उद्देश्यमा नचल्दा सहकारी समस्यामा: कृषि मन्त्री जिसी

पाेखरा | असोज २१, २०८०

उद्देश्यमा नचल्दा सहकारी समस्यामा: कृषि मन्त्री जिसी

पोखरा:    कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले उद्देश्य अनुरुप सञ्चालक समितिले सहकारी नहाँक्दा लाखौ उपभोक्ता ठगिएको बताएका छन् । 


मन्त्री जिसीले ब्याजको लोभ गर्दा सहकारी संस्थाहरु धारासायी बनेको समेत बताए । सुख र दुःखमा साथ दिनु पर्ने सहकारीले रातारात धनी हुने र धान्नै नसक्ने करोडौंको कारोबार गर्दा सहकारीबाट देशभर आम मानिसहरु पीडित बनेको बताए । 


कर्मचारी बचत तथा ऋण सहकारी संस्था पोखराको १६ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै कांग्रेस नेता एवं मन्त्री जिसीले खुल्ला वैठक र प्रजातन्त्रका आस्था राख्ने कर्मचारी मात्र सेयर सदस्य भएको सहकारी नमूना बन्नु पर्नेमा जोड दिए । सदस्य वृद्धि गरेर, पारदर्शी र जिम्मेवार बनेर, इमान्दारिताको पाठ सवैलाई सिकाएर कर्मचारी सहकारी सक्षम हुनेमा आफू विश्वस्त भएको बताए । सहकारीले सवैलाई पाठ सिकाउने र नीति, व्यवहार यस्तो हुनु पर्ने भन्दै नमुना सहकारी बनाउन मन्त्री जिसीले सुझाव दिए ।  


सहकारीका अध्यक्ष महेशकुमार सिग्देलको अध्यक्षतामा भएको सभामा कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव सहदेव प्रसाद हुमागाँईले राम्रो गर्ने सहकारी मन्त्रालयको लिस्टमा परेको बताउँदै ऐन, नियम र विनियमलाई पूर्ण कार्यान्वयन गरे गण्डकी प्रदेशमा समस्या नआउने उल्लेख गरे । कार्यक्रममा कृषि विकास निर्देशनालयका महानिर्देशक वासुदेव रेग्मी, नेपाली कांग्रेस गण्डकी प्रदेश कर्मचारी प्रशासन विभागका सचिव सुरेन्द्रप्रसाद अधिकारी, नेपाल निजामति कर्मचारी युनियन केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक दिपक रेग्मी, संघका केन्द्रीय सदस्य बद्री पौडेल, सहकारीका सचिव एवं नेपाल निजामति कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेशकुमार श्रेष्ठले कर्मचारी सहकारी हरेक कोणबाट उत्तम रहेको बताएका थिए । 


सहकारीका सल्लाहकार संयोजक रामजीप्रसाद कोइराला, सहकारीका उपाध्यक्ष बद्री पौडेल, सहकारीका सञ्चालक सदस्य तथा कार्यक्रम सञ्चालक केदार सापकोटा, लेखा सुपरीवेक्षण समितिका संयोजक हेरम्ब शर्मा पौडेल लगायतले सहकारीको नीति, योजना तथा भावि कार्यक्रम बारे उल्लेख गरेका थिए । 


कर्मचारी बचत तथा ऋण सहकारीले विभिन्न विधामा पुरस्कार प्रदान गरेको छ । सहकारीमा कार्यरत कर्मचारी मध्ये साधना ढुंगाना पुरस्कृत भएकी थिइन् । सहकारीले जेष्ठ नागरिक तर्फ शंकरप्रसाद कोइराला, सदस्य अभियान्तामा केदार धमला र अन्जना पोखरेल, सेयर सदस्य तर्फ टिकाराम बराल, शारदा सिग्देल, रचना गुरुङ, राजेन्द्रप्रसाद पौडेललाई मायाको चिनो र प्रमाणपत्रले सम्मान गरिएको सहकारीका कार्यालय प्रमुख निरोज मल्लले जानकारी दिए । 


वार्षिकोत्सवको अवसरमा उत्कृष्ठ कारोबार गर्ने शिव परियार र सुस्मिता कार्कीलाई, बचत कर्ताको तर्फबाट विष्णु गुरुङ र होमनाथ भण्डारीलाई सम्मान गरिएको सहकारीका व्यवस्थापक शारदा गिरीले जानकारी दिइन् । यस्तै बाल बचतमा वत्सल पौडेलले पुरस्कार प्राप्त गरेका थिए भने शैक्षिक पुरस्कारमा संकल्प सिग्देल, अधिश ढकाल, मनाकामना गौतम,चन्द्रकाला बस्नेत, आशा कोइराला, आशिष सिग्देल, इजिता जोशी पुरस्कृत भएका थिए । 


६ सय ९४ जना सेयर सदस्य रहेको कर्मचारी बचत तथा ऋण सहकारीमा २ करो ५६ लाख ५० हजार सेयर पुजी, ५ करोड ६१ लख ५१ हजार बचत, ७ करोड, ४७ लाख ७० हजार ऋण लगानी रहेको सहकारीले जनाएको छ । नेपाल निजामति कर्मचारी युनियन तथा सार्वजनिक सेवा कर्मचारी संघसंग आवद्ध कर्मचारीहरु सेयर सदस्य रहेको सहकारीले सामाजिक उत्तरदायित्वको विभिन्न कार्य गर्दै आएको छ । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्