चाउथे: खाजा घरमा जुवा खेलिरहेका ८ जुवाडे एक लाख बढी नगदसहित प्रकाउ

पाेखरा | मंसिर ९, २०८०

चाउथे: खाजा घरमा जुवा खेलिरहेका ८ जुवाडे एक लाख बढी नगदसहित प्रकाउ

पोखरा:    पोखरा महानगरपालिका–१४ चाउथे स्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गेट अगाडि रहेको प्रज्वल प्रतिक खाजा घरमा जुवा खेलिरहेका ८ जना जुवाडेलाई प्रहरीले प्रकाउ गरेको छ । 


पोखरा अन्तर्राष्ट्रिय विमानस्थन गेट अगाडी प्रेम बहादुर कार्कीले सञ्चालन गरेको प्रज्वल प्रतिक खाजाघरमा जुवातास खेलिरहेका ८ जना जुवाडेलाई ५२ पत्ति तास,एक लाख ५ हजार ५ सय ६० रुपैयाँसहित जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले प्रकाउ गरेको हो । 


प्रकाउ पर्नेमा खाँजा घरका सञ्चालक ४५ वर्षीय प्रेमबहादुर कार्की, ललितपुर स्थायी घर भई पोखरा महानगर १४ चाउथे बस्ने २९ वर्षीय उत्तम बयलकोटी, तनहुँको शुक्लागण्डकी नगरपालिका स्थायी घर भई पोखरा महानगर १४ चाउथे बस्ने ३४ वर्षीय महेन्द्रबहादुर भुजेल र पोखरा महानगर २२ पुम्दी–भुम्दी बस्ने ३५ वर्षीय तेजराज बराल रहेका छन् । 


यस्तै प्रकाउ पर्नेमा मोरङ बेलबारी नगरपालिका घर भई पोखरा महानगर १४ चाउथे बस्ने ३३ वर्षीय अर्जुन पौडेल, सप्तरीको कञ्चनपुर नगरपालिका घर भई पोखरा महानर १४ बस्ने ३५ वर्षीय राकेश चौधरी, पोखरा महानगर ४ सिद्धार्थ चोक बस्ने ५२ वर्षीय कमलराज लामिछाने र चितवनको भरतपुर नगरपालिका स्थायी घर भई पोखरा महानगर १४ बस्ने ५२ वर्षीय एकबहादुर गुुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


प्रकाउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य,सुरक्षा र नैतिकलताको विरुद्ध कसुर (जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने) सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 
 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्