पोखरामा जुवातास खेलिरहेका विदेशी नागरिकसहित ६ जना प्रकाउ

पाेखरा | माघ १२, २०८०

पोखरामा जुवातास खेलिरहेका विदेशी नागरिकसहित ६ जना प्रकाउ

पोखरा:   पोखराको राष्ट्रबैंक चोक स्थित एक खाजा घरमा जुवातास खेलिरहेका एक विदेशी नागरिकसहित ६ जना जुवाडेलाई वडा प्रहरी कार्यालय बैदामले प्रकाउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचनापछि खटिएको प्रहरीको टोलीले ६ जना जुवाडेलाई बिहीबार  बेलुका प्रकाउ गरेको हो । 


बागलुङको तमानखोला गाउँपालिका घर भई राष्ट्रबैंकचोकमा खाजा घरका संञ्चालक ४५ वर्षीय समिता आले, भारत घर भई पोखरा–७ बस्ने ४५ वर्षीय रमेश वारिक, गोरखाको गण्डकी गाउँपालिका घर भई पोखरा–७ बस्ने ४७ वर्षीय सागर थापामगर, पोखरा–१५ बस्ने ३२ वर्षीय नविन रिंजाली, पोखरा–७ बस्ने ५२ वर्षीय सुकबहादुर मगर र गोरखा सुलिकोट गाउँपालिका घर भई पोखरा–७ बस्ने ४२ वर्षीय डिलबहादुर मगरलाई जुवातास खेलिरहेको अवस्थामा प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 

 

प्रहरीले उनीहरुको साथबाट तास र ४३ हजार ६ सय ५५ रुपैयाँ बरामद गरेको छ । उनीहरुलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । 


 

गलकोट:  चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ–१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक ब...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्