पोखरा आउँदै गरेको बसमा सवार बिनोद ४ केजी गाँजासहित प्रकाउ
पाेखरा | मंसिर ९, २०८०

पोखरा: काठमाडौंबाट पोखरा आउँदै गरेको बस सवार बिनोद वि.क. ४ केजी लागूऔषध गाँजासहित पावरहाउसमा प्रकाउ परेका छन् ।
पोखरा महानगरपालिका–३० पावरहाउसमा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीको टोलीले सवारी चेकिङ गर्ने क्रममा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बसमा ४ केजी लागूऔषध गाँजासहित बिनोदलाई प्रकाउ गरेको हो ।
धादिङको गजुरी गाउँपालिका ३ बस्ने २१ बर्षीय बिनोदलाई प्रहरीले सवारी चेकिङ गर्ने क्रममा पावरहाउसमा लागूऔषध गाँजासहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाउ परेका बिनोदलाई लागूऔषध सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
वीरगञ्ज: जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी ...
कास्की: पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस ...
काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । महाशाखाका ...