काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

पोखरा: लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखरामा तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।  लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक लामा अमृत गुरुङले यही असार २४ देखि २८ गतेसम्म तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।  ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुख्य नारासहित प्रतियोगिता आयोजना गर्दै छौं, संस्थापक गुरुङले भने, ‘प्रतियोगिता पोखरा–३ नदीपुर छन्त्याल समाजको भलिबल कोर्टमा असार २४ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।’ तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन एक टिममा सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद तथा राष्ट्रिय पुरुष भलिबल टिमका ३ जना खेलाडी समावेश गर्न पाइने गुरुङले बताए ।  लिगकम नकआउटको आधारमा हुने  प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहति मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।  प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।  प्रतियोगितामा ६ टिमलाई मात्र सहभागी गराउने लामा अमृत फाउण्डेशन घान्द्रुकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।   लामा अमृत फाउण्डेशन घान्द्रुक सामाजिक र खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ । फाउण्डेशनले २०७५ र ७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो । 

काठमाडौं:  एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको छ । जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा प्रशिद्ध जैशीले ३३ रन बनाउँदा शिवान्स बजगाईँले ३८ रन जोडे । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको जापानले ३४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ८० रन बनाएको थियो ।  जापानका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए । त्यस्तै गबी हाराहिन्जले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । नेपालक लागि शुभम खनालले पाँच विकेट लिए भने अभय यादवले दुई तथा सुशील रावल र विपिनप्रसाद शर्माले समान एक–एक विकेट लिए ।

पोखरा विश्वविद्यालय कानून समाजद्वारा आयोजित ‘प्रथम अन्तर कानून संकाय सेभेन ए साइड फुटबल प्रतियोगिता’मा पृथ्वीनारायण क्याम्पसको बिएएलएलबी टिम ‘ए’ च्याम्पियन बनेको छ ।   पोखरा विश्वविद्यालयको खेल मैदानमा भएको फाइनल खेलमा गण्डकी विश्वविद्यालयलाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तर कानून संकाय सेभेन ए साइड फुटबल प्रतियोगितामा पिएन क्याम्पस टिम ‘ए’ च्याम्पियन बनेको हो ।   च्याम्पियन बनेसँगै पिएन क्याम्पसले नगद रु २२ हजार २ सय २२को साथमा शिल्ड तथा मेडल प्राप्त गर्याे ।   यस्तै उपविजेता बनेको गण्डकी विश्वविद्यालयले  नगद रु ११ हजार १ सय ११ को साथमा शिल्ड तथा  मेडल  हात पार्याे ।   उक्त फाइनल खेलमा मनिष चौधरीले २ गोलको योगदान दिए भने, सिद्धान्त बोटे र भुवन सिं शेर्माले समान १/१ गोल गरे ।     सो प्रतियोगिताबाट सर्वोकृष्ट खेलाडीका रुपमा मनिष चौधरी घोषित हुँदै नगद रु ५ हजार बराबरको स्वास्थ्य परिक्षणको भौचर र मेडल प्राप्त गरे ।   पृथ्वीनारायण क्याम्पसका स्ववियु सदस्य प्रचण्ड शक्ति गुरुङको नेतृत्वमा बनेको पिएन क्याम्पस बिएएलएलबीको टिमको प्रशिक्षकमा फुटबलर अञ्जन देवकोटा रहेका थिए ।   सो प्रतियोगितामा पोखरा विश्वविद्यालय समूह (क), पोखरा विश्वविद्यालय समूह (ख) गण्डकी विश्वविद्यालय समूह, पृथ्वीनारायण क्याम्पस समूह (क) र पृथ्वीनारायण क्याम्पस समूह (ख) गरी कुल ५ टिमको सहभागिता रहेको थियो ।      

काठमाडौं:  एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।  मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले सिङ्गापुरमाथि छ विकेटले जित निकालेको हो । जितका लागि एक सय ३९ रनको लक्ष्य पछ्याएको नेपालले ३३ दशमलव तीन ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि ओपनर प्रसिद्ध जैसीले सर्वाधिक ५५ रनको योगदान गरे । उनले ९७ बलमा पाँच चौकाको सहयोगमा ५५ रन जोडेका हुन् । रौनक श्रीवास्तवले ४० रन बनाए ।  सिङ्गापुरका लागि आकाश तेजाले तीन विकेट लिए भने युभान पाण्डेले एक विकेट झारेका हुन् ।  त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको सिङ्गापुले ३६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३८ रनको योगफल बनाएको थियो । सिङ्गापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान गरे । ओपनर आहान भुधानभामले ३८ रन बनाउँदा अर्का ओपनर रोशन अरुनले ११ रन जोडे ।  नेपालका लागि कप्तान विपिन शर्माले चार विकेट लिए भने सचिन भट्टले तीन विकेट झारे । त्यसैगरी शुभम खनाल र अभय यादवले समान एक, एक विकेट लिए । यो जितसँगै नेपालले दुई अङ्क बटुलेको छ । अब नेपालले आफ्नो दोस्रो खेल यही असार १० गते जापानसँग खेल्ने छ ।  एसियाली क्रिकेट परिषद् ९एसिसी० को वार्षिक कार्यतालिका अनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता छ ।  प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान छन् । त्यस्तै  समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

पोखरामा सम्पन्न पहिलो संस्करणको ‘एसइई कप फुटसल’ प्रतियोगिताको उपाधि मुखिया बारबरले जितेको छ ।   पोखरा महानगरपालिका ४ गणेशटोलस्थित बि–फिट फुटसल जोनमा भएको फाइनल खेलमा वेलनन एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै मुखिया बारबरले उपाधि जितेको हो ।   उपाधिसँगै मुखिया बारबरले नगद रु १५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।    यस्तै उपविजेता बनेको वेलननले नगद रु ७ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।   विधागततर्फ सर्वाेत्कृष्ट खेलाडीका रुपमा संगम गुरुङ, उदीयमान खेलाडीका रुपमा समिर किसान र उत्कृष्ट गोलरक्षकका रुपमा सुशान्त गुरुङ पुरस्कृत भए ।    उनीहरुलाई विधागत पुरस्कारसँगै स्पोर्टस् क्यासलमा र रत्नश्रीमा निशुल्क जिमको व्यवस्था गरिएको प्रतियोगिताका व्यवस्थापक सुदिप सुनारले जानकारी दिए ।   उनका अनुसार सो प्रतियोगितामा (कक्षा ८, ९ र १० मा अध्ययरत विद्यार्थीहरु) ४३ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई राष्ट्रिय फुटसल तथा फुटबल खेलाडी सुमित श्रेष्ठ र पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङ, समाजसेवी विजया गुरुङ, तथा पुरस्कारदाताहरुले पुरस्कार वितरण गरेका थिए ।    सो प्रतियोगितालाई सम्पन्न गर्न न्यू ग्यालेक्सी मावि, युनाइटेड बगर, स्पोर्टस् क्यासल प्रालि, बगर भाइखलक, सविन मेमोरियल र रत्नश्री जिमले सहयोग गरेको थियो ।

पोखरा: पोखरा रंगशालामा सम्पन्न गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगितामा स्याङ्जा च्याम्पियन भएको छ ।  शुक्रबार सम्पन्न भएको फाइनलमा स्याङ्जाले नवलपुरलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन भएको हो ।  स्याङ्जाले टस जितेर फिल्डिङ रोजेपछि, नवलपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनायो ।  जवाफी व्याटिङमा १३० रनको लक्ष्य पछ्याउन उत्रिएको स्याङ्जाले अन्तिम बल बाँकी छँदै १९.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै च्याम्पियन बनेको हो ।  यस अघि नवलपुरका लागि रिजन काफ्लेले २५ रन, दीपक डुम्रेले १९ रन, र अपराजित पौडेलले आक्रामक १८ रन बनाउँदै टिमलाई सम्मानजनक स्थितीमा पुर्याएका थिए ।  स्याङ्जाका कप्तान सन्दीप खत्री क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चिएर ३ विकेट लिए । उनी खेलको म्यान अफ दि म्याच बने । यस्तै बलिङतर्फ सुजन गौतम, अश्वनी राना, प्रदीप पाण्डेले समान १–१ विकेट लिए । यता स्याङजाका लागि जवाफी व्याटिङमा इश्वर क्षेत्रीले ६ चौकाको मद्धतमा आक्रामक ३० रन प्रहार गरे । त्यस्तै सुजन गौतमले २८ रन र सन्दीप खत्री क्षेत्रीले १४ रन बनाए ।  अनिश ताम्राकारले ११ र अश्वोनी राणा १३ रनको संयमित ब्याटिङ गर्दै टोलीलाई जित दिलाए । नवलपुरका लागि हिमाल न्यौपानेले २ विकेट लिए भने कप्तान कमल परियारले पनि २ विकेट लिए । दीपक डुम्रे र सुदीप अर्यालले समान १–१ विकेट लिए ।  च्याम्पियन भए संगै स्याङजाले नगद रु १ लाख र उपविजेता बनेको नवलपुरले नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन् ।  यहि जेठ ३१ बाट सुरू भएको प्रतियोगितामा ८ जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगितामा म्यान अफ दि सिरिज संगै वेष्ट व्याटरको उपाधि स्याङजाका सन्दिप खत्री क्षेत्रीले हात पारे ।  उनले ट्रफी संगै नगद रु ४ हजार प्राप्त गरे भने वेष्ट बलर पर्वतका अमृत गुरूङ र उदियमान खेलाडी तनहुँका वंश क्षेत्री घोषित भए । उनीहरुले जनही नगद २–२ हजार प्राप्त गरे ।

पोखरा: गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेटमा नवलपुर र स्याङजा उपाधिका लागि भिड्ने भएका छन् । समुह ‘ए’ बाट स्याङजा र समुह ‘बी’बाट नवलुर विजेता बन्दै उपाधि भिडन्त पक्का गरेका हुन् ।  नवलपुर, कास्की र पर्वतले आफ्नो समुहमा समान २–२ खेल जित हात पारे पनि रन रेटका आधारमा नवलपुर फाइनलमा पुगेको हो ।  तीनै टोलीले समान ४–४ अंक हात पारे पनि नेट रन रेटका आधारमा नवलपुरले लिग चरणमा शिर्षस्थानमा उक्लिदै फाइनलमा प्रवेश गर्न सफल रह्यो । अंक तालिकामा नवलपुरको कुल रन रेट १.९९२४ रहँदा कास्कीको १.४८३३ र पर्वतको ०.८३०२ रहेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा जारी प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले जानकारी दिएका छन् ।  यस अघि पोखरा रंगशाला क्रिकेट खेल मैदानमा जारी प्रतियोगिताको समुह ‘बी’बाट घरेलु मैदानमा कास्कीलाई नवलपुरले ५ विकेटले पराजित गरी स्याङजा संग उपाधि भिडन्त पक्का गरेको हो ।  खेलमा कास्कीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४८ रन बनायो ।  कास्कीका लागि मुस्कान थापाले ३६ रन, रोहित चन्दले ३५ रन र कप्तान सुवास भण्डारीले अविजित ३७ रनको योगदान दिए । नवलपुरका काशिस सुवेदी र हिमाल न्यौपानेले २–२ विकेट लिए भने सुदीप अर्यालले १ विकेट लिए । १४९ रनको लक्ष्य पछ्याउँदै नवलपुरले १५ ओभरमै ५ विकेट गुमाएर १५४ रन बनाउँदै सहज जित हात पा¥यो । अपराजित पौडेलले २० बलमा ३ चौका र ३ छक्कासहित अविजित ३३ रन बनाएर जित सुनिश्चित गराएका थिए ।  रिजन काफ्लेले ३७, सुदीप अर्यालले २१, र कमल परियारले ६ बलमा १७ रनको उत्कृष्ट योगदान दिए । कास्कीका कृष्ण पौडेलले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ४ विकेट लिए तर अन्य बलरहरू महँगो सावित भए । ’प्लेयर अफ द म्याच’ नवलपुरका अपराजित पौडेल घोषित भए । पर्वतको सान्त्वना जित  पोखरा रंगशालामा जारी गण्डकी प्रदेश तेस्रो पुरुष टी–२० क्रिकेट प्रतियोगिताको लिग चरणअन्तर्गत आज भएको अर्को एक खेलमा पर्वतले गोरखामाथि ४९ रनको सानदार जित हासिल गरेको छ ।   टस जितेर गोरखाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पर्वतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो ।   टोलीको तर्फबाट अभिराज पटेलले उत्कृष्ट प्रदर्शन गर्दै ३२ बलमा नटआउट ४७ रन (५ छक्का) प्रहार गरे । यस्तै, राजु थापाले ४४ बलमा ३७ रन जोडे ।  गोरखाको बलिङतर्फ स्वरुपराज श्रेष्ठले सर्वाधिक ४ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरे । उनले ४ ओभरमा २२ रन खर्चिएर ४ विकेट लिए । जीवन कार्कीले २ विकेट हात पारे ।  जवाफीमा लक्ष्य पछ्याउने क्रममा गोरखा १७ ओभरमै ९९ रनमै समेटियो । ओपनर रुपेश बस्यालले १६ रन बनाए भने उनीबाहेक कुनै पनि ब्याट्सम्यानले ठोस योगदान दिन सकेनन् । त्यस्तै युनिश थापाले २२ रन बनाए । पर्वतका बलर सन्दीप बि.कले घातक बलिङ गर्दै ३ ओभरमा १९ रन खर्चिएर ४ विकेट लिएर गोरखाको ब्याटिङ लाइन धराशायी पारे । कप्तान अमृत गुरुङले पनि ४ ओभरमा २ विकेट लिए । उत्कृष्ट प्रदर्शनका लागि पर्वतका सन्दीप बिक ‘प्लेयर अफ द म्याच’ घोषित भए । प्रतियोगितामा विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्ने अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।  

पोखरा:  गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगितामा पर्वतले नवलपुर विरुद्ध शनसनीपूर्ण जित हात पारेको छ ।  पोखरा क्रिकेट खेल मैदानमा जारी प्रतियोगितामा पर्वतले नवलपुरलाई १५ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो ।  त्यस्तै एक अर्को खेलमा कास्कीले गोरखा विरुद्ध १० विकेटले जित हात पारेको छ । यो संगै समुह बीको समिकरण रोचक मोडमा पुगेको छ ।  कास्की दुई खेलमा दुई खेल नै जित्दै ४ अंकका साथ अग्रस्थानमा रहँदा पर्वत र नवलपुर एक एक खेल जित्दै समान २–२ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।  भोलि हुने खेलले फाइनलमा पुग्ने टिमको टुङ्गो समेत लाग्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले बताए । भोलिको पहिलो खेल गोरखा र पर्वत तथा दोस्रो खेल कास्की र नवलपुरका बीच हुनेछ ।  यस अघि आज भएको पहिलो खेलमा पर्वतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लियो । निर्धारित २० ओभरमा पर्वतले ९ विकेट गुमाउँदै १३१ रन बनायो ।   टोलीका लागि अभिषेक थापाले ४० बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५२ रन बनाए ।  अभिराज पटेलले २९ बलमा ३७ रन र बिनोद नेपालीले १० बलमा १४ रनको योगदान दिए ।  नवलपुरका लागि कमल परियार र सुदीप अर्यालले समान २–२ विकेट लिए भने अपराजित पौडेल, दीपक डुम्रे, र स्विकार श्रेष्ठले १–१ विकेट हात पारे ।  १३२ रनको लक्ष्य पछ्याउन ओर्लिएको नवलपुर १८.५ ओभरमा ११६ रनमै समेटियो । गौरव विष्टले २५ रन, स्विकार श्रेष्ठले १८ रन, र बिगत पाण्डेले १७ रन बनाए तापनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।  पर्वतका कप्तान अमृत गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २० रन दिँदै ३ विकेट लिए । राजु थापाले पनि ३.५ ओभरमा ४१ रन खर्चिएर ३ विकेट लिए भने बिनोद नेपालीले २ विकेट हात पारे । उत्कृष्ट बलिङ र कप्तानी प्रदर्शनका लागि अमृत गुरुङलाई प्लेयर अफ द म्याच घोषित गरियो ।  गोरखा विरुद्ध कास्कीको एकतर्फी दवदबा त्यस्तै सम्पन्न दोस्रो खेलमा म्पन्न खेलमा कास्कीले गोरखालाई एकतर्फी खेलमा १० विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ । टस जितेर गोरखाले पहिला ब्याटिङ गर्ने निर्णय लियो । टोलीले १९.५ ओभरमै सम्पूर्ण १० विकेट गुमाउँदै जम्मा ९० रन मात्र बनाउन सक्यो ।  गोरखाका लागि स्वरुपराज श्रेष्ठले १४ बलमा २१ रन बनाए भने मेहुल श्रेष्ठले ४५ बलमा १८ रन जोडे ।  कास्कीका बलरहरू बीच सन्तुलित प्रदर्शन गर्दै सुबास भण्डारीले ३.५ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए भने सिब्रिन श्रेष्ठले २ विकेट तथा कृष्ण पौडेल र अर्जुन केसीले समान १–१ विकेट हात पारे ।  १ रन प्रति बलभन्दा कमको लक्ष्य पछ्याउन उत्रिएको कास्कीले गोरखाको बलिङलाई धज्जी उडाउँदै मात्र ८.४ ओभरमै ९४ रन बनाउँदै कुनै विकेट नगुमाई जित हात पा¥यो । अनिल गुरुङले २७ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५१ रन बनाउँदै म्याच जिताए   भने अर्का ओपनर अर्जुन कुमालले पनि २५ बलमा ३९ रन बनाए । अनिलको तूफानी ब्याटिङ प्रदर्शनका लागि उनलाई खेलको ’प्लेयर अफ द म्याच’ बने ।  प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा  प्रतियोगिता ८ जिल्लाको सहभागिता रहेको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।  विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् । .  

पोखरा:  तेस्रो गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत भएको समुह ‘बी’को लिग चरणको पहिलो खेलमा कास्की र नवलपुरले बिजयी सुरूवात गरेका छन् ।   प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालमा जारी प्रतियोगितामा कास्कीले पर्वतमाथि २० रनको रोमाञ्चक जित हात पारेको छ भने नवलपुरले गोरखा विरुद्ध ९१ रनले बिजयी भयो । जित संगै दुबै टोलीले समुह बी मा २–२ अंक जोड्न सफल भएका छन् ।  खराव मौसमका कारण छोट्टाइएको १३–१३ ओभरको खेलमा पर्वतले टस जितेर फिल्डिङ रोजेपछि कास्कीले पुरै ओभर खेल्दै ९ विकेटको क्षतीमा १०८ रन बनायो ।  कास्कीका लागि सफल श्रेष्ठले आक्रामक प्रदर्शन गर्दै २२ बलमा ४ चौका र २ छक्का सहित ४० रन बनाए भने अर्का ओपनर अर्जुन कुमालले १२ बलमा २३ रन जोडे ।  पर्वतका लागि अमृत गुरुङले ३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए भने रोशन गौतमले २ विकेट र राजु थापाले १ विकेट लिए । १०९ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको पर्वतले निर्धारित १३ ओभरमा ४ विकेटको क्षतिमा ८८ रन मात्र बनाउन सक्यो । रोशन गौतमले सर्वाधिक ३५ रन बनाए भने सन्देश खड्का र अभिषेक थापाले क्रमशः १२ र १० रनको योगदान दिए । कास्कीका सिब्रिन श्रेष्ठले ३ ओभरमा २० रन खर्चेर २ विकेट लिए भने कृष्ण पौडेल र सुभाष भण्डारीले समान १–१ विकेट झारे । प्लेयर अफ द म्याच कास्कीका सफल श्रेष्ठ घोषित भए । यस्तै आज नै भएको दोस्रो खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको गोरखाले निर्धारित २० ओभरमा नवलपुरलाई ८ विकेटको क्षतिमा १४३ रनमा रोक्न सफल भयो तर जवाफी ब्याटिङमा आफैं १५.२ ओभरमै ५२ रनमै समेटिँदै ९१ रनले हार ब्यहोरोको छ ।  नवलपुरको सुरुआत केही कमजोर रह्यो । सुरुवाती तीन विकेटहरू चाँडै गुमाएपछि टोलीको इनिङ्सलाई रिजन काफ्लेले ३६ बलमा ३७ रन र अपराजित पौडेलले २३ बलको सामना गर्दै २६ रन बनाउँदै पारीलाई सम्हाले । सुदीप अर्यालले १० बलमा २१ रन बनाउँदै तीव्र पारी खेले । नवलपुरले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनायो । गोरखाका युनिश थापाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३ विकेट लिए भने स्वरुप राज श्रेष्ठ र मेहुल श्रेष्ठले २–२ विकेट लिए । तर यता गोरखाको ब्याटिङ सुरुदेखि नै कमजोर रह्यो । कप्तान गौरव पौडेल १६ रनमै आउट भए भने अरू कुनै ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन सकेनन् । सम्पूर्ण टोली १५.२ ओभरमै ५२ रनमा समेटियो । नवलपुरका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । स्विकार श्रेष्ठ र कमल परियारले ३–३ विकेट लिए भने अपराजित पौडेलले २ विकेट लिए । कमल म्यान अफ दि म्याच बने ।  बुधबार समुह बी अन्तर्गत लिगको खेलमा पर्वतले नवलपुरको सामना गर्नेछ भने गोरखाले कास्कीको सामना गर्नेछ । समुह ‘ए’बाट भने स्याङजा फाइनलमा प्रवेश गरिसकेको छ ।  पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा जारी प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन भएको छ ।  समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।  त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले बताए ।