा छात्र तर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ । छात्रा तर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ ।  प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखराले नगद एक लाख रुपैयाँ, एबीज इन्जिनियरिङले ५० हजार रुपैयाँ लगायत अन्य संघसंस्थाले  सहयोग गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिका खेलेको छ ।